दुई कदम TS

दुई कदम TS हामी तपाईंहरुलाई विभिन्न गतिविधि ,अखबार एवंम मनोरञ्जन का सामाग्रीहरु पस्किन्छौ ।

wow:-आगामी चुनावको लागि लगभग ८.३७ लाख मानिसहरूले नयाँ मतदाता परिचयपत्र सूचीमा आफ्नो नाम थपेका छन्, र ४.९२ लाखले आफ्नो NI...
22/11/2025

wow:-
आगामी चुनावको लागि लगभग ८.३७ लाख मानिसहरूले नयाँ मतदाता परिचयपत्र सूचीमा आफ्नो नाम थपेका छन्, र ४.९२ लाखले आफ्नो NIN प्रयोग गरेर दर्ता गरेका छन्। 😮

अहिले बनेको एमाले भोलेन्टियर फोर्सका कमान्डर पटके अभियुक्त।
21/11/2025

अहिले बनेको एमाले भोलेन्टियर फोर्सका कमान्डर पटके अभियुक्त।

21/11/2025

शुक्रबार दुबई एयरशोको उडान कार्यक्रममा भाग लिने एक लडाकु जेट उडान भरेको केही समयपछि जमिनमा दुर्घटना भएको छ भने पाइलट को मृत्यु भएको छ।

V.Credit :- X/clash Report

धरान उपमहानगरपालिकामा बन्न लागेको Gen Z स्मारक पार्क। सहयोगी दाता हरुलाइ सहयोग गर्न मेयर हर्क साम्पाङको अपिल।
21/11/2025

धरान उपमहानगरपालिकामा बन्न लागेको Gen Z स्मारक पार्क। सहयोगी दाता हरुलाइ सहयोग गर्न मेयर हर्क साम्पाङको अपिल।

20/11/2025

Good News update :
अबदेखि यातायात व्यवस्था विभागले छपाई सम्पन्न भई वितरणका लागि तयार भएका लाइसेन्सको Name List आफ्नै फेसबुक पेजबाटै दिने भएको छ।

नयाँ–नयाँ माग बढ्दै गएपछि बञ्चरेबासीसँगको वार्ता निष्कर्षविहीन, सतत अवरोधले सरकार ‘हात उठाउन बाध्य पर्ने’ चेतावनी मन्त्र...
19/11/2025

नयाँ–नयाँ माग बढ्दै गएपछि बञ्चरेबासीसँगको वार्ता निष्कर्षविहीन, सतत अवरोधले सरकार ‘हात उठाउन बाध्य पर्ने’ चेतावनी मन्त्री "कुलमान घिसिङको" :-

काठमाडौं, ३ मंसिर २०८२ ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिँदै आएको बञ्चरेडाँडाका स्थानीयले पुराना सहमति कार्यान्वयनको मागसहित एकपछि अर्को नयाँ माग अघि सारेपछि समस्या समाधानका लागि गरिएको वार्ता पुनः निष्कर्षविहीन बनेको छ।

बुधबारदेखि फोहोर ढुवानी अवरुद्ध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सम्बन्धित पक्षलाई बैठकमा बोलाएर समाधानको खोजी गर्नुभएको थियो। बैठकमा शहरी विकास मन्त्रालय, धादिङको धुनिवेसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिका र स्थानीय प्रतिनिधिका रूपमा अधिवक्ता सुभास पाठक सहभागी थिए।

मन्त्री घिसिङले विगतका धेरै सहमतिहरू कार्यान्वयन भइसकेको तथा नई वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदनपछि प्रभावित क्षेत्रको एकिन हुने र त्यसपछि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्ने जानकारी गराउँदै बारम्बार फोहोर अवरोधले नकारात्मक प्रभाव पर्दा आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो। साथै उहाँले प्रधानमन्त्रीसँग पनि छलफल गरिएकाले सहमति कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताउनुभयो।

वार्तामा अधिवक्ता पाठकले नै ९ बुँदे निर्णय मस्यौदा तयार गरेका थिए, जसमा दुवै पालिकाका जनप्रतिनिधि सहमत थिए। तर अन्तिम हस्ताक्षरको क्रममा पाठक स्वयंले मस्यौदामाथि असहमति जनाउँदै बैठक छाडेपछि अन्य प्रतिनिधिले पनि हस्ताक्षर गर्न अस्वीकार गरे।

लगातार नयाँ माग थोपारिँदै जाँदा समाधान कठिन बन्दै गएको उल्लेख गर्दै मन्त्री घिसिङले, “यस्ता नयाँ मागहरू अनवरत थपिँदै जाने हो भने महानगर र स्थानीयबीचको विषयबाट हामी हात उठाउन बाध्य हुन्छौँ,” भन्दै चेतावनी दिनुभएको छ।

निर्णयको ९ बुँदे मस्यौदा यस्तो थियो:-

(बैठकमा सहमति भए पनि अन्तिम हस्ताक्षर हुन सकेन)

