
15/08/2025
ब्याटिङ नचल्दा नेपाल पराजित - अस्ट्रेलियाको डार्बिनमा जारी Top End T20 Series अन्तर्गतको पहिलो खेलमा जेपाल अष्ट्रेलियाको नर्दन टेरिटोरी (NT) स्ट्राइकसँग पराजित भएको छ । १७८ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा पुरै २० ओभर खेल्दा १ सय ३५ रनमा समेटियो । योसँगै नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पारजित भएको हो । नेपालको खेल हेर्न ठूलो संख्यामा नेपाली दर्शक DXC Arena मैदानमा पुग्नुभएको छ । नेपाली समर्थकहरुले नेपालको झण्डा फहराउदै जंगि निसान हाम्रो गीतले क्रिकेट मैदानलाई नेपालमय बनाउनु भएको थियो ।