DhadingNews

DhadingNews news

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङले आफ्नो ...
20/02/2026

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङले आफ्नो ९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सुशासन, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेकी छन्।
धादिङ–१ का मतदातालाई सम्बोधन गर्दै तामाङले आफू केवल कागजको प्रतिबद्धता होइन, “धादिङको पीडा र सम्भावनाको ऐना” बोकेर आएको बताइन्। उनले धादिङको कृषि उत्पादनले काठमाडौँ उपत्यकाको भान्सामा पुग्ने तरकारीको करिब २५–३० प्रतिशत हिस्सा ओगट्ने र वार्षिक अर्बौँ रुपैयाँको कारोबार हुने उल्लेख गर्दै किसानको वास्तविक अवस्था भने अझै दयनीय रहेको धारणा राखिन्।
“यदि हाम्रा किसानले अर्बौँको योगदान गर्छन् भने, किन उनीहरू ऋण र मलको अभावमा छटपटिनुपरेको छ?” भन्ने प्रश्न उठाउँदै उनले कुशासन, बिचौलियाको प्रभाव र भ्रष्टाचारलाई मुख्य समस्या औंल्याइन्। आर्थिक–सामाजिक सूचकाङ्कमा धादिङ ७७ जिल्लामध्ये ५२औँ स्थानमा पछाडि परेको तथ्य प्रस्तुत गर्दै उनले यस अवस्थालाई परिवर्तन गर्ने अठोट व्यक्त गरिन्।
प्राकृतिक स्रोत संरक्षणमा जोड

तामाङले धादिङका पहाड, नदी र प्राकृतिक स्रोतलाई सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै अव्यवस्थित उत्खनन तथा दोहन नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। वैज्ञानिक र दिगो विकास नीति कार्यान्वयन गर्दै वातावरणीय सन्तुलन जोगाउने उनको प्राथमिकता रहने बताइन्। वातावरण प्रदूषण नियन्त्रणका लागि प्रचलित कानुन कडाइका साथ कार्यान्वयन गर्ने पनि उनले उल्लेख गरिन्।
पर्यटन करिडोर निर्माणको योजना

धादिङको पर्यटन सम्भावना उजागर गर्दै उनले त्रिशूली नदी को र्‍याफ्टिङदेखि महाभारत शृङ्खलासम्म समेटेर ‘पर्यटन करिडोर’ निर्माण गर्ने योजना सार्वजनिक गरिन्। होमस्टे तथा ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय युवालाई गाउँमै रोजगारी सिर्जना गरिने उनको भनाइ छ।
“Made in Dhading” अभियान

किसानलाई सिधै लाभ पुर्‍याउने उद्देश्यसहित ‘Made in Dhading’ अभियान सञ्चालन गर्ने घोषणा गर्दै तामाङले बिचौलियाको अन्त्य गरी किसानलाई उचित मूल्य र प्रत्यक्ष अनुदान उपलब्ध गराइने बताइन्।
पारदर्शी डिजिटल ड्यासबोर्ड

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि ‘पारदर्शी डिजिटल ड्यासबोर्ड’ लागू गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारी सेवालाई डिजिटल माध्यमबाट जनताको मोबाइलसम्म पुर्‍याउने योजना प्रस्तुत गरिन्। धादिङलाई ५२औँ स्थानबाट शीर्ष १० जिल्लाभित्र पुर्‍याउने लक्ष्य उनले अघि सारेकी छन्।
स्वास्थ्य सेवामा सुधार

२४ सै घण्टा सेवा दिने अत्याधुनिक ट्रमा अस्पताल स्थापना, निःशुल्क आमा–शिशु स्वास्थ्य सेवा तथा ज्येष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य जाँच सेवा सञ्चालन गर्ने प्रतिबद्धता पनि तामाङले व्यक्त गरिन्।
प्रतिबद्धता सार्वजनिक गर्दै उनले यो अभियान व्यक्तिगत नभई धादिङको समग्र विकासका लागि साझा लडाइँ भएको उल्लेख गरिन्। “काम बोलेको हेर्न चाहनुहुन्छ भने, मलाई साथ दिनुहोस्,” भन्दै उनले मतदातासँग समर्थनको अपिल गरिन्।

