15/09/2026
अगष्टमा राष्ट्रिय अर्थतन्त्र स्थिर रूपमा सञ्चालन
------
सेप्टेम्बर १५ तारिख चीनको राज्य परिषद्को प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय तथ्याङ्क ब्यूरोका सम्बद्ध जिम्मेवार व्यक्तिले अगष्ट महिनामा राष्ट्रिय अर्थतन्त्र स्थिर रूपमा सञ्चालन हुँदै आएको र विकास कार्य पनि नयाँ र उत्कृष्ट दिशातर्फ अग्रसर हुँदै गएको जानकारी दिएका छन्।
उहाँका अनुसार, एक, औद्योगिक उत्पादन केही छिटो रूपमा विकसित हुनुका साथै उपकरण निर्माण उद्योग र उच्च प्रविधि उद्योग तीव्र गतिले वृद्धि हुँदै आएको छ।
दुई, सेवागत व्यवसाय स्थिर रूपमा चल्नुका साथै आधुनिक सेवागत उद्योगको वृद्धि प्रवृत्ति राम्रो देखिएको छ।
तीन, बजारमा बिक्रीको परिमाण विस्तार भएको छ भने सेवा सम्बन्धी खुद्रा बिक्री अपेक्षाकृत तीव्र रूपमा बढिरहेको छ।
चार, स्थिर सम्पत्ति लगानीको परिधि घटेको छ भने बौद्धिक सम्पत्ति उत्पादन लगानी बढ्दै आएको देखिन्छ।
पाँच, मालसामानको आयात-निर्यात तीव्र गतिले बृद्धि हुनुका साथै व्यापारिक बनौट निरन्तर रूपमा उन्नत हुँदै जानेछ।
छ, रोजगारको अवस्था समग्रमा स्थिर रहेको छ भने सर्वेक्षणबाट शहर र गाउँबस्तीको बेरोजगारी दर मौसमी रूपमा बढेको देखिएको छ।
र सात, बासिन्दाको उपभोग्य मूल्य सौम्य रूपमा पुनः उठेको छ भने औद्योगिक उत्पादक मूल्य गत आवको तुलनामा वृद्धि हुने परिधि विस्तार भएको देखिन्छ।