05/08/2026
🇭🇷 आज अगस्ट ५, क्रोएसियामा सार्वजनिक बिदा? 😱‼️
क्रोएसियामा प्रत्येक वर्ष अगस्ट ५ लाई “विजय तथा मातृभूमिप्रति कृतज्ञता दिवस” (Dan pobjede i domovinske zahvalnosti) तथा क्रोएसियाली पूर्वसैनिक दिवस (Dan hrvatskih branitelja) को रूपमा मनाइन्छ।
यो दिन सन् १९९५ अगस्ट ५ मा भएको Operation Storm (Operacija Oluja) को सम्झनामा मनाइने गरिन्छ । उक्त दिनको सैन्य अभियानमा क्रोएसियाली सेनाले Knin शहर पुनः तत्कालीन सर्ब क्राजिना क्षेत्र (Republic of Serbian Krajina – RSK) को नियन्त्रणबाट फिर्ता लिएको र जसलाई क्रोएसियाको स्वतन्त्रताको युद्धको महत्वपूर्ण मोडको रुपमा मान्ने गरिन्छ ।
यस अवसरमा:
🇭🇷 राष्ट्रिय झण्डा फहराइन्छ
🎖️ पूर्वसैनिकहरूको सम्मान गरिन्छ
🙏 युद्धमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्छ
🎆 विभिन्न राष्ट्रिय कार्यक्रम आयोजना गरिन्छ
यस दिन सार्वजनिक सेवामा प्रभाव:
- सरकारी कार्यालय बन्द
- बैंक र धेरै प्रशासनिक सेवा बन्द
- हुलाक सेवा बन्द हुन सक्छ भने,
-अस्पताल, प्रहरी, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमा रहन्छन् र केही पसल तथा रेस्टुरेन्ट खुला रहन सक्छन् ।
🇳🇵 क्रोएसियामा बस्ने नेपालीका लागि जानकारी:
यदि तपाईंलाई बैंक, नगरपालिका, प्रशासनिक कार्यालय वा अन्य सरकारी काम छ भने अगस्ट ५ को बिदालाई ध्यानमा राखेर आफ्नो योजना बनाउनुहोस्।
🇭🇷🇳🇵 क्रोएसियामा बस्ने नेपाली समुदायका लागि आवश्यक जानकारीका लागि हामीसँग जोडिनुहोस्।
#क्रोएसिया_खबर #नेपाली_क्रोएसिया