नुवाकोट सरोकार

नुवाकोट सरोकार news

05/08/2025

झापाका एक Student ले 12 result मा D+ लेराएर आफ्नो बाबालाई A+ आए नि D+ आए नि खाने भात नै हो जाने घाट नै हो भनेपछि रामधुलाई भेटेका छन्।😂😂

विदेश पठाइदिने भन्दै ५ करोड भन्दा धेरै ठगी गरी फरार भएकी बिनु शाक्यलाई प्रहरीले कम्बोडियामा पक्राउ गरी नेपाल ल्याएको छ ।...
06/11/2024

विदेश पठाइदिने भन्दै ५ करोड भन्दा धेरै ठगी गरी फरार भएकी बिनु शाक्यलाई प्रहरीले कम्बोडियामा पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई आइतबार नेपाल ल्याइएको हो । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएका सिन्धुपाल्चोक मांखाकी बिनु शाक्यलाई प्रहरीले पक्राउ गरेको हो। सिंगापुर पठाइदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ।

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् ।
30/10/2024

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् ।

महानगरपालिकामा मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले उपबिजेता महिला टोलिलाइ आजनै २५ लाख नगदसहित सम्मान गरेका छन् ।
30/10/2024

महानगरपालिकामा मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले उपबिजेता महिला टोलिलाइ आजनै २५ लाख नगदसहित सम्मान गरेका छन् ।

05/09/2024

विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् । रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ ।

हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !

व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ? जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि । औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन ।

फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन । हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ ।
फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने । प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन ।
तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला ।

हो तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर
बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् ।

मनाउने जतिलाई तीजको हार्दिक शुभकामना 💐

शायद हामी अलि बढ़ी नै अराजक र उच्छ्रिङ्खल भयौँ कि जस्तो लाग्छ ! नारायण गाउँलेजीको मननीय विश्लेषण

त्रिशुली र तादी को सङम स्थाल देबिघाट 🙏🙏🙏
28/08/2024

त्रिशुली र तादी को सङम स्थाल देबिघाट 🙏🙏🙏

अहिले आचार्य कृष्ण दमाईकाे चर्चा छ, तर नुवाकोटको देविघाटका बलराम दमाई (छिमेकमा बहुदल साईलाकाे नामले चिनिने) (हाल स्वर्गि...
11/08/2024

अहिले आचार्य कृष्ण दमाईकाे चर्चा छ, तर नुवाकोटको देविघाटका बलराम दमाई (छिमेकमा बहुदल साईलाकाे नामले चिनिने) (हाल स्वर्गिय) काे १५ बर्ष अघि गोरखापत्र दैनिकमा २०६६ मंसिर १९ गते छापिएको "न्युज" यस्तो रहेछ ।

कपडा सिलाइ र पुराण वाचन एकैसाथ
नुवाकोट देवीघाट मुख्य पेसा 'विष्टहरूका कपडा सिलाउने' रहेको यहाँका बलराम नेपालीको फुर्सदको काम उपल्लो जातले गर्ने भनिएको पुराण वाचन हो।

महाभारत, रामायण, देवीभागवतलगायतका धार्मिक तथा बौराणिक ग्रन्थ ब्राह्मण जातिले मात्र वाचन गर्नुपर्छ "अब पर्दैन, नेपालीको भनाइ हो यो।

नुवाकोटको सदरमुकाम बिदुरदेखि सात किलोमिटर पश्चिम देवीघाटमा रहेको सुकुमवासी बस्तीमा १५ वर्षदेखि पुराण वाचन गर्दै आइरहनुभएका ७० वर्षीय बलराम नेपाली (दमाई) ले परम्परागत मान्यता तोड्नुभएको छ र जातीय आन्दोलनमा लागेकाहरूलाई राम्रो पाठ सिकाउनुभएको छ।

छिमेकमा बहुदल साइँलाको नामले चिनिने बलराम नेपालीको दिनचर्या बिहान पुराण वाचनबाट सुरु भएर र दिउँसो पाँच परिवारको छाक टार्न ज्यालामा कपडा सिउनमा बित्छ। १ कक्षामात्र अध्ययन गर्नुभएका बलरामलाई पुराण वाचन गर्न कसैको सहारा आवश्यक पर्दैन। बुद्यौलीमा आँखाको ज्योतिले पनि साथ दिएको उहाँको पुराण वाचनको शैली र शुद्धता पढेलेखेका पण्डितको भन्दा कमजोर छैन।
१५ वर्षको अवधिमा उहाँले कतिपटक पुराण दोहोऱ्याउनुभयो, उहाँ आफैलाई थाहा छैन। दैनिक एक अध्याय पुराण वाचन गदां आफ्नै जातिका व्यक्तिले "बाहुनले पढ्ने पुस्तक पढ्ने हो ?" भन्दै गिज्याउने र गाली गर्दासमेत उहाँले आफ्नो कर्म छाड्नुभएको छैन। "आत्मा र ज्ञान सबैका लागि समान भएकाले 'कथित' ठूला जातिले गर्ने काम हामीले किन गर्न हुँदैन भन्ने लागेपछि पुराण अध्ययन गर्न थालें", बलराम भन्नुहुन्छ ।

