Suresh Rai Vlogs

Suresh Rai Vlogs Hello, Sewo & Namaste everyone 🙏

This page includes clips of my vlogs, some of my writings and other content.

Take a look, let me know what you think in the comments and don't forget to hit like !👍

12/01/2026

संगितप्रेमी कंकाल

03/08/2025

नमस्ते 🙏! यो मेरो Travel Vlog 20 को भ्लगंश हो, मित्रहरु ।

24/07/2025

नमस्ते 🙏! यो मेरो Travel Vlog 18 को भ्लगंश हो, मित्रहरु ।

19/07/2025

नमस्ते ! यो मेरो Travel Vlog 17 को भ्लगंश हो, मित्रहरु ।

06/07/2025

# # # # # मुरईवालीलाई सम्झिदा ! # # # # #

सामान्यतः दुईदुई हप्तामा नियमित आउथिन उनी । उनलाई मुरईवाली भनेर चिन्थ्यौ हामी । उनको खास नाम भने थाहा थिएन हामीलाई । सामाजिक सञ्जाल फेसबुकबाट उनको असामयिक निधन भएको थाहा भयो आज । हार्दिक श्रध्दाञ्जलि सहितको फोटोबाट चिने मैले र नाम पनि थाहा भयो उनको - लिलो माझी रहेछ नाम तर अफसोच, मृत्युपछि मात्र ।

हार्दिक श्रध्दाञ्जलि !
साथै शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना !

मैले विदेशको यात्रामा पाईला टेकेपछि उनलाई देख्न पाईन । तर जब आज फोटो देखे, दुर्भाग्य, उनी जीवित थिईनन् ।

लिलो दिदी अब रहनु भएन भन्ने कुरा थाहा पाएपछि आँखै अगाडि एक तमासले दौडियो उनको मुराईवाली चरित्र।
मेरो घर एउटा सानो बस्तीमा छ । त्यहाँ थोरै घरहरु छन् । त्यो सानो बस्तीमा पनि उनी आउने गर्थिन मुराई व्यापार गर्न । घरको सिकुवामा आएर उनी आफ्नो भारी बिसाउँथिन । सँधै टाउकोमा बोकेर ल्याउथिन भारी । भारी निक्कै ठूलो देखिन्थ्यो । तर वजन चाँही धेरै भारी हुदैनथ्यो, किनकी मुरई हलुङ्गो हुन्छ । उनी आफ्नो भारी टाउकोमा बोकेर बस्ती-बस्ती र घर-घर जान्थिन र मुरई बेच्थिन । यो उनको व्यवसाय थियो र यसरी आफ्नो परिवार र घर धान्न मद्दत गर्थिन ।

मुरईलाई मधेशतिर खाजाको रुपमा प्रयोग गरिन्छ । हामी पनि विभिन्न किसिमको करीसँग मुरई खाजा खाने गर्दछौ । त्यसै हुनाले घरमा मुरई हमेशा हुन्थ्यो । लिलो दिदी मुरई ल्याएर आउने गर्थिन र हामी किन्थ्यौ । उनलाई थाहा थियो हामी मुरई पारखी भनेर । उनी तराजु पनि साथमा लिएर आउँथिन । बोराबाट मुरई निकालेर तराजुमा जोख्दै नङ्लोमा खन्याई दिन्थिन । हामी पैसा दिन्थ्यौ । त्यसपछि केहीबेर बस्थिन भलाकुसारी गर्दै आमासँग । सोध्थिन हालखबर र उनको परिवारको बारेमा पनि बताउथिन । एकदमै मिजासिलो र फरासिली थिईन उनी ।

घरमै मुरई आउँथ्यो उनी हुदाँ तर अब मुरई आउदैन उनको । उनी कहिल्यै नफर्किने गरी गैसकेकिछिन् टाढा, धेरै टाढा ।
भएको छ मुरईवालीको कथाको अन्त्य ।
अनन्त अन्त्य !

