Hardam News

Hardam News Fast, reliable news from Nepal and around the world.

के तपाईंले नेपाली क्रिकेटका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई भोट गरिसक्नुभयो?यदि अहिलेसम्म भोट गर्नुभएको छैन भने, कृपया...
11/06/2026

के तपाईंले नेपाली क्रिकेटका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई भोट गरिसक्नुभयो?

यदि अहिलेसम्म भोट गर्नुभएको छैन भने, कृपया कमेन्टमा राखिएको लिंकमा क्लिक गरी आफ्नो बहुमूल्य भोट दिनुहोस्। 🙏

अब केवल ३ दिन मात्र बाँकी छ। सबैले सक्दो शेयर गरौँ, भोट गरौँ र दीपेन्द्रसिंह ऐरीलाई विजयी बनाउन साथ दिऔँ। 🇳🇵🏏

हार्दिक बधाई !!! Team Nepal What a victory against USA 9 wicket victory !
16/05/2026

हार्दिक बधाई !!! Team Nepal What a victory against USA 9 wicket victory !

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन समिति गठन, १५ दिन मा छिनोफानो !सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार...
14/05/2026

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन समिति गठन, १५ दिन मा छिनोफानो !

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयहरूको अध्ययन तथा छानबिन गर्न विशेष समिति गठन गरेको छ। समितिलाई घटनासम्बन्धी तथ्य संकलन, अध्ययन र आवश्यक निष्कर्षसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। यस निर्णयसँगै गुरुङको राजनीतिक भविष्य र सम्भावित जिम्मेवारीबारे चर्चा तीव्र बनेको छ।

14/05/2026

सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने सम्भावना चर्चामा !
समाचार कमेन्टमा...

प्रधानमन्त्री शाह आज पनि संसदमा नबोल्ने !संघीय संसद सचिवालयले सार्वजनिक गरेको आजको कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द...
14/05/2026

प्रधानमन्त्री शाह आज पनि संसदमा नबोल्ने !

संघीय संसद सचिवालयले सार्वजनिक गरेको आजको कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने छैनन्। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूको प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको छ।

सभामुखसहित विशिष्ट पदाधिकारीद्वारा संघीय संसद परिसरमा सरसफाइ अभियान !“सरसफाइ सप्ताह, २०८३” अन्तर्गत संघीय संसद सचिवालय प...
13/05/2026

सभामुखसहित विशिष्ट पदाधिकारीद्वारा संघीय संसद परिसरमा सरसफाइ अभियान !
“सरसफाइ सप्ताह, २०८३” अन्तर्गत संघीय संसद सचिवालय परिसरमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्माननीय सभामुखसहित विभिन्न विशिष्ट पदाधिकारीहरूको सहभागिता रहेको थियो। सरसफाइमार्फत स्वच्छ र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहभागीहरूले परिसर सफा गर्दै जनचेतना अभिवृद्धिमा समेत जोड दिएका थिए।

हर्क रिसाए संसद छोडे ! ज्ञानेन्द्र शाहीले चाहीं यसो भने ! संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन...
13/05/2026

हर्क रिसाए संसद छोडे ! ज्ञानेन्द्र शाहीले चाहीं यसो भने !
संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री संसदमा अनुपस्थित रहेको विषय उठाउँदै नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन्। उनले जनताको उत्तरदायित्व खोज्ने प्रमुख थलो संसद भएकाले प्रधानमन्त्री सिंहदरबारमै रहेर पनि संसदमा उपस्थित नहुनु गैरजिम्मेवार भएको भन्दै आलोचना गरे।

संसद बैठकबाट बाहिरिनुअघि हर्क साम्पाङ ले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका थिए। उनले संसदमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। त्यसपछि उनले विरोधस्वरूप संसद बैठक छोडेर बाहिरिएका हुन्।

संसदमा प्रतिपक्षको हंगामा ! बालेन राजिमाना दे भन्दै हर्कले छोडे सदन !प्रधानमन्त्री  बालेन्द्र शाह आजको संसद् बैठकमा उपस्...
13/05/2026

संसदमा प्रतिपक्षको हंगामा ! बालेन राजिमाना दे भन्दै हर्कले छोडे सदन !

प्रधानमन्त्री बालेन्द्र शाह आजको संसद् बैठकमा उपस्थित नभएपछि विपक्षी दलहरूले तीव्र विरोध जनाएका छन्। प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने चर्चा चले पनि सचिवालयले त्यस्तो कुनै कार्यक्रम तय नभएको जनाएको थियो।

प्रधानमन्त्री कार्यव्यस्तताका कारण सदनमा उपस्थित नभएपछि विपक्षी दलहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन्। यसक्रममा हर्क साम्पाङ्ग भने सदन छोडेर बाहिरिएका थिए।

नेकपा एमाले, नेपाली कांग्रेस लगायत विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म संसद् चल्न नदिने अडान लिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

हिमाली शुद्ध पानी विदेशमा बेच्ने सरकारी योजनाकाठमाडौं — सरकारले नेपालको हिमाली स्रोतबाट निस्किने शुद्ध पानीलाई अन्तर्राष...
13/05/2026

हिमाली शुद्ध पानी विदेशमा बेच्ने सरकारी योजना

काठमाडौं — सरकारले नेपालको हिमाली स्रोतबाट निस्किने शुद्ध पानीलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी निर्यात गर्ने योजना अघि बढाएको छ। “हिमालयन वाटर” अवधारणामार्फत विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र नेपालको प्राकृतिक पहिचान प्रवर्द्धन गर्ने लक्ष्य राखिएको सरकारको भनाइ छ।

12/05/2026

प्रधानमन्त्री संकटमा ! ७० आफ्नै सांसदले मागे राजीनामा !
पढ्सनुहोस् समाचार कमेण्टमा..

Osoite

VouriKatu 18
Vaasa
65100

Nettisivu

Hälytykset

Tiedä ensimmäisenä ja anna meille oikeus lähettää sinulle sähköpostitse uutisia ja promootioita Hardam News :ltä. Sähköpostiosoitettasi ei käytetä muihin tarkoituksiin, ja voit perua milloin tahansa.

Jaa