देशमा बहस चलिरहेको दलित आन्दोलनको बारेमा उहाँको असहमति रहेको छ। उपल्लो जातिको थिचोमिचोमा परेको र आफूहरूले समानता खोजिरहेको बताउने दलितहरू आफैले आफूलाई दलित बनाएको भनाइ उहाँको रहेको छ। "मन्दिरमा हामीले पनि पूजा गर्न जान पाउनुपर्छ भन्छौं । तर जादैनौं', नेपाली भन्नुहुन्छ, "जातीय आधारमा छुवाछूत गर्नु अपराध हो भन्छौं, अनि फेरि कुनै होटलमा चिया खान बस्यौं भने पनि अलग्गै बस्छौं ।"
आफ्नो अधिकारका लागि दलितहरू अगाडि नसरेको भनाइ उहाँको छ। "त्यसैविरुद्धको चेतना बाँड्न पनि पुराण वाचन गरिरहेको छु', उहाँ भन्नुहुन्छ। तर, पुराण, बंदलगायतका धार्मिक ग्रन्थमा के छ र दलितहरूलाई पढ्न र छुन बन्देज लगाइयो भन्ने खुल्दुलीले उहाँलाई यहाँसम्म ल्याइपुऱ्याएको हो।

जिल्ला सदरमुकाममा दलित र भेदभावका विषयमा चर्काचर्का भाषणबाजी हुने गरेको छ तर यस्ता खालका सिर्जनात्मक काममा कुनै पनि व्यक्ति वा पक्षको ध्यान गएको छैन। कतिसम्म भने दलितको हकअधिकारका लागि लड्दै आइरहेको बताउने नेपाल दलित उत्थान समाज भने बलराम नेपालीको यस नमुना कार्यबाट बेखबर छ।

सुकुमबासीको बाहुल्य रहेको यहाँको दलित बस्तीमा उहाँको पुराण वाचनलाई अहिले सबैले मन पराएका छन्। नेपालीको वाचन सुन्न बस्तीका मुस्लिम, सार्की, कुमाल, राईलगायतका जातिको भीड लाग्ने गरेको छ।

२०४६ सालअघि पञ्चायतविरोधी अभियानमा सक्रिय रहेका, बलरामलाई गाउँमा सबैले बहुदल नेपाली भनेर चिन्छन् । "व्यवस्थाविरोधी हुँदा सामाजिक कुप्रथा, अन्धविश्वास र रूढिवादी परम्पराको डटेर विरोध गर्ने उहाँको बानी थियो" नेपालीको पहिलेको बानी सुनाउनुभयो नुवाकोट आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक ठाकुर पुडासैनीले । पैतृक सम्पत्ति नहुँदा बसाइँसराइका क्रममा थान्सिङ, खड्गभञ्ज्याङ हुँदै २३ वर्षदेखि देवीघाटको सुकुमबासी बस्तीको कुटुरोमा बस्दै आउनुभएका बलरामलाई पुराण वाचनले समाजमा 'दलित ब्राह्मण'को समेत पहिचान दिलाएको छ।

ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल इन्टर...
03/08/2024

ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावत ,मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल वर्ल्डको उपाधि आश्माकुमारी केसी हात पारेका छन्।

तस्बिरः प्रदीपराज वन्त/रासस

आज शनिबार भगवान शनिदेबको आशिर्वादले तपाईंको दिन शुभ रहोस्  ।
03/08/2024

आज शनिबार भगवान शनिदेबको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।

02/08/2024
नेपाल दक्षिण अफ्रीका सँग १ रनले पराजित Well played nepal.👏👏
15/06/2024

नेपाल दक्षिण अफ्रीका सँग १ रनले पराजित

Well played nepal.👏👏

नयाँ पुस्ताको आगमन : एक दशक लामो समय अन्तराल पश्चात नेपाली क्रिकेट टोली आज विश्वकपको मंचमा चन्द्र-सुर्य ध्वजा सहित उत्रि...
04/06/2024

नयाँ पुस्ताको आगमन :

एक दशक लामो समय अन्तराल पश्चात नेपाली क्रिकेट टोली आज विश्वकपको मंचमा चन्द्र-सुर्य ध्वजा सहित उत्रिने छ। सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दै-गर्दाको त्यो पल सिंगो देशकै लागि गौरवशाली थियो।

एक दशकको आरोह अवरोहहरु विच आज राष्ट्रिय क्रिकेट टोलीले जुन उचाई हाँसिल गरेको छ यो सिंगो राष्ट्रका लागि प्रेरणादायी कथा हो। विश्वकपको मैदानमा नेपाली टोलीलाई देख्दै गर्दा हजारौ युवा र
बालबालिकाहरुलाई क्रिकेटको ब्याट र बल वोक्ने उत्साह बढ्नेछ।

अन्त्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै हाम्रो टोलिले विश्व सामु नेपालको नामलाई पुन शिखरमा पुर्याउने विश्वास राख्दछु।

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Address

Dubai Mall
Dubai

Alerts

Be the first to know and let us send you an email when नुवाकोट सरोकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share