05/07/2025

Countryside Road Views taken on the way to Durdle Door Beach🏖️

05/07/2025

नमस्ते, यो मेरो Travel Vlog 15 को भ्लगंश हो है, मित्रहरु ।

03/07/2025

नमस्ते ! यो मेरो Travel Vlog 16 को भ्लगंश हो, मित्रहरु ।

20/06/2025

✍️ सेतो कलमको अन्त्यष्टी
~~~~~•••••••~~~~~•••••••~~~~~

कसैबाट मलाई प्राप्त भएको थियो मैले धेरै माया र जतनले आजसम्म प्रयोग गरेको सेतो कलम । हेर्दा सामान्य लाग्ने तर उसको अक्षरसँग दौडने क्षमता र गुणले मलाई प्रभावित पारेको थियो । सेतो रङको उसको शरीर पारदर्शी थियो । उसका शारीरिक अङ्गप्रत्यङ्गहरु पनि प्रष्ट रुपमा देखिन्थे । रगत भने कालो थियो । उसको प्राणपखेरु त्यो कालो रगतमा नै अडेको थियो । उसको रगत पनि दिनदिनै घट्दैजाँदै थियो । यसको अर्थ उसको जीवन छोटिदै थियो। हामी मानिसजस्तै उसको पनि रगत र जीवनबीचको नाता थियो ।रगतको समाप्तिसँगै उसको जीवन अन्त्य हुने निश्चित थियो । रगत प्रत्यारोपण र शुद्दिकरणको सम्भावना थिएन ।

मैले त्यस कलमलाई करिब १५ दिन साथमा राखे र मलाई उसले लेखनमा साथ दिईनैरहयो। त्यो कलम मेरो कामको सिलसिलामा बिशेष गरेर डिस्प्याच सर्टिफिकेट तयार पार्दा प्रयोग गर्ने गर्थे। करिब २२० भन्दा बढि सर्टिफिकेट त्यो कलमले सजिए। सर्टिफिकेट जस्तो मुल्यवान कागजातमा त्यो कलमले लेख्न पायो, उसलाई पनि गर्वानुभूति भएकै हुनुपर्छ । लेख्नु उसको धर्म थियो, लेख्यो पनि तर अन्य समय भने मैले लगाउने जक्कर सुरुवालको खल्ती भित्र सुतेरै उसको जीवनको धेरै समय काट्यो उसले ।

हुन त कलमको आफनै घर पनि थियो तर मैले उसलाई त्यो घरमा कहिल्यै बस्न दिईन । उसको आफ्नो घर हुँदाहुँदै उसलाई त्यहाँ बस्न नदिनु मेरो ठूलो भूल थियो होला । यसको पछाडि म मा एउटा स्वार्थ लुकेको थियो । त्यो स्वार्थ के थियो भने मैले उसलाई उसकै घरमा राख्ने गर्दा उसको साथ मैले कहिलेकाँही नपाउन सक्ने अवस्था पनि हुन सक्दथ्यो । मैले उसलाई उसकै घरमा बिर्सेर छोडेको हुन सक्दथे । यो मेरो डर पनि थियो र मलाई यस कुराले अलिकति स्वार्थी बनाएको थियो होला । तर आज भने मलाई मेरो त्यो गल्तिको बोध भएको छ र म मा उब्जेको हिनताबोधले मलाई गलाएको छ, कमजोर बनाएको छङ। म कहिलेकाँही आफैलाई प्रश्न गर्ने गर्दछु, ''किन मैले उसलाई घरविहिन बनाए?'' म दोषी हो, म पापी हो, म स्वार्थी हो, हो हो म अरुको जीवन नचिन्ने, आफनै बारे मात्र सोच्ने तुच्छ, म तुच्छ ।

आज जुन २० तारिख,२०२५- मेरो सेतो कलमको अन्त्यष्टी !
