03/09/2024
साइप्रसमा निशुल्क: तिज बिशेष कार्यक्रम सम्पन्न:
नेपाली दिदीबहिनीहरुको बाहुल्यता रहेको साइप्रसमा नेपाली नारीहरुको बिशेष चाड गत सेप्टेम्बर १ तारिख आइतबारका दिन निशुल्क: तिज बिशेष कार्यक्रम भब्य रुपमा समपन्न भएको छ ।
कार्यक्रमका मुख्य अतिथि अवैतनिक वाणिज्य दूतावास निकोसिया साइप्रका प्रमुख राम जीवन पन्जियार, मुख्य अतिथि निलम पन्जियार, NRNA, ICC सदस्य कुन्दन कार्की, समाजसेवी सुरेश शाह लगायतले पानसमा दियो बाल्दै पुजा-आजा सहित कार्यक्रम शुरु भएको थियो ।
Centar for Social Innovation (CSI) र लाखे क्रीएसन साइप्रस मुख्य आयोजक रहेको कार्यक्रममा "नेपाल मगर संघ साइप्रस" सहकार्य बचत समूह साइप्रस" "प्रदेशी दिदिबहिनी बचत समूह, लिमासोल साइप्रस" "रुपन्देही सेवा समाज साइप्रस" सह-आयोजकको भुमिका खेलेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यको साथमा आशा मगरले सम्पुर्ण अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नु भएको थियो, मुख्य अतिथि राम जीवन पन्जियारले साइप्रसवासी समस्त नेपाली दिदिबहिनीहरु लगायत देश बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली नारिहरुलाई हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको शुभकामना दिदै सुख, शान्ति समृद्धिको कामना गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम बिबा गहतराज र सास्कृतिक कार्यक्रम मनिशा अर्यालले सन्चालन गर्नुभएको थियो । मिडिया पाट्नरमा "युरोप गतिविधि" "सेफ्नो टिभी" र "न्युजलाइन नेपाल" रहेको थियो।
औपचारिक कार्यक्रम पछि Centar for Social Innovation ले बिदेशमा बसोबास गर्ने नेपाली महिलाहरुले गर्न सक्ने विभिन्न अभिमुखीकरण तालिम तथा ईन्टरनेट हेल्थ, "प्रवासी स्वास्थ्य एप", "MIG-HEALTH APP" कसरी प्रयोग गर्ने र यसको उपयोगको बारेमा प्रस्तुति (Presentation) दिएको थियो । CSI को प्रस्तुति सकिएपछी साइप्रसका स्थानिय महिला कलाकारहरुको तिज बिशेष नृत्य र गायन प्रस्तुति सहित सास्कृतिक कार्यक्रम सम्पन्न भएको थियो साथै कार्यक्रममा सहभागी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुले नाच्दै गाउदै मनोरञ्जन लिदै तिजको शुभकामना आदानप्रदान गर्नु भएको थियो ।
कार्यक्रम आयोजकले बिदेशमा रहनुहुने नेपाली दिदिबहिनीहरुलाइ सिपमुलक तथा अभिमुखीकरण तालिम र प्रवासमै भए पनि नेपाली मौलिक परम्परा, संस्कृति, रितिरिवाजलाइ सम्मान गर्दै संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले निशुल्क: आयोजना गरिएको तिज बिशेष कार्यक्रम सफल बनाउन सहयोग तथा मुख्य भुमिका निभाउने निरु राना, ईश्वर थापा, यजन राना, जोया अर्याल, बिष्णु थापा, सरिता काब्य, टि.बी. राना, मोना राई, प्रकाश बराइली, रौनक शर्मा, कृष्ण मगर, अमृता मगर,आशा बुढा मगर, सबिता, शितल, सुरज लगायत कार्यक्रममा सहभागी समस्त दाजुभाइ तथा दिदीबहिनीहरु प्रति आयोजक टिम हार्दिक कृतज्ञता अर्पण गर्दै आभारी रहेको र गत वर्षको सहभागीको लेखाजोखा गर्दै यस वर्ष पनि सोही (२०० देखि २५० सम्म अटाउन सक्ने) हलमा कार्यक्रम आयोजना गरिएको तर यस वर्ष ४०० जना भन्दा माथी उपस्थिति रहेको कारण नगरपालिका र पुलिस प्रशासन बाट हलको क्षमता भन्दा धेरै हलमा प्रवेश नगराउनु भन्ने खबर आएकोले गर्दा धेरै जना दिदीबहिनीहरु प्रवेश नै गर्न नपाउनु भएको र प्रवेश गरिसक्नु भएका दिदीबहिनीहरु पनि बिचमै निस्किनु पर्ने बाध्यता भएकोमा कार्यक्रम आयोजक टिम हृदयदेखि नै क्षमाप्रार्थी रहेको र अर्को वर्ष अझ ठूलो हलमा कार्यक्रम आयोजना गर्ने बाचा लाखे क्रीएसन साइप्रसका प्रमुख बिकास श्रेष्ठले बताउनु भएको छ ।