Bhutan Prasaran Sewa

Bhutan Prasaran Sewa Official page of BBS Lhotsham Radio.

Listen live:
Channel 1: https://radio.bbs.bt/mix-ch
Channel 2: https://radio.bbs.bt/dz-ch

Tune in: 88.1, 93, & 96 MHz
Daily: 10 AM–2 PM & 8 PM–10 PM

08/06/2026

भूकम्पपछि देशको अवस्थाबारे प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा जानकारी दिनुभएको छ।
प्रधानमन्त्रीका अनुसार गएरातिको भूकम्पका कारण केही परम्परागत घर तथा भवनमा चिरा पर्नुका साथै संरचनागत क्षति भए पनि हालसम्म ठूलो क्षति वा मानवीय हताहतीको खबर आएको छैन।
भूकम्पको केन्द्रबिन्दु पुनाखा नजिक रहेको अनुमान गरिए पनि पुनाचाङछु जलविद्युत् आयोजनाहरूमा कुनै क्षति नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। साथै, उच्च जोखिममा मानिएका हिमतालहरूको पानीको सतह पनि सामान्य अवस्थामा रहेको जानकारी दिनुभयो।
स्थानीय सरकार तथा विपद् व्यवस्थापन विभागले देशभरबाट विवरण सङ्कलन गर्दै क्षतिको पूर्ण मूल्याङ्कन गरिरहेको छ।
गएराति करिब ११:३६ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। भूगर्भ तथा खानी विभागको प्रारम्भिक प्रतिवेदनअनुसार भूटानका उत्तरी क्षेत्रमा हल्कादेखि मध्यम कम्पन महसुस गरिएको थियो भने दक्षिणी क्षेत्रमा यसको प्रभाव तुलनात्मक रूपमा कम रहेको थियो।
अधिकारीहरूले यसलाई कम गहिराइमा उत्पन्न भएको मध्यम खालको भूकम्प भएको बताएका छन्। सर्वसाधारणलाई सतर्क रहन र सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनाको मात्र पालना गर्न आग्रह गरिएको छ।

National Centre for Hydrology and Meteorology (NCHM) का अनुसार आज भएको भूकम्पपछि Thorthormi Lake वा Lunana क्षेत्रका अन्...
07/06/2026

National Centre for Hydrology and Meteorology (NCHM) का अनुसार आज भएको भूकम्पपछि Thorthormi Lake वा Lunana क्षेत्रका अन्य कुनै पनि हिमतालहरूको जलस्तरमा कुनै परिवर्तन देखिएको छैन।

सबै GLOF Early Warning System का नियन्त्रण कक्षहरू निरन्तर सतर्क अवस्थामा रहेका छन् र केन्द्रले परिस्थितिको नजिकबाट निगरानी गरिरहेको छ।

GLOF Update: According to the National Centre for Hydrology and Meteorology (NCHM), there have been no changes in the water levels of Thorthormi Lake or any of the lakes in Lunana following the earthquake, earlier.

All GLOF Early Warning System control rooms are on continuous alert and the Centre is closely monitoring the situation.

Picture: Thorthormi Lake (File Photo)

07/06/2026

भूकम्पपछिको क्षति मूल्याङ्कनका लागि Gasa, Punakha र Wangdue Phodrang Dzongkhag प्रशासनहरूले आ-आफ्ना क्षेत्रबाट क्षतिको विवरण सङ्कलन गरिरहेका छन्।

प्रारम्भिक मूल्याङ्कन अनुसार यी Dzongkhag हरूमा कुनै ठूलो क्षति वा आपतकालीन अवस्था रिपोर्ट भएको छैन।

त्यसैगरी, देशका अन्य भागहरूबाट पनि भूकम्पका कारण गम्भीर क्षति भएको पुष्टि गरिएको कुनै विवरण प्राप्त भएको छैन।

थप जानकारी प्राप्त हुनेक्रम जारी रहेकाले BBS ले आवश्यक परेमा थप अद्यावधिक जानकारी प्रदान गर्नेछ।

भूकम्पसम्बन्धी अद्यावधिकभूगर्भ तथा खानी विभाग (DGM) को प्रारम्भिक प्रतिवेदनअनुसार, आज राति करिब ११ बजेर ३६ मिनेटमा भुटान...
07/06/2026

