
29/09/2025
यूएईलाई कर्मथलो बनाई बसोबास गर्दै आउनु भएका करिब ७ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार।
नेपाल क्रिकेट संघको आयोजनामा यही सेप्टेम्बर २७, २९ र ३० गते यूएईको शारजाह क्रिकेट स्टेडियममा हुन गइरहेको नेपाल विरुद्ध वेस्ट इन्डिजबीचको टी–२० क्रिकेट प्रतियोगितामा उपस्थित भई खेलाडी साथीहरूको उत्साह बढाउनुहुन र मनोरञ्जन लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
यस अवसरमा हामी सबै नेपालीहरू एकजुट छौं भन्ने सन्देशलाई संसारभर पुर्याउन, सम्पूर्ण यूएईवासी नेपाली दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि विनम्र निमन्त्रणा गर्दछौं। 🙏
🎟️ नोट : टिकट अनलाइन बाट यो लिंकमार्फत लिन सक्नुहुन्छ 👉 https://shorturl.at/qNQhE