18/07/2026
देवघाटमा स्कुटर छाडेर सम्पर्कवि'हीन भएकी सन्तोषी श्रेष्ठको श'व भारतमा फे'ला, देवघाटमा गरियो सांकेतिक अन्त्येष्टि
नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ, जो असार १४ गते साँझदेखि सम्पर्कवि'हीन हुनुहुन्थ्यो, उहाँको श'व भारतीय क्षेत्रमा फे'ला परेको पुष्टि भएको छ।
परिवारका अनुसार असार १४ गते साँझ करिब ८ बजे सन्तोषी आफ्नै बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किनुभएको थियो। त्यसपछि उहाँ परिवारको सम्पर्कमा आउनुभएन। खोजीका क्रममा उहाँको स्कुटर तनहुँ–चितवनको सिमानामा रहेको देवघाटको हनुमान चोकमा बेवारिसे अवस्थामा फे'ला परेको थियो। त्यसपछि प्र'हरी, स्थानीयवासी र परिवारका सदस्यहरूले नदी आसपासका क्षेत्रमा तीव्र रूपमा खो'जी गरेका थिए।
पारिवारिक स्रोत र सुरक्षा निकायका अनुसार, असार १७ गते त्रिवेणीभन्दा पारि भारतीय क्षेत्रमा एक महिलाको श'व फे'ला परेको थियो। त्यतिबेला पहिचान हुन नसकेका कारण भारतीय सुरक्षाकर्मीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी श'वको व्यवस्थापन गरिसकेका थिए।
पछि भारतीय प्र'हरीले प्रमाणका रूपमा सुरक्षित राखेको श'वको फोटो, भिडियो तथा सन्तोषी हराएको दिन लगाउनुभएको कुर्ता, विन्डप्रुफ ज्याकेट र हातको औँठी परिवारलाई उपलब्ध गराएको थियो। ती प्रमाणका आधारमा आफन्तले उक्त श'व सन्तोषीकै भएको पुष्टि गरेका हुन्।
श'व भारतीय क्षेत्रमै व्यवस्थापन भइसकेकाले नेपाल ल्याउन सम्भव नभए पनि हिन्दू धार्मिक परम्पराअनुसार परिवारले **देवघाटधाम**मा सांकेतिक रूपमा अन्त्येष्टि तथा उत्तरक्रियाका सम्पूर्ण धार्मिक संस्कार सम्पन्न गरेको जनाएको छ।
सन्तोषीको खो'जीमा दिनरात ख'टिएका परिवार, सुरक्षा निकाय, अर्जुन भुसाल, सञ्चारमाध्यम तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूको आशा अन्ततः दुःखद समाचारमा टु'ंगिएको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारले सहयोग गर्ने सबैप्रति आभार समेत व्यक्त गरेको