Suchana Chautari । सूचना चौतारी

Suchana Chautari । सूचना चौतारी हामी जहिलेपनि तथ्य सहितका सामग्रिहरु मात्र सम्प्रेषण गर्दछौं
(3)

29/09/2025

नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्न सरकार तयारी अवस्थामा छ। गृहमन्त्रालयका स्रोतका अनुसार मन्त्री ओमप्रकाश अर्यालले बस्नेतलाई पक्राउ गर्न निर्देशन दिएका छन्।
बस्नेतविरुद्ध शोभा पाठक नामकी महिलाले उजुरी दिएकी छन्, सोही उजुरीको आधारमा उनलाई पक्राउ गर्न लागिएको हो।

जाचबुझ आयोगले पूर्वप्रम ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र क...
28/09/2025

जाचबुझ आयोगले पूर्वप्रम ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको छ। उपत्यका बाहिर जान नि रोक..!

28/09/2025

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम ।

जेन-जी आन्दोलनमा गो'ली लागेर घा'इते भएका दैलेखका २८ वर्षीय प्रकाश बोहरा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनले आन्दो...
28/09/2025

जेन-जी आन्दोलनमा गो'ली लागेर घा'इते भएका दैलेखका २८ वर्षीय प्रकाश बोहरा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनले आन्दोलनका क्रममा र'गतले रंगिएको आफ्नो सेतो जुत्ता खोजिदिन सबैसँग आग्रह गरेका छन्। उनको भनाइमा, त्यो जुत्ता आन्दोलन र आफ्नो पुस्ताको साहसको प्रतीक भएकाले फेरि एकपटक छुन चाहन्छन्।

रौतहट क्षेत्र नं. २ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा : शिक्षाबाट राजनीतिसम्मको यात्रा
28/09/2025

रौतहट क्षेत्र नं. २ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा : शिक्षाबाट राजनीतिसम्मको यात्रा

मेवालाल यादव। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ विकल्पको रूपमा प...

कोशी प्रदेशको राजधानी विराटनगरमा बहुभाषी कवि गोष्ठी सम्पन्न
27/09/2025

कोशी प्रदेशको राजधानी विराटनगरमा बहुभाषी कवि गोष्ठी सम्पन्न

हिमांशु राय - मोरङ । विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा का....

" स्वतन्त्र स्वयंसेवक अभियानको राष्ट्र निर्माणका लागि अपिल"देशले अहिले एक कठिन मोड पार गर्दैछ। विगतका घटनाक्रमहरूले नेपा...
25/09/2025

" स्वतन्त्र स्वयंसेवक अभियानको राष्ट्र निर्माणका लागि अपिल"

देशले अहिले एक कठिन मोड पार गर्दैछ। विगतका घटनाक्रमहरूले नेपालका विभिन्न स्थानहरूमा रहेका सरकारी संरचनाहरूमा क्षति पुर्याएका छन्। यी संरचनाहरू हाम्रो राष्ट्रिय सम्पदा हुन्, जसको पुनर्निर्माण र संरक्षण हाम्रो साझा दायित्व हो। स्वतन्त्र स्वयंसेवक अभियानको पहलमा हामी "सरकारी भवनहरूको सरसफाइ, रंगरोगन तथा पुनर्संरचना अभियान" आरम्भ गर्दैछौं। यस अभियानको उद्देश्य राष्ट्रप्रतिको हाम्रो कर्तव्य निर्वाह गर्नु, जनताको सम्पत्तिको संरक्षण गर्नु र नेपाललाई फेरि नयाँ स्वरूपमा देखाउनु हो। हामी सम्पूर्ण नेपाली जनतालाई, विशेषगरी युवाहरूलाई, यो अभियानमा साथ दिन हार्दिक अनुरोध गर्छौं। यो समय हो जब आलोचना मात्र होइन, सक्रिय सहभागितामार्फत सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। तपाईंको सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुन्छ।

