05/16/2026
क्यानाडा नेपाल चेम्बर अफ कमर्स (FCNCC) को नयाँ कार्यसमिति चयन, अध्यक्षमा गोकर्ण लामिछाने :
क्यानाडामा रहेका नेपाली मूलका उद्यमी व्यवसायीहरूलाई एकीकृत गर्ने तथा नेपाल-क्यानाडा बीचको द्विपक्षीय व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले स्थापित फेडेरेसन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्स (FCNCC) को नयाँ कार्यसमिति चयन भएको छ। हालै सम्पन्न अधिवेशनले गोकर्ण लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। क्यानडाभर छरिएर रहेका नेपाली मूलका व्यवसायीहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्य बोकेको यस संस्थाको नयाँ कार्यसमितिमा उपाध्यक्ष लक्ष्मण मण्डल, महासचिव नविन लुइँटेल, सचिव विनोद श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सुराना चयन हुनुभएको छ ।
त्यस्तै, बोर्ड सदस्यहरूमा पूर्णिमा डागा, ईश्वर चन्द राजन र अर्चना कार्की रहनुभएको छ भने ब्रिटिस कोलम्बियाबाट विष्णु पौडेल र अल्बर्टाबाट केदार शिवाकोटी बोर्ड सदस्यमा निर्वाचित हुनुभएको छ
नयाँ कार्यसमितिले नेपाल र क्यानाडाबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप उचाइमा पुर्याउने र नेपाली समुदायलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।