
26/07/2025
अष्ट्रेलियासँग नेपालको व्यापार :
पछिल्लो एक वर्षमा अष्ट्रेलियासँगको नेपालको व्यापार घाटा १ अर्ब ९२ करोड रुपैयाँ बराबरको रहेको पाइएको छ । भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकले यस्तो देखाएको हो । जसमा एक वर्षमा नेपालले अष्ट्रेलियाबाट २ अर्ब १३ करोडको सामान ल्याउँदा मात्र २० करोड रुपैयाँ बराबरको सामान निर्यात गर्न सकेको छ ।