22/03/2026
Paul shah wrote this status, when movie celebrates 51 Days. He said:
चलचित्र ‘आ-बाट आमा’ले आजबाट ५१औँ दिन पूरा गरेको छ।
यस सफलतामा साथ दिनुहुने सम्पूर्ण भगवानरूपी दर्शक तथा शुभचिन्तकहरूप्रति म हृदयदेखि नै कृतज्ञ छु।
यस चलचित्रको प्रचार–प्रसार देखि ५१औँ दिनसम्म साथ,माया र सहयोग दिनुहुने सम्पूर्ण मिडिया कर्मीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।
‘आ-बाट आमा’ मेरो करियरको एउटा महत्वपूर्ण चलचित्र बनेको छ, जसले मलाई अझ धेरै जिम्मेवारीको महसुस गराएको छ।
यस विशेष अवसरका लागि म चलचित्रका निर्देशक आदरणीय दाइ चन्द्र पन्त प्रति निकै आभारी छु। उहाँले मेरो करियरको कठिन समयमा म माथि देखाउनु भएको विश्वासले मलाई अगाडि बढ्न ठूलो ऊर्जा दिएको थियो।
यस चलचित्रमा आबद्ध सम्पूर्ण कलाकार, Technician team, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले आफ्नो–आफ्नो ठाउँबाट अत्यन्त मेहनत गर्नुभएका सम्पूर्ण महानुभावहरू प्रति विशेष धन्यवाद।
म पूर्ण विश्वासका साथ भन्छु, तपाईंहरू सबैले ‘आ -बाट आमा २’ लाई पनि यस्तै माया र साथ दिनुहुनेछ। 🙏❤️
Do comment below how is “Aa baat Aama” movie.