CGTN Nepali

CGTN Nepali Nepali Service,CGTN,China Media Group(CMG)चाइना मिडिया ग्रुप
(238)

01/12/2025

आफ्नो गलत भनाइ फिर्ता लिन चीनद्वारा जापानलाई ताकिता
------

डिसेम्बर १ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ पनि दिनुभएको छ।

प्रवक्ता लिन च्यानका अनुसार, जापानले थाइवान समस्याका सन्दर्भमा अस्पष्ट अडान लिनुका साथै आफ्नो गराइमा पनि जबरजस्ती गर्दै आएको छ। यस्तो भनाइ र गराइप्रति चीनले कडा प्रतिवाद र स्पष्ट अस्वीकार गर्दछ।

इतिहासबाट सिकेर गहन रूपमा स्वविचार गर्दै चीनको मागको गम्भीरताका साथ व्यवहार गरेर होशियारपूर्वक आफ्नो गलत भनाइलाई फिर्ता लिई वास्तविक गतिविधिमार्फत चीनप्रति दिएको राजनीतिक वचन-बद्धतालाई व्यवहारमा उतार्न चीनले जापानलाई ताकिता गरेको पनि प्रवक्ता लिन च्यानले बताउनुभएको छ।

01/12/2025

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले चीनको भ्रमण गर्नुहुने
------

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति एमान्युएल म्याक्रोनले डिसेम्बर ३ देखि ५ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले गरेका छन्।

01/12/2025

दक्षिण अफ्रिका लगातार जी २० का सक्रिय र रचनात्मक सदस्य रहँदै
------

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफौसाले नोभेम्बर ३० तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्रास-धम्कीको खण्डन गर्दै उहाँको त्यो भनाइ निराधार रहेको दाबी गर्नुभएको छ। त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्षको जी २० शिखर सम्मेलनको परिधि बाहिर अलग्याउने धम्की दिनुभएको थियो। राष्ट्रपति रामाफौसाले जी २० का संस्थापक सदस्यको हैसियतले दक्षिण अफ्रिकाको विशेष स्थानलाई दोहोर्याउनुका साथै दक्षिण अफ्रिका लगातार रूपमा जी २०का सक्रिय र रचनात्मक सदस्य रहँदै जाने कुरामा पनि जोड दिनुभएको छ।
गएको नोभेम्बरमा वर्तमान अध्यक्ष मुलुकको रूपमा दक्षिण अफ्रिकाले जी २० शिखर सम्मेलनको अध्यक्षता गरेको थियो। अमेरिका त्यस शिखर सम्मेलनमा सहभागी भएको थिएन। दुवै देशको कूटनीतिमा फुट्न थाले तापनि दक्षिण अफ्रिकाले यथावत् औपचारिक रूपमा वर्तमान अध्यक्ष मुलुक भन्ने नाउँलाई अमेरिकासमक्ष हस्तान्तरण गरेको छ।

01/12/2025

जापानको कारवाई निराधार रहेको चीनको परराष्ट्र मन्त्रालयको भनाइ
------

डिसेम्बर १ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। हाल जापान सरकारले टोकियो भूखण्ड र सार्वभौमिकता प्रदर्शन हलमा तथाकथित त्याउ यु टापुको सार्वभौमलाई प्रमाणित गरिने ३ वटा ऐतिहासिक दस्तावेजलाई थपिदिएर त्याउ यु टापुको सन्दर्भमा जापानको अधिनतालाई साबित गर्न खोजेको छ।
यस विषयबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लिन च्यानले त्याउ यु टापु र त्यसका वरपर टापूहरू युगौँ युगदेखि चीनको अविच्छिन्न भूखण्ड रहँदै आएको कुरालाई पुन:र्पुष्टी गर्नुभएको छ।
जापानले सक्दो प्रयासमार्फत केही तथाकथित ऐतिहासिक सामग्रीको सङ्कलन खोजेको कारवाईबाट जापानको अवैधानिक अडान निराधार रहेको प्रमाणित गरिएको कुरा पनि प्रवक्ता लीन च्यानले औँल्याउनुभएको छ।

माथिल्लो अरुण जलविद्युतमा १३ अर्बको सेयर एनआरएन तथा वैदेशिक रोजगारीलाइ ------नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवा...
01/12/2025

