Nepalian

Nepalian आकाश छुनु सफलता होइन, हातले आकाश छुँदा खुट्टाले भुइँ नछोडोस् त्यो नैं वास्तविक सफलता हो।

देशको समस्या दलीयकरण थियो ! शिक्षादेखि न्यायालयसम्म दलीयकरण भयो भन्ने हाम्रो असन्तुष्टि थियो !तर तावाबाट भुङ्ग्रोमा भनेझ...
30/01/2026

देशको समस्या दलीयकरण थियो ! शिक्षादेखि न्यायालयसम्म दलीयकरण भयो भन्ने हाम्रो असन्तुष्टि थियो !
तर तावाबाट भुङ्ग्रोमा भनेझैँ पो भयो कि क्या हो !
सबै दलका हुँदा हुँदै पनि हिजोसम्म एक दुई थान कलाकार बाँकी रहेछन्, पत्रकार र पुलिस बाँकी रहेछन् । केही थान स्वतन्त्र नागरिक र उम्मेदवार बाँकी रहेछन् !

आज त कुनै ग्रे एरिया बाँकी छैन । कि यताको कि उताको भन्ने छ । गल्फ वारमा अमेरिकी राष्ट्रपति जर्ज बुशले सिङ्गो विश्वलाई कि आफूतिर कि आतङ्कवादतिर भन्दै बीचमा बस्ने छुट छैन भनेका थिए । आज स्थिति उस्तै छ । मानौं एकातिर लाखौं यमदूतमात्रै छन् । अर्कोतिर लाखौं देवदूतमात्रै उभिएका छन् ! युद्धको शङ्ख बजेको छ ! दशगजा भन्ने मेटिएको छ । कि झोले छ, कि भक्त छ ! एउटा स्वतन्त्र नागरिक पाउन पनि मुश्किल छ, पत्रकार र वकिल कताबाट पाउनु !

स्वतन्त्र भनेर मन्त्री बनाइएका पनि बाटैबाट दलमा पसे । हिजो सबैको हुँ भन्ने कलाकार आज झण्डामुनि छन् । एउटा आयोग बनाउन पर्यो भने निष्पक्ष देखिने अनुहार देशमा बाँकी छैन ।

भोलि न्यायाधीश चाहिएला, राजदूत चाहिएलान्, शिक्षक र प्राध्यापक चाहिएलान् ! राष्ट्रिय सुरक्षामा विज्ञ र दक्ष मान्छे चाहिएलान् । कताबाट ल्याउनु !

हिजो कम्युनिस्ट र कांग्रेसबीच पानी बाराबार थियो ! एउटाले अर्कोलाई दलाल भन्थ्यो, सामन्त भन्थ्यो । बिहेबारी बन्द थियो । स्कुलमा शिक्षक एउटै दलको हुनुपर्थ्यो । त्रिचन्द्रमा नेविसङ्घ र आरआरमा अखिलले मात्रै पढ्न पर्थ्यो । स्कुलदेखि नै सबैले झण्डा बोक्ने हुनाले नै दलीयकरण भएको हो ।

आज नयाँ र पुरानो दल छ । अर्को साइडको त मान्छे नै होइन जस्तो हाम्रो मनोविज्ञान छ ! तराईदेखि पहाड़सम्म देशभर मान्छेको स्वस्फूर्त ताँति छ, ती त जलाउनेहरू हुन् भनेको छ । हेपेको छ । आफूबाहेक अर्को दलमा लाग्ने र विश्वास गर्नेलाई लुटेरा, झोले र भेड़ा भनेको छ, घृणा रोपेको छ ! आज त ईगोको क्षणिक तुष्टि होला । जीत र हारको जोश र शोक होला । तर यो मानसिकता पखालिन एक पुस्ता लाग्नेछ ।

यो यात्रा शून्यबाट सुरु हुने होइन । हामी हाम्रा नेताले भाषण गरेझैँ सिङ्गापुर बन्न सकेनौं तर स्मरण रहोस्, एक दशकसम्म गृहयुद्ध भएका कति धेरै देश खरानी छन्, हामी अझै उभिएकै छौं । हाम्रो यात्रा बेटरका लागि हो ! वी डिजर्भ बेटर !