20/02/2026

शुभ प्रभात 🙏
प्रतिनिधि सभा निर्वाचन २०८२
अब मात्र १३ दिन बाँकी

31/01/2026

एमाले नेता उत्तम अधिकारी रास्वपा प्रवेश: एमालेमा खैला बैला ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका-१ मार्पाक निवासी उत्तम अधिकारी पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । रास्वपाबाट बिद्रोह गरि नेकपा एमालेमा घर फर्क अभियान आत्म आलोचना गरि एमालेमा प्रवेश गरेका थिए ।

बिहीबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अधिकारीसहितको टोलीलाई रास्वपाका शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

"एमालेमा जिम्मेवार र सम्मान भएन,अविश्वास मात्र गर्ने पार्टीलाई आर्थिक सहयोगको मात्र भार पार्ने देख्यो,त्यसैले समाज सेवाको कार्यलाई थप प्रभावकारी बनाउदै जनसेवामा लाग्न पुनः रास्वपामा फर्किय आज म संग बलियो टिम छ"- उत्तम अधिकारीले बताए ।

धादिङ जिल्लामा सञ्चालित एक मात्र टेलिभिजन दिव्यदर्शन टेलिभिजन का सञ्चालकसमेत रहेका अधिकारीको रास्वपामा प्रवेशसँगै जिल्लाको राजनीतिक वृत्तमा नयाँ हलचल पैदा भएको छ ।

धादिङमा वैकल्पिक राजनीति मजबुत बनाउन अधिकारीको भूमिका महत्वपूर्ण रहने रास्वपका एक नेताले बताए ।

उत्तम अधिकारीको प्रवेशसँगै आगामी दिनमा धादिङको एमालेमा प्रभाव देखिने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

31/01/2026

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ का तारा चिन्हधारी उम्मेदवार रामबहादुर भण्डारीले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम भएको बताएका छन्।
प्रेस सेन्टर नेपाल धादिङ–२ को बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले पटक–पटक चुनाव लड्ने सोच नभएको स्पष्ट पारे। “यो मेरो पहिलो र अन्तिम उम्मेदवारी हो,” उनले भने।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा धादिङ–२ निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडाले पार्टीको चुनाव चिन्ह नयाँ भएकाले मतदाता झुक्किन सक्ने बताउँदै सञ्चारकर्मीहरूलाई नेकपाको समाचार लेख्दा तारा चिन्ह उल्लेख गर्न आग्रह गरे।
जनयुद्धका क्रममा दुई छोरा बेपत्ता भएका भण्डारी स्वयं पनि जनयुद्धका घाइते हुन्। उनको उम्मेदवारीसँगै धादिङ–२ मा नेकपाको चुनावी माहौल तातेको छ।
बैठकले माघ २१ गते CPN Media Center संचालनमा ल्याउने, नेकपाका चुनावी गतिविधि समेटेर दैनिक इ–बुलेटिन प्रकाशन गर्ने तथा जिल्ला, प्रदेश र राष्ट्रियस्तरका मिडियासँग समन्वय गरी समाचार आदान–प्रदान गर्ने निर्णयसमेत गरेको छ।

धादिङ जिल्लाको गल्छी गाउँपालिका–५, सागिने स्थायी घर २४ वर्षीय मनोज तामाङ हराउनु भएको छ।मानसिक रोगको उपचारका लागि ललितपुर...
31/01/2026

धादिङ जिल्लाको गल्छी गाउँपालिका–५, सागिने स्थायी घर २४ वर्षीय मनोज तामाङ हराउनु भएको छ।

मानसिक रोगको उपचारका लागि ललितपुरको इमाडोल ल्याइएको अवस्थामा
उहाँ इमाडोल क्षेत्रबाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

परिवारका अनुसार मनोज तामाङ मानसिक समस्याबाट पीडित रहँदै आउनु भएको छ।
उहाँलाई कहीँ कतै देख्नु भएमा वा कुनै जानकारी भएमा
तल उल्लेखित नम्बरहरूमा तुरुन्त जानकारी गराइदिन
परिवारले सबैमा अनुरोध गरेको छ।