मलाई उसको अन्त्यष्टीको चेतावनी जनाऊ मिलिसकेको थियो बिहानै । जब जब कलममा रक्तअल्पताले च्याप्न थाल्यो, मलाई मेरो कलम मृत्यूसय्यामा मृत्यूको दुःखद् पर्खाईमा रहेको मानिस जस्तै लाग्न थालिसकेको थियो । म पनि डराउँदै थिए कतिखेर चाँही कलमले प्राण त्याग्ला भनेर । म यतिखेर हाम्रा प्रियजनको अनन्त विछोडको संघारमा भोगिने वेदनामाजस्तै अनुभूती गरिरहेको थिए ।

उसलाई हिजो अस्ती खुब दबाएर लेख्न बाध्य बनाउने गर्थे भने आज यतिबेला हल्का तरिकाले कोरेजस्तो गर्दै खुबै मायालुभावले ओतप्रोत हुँदै कोरिरहन्थे । यसरी लेखन गर्दा कतिखेर घ्यारघ्यार गर्दै कलमको सास जाला जस्तो लाग्थ्यो । यसरी त्रासयुक्त मनोभावनामा हराईरहदाँको बखत हनुमानको जस्तो शारीरिक सुसंगठन भएको राम नाम गरेको अर्कै सेक्सनको सुपरभाईजर आएर मैले नजिकबाट नियाली रहेको, ख्याल गरिरहेको मेरो प्यारो कलम लगेर गए । म मनमनै डराई रहेको थिए मेरो कलमले रामको हातमै प्राण छोड्ला कि भनेर तर धन्न त्यसो भएन । फेरी एकैछिनपछि राम आए कलम लिन । यसबेला म झनै डराएको थिए र मैले होसियारीकासाँथ लेख्नुहोला भने उसलाई । बिचारा राम, उसलाई के थाहा, केवल लेख्नु थियो, हतारमा थियो ऊ । यसपल्ट पनि लेख्यो यो मृत्यूसय्यामा छट्पटाईरहेको कलमले ।

अब भने केवल तीन फ्लाईटका लागि बाँकी थियो तयार पार्नुपर्ने ६ प्रति डिस्प्याच सर्टिफिकेट । तयार पार्दै गए, सबै भयो । यत्तिन्जेल कलमले अन्तिम सास फेर्दैथियो पक्कै । अब, कलम रक्तरहित, पूर्णतः पारदर्शी भैसकेको थियो जस्तो कि मानिस मृत अवस्थामा पुग्दछ ।म भावुक हुँदै कलमलाई समाती रहे र सोच्दै थिए सेतो कलमले मेरो साथ छोड्यो, मलाई छाडेर गयो सँधैका लागि , मेलै साह्रै मनपराएको कलम !

सेतो कलमको मृत्यु भैसकेको थियो । कलमको पार्थिब शरीर मैले मेरो हत्केलामा टाउको अगाडि पट्टी र खुट्टा म तिर पारेर सुताएर राखे । यस बखत म एक्लै थिए । अन्त्यष्टीका लागि मृत कलमको घाट ( डस्टविन) यत्रतत्र थिए तर मैले केजको नजिकै रहेको अलिक पवित्र घाट यानिकि डस्टविनको एक कुनामा विस्तारै राखेर अन्त्यष्टी सम्पन्न गरे ।
त्यत्तिन्जेल सम्म म घर फर्किने बेला पनि भैसकेको थियो र म घर फर्के, एक्लै फर्के, नितान्त एक्लै।

19/06/2025

✍️ यादहरु बोक्ने फोटाहरु
---------=----------=---------

२०८२ साल बैसाख १४ गते मातातिर्थ ओैशी (आमाको मुख हेर्नेदिन) को तिथी परेको छ ।सामाजिक सञ्जाल फेसबुक तथा टिकटक शुभकामनाले भरीए । सम्माननीय तथा पूजनीय आमाहरुको विशिष्ट दिन, त्यसै नै आमामय हुने नै भयो । मैले भने सााजिक सञ्जाललाई माध्यम बनाउने गरेको छैन व्यक्त गर्न शुभकामना । तर स्क्रिन स्क्रोल गर्ने क्रममा अरुका शुभकामना र भावनाहरु प्रसस्तै पोखिएको भेट्छु ।