भूकम्पसम्बन्धी अद्यावधिक

भूगर्भ तथा खानी विभाग (DGM) को प्रारम्भिक प्रतिवेदनअनुसार, आज राति करिब ११ बजेर ३६ मिनेटमा भुटानभर महसुस गरिएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ५ दशमलव ५ मापन गरिएको छ।

प्रतिवेदनअनुसार, देशका उत्तरी क्षेत्रहरूमा हल्कादेखि मध्यम स्तरसम्मका कम्पनहरू महसुस गरिएको छ। दक्षिणी क्षेत्रहरूमा भने यसको प्रभाव तुलनात्मक रूपमा कम रहेको बताइएको छ।

विभागले यसलाई पृथ्वीको सतह नजिकै केन्द्रबिन्दु भएको मध्यम प्रकृतिको भूकम्पका रूपमा वर्णन गरेको छ।

अहिले पनि अवस्थाको निरन्तर निगरानी भइरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक जानकारी सार्वजनिक गरिने विभागले जनाएको छ।

भुटान प्रसारण सेवा (BBS) ले यस घटनासम्बन्धी थप विकासक्रमहरूबारे जानकारी प्रदान गरिरहनेछ।

Earthquake Update: The Department of Geology and Mines’ preliminary report has confirmed that the earthquake felt across Bhutan at around 11:36 PM measured 5.5 in magnitude.
As per the report, light to moderate tremors were reported across the northern parts of the country. The impact was less intense in the south.
The department describes it as a moderate earthquake that occurred at a shallow depth. Monitoring is ongoing, and further updates will be issued as necessary.
BBS will continue to follow the developments.
Picture courtesy: DGM

अद्यावधिक सूचनाराष्ट्रिय जल तथा मौसम विज्ञान केन्द्र (NCHM) का अनुसार लुनाना क्षेत्रस्थित थोर्थोर्मी ताल तथा अन्य कुनै प...
07/06/2026

अद्यावधिक सूचना

राष्ट्रिय जल तथा मौसम विज्ञान केन्द्र (NCHM) का अनुसार लुनाना क्षेत्रस्थित थोर्थोर्मी ताल तथा अन्य कुनै पनि हिमतालहरूको जलस्तरमा हालसम्म कुनै परिवर्तन देखिएको छैन।

केन्द्रले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ र परिस्थितिमाथि नजिकबाट ध्यान दिइरहेको जनाएको छ।

GLOF Update: According to the National Centre for Hydrology and Meteorology (NCHM), there have been no changes in the water levels of Thorthormi Lake or any of the lakes in Lunana following the earthquake, earlier.

All GLOF Early Warning System control rooms are on continuous alert and the Centre is closely monitoring the situation.

Picture: Thorthormi Lake (File Photo)

आज राति देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ।अनुमानित ५.३ म्याग्निच्युडको भूकम्प राति करिब ११:३६ बजे गएको ब...
07/06/2026

आज राति देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ।
अनुमानित ५.३ म्याग्निच्युडको भूकम्प राति करिब ११:३६ बजे गएको बताइएको छ।
वाङ्दीफोडाङको बाजो शहरमा विद्युत् आपूर्ति अवरुद्ध भएको खबर आएको छ।

सर्वसाधारणलाई शान्त रहन र सम्भावित पराकम्पका लागि सतर्क रहन अनुरोध गरिएको छ।
क्षतिग्रस्त भवन वा भूकम्पले कमजोर पारेका संरचनाबाट टाढा रहनुहोस्।
घर वरिपरि कुनै जोखिम वा खतरा भए जाँच गर्नुहोस्, र सम्बन्धित निकायहरूले जारी गर्ने सूचना तथा निर्देशनहरू पालना गर्नुहोस्।

An earthquake struck Bhutan late tonight, with tremors reportedly felt across the country.
According to a few sources, the earthquake, estimated at a magnitude of 5.3, occurred at around 11:36 PM.
Power disruptions have been reported in Bajo town, Wangdue Phodrang.

The public is advised to remain calm and stay alert for possible aftershocks. Avoid damaged buildings and structures that may have been weakened by the tremor. Check for any hazards in and around your home, and follow updates and instructions issued by relevant authorities.