देश भूपरिवेष्ठित छ । समुद्रसम्म सहज पहुँच छैन । भूगोल पनि समथर छैन । पहाड़ नै काटेर प्रतिकिलोमिटर बाटो बनाउन विश्वकै महँगो दर पर्छ । जनसङ्ख्या तराई झर्दो छ तर पहाड़तिर बाटो लैजान पर्नेछ । राजश्व दश बाह्र खर्ब जति छ । तर बजेट १६-१७ खर्बको बनाउन पर्नेछ । हरेक वर्ष ५-६ खर्ब ऋण लिनै पर्ने बाध्यता छ । व्यापारघाटा १५-१६ खर्बमाथि छ । आज विदेश जाने जति सबै फर्किने हो भने देश टाट पल्टिने स्थिति छ । रेमिटेन्सबाहेक त्यो घाटा पूर्ति गर्ने अर्को स्रोत छँदै छैन । भ्रष्टाचार रोकियो भने केही अर्ब बचत होला तर प्वाल खर्बौं खर्बको छ । दक्षता, विज्ञता, सुशासन, धैर्य र राष्ट्रिय एकता नभई यो देश बन्दैन । सही मान्छे सही ठाउँमा नपुगी सुरु पनि हुँदैन । जादूको छड़ी भेटिएन भने यो यात्रा कम्तिमा बीस वर्ष लामो हो ।

राजनीतिलाई ईगो, आवेग, घृणा र विभाजनको साधन बनाएर हामी कहीँ पुग्दैनौं ! भाषण राम्रो गर्ने छानेर या ह्याण्डसम लुक्सको नेता छानेर मात्रै देश बन्दैन । देश बन्न एउटा दिमाग सद्दे भएर पनि पुग्दैन । यो सामूहिक यज्ञ हो ।

सबै मान्छे दलमा लाग्नु खासमा कुनै समस्या होइन । यो व्यवस्था नै दलीय व्यवस्था हो । समस्या विभाजन र घृणाको हो । सामाजिक सद्भाव र सहिष्णुताको हो ! आलोचनात्मक चेत र विवेकको हो । देश बनाउने नै दलले हो ! अन्त कता लाग्ने ?

अतिवाद र घृणावाद जसले बेच्छ, देशको शत्रु त्यही हो ! आफूबाहेक अरू सबै खराब भन्नु पनि अतिवाद हो । आफूबाहेक अरू सबै विदेशी गोटी हुन् भन्नु पनि अतिवाद हो !

जसलाई मन पर्छ, खुलेर भोट गर्नुहोस् । यो नेपाली चुनाब हो । आफ्नै नागरिकले जित्ने हो ! तर अतिवादलाई चाहिँ आफ्नैजस्तो लागे पनि बहिष्कार गर्नुहोस् । देश त बरु आज नबने भोलि बन्ला तर सद्भाव र विश्वास उम्रिन एक पुस्ता पूरै लाग्छ !

आज सहीद दिवस ! नेपाली समाजमा प्रजातन्त्रको ज्योती बाल्ने, देश, जनता र परिवर्तनका लागि आफ्नो ज्यान आहुति दिने सम्पूर्ण ज्...
30/01/2026

आज सहीद दिवस !
नेपाली समाजमा प्रजातन्त्रको ज्योती बाल्ने, देश, जनता र परिवर्तनका लागि आफ्नो ज्यान आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि !
#सहिद_दिवश_२०८२

30/01/2026

राप्रपा पार्टी जस्तो राष्ट्रवादी सिद्धान्त,बिचार,निति बोकेको पार्टी नेपाल अरु कोही छैन
त्यसैले सबै जनताले राप्रपा लाई मतदान गरौं
🚩

29/01/2026

हिन्दु राष्ट्र बिना राष्ट्रिय स्थिरता असम्भव छ"जानकी मन्दिरको उत्तराधिकारी महन्त बाबा राम रोशन दास। धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि RPP को बाटो अपरिहार्य छ।
#देशको_भलोमा_भोट_हालौँहलोमा
ोटराष्ट्रलाई_एकभोट_हिन्दु_शास्त्रलाई

29/01/2026

"होली वाइन" 🍷वालाहरु र धर्मलाई "अफिमको नसा" भन्नेहरुले चाहीँ हिन्दु धर्म र संस्कारको ज्ञान नबाँढिदिए हुने ! 🕉️

28/01/2026

पैसाले किनेर मल समेत नपाउने र नमागेको सल्लाह सित्तैमा पाउने देशको जनतो😂😍🤗

28/01/2026

यही व्यवस्था अन्तर्गत बालेन् त के इन्द्रको बाउँ चन्द्र आएपनि केही लछार पाटो लाग्दैन
#अवस्थाबदल्न_व्यवस्थाबदलौं
#राजासबैका_साँझा
#राष्ट्रकोहुन्छभलो_चुन्यौँभने_हलो

16/01/2026

Address

Bangalore

Telephone

+917892429951

Website

Alerts

Be the first to know and let us send you an email when Nepalian posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalian:

Share