बेलुकीको खानपिनपछि एकछिन मुवाईलको स्क्रिनसँग समय साट्ने गर्दछु ।श्रीमतीजी पनि सँधैजसो फेसबुकमा स्टोरी पोष्ट गर्नेगर्छिन् । भन्छिन् यादहरु रोपिन्छन स्टोरीमा । आजको स्टोरीमा आमाहरुको साथमा हाम्री ठूलीआमा जसलाई हामी डेमा भन्ने गर्छौ, पनि अटाएकी रहेछिन् र दुई शब्द मिस यू पनि । हाम्री प्रातस्मरणिय ठूलीआमा हामीमाझ हुनुहुन्न । वहाँ बोल्योमदेल गमन भैसक्नु भएको छ । वहाँको तस्विरले मलाई भावुक बनायो र मेरा आँखाहरुबाट पानी पर्नथाल्यो । यसरी आँखाहरु बर्षिरहदाँ मेरो मस्तिष्कमा स्मृतिका ढड्डाबाट पानाहरु पल्टन थाल्छन् । ति पानाहरुमा कोरिएका यादहरु बाँचेर आउँछन् । साँचै आँखै अगाडि आउँछन् । त्यो फोटोले स्मृतिलाई घच्घच्याएपछि स्मरण तरङ्गित हुँदै स्मृतिका श्रृङ्खला लमतन्न हुँदै तन्कन थाल्दछ । लामो संगोल पारिवारिक जीवन बोकेको यादहरु वास्तवमा एउटा सानो पुस्तकमा के अटाउथ्यो नि? तर पनि मेरा आँखा अगाडि यसरी एक तमासले दौडिन्छन् ति स्मृतिहरु म त्यहाँ पुगेको हुन्छु । यसबेला मलाई यि स्मृतिहरुले मेरा विगतहरुमा फर्काईदिन्छ । साँच्चै स्मृतिहरु कति बलवान हुँदारहेछन् कि मलाई मेरा ति दिनहरुमा पुर्‍याए फेरी जहाँ म अहिलेजस्तो थिईन, डेमाको अभिभावकत्व सहितको जीवन ।

हाम्री डेमा सपनादर्शी थिईन । बाबु, तिम्रो शुभ हुन्छ अब भन्नु हुन्थ्यो । साच्चै हुन्थ्यो पनि । कहिलेकाहि बाबु, अलिक होसियार हुनु है भन्दै सजक हुनु भन्नु हुन्थ्यो । म पनि कान ठाडो पारेर सुन्थे र खुब मनन गर्दै आफ्नो काममा ध्यान दिन्थे । अनि म त, डेमा के छ कसो हो भन्दै घरिघरि सोधिरहन्थे । वहाँ भने अहिले त्यस्तो छनक आको छैन, आएमा भनिहाल्छु भन्नुहुन्थ्यो । तर अहिले मलाई कस्ले भन्देला यस्तो भन्ने लाग्छ, मलाई अभाव खड्किन्छ खुबै यस मानेमा ।

डेमासँग जोडिएका स्मृतिका हजारौ पानाहरु जीवनरुपी कितावमा समेटिन्छन् । ति पानाहरु विशेष र विशिष्ट छन् ।

फोटाहरुले यादहरुलाई बोकेर सुतिरहेका हुन्छन् । तर आज एउटा फोटोले हाम्री प्रातस्मरणिय ठूलिआमा डेमासँग जोडिएका यादहरु ब्युझाईदियो ।

17/06/2025

Address

Fir Tree � Road
London
TW4

Website

Alerts

Be the first to know and let us send you an email when Suresh Rai Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share