📞 सम्पर्क नम्बरहरू :
9841683292
9810309912
9843062900

सम्बन्धित सबैलाई यो सूचना प्रसार/शेयर गरी सहयोग गरिदिन अनुरोध गरिएको छ।

थाक्रे ९ र १० मा धादिङ क्षेत्र न: १ का उम्मेदवार आशिका तामाङद्वारारास्वपाको वडा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
31/01/2026

थाक्रे ९ र १० मा धादिङ क्षेत्र न: १ का उम्मेदवार आशिका तामाङद्वारा
रास्वपाको वडा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

तारा ⭐️ Vs घण्टि 🔔धादिङ क्षेत्र नं १ मा जित कस्को? ? ?  Rajendra Prasad Pande - vs Ashika Tamang
31/01/2026

तारा ⭐️ Vs घण्टि 🔔
धादिङ क्षेत्र नं १ मा जित कस्को? ? ?
Rajendra Prasad Pande - vs Ashika Tamang

SadNews: नेता बालेनको घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती घरमा नभएको बेला घरमा पसेर चोरहरूले सिसीटिभी, बाथरुम र किचन...
31/01/2026

SadNews: नेता बालेनको घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती घरमा नभएको बेला घरमा पसेर चोरहरूले सिसीटिभी, बाथरुम र किचनका धारा समेत चोरेका थिए । यो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 😢

31/01/2026

BREAKING 🇧🇫 Burkina Faso
अनावश्यक राजनीतिक बिभाजनले देश अस्थिर बनाएको आरोप लगाउँदै Burkina Faso को सैनिक सरकारले देशका सम्पूर्ण राजनीतिक दलहरू खा:रेज गरेको छ।

👉 सैन्य सरकारद्वारा जारी आदेश (Decree) अनुसार:
सबै राजनीतिक पार्टीहरू औपचारिक रूपमा विघटन गरिएका छन्
पार्टीका चल–अचल सम्पत्ति अब राज्यको स्वामित्वमा जानेछ
पार्टी दर्ता, गतिविधि र संगठनसम्बन्धी पुराना कानुनहरू रद्द गरिएका छन्
भविष्यमा नयाँ किसिमको राजनीतिक संरचना र कानुन ल्याइने संकेत गरिएको छ

सरकारको दाबी:
“राजनीतिक दलहरूले देशलाई फुट, अस्थिरता र आपसी द्व'न्द्वतर्फ धकेले। अब राष्ट्रिय एकता, सुरक्षा र विकास पहिलो प्राथमिकता हो।”

Photo - सामाजिक सञ्जाल

धादिङ महोत्सवमा शुद्ध र ताजा महको विशेष आकर्षण 🐝🍯धादिङ महोत्सवमा शुद्ध र ताजा महले दर्शकको ध्यान खिचिरहेको छ।ज्वालामुखी ...
31/01/2026

धादिङ महोत्सवमा शुद्ध र ताजा महको विशेष आकर्षण 🐝🍯

धादिङ महोत्सवमा शुद्ध र ताजा महले दर्शकको ध्यान खिचिरहेको छ।
ज्वालामुखी गाउँपालिका–५ मेहनती किसान पूर्व वडाध्यक्ष कृष्ण काप्रिले महोत्सव स्थलभित्र स्टल राखी आफ्नै घरमा पालिएको मौरी बाट उत्पादन भएको शुद्ध, प्राकृतिक र ताजा महको प्रदर्शनी तथा बिक्री गर्न सुरु गर्नुभएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै गुणस्तरीय मह उपभोक्तासम्म पुर्‍याउने उद्देश्यसहित उहाँको स्टल महोत्सवको एक विशेष आकर्षण बनेको छ।

शुद्ध मह चाहिनेहरूका लागि उत्कृष्ट अवसर।

📞 सम्पर्क: ९८५११६२६३०

#धादिङमहोत्सव #शुद्धमह #स्थानीयउत्पादन

Address


Opening Hours

09:00 - 17:00

Telephone

+971566756964

Website

Alerts

Be the first to know and let us send you an email when DhadingNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DhadingNews:

  • Want your business to be the top-listed Media Company?

Share