KBC News Australia

KBC News Australia Nepali Community News of Australia.

चौथो एक्सपर्ट कप २०२६ सम्पन्न, नेपबोर्न एफसी च्याम्पियनअस्ट्रेलियाको मेलबर्नमा आयोजित चौथो एक्सपर्ट कप तथा बेटर च्वाइस क...
20/09/2026

चौथो एक्सपर्ट कप २०२६ सम्पन्न, नेपबोर्न एफसी च्याम्पियन
अस्ट्रेलियाको मेलबर्नमा आयोजित चौथो एक्सपर्ट कप तथा बेटर च्वाइस कप २०२६ फुटबल प्रतियोगिता विभिन्न टोलीको सहभागिता र प्रतिस्पर्धात्मक खेलसँगै सम्पन्न भएको छ। प्रतियोगिताको एक्सपर्ट कपतर्फ नेपबोर्न एफसी च्याम्पियन बनेको छ भने एनएफसीटी उपविजेता बनेको छ।

त्यस्तै, चौथो बेटर च्वाइस कपको उपाधि हिमालयन टाइगरले जितेको छ भने रोयल वेस्टर्न्स क्लब उपविजेता बनेको छ।

नेपालका बाढीपीडितका लागि क्यानबेरामा १५ हजार डलर जुट्यो
20/09/2026

नेपालका बाढीपीडितका लागि क्यानबेरामा १५ हजार डलर जुट्यो

क्यानबेरा, अष्ट्रेलिया ।नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत र पुनःस्थापनामा स...

20/09/2026

गुठी एसएका सचिव सजिन प्रधानाङ्गका अनुसार एडिलेडमा जात्रालाई निरन्तरता दिनुको उद्देश्य उत्सव मनाउनुमा मात्र सीमित नभई यहा...
20/09/2026

गुठी एसएका सचिव सजिन प्रधानाङ्गका अनुसार एडिलेडमा जात्रालाई निरन्तरता दिनुको उद्देश्य उत्सव मनाउनुमा मात्र सीमित नभई यहाँ हुर्किरहेको नयाँ पुस्तालाई नेवाः संस्कृति, परम्परा र पहिचानसँग जोड्नु पनि हो। नेपालको सांस्कृतिक विविधतालाई दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमाझ चिनाउनु र समुदायबीचको सम्बन्ध विस्तार गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

Guthi SA

एडिलेड । नेवाः समुदायको प्रमुख सांस्कृतिक पर्वमध्ये एक येँया पुन्हि अर्थात् इन्द्रजात्रा यस वर्ष पनि दक्षिण अस.....

19/09/2026

🔴 LIVE | एडिलेडबाट प्रत्यक्ष

मानवसेवा आश्रमको ‘कनेक्ट अस्ट्रेलिया थ्रु ह्युम्यानिटी’ अभियानअन्तर्गत एडिलेडमा आयोजित विशेष मानवीय तथा उत्प्रेरणात्मक कार्यक्रमबाट प्रत्यक्ष प्रसारण।

19/09/2026

🔴 LIVE | एडिलेडबाट प्रत्यक्ष

मानवसेवा आश्रमको ‘कनेक्ट अस्ट्रेलिया थ्रु ह्युम्यानिटी’ अभियानअन्तर्गत एडिलेडमा आयोजित विशेष मानवीय तथा उत्प्रेरणात्मक कार्यक्रमबाट प्रत्यक्ष प्रसारण।

मानवताका लागि एकता, सेवामा

19/09/2026

🔴 LIVE | एडिलेडबाट प्रत्यक्ष

मानवसेवा आश्रमको ‘कनेक्ट अस्ट्रेलिया थ्रु ह्युम्यानिटी’ अभियानअन्तर्गत एडिलेडमा आयोजित विशेष मानवीय तथा उत्प्रेरणात्मक कार्यक्रमबाट प्रत्यक्ष प्रसारण। 🇳🇵❤️🙏

मानवताका लागि एकता, सेवामा

एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) ले सन् २०२५/२६ सिजनका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ। एडिलेडमा आयोजित कार्यक्...
19/09/2026

एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) ले सन् २०२५/२६ सिजनका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ। एडिलेडमा आयोजित कार्यक्रममा नेपालका रसुवा बाढीपहिरो पीडितका लागि सात लाख रुपैयाँ सहयोगसमेत गरिएको छ।

एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) ले सन् २०२५/२६ सिजनका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ। एडिलेड.....

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले गर्नुभएको सम्बोधन :सम्...
19/09/2026

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले गर्नुभएको सम्बोधन :

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीहरू,
माननीयहरू,
स्थानीय तहका प्रमुखहरू,
उपस्थित विशिष्ट व्यक्तित्व,
कुटनीतिक नियोगका प्रमुखहरू,
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।

नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्‌नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात -अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन‍ योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै, हालै आएको रसुवा -भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ - विविधताबीचको एकता , सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास , समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र , मानव अधिकार र कानूनी राज्य - यी हाम्रा लागि सर्तहरू होइनन् , यी हाम्रो राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना , दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।

तर एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। संविधान जति राम्रो भए पनि , त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ।

म प्रस्ट भन्छु: यो सुरुवात हो , अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन् , झन् धेरै छन्। विकासको लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण , भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन , काम हो। र हामी काम गरिरहेका छौ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध छ।
र हामी पुरानै बाटो मात्र हिँड्ने छैनौँ। कृत्रिम बुद्धिमत्ता , डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर , नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो। युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ।

हालैको रसुवा -भोटेकोशी बाढीले पुर्याएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय रह्‍यो । आजको यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पुर्‍याउने सबै मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय एवम् संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारीहरू, आम नागरिक तथा देशवासीहरूप्रति विशेष धन्यवाद र आभार प्रकट गर्दछु। तर धन्यवाद मात्र पर्याप्त छैन। नेपाल विश्वका उच्च विपद्‌ जोखिम भएका मुलुकहरूको सूचीमा छ। यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन , आउनुअघि नै सामना गर्छौँ। जोखिम न्यूनीकरण , पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ। विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ,
संविधान जारी भएको दिन हरेक वर्ष आउँछ। तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ - हरेक इमानदार निर्णयबाट , हरेक पारदर्शी नियुक्तिबाट , नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट।
जनताले सुशासन मागेका छन् , विकास मागेका छन् , समृद्धि र सामाजिक न्याय मागेका छन्। यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ। यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ - म यो वाचा आज फेरि दोहोर्‍याउँछु।
शहीदहरूको रगतले लेखेको संविधान , हामी कामले पूरा गर्छौँ।
सम्पूर्ण नेपाली जनतामा संविधान दिवस तथा राष्ट्रिय दिवस , २०८३ को हार्दिक शुभकामना।

धन्यवाद

PMO Nepal B***n

Address

South Melbourne, VIC
3000

Opening Hours

Monday 9am - 6pm
Tuesday 9am - 6pm
Wednesday 9am - 6pm
Thursday 9am - 6pm
Friday 9am - 6pm

Alerts

Be the first to know and let us send you an email when KBC News Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KBC News Australia:

Shortcuts

Share