माथिल्लो अरुण जलविद्युतमा १३ अर्बको सेयर एनआरएन तथा वैदेशिक रोजगारीलाइ
------

नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैरआवासीय (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई दिने प्रस्ताव गरिएको छ।
आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।
लागतलाई हाल प्रचलित विनियमन दर प्रतिअमेरिकी डलर १४१ रुपैयाँका दरले रूपान्तरण गर्दा निर्माण अवधिको ब्याजबाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ छ। आयोजनाको निर्माण अवधिको ब्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ छ। जसमा स्वपुँजी (इक्विटी) ३० प्रतिशत अर्थात् ७१ अर्ब ९४ करोड रहने छ। कुल लागतको ७० प्रतिशत अर्थात् १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ रहनेगरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ।
आयोजनाको निर्माण अवधि ७ वर्ष रहने र त्यस अवधिको वार्षिक ब्याजदर ७ प्रतिशत रहने अनुमान गरिएको छ। वित्तीय व्यवस्थापन प्रस्तावलाई आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेडले पारित गरी नेपाल विद्युत् प्राधिकरणमा पेस गरेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले कम्पनीको उक्त प्रस्ताव अनुमोदन गरी आर्थिक वर्षश्यक निर्णयका लागि सरकारसमक्ष पेस गर्ने निर्णय गरेको छ।
आयोजनामा एनआरएन, विदेशमा रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित, देशभरका सर्वसाधारणलगायतले लगानी गर्न पाउने गरी स्वदेशी लगानीमा अपर अरुणको वित्तीय व्यवस्थापन गर्न लागिएको मन्त्री घिसिङले बताउनुभयो।
उहाँले वित्तीय व्यवस्थापन जतिसक्दो छिटो सम्पन्न गरी आयोजनालाई निर्माणमा लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो। आयोजनामा लगानी हुने इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर साधारण सेयर निष्काशन गरी रकम संकलनको प्रस्ताव गरिएको छ। संस्थापनबाट ३६ अर्ब ६९ करोड र साधारण सेयर निष्काशनबाट ३५ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ। ४९ प्रतिशत साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ।
त्यस्तै ७ अर्ब १९ करोड (१० प्रतिशत) आयोजना प्रभावित क्षेत्र तथा सङ्खुवासभा जिल्लाबासीलाई, १२ अर्ब ९५ करोड (१८ प्रतिशत) रुपैयाँ देशभरका सर्वसाधारणलाई, १ अर्ब ४४ करोड (२ प्रतिशत) पिछडिएको क्षेत्र र ७१ करोड ९४ लाख प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ।
आयोजनाको प्रवर्धक कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत संस्थापक सेयर अर्थात् २९ अर्ब ४९ करोड रुपैयाँको लगानी रहनेछ। १ अर्ब ४४ करोड (२/२ प्रतिशत) प्राधिकरणका सहायक कम्पनी, कर्मचारी सञ्चय कोष एवम् बिमा तथा पुनर्बिमा कम्पनीको, ७१ करोड ९३ लाख लाख/७१ करोड ९३ लाख लाख (१ प्रतिशत) नागरिक लगानी कोष, एचआइडीसीएल, प्रदेश एवम् स्थानीय सरकारको र ३५ करोड ९७ लाख/३५ करोड ९७ लाख रुपैयाँ (०.५/०.५ प्रतिशत) नेपाल टेलिकम तथा सामाजिक सुरक्षाको कोषको संस्थापक लगानी रहनेछ।
आयोजनाको निर्माणका प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेडल स्थापना भइसकेको छ। आयोजनाको निर्माण पूर्व चरणमा हालसम्म भएको सम्पूर्ण लगानी प्रबन्ध प्राधिकरणबाटै भइरहेको छ। आयोजना जनताको जलविद्युत् कार्यक्रममा सूचीकृत भएको छ। त्यसैले कुल इक्विटीमध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरधनी कायम गरिएको हो।
आयोजना सम्पन्न गर्न १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ ऋण आर्थिक वर्षश्यक पर्ने देखिएको छ। आन्तरिक स्रोतबाट वित्तीय प्रबन्ध गर्ने र आयोजनामा सरकारबाट ऋण लगानी नहुने गरी वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको छ। वित्तीय प्रबन्ध गर्न सहज हुने, लागत कम गर्ने, लगानी जोखिम न्युनीकरण गर्न सहयोग हुने तथा विभिन्न स्रोत र क्षेत्रको आन्तरिक पुँजीको उच्चतम उपभोग हुने गरी मिश्रित लगानी प्रणाली अवलम्बन गरी आयोजनाको वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो।
आयोजनाको कूल ऋणको ४५ प्रतिशत सहुलितपूर्ण सहवित्तीयकरणमार्फत लगानी प्रस्ताव गरिएको छ। जसमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडीसीएल, नेपाल टेलिकम, वीमा तथा पुनर्बिमा कम्पनीबाट कर्जा लिन सकिने प्रस्ताव छ। यसबाट ७५ अर्ब ५३ करोड रुपैयाँ लगानी हुनेछ।
अपर अरुणमा लगानीका लागि बैंक तथा वित्तीय संस्थगाको अनिवार्य तरलता अनुपातमा गणना गर्ने गरी आयोजनामा आर्थिक वर्षश्यक ऋणको ३० प्रतिशतको हुन आउने ५० अर्ब ३६ करोड रुपैयाँ बराबरको ऊर्जा बन्ड जारी गरी रकम संकलनको प्रस्ताव गरिएको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ४१ अर्ब ९६ करोड रुपैयाँ संकलनको प्रस्ताव गरिएको छ। आयोजनाको निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्षमा २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। ८ वर्षसम्म वार्षिक ३ प्रतिशतको मूल्यवृद्धि प्राप्त भएपश्चात् आयोजना अवधिभर आयोजनाको आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँ हुनेछ।
आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु भएको वर्षको औसत पीपीए दर प्रतियुनिट ६.३ पैसा हुने अनुमान गरिएको छ। ८ वर्षसम्म वार्षिक ३ प्रतिशत मूल्यवृद्धि पाएपछि आयोजना अवधिभर पीपीए दर औसत रूपमा प्रतियुनिट ७.८ रुपैयाँ हुने प्रक्षेपण छ।
आयोजनाबाट वार्षिक रूपमा ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेका छन्। भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ।
भोटखोला गाउँपालिका-४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत्‌गृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं २ चेपुवा गाउँनजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ। छोङराङसम्म कोसी राजमार्ग पुगेको छ। कोसी राजमार्गलाई छाडेर आयाजनास्थलतर्फ जान अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण भइरहेको छ।