* हामी के गर्दैछौं?
- जलेका/क्षतिग्रस्त सरकारी भवनहरूको सरसफाइ।
- पुराना पर्खाल र ढोकाहरुमा रङरोगन तथा मर्मत।
- वातावरण मैत्री सामाग्री प्रयोग गरेर पुनर्निर्माणमा योगदान।
- स्थानीय तह, सुरक्षाकर्मी र सम्बन्धित निकायसँग सहकार्य।

* तपाईंले साथ कसरी दिन सक्नु हुन्छ ?
- स्वयंसेवकको रूपमा सहभागी हुनुहोस्।
- रङ, ब्रश, सफाइ सामाग्री वा आर्थिक/सामग्री सहयोग प्रदान गर्नुहोस्।
- सामाजिक सञ्जालमार्फत अभियानको प्रचार प्रसार गर्नुहोस्।

" हामी सबैको सानो प्रयासले देशमा ठूलो उत्साह र सकारात्मकता फैलाउन सक्छ। अहिलेको आवश्यकता सहयोग र सहकार्य हो, किनभने देश हाम्रै हो, जिम्मेवारी पनि हाम्रै हो। आउनुहोस्, नेपाल पुनर्निर्माणमा हातेमालो गरौं। राष्ट्रको पुनःउत्थानमा एकता देखाऔं।"

जय नेपाल!
स्वतन्त्र स्वयंसेवक अभियान
मिडिया पाटनर : www.globalonlinetelevision.com
www.suchanachautari.com
www.thangmichagu.com
www.samastinepal.com


सम्पर्क : 9851414063 , 980-1876601, 982-5636422, 986-1164338, 986-0142839, 985-1057574, 980-3298194, 984-2764509, 984-9205733, +60 18-782 8021 , 985-1176169, 970-2737720

Loading...

मतदाता नामावली दर्ता खुल्ला गरिएको सूचना नि. आयोले प्रकाशन  गरेको छःमतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https...
25/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सूचना नि. आयोले प्रकाशन गरेको छः

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

देश साच्चिकै बिरामि छ, zen-z  आन्दाेलनका कारण झण्डै ६ दर्जन नेपाल आमाकाे सन्तानहरुले ज्यान गुमाएको छ भने धेरै जना उपचारम...
24/09/2025

देश साच्चिकै बिरामि छ, zen-z आन्दाेलनका कारण झण्डै ६ दर्जन नेपाल आमाकाे सन्तानहरुले ज्यान गुमाएको छ भने धेरै जना उपचारमै छन्।
राज्यकाे भाैतिक सम्रचनाहरु ताेडफाेड भएकाे छ, यसलाई पुन:निर्माण गर्ने दायित्व हामी सबैकाे हाे तसर्थ हामी पनि सेवाकाे लागि सेवारत छैँ।
याे अभियायनमा जाेडिन अवस्य हामिसग सम्पर्क राख्नुस।।
#नेपाल #बालेनले

21/09/2025

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज थप मन्त्रीहरु नियुक्त गरेका छन्। हेर्नाेहाेस :

उद्योगमन्त्री - अनिलकुमार सिन्हा
स्वास्थ्यमन्त्री- संगीता कौशल मिश्र
कृषिमन्त्री- मदन परियार
सञ्चारमन्त्री- जगदीश खरेल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय- महावीर पुन

भने,अर्थमन्त्री- रामेश्वर खनाल
ऊर्जामन्त्री- कुलमान घिसिङ
गृहमन्त्री- ओमप्रकाश अर्याल पहिल्यै नियुक्त भएका छन्।

21/09/2025

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन ।

21/09/2025

सुशीला कार्कीकाे नेतृत्वमा बनेकाे अन्तरिम सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

Address

Al Quoz4
Dubai

Alerts

Be the first to know and let us send you an email when Suchana Chautari । सूचना चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suchana Chautari । सूचना चौतारी:

Share