17/11/2025
रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहल
रौतहटमा तीव्र भइरहेको लागू औषध (नशा) दुर्व्यसन नियन्त्रणका लागि आज गौरस्थित जिल्ला प्रशासन कार्यालयमा Gen Z Nepal तथा अदर्श युवा क्लब का युवाहरूले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई औपचारिक ज्ञापनपत्र बुझाएका छन्।
गाउँ–सहरसम्म फैलिँदो नशा समस्याप्रति चिन्ता व्यक्त गर्दै युवाहरूले निम्न मागहरू अघि सारेका छन्—
विद्यालय–कलेज र समुदायमा व्यापक सचेतना कार्यक्रम,
स्थानीय प्रशासन, प्रहरी र सशस्त्रबीच समन्वय सुदृढीकरण,
लागू औषध कारोबारमा संलग्नमाथि कडा निगरानी र कारबाही,
प्रभावित युवाको उपचारका लागि पुनर्स्थापना केन्द्र र मनोसमाजिक परामर्श सेवा स्थापना।
उक्त अभियानमा शैलेन्द्र यादव, अरुण पटेल, सुबोध पासवान, पूजा कुमारी, भुनेश्वर यादव, मुनावर आलम लगायत ठूलो संख्यामा युवाहरूको सक्रिय उपस्थिति रहेर कार्यक्रमलाई अझ प्रभावकारी बनायो।
ज्ञापनपत्र ग्रहण गर्दै सीडीओ भुसालले युवाहरूको पहललाई प्रशंसनीय बताउँदै आवश्यक कार्यवाहीमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
नशामुक्त समाज निर्माणका लागि युवाहरूको यो जागरण र प्रतिबद्धता रौतहटका अन्य युवाहरूसमेतका लागि प्रेरणादायी बन्दै गएको छ।
— अदर्श युवा क्लब तथा Gen Z Nepal