नेपालको पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात------नेपालको पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार ...
01/12/2025

नेपालको पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात
------

नेपालको पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४।१२ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको चार महिनामा रु ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा सोही अवधिमा रु ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान निर्यात भएको थियो।
चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट रु ५ अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ। आयातबाट रू पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट रू १२ करोड ३४ लाख ६० हजार राजस्व सङ¬्कलन गरेको हो। राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ।
काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ।
अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ। रु ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजारको अलैँची निर्यात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् रु २ अर्ब ७ करोड ४१ लाख ३२ लाखले बढी हो। चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ। चालु आर्थिक वर्षको चार महिनामा रु १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो।
प्लाइउड निर्यातमा ५२.७ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु १ अर्ब २५ करोड ७२ लाख ५९ हजार बराबरको प्लाइउड निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा रु ५९ करोड ५० लाख १८ हजारको मात्र निर्यात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रु ६६ करोड २२ लाख ४१ हजारले कमी हो।
यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षमा रु १६ करोड ४५ लाख १२ हजारको निर्यात भएकोमा चालु आर्थिक वर्षमा रु ३८ करोड ६२ लाख ६८ हजारको निर्यात भएको छ। जुत अघिल्लो आर्थिक वर्षको तुलनामा रु २२ करोड १७ लाख ६८ हजारले बढी हो।
कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ। चालु आर्थिक वर्षको चार महिनामा रु ३७ करोड ९९ लाख १२ हजारको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।
अम्रिसो निर्यातमा २३.९ प्रतिशतले गिरावट आएको छ। रु २६ करोड २५ लाख ६३ हजार बराबरको अम्रिसो निर्यात भएको छ। अदुवारसुठो निर्यात ३।२ प्रतिशतले वृद्धि भएको छ। रु २४ करोड २४ लाख १६ हजार बराबरको अदुवारसुठो निर्यात भएको छ। काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६।१ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षमा रु ११ करोड ३१ लाख ९१ हजार बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ। ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ। रु ९ करोड १२ लाख ८७ हजार बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु १ करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो।
चालु आर्थिक वर्षमा रु ३ करोड ७८ लाख ८३ हजार बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ। फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ।

