The SDP Times

The SDP Times Shaping the Global Village

07/09/2025

कठै .. मन्त्रीको car ले HIt and RUN गर्ने, प्रधानमंत्री जोगाउने !

07/09/2025

Exclusive : Texas को Arlington मा एक नेपाली युवा सरोज लामिछानेद्वारा आत्महत्या !

29/08/2025
29/08/2025

F1 International Students & Journalist Visas को अवधि Fix गर्ने प्रस्ताव ।

27/08/2025

TPS बाहक नेपालीकालागी महत्वपूर्ण जानकारी !

हिजो राखिएको जानकारीको नेपाली अनुवादको लागि स्वेच्छाले सहयोग गरि दिनु हुने UTPSN कै मेम्बर कृष्ण सुवेदी प्रति हार्दिक आभार!

हामी प्रायः हाम्रा मिटिङहरूपछि सदस्यहरूका लागि फलो-अप नोट्स राख्दैनौं, किनभने सकेसम्म धेरै सदस्यहरू प्रत्यक्ष मिटिङहरूमा सहभागी होऊन् भन्ने हाम्रो चाहना हो। तर हिजोका दुईवटा मिटिङहरू (NTPSA र एकजना वकिलसँगको मिटिङ, त्यसपछि भएको साधारण सदस्य मिटिङ) अत्यन्तै महत्वपूर्ण भएका कारण, यो पटक भने अपवाद स्वरूप प्रमुख बुँदाहरू यहाँ राखिएको छ, किनभने USCIS ले हाम्रो TPS को आधिकारिक अन्त्य घोषणा गरिसकेको छ। हिजोको मिटिङका प्रमुख बुँदाहरू यसप्रकार छन्:



