21/08/2026
कमेरे भञ्ज्याङ पहिरो अनुगमनमा भौतिक पुर्वाधार मन्त्री- सुनारका टोली स्थलगत रुपमा अनुगमन।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०७ कमेरे भञ्ज्याङमा गत श्रावण २७ गते रातीको अबिरल बर्षाले करापुटार साल्मे सडक भासिएको एबम पहिरो गएको थियो। सोही स्थान सडक निर्माण एवम बस्ती स्थानन्तरणको बारेमा अवलोकन तथा सडक निर्माण एवम घर बस्तीको मुल्यांकन गर्न, प्रविधिक टोली सहित गण्डकी प्रदेश सरकारका भौतिक तथा पुर्वाधार मन्त्री गोपाल नेपाली ज्यु उपस्थित हुनु भएको थियो। साथमा पुर्व वन मन्त्री एवम सभासद भेष बहादुर पौडेल, सभासद पार्बती तामाङ, त्यस्तै मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डे, क्वोहोलासोँथार गाउपालिकाका अध्यक्ष सुर्य प्रसाद गुरुङ लगायत विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। साथै तत्कालै यस समस्याको समाधन गर्ने मन्त्री सुनारले बताउनु भएको थियो।