चिसो बढेसँगै ग्यासको खपतमा वृद्धि------चिसो मौसम बढेसँगै नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको खपत क्रमशः बढ्न थालेको छ...
01/12/2025

चिसो बढेसँगै ग्यासको खपतमा वृद्धि
------

चिसो मौसम बढेसँगै नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको खपत क्रमशः बढ्न थालेको छ। एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले चिसोमा ग्यासको खपत बढेको जानकारी दिनुभयो। अन्य सिजनको तुलनामा जाडोयाममा पाँच देखि १० प्रतिशत ग्यासको खपत बढेको उहाँले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
तीन/चार वर्षअघि जाडोयाम ग्यासको खपत १५ देखि २० प्रतिशतसम्म बढ्ने गरेको श्रेष्ठले बताउनुभयो। “विगतका वर्ष जस्तो यस पटक धेरै नबढे पनि जाडोयामसँगै खपत केही बढेको छ।” औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालन हुन नसक्दा ग्यासको खपत विगतको जस्तो आकारमा भने नबढेको उहाँको भनाइ छ। चिसो मौसममा खाना पकाउनुका साथै ग्यास गिजरको प्रयोगले पनि यसको खपत बढ्ने गर्छ।
ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा विद्युतीय चुलोको प्रयोग बढ्दै छ तर बिजुली जाने समस्याले ग्यासको घरायसी खपत घटेको छैन। नेपाल आयल निगमका अनुसार बजारमा ग्यासको आयात नियमित आयात भइरहेकाले छ।
आपूर्ति नियमित भइरहेकाले पर्याप्त मात्रामा ग्यासको मौज्दात रहेको व्यवसायीको भनाइ छ। ७० प्रतिशत ग्यास घरायसी र ३० प्रतिशत औद्योगिक प्रयोजनमा खपत हुने गर्छ। होटेल तथा रेस्टुरेन्ट सुस्त गतिमा चल्दा ग्यासको खपत स्वाभाविक रूपमा नबढेको व्यवसायी बताउँछन्। निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा (साउन–कात्तिक) १८ अर्ब ८३ करोड ६१ लाख रुपियाँ बराबरको एक लाख ८२ हजार ११६ मेट्रिक टन ग्यास आयात भएको छ। सङ्घका अनुसार बजारमा एक करोड ५७ लाख थान सिलिन्डर रहेका छन्।
निगमले ग्यासको खरिद आदेश जारी गरेपछि ग्यास उद्योगीले इन्डियन आयल कर्पोरेसन्स (आइओसी) को बरौनी, दुर्गापुर, पारादीप, हल्दिया, मथुरा रिफाइनरीबाट ग्यास आयात गर्ने गर्छन्।
५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रमा गएर ग्यास ल्याएर नेपालमा वितरण गर्दै आएका छन्। ग्यासको ढुवानी भने भारतीय ट्रान्सपोर्टरमार्फत हुने गर्छ। निजी क्षेत्रसँग आठ हजार मेट्रिक टन ग्यासको भण्डारण क्षमता रहे पनि निगमसँग ग्यासको भण्डारण छैन। जसको कारणले नियमित रूपमा बजारमा ग्यासको आपूर्ति नभए अभाव हुने गर्छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक ------नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीम...
01/12/2025

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
------

नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा बढाएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउने भएको हो। व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर १ करोड रुपैयाँ बनाउने मौद्रिक नीति समीक्षामा उल्लेख गरेको पोलार न्युज अनलाइनले लेखेको छ।
यस्तै लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि बढाइएको छ। हाल ७ लाख रुपैयाँसम्म रहेको यस्तो सीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्‍याउने भएको हो। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ।
आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गरेको हो।समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ।

