
25/08/2025
सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय लिएको विरोधमा ‘जाग नेपाली’ ले कडा आन्दोलनको घोषणा गरेको छ। आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. दीपेश केसीले भने, यो कदम देवनागरी लिपि मेटेर रोमन लिपि लागू गर्ने षड्यन्त्रको भाग हो।
डा. केसीले सरकार र केही नेताहरूको कदमलाई “राष्ट्रघाती” भनेका छन् र जनतालाई आफ्नो मातृभाषा बचाउन र रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न आह्वान गरे। उनले चेतावनी दिए, “देशको लिपि मेट्न खोज्ने नेतालाई जनताले देशबाटै लखेट्नेछ।”
‘जाग नेपाली’को आन्दोलनमा स्थानीय स्तरमा समेत व्यापक सहभागीता रहने अपेक्षा गरिएको छ। यसले सरकारको निर्णयविरुद्ध जनचेतना फैलाउने र देवनागरी लिपि संरक्षणको सन्देश दिने बताइएको छ।