News24galaxy

News24galaxy www.news24galaxy.com is one of the leading online news portals of Nepal. ताजा ताजा अपडेट समाचार

19/09/2025

अहिले नेपालमा युवाहरूलाई राजनीतिक अवस्था नजानेका व्यक्तिलाई पनि अहिले राजनीतिक अवस्थाबारे ज्ञान जान्न मन लागेको छ।😊😊

19/09/2025

ओलीको दाबी: आन्दोलनकारीलाई प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको छ

काठमाडौँ महानगरपालिका माछापोखरी बसपार्कको ताजा दृश्य
19/09/2025

काठमाडौँ महानगरपालिका माछापोखरी बसपार्कको ताजा दृश्य

19/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

शेर बहादुर देउबाको घरमा पैसा भेटिएको कुरा झुटो हो । त्यो पैसा राख्ने ट्यांकी होइन, पानी ट्यांकी हो । - देउबा सचिबालय
19/09/2025

शेर बहादुर देउबाको घरमा पैसा भेटिएको कुरा झुटो हो । त्यो पैसा राख्ने ट्यांकी होइन, पानी ट्यांकी हो । - देउबा सचिबालय

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रहेको तारकेश्वर धाम गुम्बा नजिकै रहेको अस्थायी प्रहरी बिट जेन्जी आन्दोलन पछि संरक्...
19/09/2025

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रहेको तारकेश्वर धाम गुम्बा नजिकै रहेको अस्थायी प्रहरी बिट जेन्जी आन्दोलन पछि संरक्षण गरिएको छ।

“नगर प्रमुखको नेतृत्वहीनताले तारकेश्वर नगरपालिका कार्यालय जलेर खरानी”करोडौंको नोक्सान
19/09/2025

“नगर प्रमुखको नेतृत्वहीनताले तारकेश्वर नगरपालिका कार्यालय जलेर खरानी”करोडौंको नोक्सान

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्....

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन पश्चात् पहिलोपटक सार्वजनिक भएका छन् । संविधान दिव...
19/09/2025

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन पश्चात् पहिलोपटक सार्वजनिक भएका छन् । संविधान दिवसको शुभकामना दिँदै उनले लेखेका छन् -

"दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घु'सपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने ष'ड्यन्त्रकारीहरूले हिं'सा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गो'ली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित ह'तियारले गो'ली हानेको घ'टनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जलि एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आ'क्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार ज'लाइएको छ - नेपालको नक्सा ज'लाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी ख'रानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आ'क्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।

तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।

हाम्रा युवाहरुले काजी भीम मल्लको मृ'त्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ का'टिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ - सार्वभौमसत्तामाथि गरिएको प्र'हार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
मेरो सबैमा अपील छ -
संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

19/09/2025

I got over 12,500 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा अवस्थित बालाजु प्रहरी वृत्त हाल जेन-जी आन्दोलन पश्चात् व्यापक क्षति भोगेको छ। आन्द...
19/09/2025

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा अवस्थित बालाजु प्रहरी वृत्त हाल जेन-जी आन्दोलन पश्चात् व्यापक क्षति भोगेको छ। आन्दोलनकारीले कार्यालयमा आगजनी गरेपछि भवन प्रयोग अयोग्य बनेको हो।

जनतालाई निरन्तर सेवा दिने उद्देश्यले नेपाल प्रहरीले तत्कालीन रुपमा उक्त वृत्तलाई तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित धर्मस्थली प्रहरी चौकीमा सारेर कार्य सञ्चालन गरिरहेको छ। हाल सो स्थानबाट सामान्यदेखि विशेष सुरक्षा सेवासम्म उपलब्ध गराइँदै आएको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा क्षतिग्रस्त भएको बालाजु प्रहरी वृत्तमा अहिले जलेका कोठा, भत्किएका फर्निचर र नष्ट भएका कागजातहरूको दृश्य देखिन्छ। प्रहरीको प्रयासमा सेवा भने अवरुद्ध नभएको, बरु झनै व्यवस्थित ढंगले निरन्तरता दिइएको स्थानीयले बताएका छन्।

प्रहरीको सक्रियता र जनताको सहयोगमा अहिले तारकेश्वरबाटै सेवा सहज रूपमा सुरु भएको छ भने भविष्यमा बालाजु वृत्त पुनर्निर्माण गरिने समेत तयारी भएको जानकारी प्राप्त भएको छ।

19/09/2025

आज संविधान दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै

गोसाइँकुण्ड 😊😊
19/09/2025

गोसाइँकुण्ड 😊😊

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when News24galaxy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News24galaxy:

Share