फङ लीयूआन सन् २०२५ “"विश्व एड्स दिवस" को प्रचार गतिविधिमा सहभागी————————डिसेम्बर १ तारिख ३८औँ "विश्व एड्स दिवस" हो। सो द...
01/12/2025

फङ लीयूआन सन् २०२५ “"विश्व एड्स दिवस" को प्रचार गतिविधिमा सहभागी
————————
डिसेम्बर १ तारिख ३८औँ "विश्व एड्स दिवस" हो। सो दिवसको अवसरमा चीनको प्रचारको विषय "सामाजिक सहकार्य, नवप्रवर्तन र एड्सको अन्त्य गर्ने" रहेको छ। हालै, विश्व स्वास्थ्य संगठनको क्षयरोग तथा एड्स रोकथाम र नियन्त्रणका लागि सद्भावना राजदूत फङ लीयूआनले बेइजिङ सांस्कृतिक केन्द्रमा आयोजित सन् २०२५ "विश्व एड्स दिवस" को प्रचार गतिविधिमा भाग लिनुभएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक र राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासनका निर्देशक शेन हौँपिङ, बेइजिङ नगरपालिका पार्टी समितिको स्थायी समितिका सदस्य एवम् प्रचार मन्त्री सुन च्युनमिन र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिको स्थायी समितिका सदस्य र विश्व स्वास्थ्य संगठनका मानार्थ निर्देशक चन फूङफुनले पनि सो गतिविधिमा भाग लिनुभएको छ।
सो प्रचार गतिविधिले भिडियो, व्यक्तिगत कथाहरू र विभिन्न तरिकाहरूबाट विगत ४० वर्षमा चीनले एड्सविरुद्धको लडाइँमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरूको समीक्षा गरेको छ, एड्सलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्ने अवधारणा र ज्ञानलाई प्रचार गरेको छ। फङ लीयूआनले एड्स रोकथाम र नियन्त्रणको प्रचार कार्यमा विगत २० वर्षको सहभागिताको आफ्नो अनुभव र अन्तर्दृष्टि साझा गर्दै सबैलाई एड्स रोकथामको सभ्य अवधारणालाई सक्रिय रूपमा प्रचार गर्न, हातमा हात मिलाएर काम गर्न र "शून्य एड्स" को दृष्टिकोणतिर कडा परिश्रम गर्न प्रोत्साहित गर्नुभयो।

विभिन्न मुलुकका विद्वानः जापानका प्रधानमन्त्री ताकाइची सानाएको गलत भनाइ दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय परिपाटीप्रत...
01/12/2025

विभिन्न मुलुकका विद्वानः जापानका प्रधानमन्त्री ताकाइची सानाएको गलत भनाइ दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय परिपाटीप्रतिको खुला उक्साहट हो
------
जापानका प्रधानमन्त्री ताकाइची सानाएको गलत भनाइप्रति हालै स्लोभाकिया र अमेरिका विद्वानले व्यक्त गरेका छन् कि एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समाजको साझा सहमति भएको र सानाएको भनाइ सैन्यवाद,फासिस्ट विचारको पुनःउत्थान गर्ने दोस्रो विश्व युद्धपछि कै अन्तर्राष्ट्रिय पारिपाटीप्रति खुला उक्साहट रहेको छ।

स्लोभाकियाका दार्शनिक मोंटेनेग्रोले व्यक्त गरेकी छिन्:जापानीले स्पष्ट पार्नुपर्छ,जापान विश्वमा एक मात्र परमाणु बमबारी भएको मुलुक भएकोले उनीहरुले शान्तिको संरक्षण गरेर कहिल्यै पनि आणविक हतियार प्रयोग नगर्ने प्रत्याभूति दिनुपर्छ।
ट्राइकोन्टिनेन्टल सामाजिक अनुसन्धान संस्थानका प्रमुख प्रसादले व्यक्त गरेका छन्:जापानले आफ्नो आक्रमणकारी इतिहासलाई पुनःविचार गर्नुपर्छ,अहिले एकजना जापानी युद्ध अपराधहरु र जापानी सैन्यवादको पक्षपोषण गर्ने प्रधानमन्त्रीले सत्ता सम्हाल्दै थाइवान समस्यामा गलत भनाइ व्यक्त गर्नुभएको छ,यस सम्बन्धमा संयुक्त राष्ट्र संघले केही कारवाही गर्नुपर्छ। किनभने सानाएको व्यवहार र भनाइले संयुक्त राष्ट्र संघको बडा पत्रको उल्लंघन गर्नुका साथै यस्तो भनाइ अरु मुलुकका लागि प्रत्यक्ष धम्की हो।