१) स्थानीयले उठाएका मुद्दाहरूमा तत्काल निर्णय गरी पत्राचार गर्ने।
२) EIA प्रतिवेदन छिटो तयार गर्न Consultant Company लाई पत्राचार गर्दै लिखित प्रतिबद्धता लिने, आगामी वर्षको बजेटमा आवश्यक जग्गा अधिग्रहण बजेट व्यवस्था गर्ने।
३) बञ्चरे क्षेत्रका घर–टहरा तथा बालीको मुआब्जा उपलब्ध गराउन काठमाडौँ महानगरलाई पत्राचार गर्ने, १ महिनाभित्र अद्यावधिक मूल्यअनुसार क्षतिपूर्ति दिने।
४) क्यापिङ लेयर बाहिर डाँडा कटान गरी फोहोर फाल्दा भएको प्रदूषण रोकी जिम्मेवारमाथि कानुनी कारबाही गर्ने, लिचेड व्यवस्थापनका लागि १५ दिनभित्र विज्ञ टोली खटाउने।
५) अति प्रभावित स्थानीयका लागि काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा निःशुल्क उपचार र विद्यालय–कलेजमा कोटा व्यवस्था १ महिनाभित्र लागू गर्ने।
६) प्रभावित बञ्चरेका स्थानीयलाई रोजगारीका अवसरका विषय मेयर्स फोरम वा मन्त्रालयको बैठकमा एजेन्डा बनाउन।
७) दूवैले पाउँदै आएको ३/३ करोड सहयोग वृद्धि गरी ६/६ करोड पुर्‍याउन अन्य नगरपालिकासँग समेत समन्वय गरी मन्त्रालयले अनुरोध गर्ने।
८) फोहोरका कारण मृत्यु भएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराउन कार्यविधि तयार गर्ने।
९) स्थानीय अवरोध हटाई फोहोर ढुवानी र व्यवस्थापन तुरुन्त सुचारु गर्ने।

🚨 महत्वपूर्ण सूचनानेपाल प्रिमियर लिग (NPL) हेर्नका लागि मैदानमा उपस्थित हुने प्रिय दर्शकज्यूहरू,हाल खेलका क्रममा धेरै फ्...
19/11/2025

🚨 महत्वपूर्ण सूचना
नेपाल प्रिमियर लिग (NPL) हेर्नका लागि मैदानमा उपस्थित हुने प्रिय दर्शकज्यूहरू,
हाल खेलका क्रममा धेरै फ्यानहरूले खुसी, उत्साह र समर्थन व्यक्त गर्ने क्रममा कुर्सीमाथि चढ्ने, उफ्रिने तथा नाच्ने गरेको पाइएको छ।

दर्शकको उत्साहलाई हामी सम्पूर्ण सम्मान गर्छौं, तर कुर्सीमाथि चढेर उफ्रिनु वा नाच्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। यस्तो कार्यले:

कुर्सी चाँडै भाँचिन सक्ने,

छेउछाउका दर्शकलाई चोटपटक लाग्न सक्ने,

मैदानको सामग्री तथा सम्पत्तिमा क्षति पुग्न सक्ने,

सबैको सुरक्षामा गम्भीर समस्या पैदा गर्न सक्ने सम्भावना हुन्छ।

त्यसैले कृपया यस्ता गतिविधि नगर्नुहोस्।
खेल हेर्ने क्रममा बसेर, मर्यादित र सुरक्षित तरिकाले मात्र आफ्नो समर्थन प्रकट गर्न अनुरोध गर्दछौं।

हाम्रा साना–ठूला सबै दर्शकको सुरक्षा, अनुशासन र सुविधा हाम्रो पहिलो प्राथमिकता हो। तपाईंको सानो सहकार्यले स्टेडियमको वातावरण अझै व्यवस्थित, सुरक्षित र रमाइलो बन्नेछ।

आफू सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
NPL लाई सफल, सुव्यवस्थित र अनुशासित बनाउन सबैलाई हार्दिक धन्यवाद।

CANF - परिवार 🇳🇵

RONB को सहयोगमा आशिका तामाङले ८ वटा विद्यालयका १ हजार विद्यार्थीहरुको लागि न्यानो कपडा र शैक्षिक सामग्री लिएर हुम्ला, जु...
18/11/2025

RONB को सहयोगमा आशिका तामाङले ८ वटा विद्यालयका १ हजार विद्यार्थीहरुको लागि न्यानो कपडा र शैक्षिक सामग्री लिएर हुम्ला, जुम्ला र कालिकोट यात्रामा निस्किनुभयो। 🙏🏼

सत्तामा हुदा आन्दोलन दबाउनको निमित्त बल प्रयोग गरि विद्यार्थीहरु मारेको आरोपमा बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनासँ...
18/11/2025

सत्तामा हुदा आन्दोलन दबाउनको निमित्त बल प्रयोग गरि विद्यार्थीहरु मारेको आरोपमा बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनासँगै तात्कालिन गृहमन्त्री असदुज्जामान खानलाई मृ'त्युद'ण्ड सजाय सुनाइएको छ । तत्कालीन आन्दोलनमा करिब १५०० जनाले ज्यान गुमाएका थिए भने २५००० बढी घाइते भएका थिए।

17/11/2025

एनपीएल–२ आजदेखि : उद्घाटन खेलमा साविक विजेता जनकपु बोल्टसलाई काठमान्डुको चुनौती!

17/11/2025

सुमना श्रेष्ठ लाई श्रम संस्कृति पार्टिमा आबद्द हुन मेयर हर्क साम्पाङ को अनुरोध !

CAN ले TU Campus, Kritipur का Students लाई NPL को टिकटमा 50% Discount दिने भएको छ।Source: CAN Official
16/11/2025

CAN ले TU Campus, Kritipur का Students लाई NPL को टिकटमा 50% Discount दिने भएको छ।

Source: CAN Official

Address

Abu Dhabi

Telephone

+9779843342466

Website

Alerts

Be the first to know and let us send you an email when दुई कदम TS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दुई कदम TS:

Share