Saphal Nepal

Saphal Nepal समय सापेक्ष डिजिटल स्वरुपमा समाचार र विचार प्रस्तुत गर्ने सफल प्रयास हो ‘saphalnepal.com’।

हाम्रो बारेमा
एक दशकलामो राष्ट्रिय साप्ताहिक प्रकाशनपछि समय सापेक्ष डिजिटल स्वरुपमा सूचना तथा विचार प्रस्तुत गर्ने हाम्रो सफल प्रयास हो ‘सफल नेपाल डट कम’। यस पेजमा हामी राजनीतिक र गैरराजनीतिक दुवै विषयमा समाचार सामग्री पस्कने छौं। सामाजिक, राजनीतिक, आर्थिकलगायतका विविध क्षेत्रका विचार र विश्लेषण सम्पेषण गर्नु हाम्रो उदेश्य हो। देश भ्रष्टाचार र अनियमितताको दलदलमा भासिएको अवस्थामा हामी सुशासनको मुद्

दामा दर्बिलो रुपमा उभिने छौं। आम नेपालीका आवाज हामी यस पेजमा समेट्ने छौं। राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्र मुख्य मुद्दा हुन् । हामी भोक, रोग, गरिवी र अशिक्षाका साझा मुद्दामा सारथि बन्ने प्रण गर्दछौं। संस्कृति, सभ्यता र परम्पराको जगेर्नापनि हाम्रो प्राथमिकता हो। राष्ट्रहित, सुशासन र पारदर्शितामा कसैसँग सम्झौता हुने छैन। नेपालको संविधान २०७२ ले जनतालाई राजकीयसत्ता र सार्वभौमसत्ता निहित गराएको छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा संविधानका मूलभूत विशेषता र आधारस्तम्भ हुन्। हामी संविधानका ती मूल्य–मान्यताप्रति अबिलचित रहि सकारात्म सोच सहितका समाचारका माध्यमबाट सफल पत्रकारीता गर्नेछौँ।

जय नेपाल !!

Rt. Hon. PM Balen PMO Nepal Army (नेपाल आर्मी)
06/09/2026

Rt. Hon. PM Balen PMO Nepal Army (नेपाल आर्मी)

भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा परेर धेरै नागरिक हराइरहेका छन् । कतिपय परिवार आफ्ना आफन्त फर्...

06/09/2026

किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफ....

United Nations Nepal
06/09/2026

United Nations Nepal

संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड...

05/09/2026

"बच्चा जसको भए पनि, समस्यामा पर्दा वा टोलाउँदा उसले सबैभन्दा पहिले आमालाई नै खोज्छ।

त्यसैले भनिन्छ नि, आमाको स्थान संसारमा कसैले पनि लिन सक्दैन।"

#आमा

05/09/2026

ए. पि. एफ. का जवान बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट राहत सामग्री पठाउँदै ।

ए.पि.एफ. (सशस्त्र प्रहरी बल, नेपाल) ले उद्धार तथा राहत कार्यमा ड्रोन प्रविधिको प्रयोग गरिरहेको सन्दर्भमा यो एउटा महत्वपूर्ण कदम हो। प्राकृतिक विपद्का बेला सडक मार्ग अवरुद्ध हुँदा वा मानिस पुग्न नसक्ने दुर्गम तथा जोखिमपूर्ण स्थानहरूमा छिटो र प्रभावकारी रूपमा राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बलले अत्याधुनिक ड्रोनिङ प्रविधि र पेलोड ड्रप प्रविधिको प्रयोग गर्दै आएको छ।

05/09/2026

नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल ।

काठमाडौँस्थित  #पशुपतिनाथ मन्दिरमा नेपाली हिन्दु परम्परानुसार कुशको शव दाहसंस्कार गर्दै बाढीमा परी बेपत्ता भएका पीडितका ...
05/09/2026

काठमाडौँस्थित #पशुपतिनाथ मन्दिरमा नेपाली हिन्दु परम्परानुसार कुशको शव दाहसंस्कार गर्दै बाढीमा परी बेपत्ता भएका पीडितका आफन्तजनहरू #साङ्केतिक_अन्त्येष्टि मा शोक मनाइरहेका छन्।
​एक हप्ताअघि हिमाली क्षेत्रमा आएको भीषण आकस्मिक बाढीले बगाएपछि बेपत्ता भएका आफ्ना प्रियजनहरूको मुक्तिका लागि परिवारहरूले साङ्केतिक अन्त्येष्टि संस्कार गरिरहेका थिए।

#​प्रकाश_माथेमा / #एएफपी

04/09/2026

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा जलवायु जोखिम उठाउने

#नेपालसमाचार #2026

04/09/2026

नेपालले बाढीपीडित व्यवसायका लागि राहत प्याकेज ल्याउने

04/09/2026

जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सफल उद्धारपछि उनीहरूलाई तत्काल उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा गृहमन्त्री सुधन गुरुङ समेत उद्धार तथा स्वास्थ्य उपचार व्यवस्थापनमा प्रत्यक्ष सहभागी भएका छन्।

उद्धार गरिएका व्यक्तिहरूलाई सुरुङबाट बाहिर निकालिएलगत्तै प्राथमिक स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि सुरक्षित स्थानतर्फ लगिएको थियो। उनीहरूको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै उद्धार टोली, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूले समन्वयात्मक रूपमा काम गरेका थिए।

गृहमन्त्री गुरुङले उद्धार कार्यको अवस्थाबारे जानकारी लिँदै घाइते तथा प्रभावितको उपचार, उद्धार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उद्धार गरिएका व्यक्तिहरूको अवस्था र आवश्यकताअनुसार थप उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

Address

Perth, WA

Alerts

Be the first to know and let us send you an email when Saphal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saphal Nepal:

Shortcuts

Share