07/06/2026

भुटानका विभिन्न भागमा भूकम्पको धक्का महसुस, सर्वसाधारणलाई सतर्क रहन आग्रह
केही समयअघि भुटानका विभिन्न भागहरूमा भूकम्पको धक्का महसुस गरिएको छ।
थप विवरणहरूको आधिकारिक पुष्टि हुन बाँकी रहेकाले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिन्छ।
सावधानीका रूपमा, सम्भावित पराकम्प (Aftershock) आउन सक्ने भएकाले असुरक्षित भवन, कमजोर संरचना, पर्खाल, झ्याल तथा खस्न सक्ने अन्य वस्तुहरूको नजिक नबस्न वा नउभिन अनुरोध गरिन्छ।
आफ्ना परिवारका सदस्यहरू, छिमेकीहरू तथा विशेष सहयोग आवश्यक पर्ने व्यक्तिहरूको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न पनि अनुरोध गरिन्छ।
भूकम्पसम्बन्धी तयारी तथा सुरक्षाका जानकारीका लागि सम्बन्धित निकायहरूले जारी गर्ने सूचनाहरूको पालना गर्नुहोस्।
थप जानकारी प्राप्त हुनेबित्तिकै भुटान प्रसारण सेवा (BBS) ले अद्यावधिक जानकारी प्रदान गर्नेछ।

28/04/2026

प्रिया श्रोता, हाम्रो स्टुडियो अहिले मर्मत भइरहेका कारण हाम्रा टेलिफोन संख्यहरू परिवर्तन भएको जानकारी गराउँदैछौं। आजदेखि हाम्रो फोनमार्फत सङ्गीत अनुरोध गर्ने कार्यक्रममा भाग लिन इच्छुक श्रोताहरूले सोही समयमा हामीलाई यी नम्बरहरूमा सम्पर्क गर्न अनुरोध शक्नुहुनेछ।
१। ०२ ३३२३५१
२। ०२ ३२६८६४
३। ७७१९३०४०
४। ७७१९३०४३

धन्यवाद।

To our esteemed listeners,
Due to scheduled maintenance of our studio, we have temporarily shifted to another studio to continue our radio broadcasting services. With that, we have also changed our telephone numbers for the interested callers who take part in our daily call-in show. We would like to inform our interested callers to note the changes in our telephone numbers while taking part in the show.
We would like request our interested callers to dial the following numbers to take part in our show.
1. 02-332351
2. 02-326864
3. 77193040
4. 77193043

We remain committed to serve our listeners.
Thank You!

Happy Hanuman Jayanti 💪🙏शक्ति, भक्ति र साहसका प्रतीक भगवान हनुमानको जन्मोत्सव, हनुमान जयन्तीको अवसरमा सबैलाई हार्दिक शुभ...
02/04/2026

Happy Hanuman Jayanti 💪🙏

शक्ति, भक्ति र साहसका प्रतीक भगवान हनुमानको जन्मोत्सव, हनुमान जयन्तीको अवसरमा सबैलाई हार्दिक शुभकामना! ❤️

Jaya Bajranga Bali 🙏💪

Hindu Dharma Samudaya of Bhutan

27/03/2026

🎙️ Children Program | बाल कार्यक्रम 🎙️

Produced/ Ancho:
Bishnu Maya Rai

Guests:
Bikram Ghimire
Sangay Tshering
Nobin Powdel
Nanita Ghalley
Anamika Bhattarai

बालबालिकाहरूले आफ्नो संसारलाई कसरी हेर्छन्? उनीहरूका सपना, अपेक्षा र चिन्ताहरू के हुन्?
What do children really think about their world? What are their hopes, concerns and dreams for the future?

Tune in to BBS Radio and listen to voices with honesty, courage and imagination.

Tomorrow, 28th March | भोलि, २८ मार्च
समय: 11:30 AM | बिहान ११:३० बजे

Don’t miss this episode that brings their voices of younger generations.
बालबालिकाका आवाजलाई अघि ल्याउने यो विशेष कार्यक्रम नछुटाउनु होस्।

BBS Radio- Dzongkha Service
BBS Radio - English Service
BBS Tshangla Radio

Address

Chubachu
Thimphu
11002

Alerts

Be the first to know and let us send you an email when Bhutan Prasaran Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category