Sakela-Online

  • Home
  • Sakela-Online

Sakela-Online Find out the latest news and breaking stories from World. Follow us ! खोटाङ जिल्ला र देशभरीको पलपलको खबरका लागि Like & Share गर्नुहोस् ।
(2)

स्थानीय बजार भर्न आउनुभएको हजुर 'बा' !
19/08/2026

स्थानीय बजार भर्न आउनुभएको हजुर 'बा' !

साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईकाे नेतृत्वमा कार्यालय समयमा श्रमदान मार्फत सरसफाइमा सरिक बन्दै  कर्मचारीहरु ।
18/08/2026

साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईकाे नेतृत्वमा कार्यालय समयमा श्रमदान मार्फत सरसफाइमा सरिक बन्दै कर्मचारीहरु ।

बडाे कठिन परिस्थितिमा पनि फल्दै गरेकाे ड्रयागन फ्रुट ।
16/08/2026

बडाे कठिन परिस्थितिमा पनि फल्दै गरेकाे ड्रयागन फ्रुट ।

सरस्वती माध्यमिक विद्यालयबारे यथार्थ कुरा- कसको भूमिका कति ?साकेला- लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रही सेवा निवृत्...
13/08/2026

सरस्वती माध्यमिक विद्यालयबारे यथार्थ कुरा- कसको भूमिका कति ?
साकेला- लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रही सेवा निवृत्त हुनुभएका तथा ब्रिटिश गोर्खाको इतिहासमा पहिलोपटक स्थानीय तहको नेतृत्व सम्हालिरहनुभएका साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको पहलमा देशभर निर्माण गरिएका पाँच वटा सामुदायिक विद्यालय निर्माण आयोजनामध्ये खोटाङको साकेला गाउँपालिका–५ मा रहेको सरस्वती माध्यमिक विद्यालय पनि एक हो।ब्रिटिश गोर्खा वेलफेयरको आर्थिक तथा प्राविधिक सहयोग एवं विद्यालय र समुदायको लागत सहभागितामा उक्त विद्यालयमा सुविधासम्पन्न भवन तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिएको थियो ।

कुल रु. २ करोड ६५ लाख ९२ हजार लागतमा विद्यालयमा एउटा आठ कोठे र एउटा चार कोठे गरी दुई वटा बालबालिकामैत्री तथा अपाङ्गतामैत्री भवन निर्माण गरिएको छ। भवनसँगै व्यवस्थित शौचालय, खानेपानीलगायत आवश्यक पूर्वाधार समेत निर्माण गरिएको हो।गत २०८२ असार ४ गते गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, एरिया वेल्फेयर सेन्टर दिक्तेलका एरिया वेल्फेयर अफिसर चित्रबहादुर गुरुङले साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई तथा वडा नं. ५ का वडाध्यक्ष एवं साकेला गाउँपालिका सरकारका प्रवक्ता जीवन खत्रीको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राईलाई नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको थियो।भवन निर्माणका क्रममा गोर्खा वेल्फेयर ट्रष्टतर्फबाट रु. २ करोड ३५ लाख ४४ हजार ३३३ तथा विद्यालयतर्फबाट रु. ३० लाख ४७ हजार ७१६ खर्च भएको छ।

दुई सय नौ वर्षभन्दा लामो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूले समेत रगत र पसिना बगाएको स्मरण गर्दै अध्यक्ष रवि प्रकाश राईले आफू पहिलोपटक निर्वाचित भएको स्थानमा सुविधासम्पन्न विद्यालय भवन निर्माणका लागि आयोजना उपलब्ध गराएकोमा ब्रिटिश गोर्खा वेल्फेयर, सिंगो गोर्खा वेल्फेयर ट्रष्ट तथा भवन निर्माणका लागि पहल र सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।विद्यालयमा भवन निर्माणसँगै आठ कोठे शौचालय, खानेपानी ट्यांकी, घेराबारा, चार कोठामा बालमैत्री फर्निचर, भित्तेलेखन तथा कार्पेटिङ, बालमैत्री धारा लगायतका संरचनासमेत निर्माण गरिएको छ। साथै, गोर्खा वेल्फेयर ट्रष्टले विद्यालयलाई फलामका ४० जोर डेस्क–बेञ्च समेत उपलब्ध गराएको छ।

गोर्खा वेल्फेयर ट्रष्टले सोही विद्यालयमा पहार ट्रष्ट नेपालसँगको सहकार्यमा लाइब्रेरी प्रोग्राम समेत सञ्चालन गरिरहेको विद्यालयकी प्रधानाध्यापक शीतल राईले जानकारी दिनुभएको छ।यसरी सरस्वती माध्यमिक विद्यालयमा निर्माण भएको सुविधासम्पन्न भौतिक संरचनाले विद्यार्थीको सिकाइ वातावरणलाई थप सहज, सुरक्षित र बालमैत्री बनाउनुका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

साकेला थान (पार्क) विगत र वर्तमान । पर्यटकीय विकासका लागि थप गर्नुपर्ने प्रयास र पहलबारे आ-आफ्नो धारणा राख्नुहोला ।     ...
13/08/2026

साकेला थान (पार्क) विगत र वर्तमान । पर्यटकीय विकासका लागि थप गर्नुपर्ने प्रयास र पहलबारे आ-आफ्नो धारणा राख्नुहोला ।

🌙✨ सुन्दर साकेला गाउँपालिकाको रात्रीकालीन दृश्य…दिनमा प्रकृतिको सुन्दरता, रातमा झिलिमिली बत्तीको आकर्षण।
09/08/2026

🌙✨ सुन्दर साकेला गाउँपालिकाको रात्रीकालीन दृश्य…
दिनमा प्रकृतिको सुन्दरता, रातमा झिलिमिली बत्तीको आकर्षण।

Address


Alerts

Be the first to know and let us send you an email when Sakela-Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sakela-Online:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share