1. नेपाली TPS होल्डरहरू सन् २०२५ अगस्ट २० देखि प्राविधिक रूपमा “out of status” (अवैध स्थिति) मा पर्नु भएको छ, किनभने USCIS ले TPS अन्त्यको मिति "ब्याकडेट" (मिति अगाडी सारेर) गरेर निर्धारण गरेको छ।
2. यसको अर्थ, DHS (Department of Homeland Security) ले चाहेमा नोभेम्बर १८ को मुख्य सुनुवाइभन्दा अगाडि नै डिपोर्टेसन नोटिस पठाउन वा डिपोर्टेसन गर्न सुरु गर्न सक्छ।
3. तर, याद राख्नु होला, अन्य देशका TPS अन्त्य गरिएका व्यक्तिहरू (जस्तै: भेनेजुएला, अफगानिस्तान, क्यामरुन) जसले विभिन्न चरणमा मुद्दा हारेका छन्, तिनीहरूलाई DHS ले सामान्यतः निशाना बनाएको छैन। कृपया, आफूलाई कुनै पनि किसिमको कानुनी समस्यामा (जस्तै आपराधिक गतिविधि) नपार्न सतर्क रहनुहोस्। यदि तपाईंको ICE चेक-इन छ भने अझ बढी सावधानी अपनाउनुहोस्।
4. यदि तपाईंले १८० दिनभन्दा बढी “unlawful presence” (अवैध बसाइ) गरेमा, त्यसको असर तब मात्र पर्छ जब तपाईं अमेरिका बाहिर जानुहुन्छ र कन्सुलर प्रोसेसिङ मार्फत अर्को भिसा लिन चाहनुहुन्छ। १८० दिनले ३ वर्षको प्रतिबन्ध र ३६५ दिनले १० वर्षको प्रतिबन्ध निम्त्याउन सक्छ।
5. तपाईंले EAD (Employment Authorization Document) को वैधता समाप्त भएको कुरा आफ्नो रोजगारदातालाई आफैंले सक्रिय रूपमा बताउनुपर्ने बाध्यता छैन। तर यदि उनीहरूले सोधि हाले भने, सत्य जानकारी दिनु अनिवार्य छ, र त्यसपछि तपाईंको रोजगारदाताले जे निर्णय लिन्छन् त्यसको सामना गर्नुपर्ने हुन्छ।
6. हाम्रो कानुनी टिमले पहिले नै तल्लो अदालतमा एउटा निवेदन (motion) दर्ता गरिसकेको छ जुन तेस्रो तर्क मा आधारित छ। हामीलाई परम्परागत ६–१२ महिनाको नोटिस नदिई, केवल न्यूनतम ६० दिन (भन्दा कम) को नोटिस दिइयो र त्यो पनि कुनै स्पष्ट कारण बिना। यो तर्कको लागि “discovery proof” आवश्यक नपर्ने भएकाले यो प्रक्रिया अन्य दुई तर्क (Administrative Procedure Act उल्लङ्घन र जातीय पूर्वाग्रह) भन्दा छिटो हुनेछ। यसले हाम्रो स्टाटसमा के असर पर्छ भन्ने कुरा न्यायाधीशको निर्णयमा भर पर्छ। कानुनी टिमले न्यायाधीशसँग यो मुद्दा ढिलो भनेको सेप्टेम्बर ८ सम्म मा सुनवाई गर्न अनुरोध गर्नेछ।
7. सेप्टेम्बर १६ मा एउटा छुट्टै सुनुवाइ “Class Action” प्रमाणिकरणको लागि हुने छ। यदि यो स्वीकृत भयो भने, भविष्यमा आउने कुनै पनि निर्णयबाट हुने राहतहरू सबै TPS होल्डरहरूमा लागू हुनेछ, चाहे उनीहरू NTPSA का सदस्य हुन् वा होइनन्।
8. हाम्रो कानुनी टिम “en banc” सुनुवाइको लागि निवेदन गर्न हिचकिचाइरहेको छ, मुख्यतः दुई कारणले:
१. हामीले अपिल अदालतमा ३–० ले हार्यौं।
२. अपिल अदालतका न्यायाधीशहरूले केवल दुई अनुच्छेदको निर्णय लेखे, जसमा उनीहरुको तर्क स्पष्ट गरिएको थिएन।
यस्तो अवस्थामा उनीहरूको निर्णयलाई चुनौती दिन पर्याप्त आधार बिना “en banc” जित्न गाह्रो हुनेछ।
9. नोभेम्बर १८ को मुख्य सुनुवाइ अझै यथावत् छ। यो हाम्रो मुद्दाको “merits” (मुख्य विषयवस्तु) मा आधारित मुख्य सुनुवाइ हो।
10. हाम्रो स्टाटस पुन: बहाल हुन्छ कि हुँदैन भन्ने कुरा आगामी सुनुवाइहरूमा न्यायाधीशले दिने निर्णयहरूमा निर्भर गर्नेछ।
11. देश छोड्ने, Change of Status (CoS) को लागि आवेदन दिने, वा कुनै विकल्प बिना अमेरिका बस्ने भन्ने निर्णय हरेकको व्यक्तिगत रोजाईं हो। हामी UTPSN परिवार भने बाँकी रहनु हुने सबैको लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता गर्छौं। स्थायी बसोबासको लक्ष्य प्राप्त नभएसम्म सबै प्रत्यक्ष प्रभावितहरूसँग मिलेर संघर्ष जारी राख्नेछौं!

हाम्रो लागि हामी नै!
~ TPS NEPAL

25/08/2025

छ हजार इंटरनेशनल स्टूडेंट्स deported!

Heartfelt condolences 💐
21/08/2025

Heartfelt condolences 💐

Judge Frank Caprio passed away peacefully at the age of 88 after a long and courageous battle with pancreatic cancer.

Beloved for his compassion, humility, and unwavering belief in the goodness of people, Judge Caprio touched the lives of millions through his work in the courtroom and beyond. His warmth, humor, and kindness left an indelible mark on all who knew him.

He will be remembered not only as a respected judge, but as a devoted husband, father, grandfather, great grandfather and friend. His legacy lives on in the countless acts of kindness he inspired.

In his honor, may we each strive to bring a little more compassion into the world — just as he did every day.

18/08/2025

अब १४ बर्ष मुनि र ८० बर्षमाथीकाले पनि visa interview दिनुपर्ने!

Vacancy Announcement! 📣
18/08/2025

Vacancy Announcement! 📣

18/08/2025

अब अमेरिकामा नेपाली तिथि अनुसारनै चाड पर्व मनाउने मंदिरको निर्णय!

Address

Chittagong Division

Alerts

Be the first to know and let us send you an email when The SDP Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The SDP Times:

Share