Nepalics

Nepalics Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalics, Digital creator, hampshire.
(1)

तमु धी यूकेका उपाध्यक्ष कमल गुरुङलाई ल्वाङ गाउँ तथा विद्यालयद्वारा स्वागत तथा बिशेष सम्मानTamu Dhee UK का उपाध्यक्ष कमल ...
01/03/2026

तमु धी यूकेका उपाध्यक्ष कमल गुरुङलाई ल्वाङ गाउँ तथा विद्यालयद्वारा स्वागत तथा बिशेष सम्मान

Tamu Dhee UK का उपाध्यक्ष कमल गुरुङ ज्यु नेपाल भ्रमणका क्रममा कास्कीको रमणीय पर्यटकीय गाउँ ल्वाङ पुग्दा स्थानीयवासी तथा विद्यालय परिवारले भव्य स्वागत तथा बिशेष सम्मान गरेका छन्। उहाँ गत वर्ष ल्वाङस्थित Shree Barahi Basic School Lwang लाई आफ्ना स्वर्गीय बुवा–आमाको स्मृतिमा रु ७७,७७७ (सतहत्तर हजार सात सय सतहत्तर) रकम “बाराही अक्षय कोष” स्थापना तथा सुदृढीकरणका लागि सहयोग गर्नुभएको थियो। उक्त सहयोगले विद्यालयको दीर्घकालीन शैक्षिक गतिविधि, छात्रवृत्ति वितरण तथा शैक्षिक सामग्री व्यवस्थापनमा महत्वपूर्ण टेवा पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

उहाँ यसपटक क्वोने, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके परिवारका सदस्यहरूसँगै ल्वाङ आइपुग्नुभएको हो। भ्रमणका क्रममा स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेर पनि मातृभूमिको शिक्षा र सामाजिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएकोमा कमल गुरुङप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कमल गुरुङ धम्पुस–झग्रेका निवासी स्व. उदय बहादुर गुरुङ र स्व. कुन्ती देवी गुरुङका कान्छा सुपुत्र हुनुहुन्छ। उहाँका पिता स्व. उदय बहादुर गुरुङले ग्रामीण क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने दीर्घदृष्टिका साथ धम्पुस–झग्रेमा उदय मा.वि. स्थापना गर्नुभएको थियो। सोही शैक्षिक अभियानको निरन्तरताका रूपमा कमल गुरुङ हाल उक्त विद्यालयका संरक्षकको भूमिकामा सक्रिय रहँदै आउनुभएको छ। पारिवारिक रूपमा शिक्षाप्रति गहिरो प्रतिबद्धता र सामाजिक उत्तरदायित्व वहन गर्ने परम्परालाई उहाँले विदेशमा रहेर पनि निरन्तरता दिनुभएको देखिन्छ।

बेलायतमा सफल व्यवसायीको रूपमा स्थापित कमल गुरुङले आर्थिक समृद्धिलाई केवल व्यक्तिगत उपलब्धि नठानी सामाजिक पूँजीका रूपमा प्रयोग गर्दै आउनुभएको छ। “शिक्षा उज्यालो घाम हो, यसबाट कुनै पनि बालबालिका वञ्चित हुनु हुँदैन” भन्ने मान्यतालाई आत्मसात् गर्दै उहाँ र उहाँको परिवारले विभिन्न शैक्षिक, सामाजिक तथा सामुदायिक कार्यक्रमहरूमा सहयोग पुर्‍याउँदै आएका छन्। विशेषगरी ग्रामीण भेगका विद्यालयहरूमा अक्षय कोष स्थापना, छात्रवृत्ति वितरण, पूर्वाधार सुधार तथा शैक्षिक सामग्री उपलब्ध गराउने कार्यमा उहाँको सक्रियता उल्लेखनीय रहेको स्थानीयवासी बताउँछन्।

तमु समुदायको सांस्कृतिक पहिचान संरक्षण, सामाजिक एकता सुदृढीकरण तथा मातृभूमिसँगको सम्बन्ध प्रगाढ बनाइराख्न Tamu Dhee UK ले निर्वाह गर्दै आएको भूमिकामा कमल गुरुङको नेतृत्व र सहभागिता महत्वपूर्ण मानिन्छ। प्रवासमा बसोबास गर्ने तमु/गुरुङ समुदायलाई संगठित गर्दै सामाजिक उत्तरदायित्वमुखी कार्यक्रम सञ्चालन गर्नुका साथै नेपालस्थित विभिन्न क्षेत्रमा सहयोग समन्वय गर्ने कार्यमा उहाँ अग्रसर रहनुभएको छ।

ल्वाङ गाउँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कमल गुरुङले आफू जन्मेको र हुर्केको समाजप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षा क्षेत्रमा सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि विद्यालय र गाउँको समग्र विकासका लागि सक्दो साथ र सहकार्य जारी रहने प्रतिबद्धता जनाउनुभयो।

