28/08/2025
ढाड भाचिएको क्षतीपुर्ती बोकेर खेतमा लगानी
सिकलिभ बस्दा सधै युनलोङ पार्क तिर लठ्ठी घिसार्दै लख्खर लख्खर हिडेको देखिन्थ्यो। जहिलै कानमा बुलुटुथ कोचेर गफिदै हिडेको देखिन्थ्यो । सुन्नमा आए अनुसार साथीहरुको बिदा भएको दिन शनीबार र आइतवार दुले रेष्टुरेन्टमा गएर तासको खालमा रम्ने उसको जिवनचर्या नै थियो । अरु दिन सामाजिक सन्जाल तिर नयाँ नयाँ साथी बनाउदै हङकङमा बिजनेस गर्छु भन्दै गफ फिटेर दिन कताउने दैनिकी नै रहेछ । कहिले कसो जोर्डन तिर पने तास खेल्न आइ रहन्थ्यो । सिकलिभ बसेको झन्डै २,३ बर्ष भएको हुँदो हो । हङकङ डलर ८ लाख पायो रे भन्ने हल्ला चलेको मैले पनी सुनेकै हो ।
लठ्ठी घिसार्दै हिडेको धेरै देखिए पनी खासै मेरो उहाँ सङ्ग बोलचाल थिएन । सिकलिभ वाला दाजुलाई राम्रै चिन जान हुने अर्को एक जना दाजुलाई भेट्दा ढाड भाच्चिएको सिकलिभ वालाको बारेमा सोधपुछ गर्न मन लागेर सोधी हाले । तपाईको साथीले त तन्नै पैसा थाप्यो रे भन्छ । कती पाउनु भएछ ? उहाँ ले पनी प्रतिउत्तरमा ८ लाख बोकेर अस्ती ३ महिना अगाडि नेपाल गएर मधेसमा खेत किन्छु भनेर गाको नकिनी फर्केछ । सधै फेसबुकमा दुनियाँ लाई गफ हान्दै बिजनेश गर्छ भन्दै हिड्थ्यो खै अर्कै तिर लगानी गरेर आएछ मोरो ले । सुन्ने हो उस्को कहानी भन्दै मलाई भन्नु भो । लु भन्नु न निक्कै रमाइलो कहानी होला जस्तो छ भनेर मैले पनी सहमति जनाए ।
त्यस पस्चात उहाँले बक्न शुरु गर्नु भो । मोरोले यहाँ आफ्नो बुढीलाई हङकङ बाट नेपाल गएर मधेसमा खेत किन्छु २,३ महिना पछी फर्केर आउछु भनेर गएछ । नेपाल गए पछी फेसबुकमा भेटेको एउटा केटीलाई लिएर कहिले अन्नपुर्ण बेस क्याम कहिले एभरेष्ट बेस क्याम कहिले चितवन सौराह त कहिले पोखरा घुमेर भक्कु मज्जा लिएर फर्केछ । हङकङमा आए पछी बुढीले खै त खेत किन्न जान्छु भनेर गाको मान्छे नकिनी फर्किनु भो । भाउ मिलेन की कसो ! भनेर भन्दा, भाउ ,त मिलेकै हो बुढी अलिक बाजो जग्गा रहेछ । सिन्चाई अलिक नहुने रहेछ । पछी अलिक राम्रो जग्गा हेर्न जानु पर्ला भनेर भनेछ । मोराले दरो नेपाल घुमेर आएछ । मधेसको खेतमा लगानी गर्न गाको खै कताको खेतमा लगानी गरेर फर्केछ कोनी बन्दै मुख मिथ्याउदै लु भाई अहिले हतार छ पछी बिस्तारमा गफ गराउला भन्दै छुट्टीनु भो । म पनी हैट् भन्दै घर तिर लागे 😃😃😃