01/12/2025

बेलारुस: पूर्वी युरोपेली सुरक्षा सुनिश्चित गर्न नेटो सदस्य राष्ट्रहरूसँग वार्तामा संलग्न हुन इच्छुक
बेलारुसका सहायक रक्षामन्त्री तथा बेलारुसको अन्तर्राष्ट्रिय सैन्य सहयोग विभागका निर्देशक भ्यालेरी लेभेन्कोले नोभेम्बर ३० तारिख देशको सैन्य टेलिभिजनमा एक अन्तर्वार्तामा भने कि बेलारुसी रक्षा मन्त्रालय पूर्वी युरोपेली क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नेटो सदस्य राष्ट्रहरूसँग वार्तामा संलग्न हुन इच्छुक छ।

लेभेन्कोले औँल्याए कि हाल बेलारुस र नेटो सदस्य राष्ट्रहरू सहित पश्चिमा देशहरू बीच धेरै समस्याहरू छन्। यसको मूल कारण पश्चिमाले बेलारुसको हितभन्दा पूर्वी युरोपका लागि आफ्नो हित र सुरक्षा दृष्टिकोणलाई प्राथमिकता दिने र बेलारुसलाई अलग्याउने उपायहरू अपनाउनाले हो। जसले गर्दा राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा बेलारुसको हितलाई हानि पुर्‍याएको छ।

हालैका वर्षहरूमा बेलारुस र नेटो सदस्य राष्ट्रहरू बीचको सम्बन्ध अत्यधिक तनावपूर्ण रहेको छ। यस वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म पोल्याण्ड र लिथुआनियाले सीमा सुरक्षाको बहानामा बेलारुससँगका सीमा चौकीहरू बारम्बार बन्द गरेका छन्, जसले गर्दा बेलारुस सरकारले कूटनीतिक विरोध जनाएको छ।

01/12/2025

अमेरिका र युक्रेन प्रतिनिधिमण्डलबीच नयाँ चरणको वार्ता
नोभेम्बर ३० मा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव उमरोभको नेतृत्वमा रहेको युक्रेनी वार्ता प्रतिनिधि मण्डल अमेरिकासँग नयाँ चरणको वार्ता सुरु गर्न अमेरिकाको फ्लोरिडा पुगेको छ।
अमेरिकी विदेश मन्त्री रुबियोले वार्ताअघि भनेका छन् कि शान्ति वार्ताको उद्देश्य द्वन्द्वलाई यसरी अन्त्य गर्नु हो जसले संयन्त्र र अगाडि बढ्ने बाटो स्थापित गर्न सकोस्, युक्रेनलाई स्वतन्त्रता प्राप्त गर्न र फेरि कहिल्यै युद्ध गर्न नपरोस् भन्ने हो।
उमरोभले फलदायी वार्ताको अपेक्षा व्यक्त गर्दै भने कि वार्तामा "युक्रेनको सुरक्षा, थप आक्रमणको रोकथाम, युक्रेनको समृद्धि र युक्रेनको पुनर्निर्माण कसरी गर्ने" भन्ने बारेमा छलफल हुने छ। उमरोभले त्यस दिन आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममा पनि पोस्ट गरेका छन्, युक्रेनी प्रतिनिधि मण्डलले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग निरन्तर सञ्चार कायम राखेको र स्पष्ट निर्देशन र प्राथमिकताहरू प्राप्त गरेको बताए। उनले जोड दिए कि युक्रेन युक्रेनका लागि वास्तविक शान्ति र सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्न प्रतिबद्ध छ। प्रतिनिधिमण्डलले बैठकको नतिजालाई जेलेन्स्कीसमक्ष रिपोर्ट गर्ने छ।

Address

No. 16 Shijingshan Road, Shijingshan District, Beijing
Shijingshan
100040

Telephone

+8613810163503

Website

https://nepal.cri.cn/

Alerts

Be the first to know and let us send you an email when CGTN Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CGTN Nepali:

Share