स्थानीय सरोकारवालाहरूले यस्ता सहयोगले केवल आर्थिक राहत मात्र नभई प्रेरणा, उत्साह र दीर्घकालीन विकासको आधार निर्माण गर्ने बताएका छन्। प्रवासमा रहेर पनि गाउँ, विद्यालय र समुदायसँग भावनात्मक तथा व्यावहारिक सम्बन्ध कायम राख्ने कमल गुरुङजस्ता व्यक्तित्वहरू समाजका लागि उदाहरणीय भएको कार्यक्रममा उल्लेख गरिएको थियो।

20/02/2026
11/02/2026

क्वोने कनिङ् गुम्बा को उद्घाटन कार्यक्रम Kagbeni , Mustang

https://youtu.be/YkaFrTRpb6M?si=Sr55j9Y93hjATKmx
15/11/2025

https://youtu.be/YkaFrTRpb6M?si=Sr55j9Y93hjATKmx

अकल गुरुङको परिवारको पीडा, तीनजना प्यारालाइसिसले थला -शुक्लागण्डकी १२ ढोर जस्पुर तनहुँका अकल गुरुङको परिवारमा त....

🇬🇧 वेल्लिन्टन वार्डमा नेपाली समुदायको गर्व — डा. बिशाल गुरुङ काउन्सिलर उम्मेदवार 🇳🇵 बेलायतमा रहेका नेपाली समुदायका परिचि...
13/11/2025

🇬🇧 वेल्लिन्टन वार्डमा नेपाली समुदायको गर्व — डा. बिशाल गुरुङ काउन्सिलर उम्मेदवार 🇳🇵
बेलायतमा रहेका नेपाली समुदायका परिचित अनुहार, समाजसेवी तथा सक्रिय अभियन्ता डा. बिशाल गुरुङ अब कन्जर्भेटिभ पार्टी (Conservative Party) तर्फबाट वेल्लिन्टन वार्ड (Wellington Ward) का काउन्सिलर उम्मेदवार बनेका छन्।

स्याङ्जा जिल्लामा जन्मिएर करिब नौ वर्षअघि बेलायत आएका डा. गुरुङ हाल अल्डर्सटमा बसोबास गर्दै आएका छन्। बेलायतमा रहँदै उनले गाउले संस्था, जातीय संगठन र विभिन्न नेपाली संघ–संस्थासँग हातेमालो गर्दै समुदायको सेवामा आफूलाई समर्पित गरेका छन्।

डा. गुरुङ भन्छन्,

“हामी नेपालीहरू बेलायतमा पनि आफ्नो धर्म, संस्कृति र पहिचान सुरक्षित राख्न सफल भएका छौँ। अब चाहिँ यहाँका स्थानीय निकायसँग सहकार्य गर्दै, नेपाली समुदायसम्म सरकारी सेवा र अवसर पुर्‍याउने, अनि बेलायती साथीहरूसँग अझ नजिकको सम्बन्ध बनाउने मेरो लक्ष्य हो।”

उनले थपे,

“अल्डर्सट हाम्रो साझा घर हो। म सबै बासिन्दाको आवाज सुन्ने, र समुदायको हितमा काम गर्ने काउन्सिलर बन्न चाहन्छु। तपाईंहरूको अमूल्य समर्थन र मतको अपेक्षा गर्दछु।”

कन्जर्भेटिभ पार्टीका स्थानीय नेताहरूका अनुसार डा. गुरुङ समुदायका लागि प्रतिबद्ध, व्यवहारिक र इमानदार उम्मेदवार हुन्। उनीहरूले विश्वास व्यक्त गरेका छन् कि डा. गुरुङको उम्मेदवारीले वेल्लिन्टन वार्डमा नेपाली समुदायको आवाजलाई अझ सशक्त रूपमा प्रतिनिधित्व गर्नेछ।

स्थानीय नेपालीहरूले पनि उनको उम्मेदवारीलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत लेखेका छन् –

“डा. बिशाल हाम्रो समुदायको अभिमान हुन्। अब बेलायतको स्थानीय सरकारमा हाम्रो आवाज पुग्नेछ।”

वेल्लिन्टन वार्डका मतदाताहरूले अब आगामी चुनावमा आफ्नो आवाज प्रतिनिधित्व गर्ने एक सक्रिय नेपाली उम्मेदवार पाएका छन्।
समुदायभित्र उत्साहको माहोल छ — ‘अब हाम्रो नेपाली काउन्सिलर आउनेछ!’

28/10/2025

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत...

28/10/2025

काठमाडौं । युवा अभियन्ता संगीत बमले १० सेकेण्डको पत्रकार सम्मेलन गरेका छन् । उनले १० सेकेण्डको पत्रकार सम्मेलन ग...

Address

Hampshire
GU14

Alerts

Be the first to know and let us send you an email when Nepalics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share