Sakela-Online

  • Home
  • Sakela-Online

Sakela-Online Find out the latest news and breaking stories from World. Follow us ! खोटाङ जिल्ला र देशभरीको पलपलको खबरका लागि Like & Share गर्नुहोस् ।

खुल्यो सडक ।
06/08/2025

खुल्यो सडक ।

साकेला- खोटाङको साकेला गाउँपालिकामा दुई दिनअघिदेखि सडकमा झरेको पहिरो स्थानीयबासी नागरिकको सहयोगमा पन्छाईएको छ ...

सडकमा पहिरो झरेका कारण अवरुद्ध बनेको बाँझेच्यानडाँडा-रतन्छा- मानेभन्ज्याङ सडक अन्तर्गत साकेला गाउँपालिकाको वडा नम्बर १ ब...
06/08/2025

सडकमा पहिरो झरेका कारण अवरुद्ध बनेको बाँझेच्यानडाँडा-रतन्छा- मानेभन्ज्याङ सडक अन्तर्गत साकेला गाउँपालिकाको वडा नम्बर १ बाझेच्यानडाँडा खण्डको लगनेडाँडा छेउमा अवरुद्ध सडक खुलाईदै । अवरुद्ध बनेकाे सडक स्काभेटरकाे सहायताले खुलाईएपछि हाल उक्त सडक सञ्चालनमा आएको छ।
०००
२१ साउन २०८२

--नागरिक आरोग्य सेवा केन्द्र अब गाउँपालिकाको मातहतबाट सञ्चालन हुने-- हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मातहत सञ्चालन...
05/08/2025

--नागरिक आरोग्य सेवा केन्द्र अब गाउँपालिकाको मातहतबाट सञ्चालन हुने--
हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुँदै आएको नागरिक आरोग्य सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण भएसँगै पालिका मातहतबाट सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा.संजीव कुमार यादवले गाउँपालिकामै आएर आरोग्य सेवा केन्द्र सहित एक जना (वैद्य) अभियानकर्ता र विभिन्न कार्यालय समाग्रीहरु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईलाई हस्तान्तरण गर्नुभयो ।
०००
साकेला गाउँपालिकाको कार्यालय, मानेभन्ज्याङ, खोटाङ

https://www.sakelaonline.com/2025/3669/
31/07/2025

https://www.sakelaonline.com/2025/3669/

साकेला- खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको सहजताका लागि सहायक समाग्री वितरण गरेको छ । अपाङ्गता ....

https://www.sakelaonline.com/2025/3666/
31/07/2025

https://www.sakelaonline.com/2025/3666/

साकेला- स्थानीय तहमा सम्पादन भईरहेका काम कारवाहीको सन्दर्भमा दुई वटा स्थानीय तहका प्रमुखबीच छलफल भएको छ । साकेला...

गाउँपालिका राष्ट्रिय महासंघ लुम्विनी प्रदेश तथा प्युठान जिल्ला गौमुखी गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेस प्युठान जि...
28/07/2025

गाउँपालिका राष्ट्रिय महासंघ लुम्विनी प्रदेश तथा प्युठान जिल्ला गौमुखी गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेस प्युठान जिल्लाका सभापति श्री विष्णुकुमार गिरी लगायतको टोलीलाई साकेला गाउँपालिकामा स्वागत गर्नुहुँदै गाउँपालिका अध्यक्ष श्री रवि प्रकाश राई सहित अन्य कर्मचारीहरु ।
०००
१२ साउन २०८२, साकेला गाउँपालिका, मानेभन्ज्याङ खोटाङ

साकेला गाउँपालिकाका २८ वटा सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी, बालविकास केन्द्रका सहजकर्ता, कम्प्युटर श्र...
27/07/2025

साकेला गाउँपालिकाका २८ वटा सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी, बालविकास केन्द्रका सहजकर्ता, कम्प्युटर श्रोत शिक्षक र लेखा कर्मचारीहरुबीच समसामयिक विषयमा अन्तरक्रियाको माध्यमद्वारा आवश्यक निर्देशन प्रदान गर्नुहुँदै साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राई । गाउँपालिकास्थित शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आईतबार भएको अन्तरक्रिया कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई लगायतको उपस्थिती रहेको थियो ।
०००
११ साउन २०८२, साकेला गाउँपालिका, खोटाङ

https://www.sakelaonline.com/2025/3662/
27/07/2025

https://www.sakelaonline.com/2025/3662/

काठमाडौ- स्थानीय श्रोत साधन र कच्चा पदार्थको समुचित प्रयोगमा संघीय ऐन तथा कानून बाधक भएको ठहर गरि खोटाङको दिक्ते.....

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी जरुरी सूचना
27/07/2025

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी जरुरी सूचना

भतिजको कुटाइबाट काकाको मृत्यु ।खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको भतिजको कुटाइबाट ज्या...
27/07/2025

भतिजको कुटाइबाट काकाको मृत्यु ।
खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको भतिजको कुटाइबाट ज्यान गएको छ।
घरायसी वादविवादका क्रममा ३१ वर्षीय भतिज न्युसन राईले साउन ११ गते राती साढे १२ बजे कुटपिट गरेका थिए।
भतिजको कुटपिटबाट राईको अनुहार,शरीरको बिभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने भएपछि राती नै साकेला गाउँपालिकाकाे एम्बुलेन्स मार्फत उपचार्थ जिल्ला अस्पताल खोटाङ दिक्तेल ल्याइएको थियो । तर, उपचारको क्रममा उनलाई राती साढे ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। भतिजलाई भने रातिनै इलाका प्रहरी कार्यालय मात्तिमबाट खटिएको प्रहरी हवल्दार देवराज खड्काकाे टाेलिले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको छ ।

26/07/2025

शनिबार पनि साकेलामा श्रमदान !! मानेभन्ज्याङ पार्क साकेला गाउॅपालिका खोटाङ

Address


Telephone

+9779849611620

Website

https://www.sakelaonline.com/

Alerts

Be the first to know and let us send you an email when Sakela-Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sakela-Online:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share