Samunat Times HD

Samunat Times HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samunat Times HD, Media/News Company, Bangalore.

महेश बस्नेतको चेतावनी ! भन्छन् : प्रतिशोध साँधेर केपी ओलीलाई कारबाही गरिए मुलुक अर्को द्वन्द्वमा जान्छ
08/03/2026

महेश बस्नेतको चेतावनी ! भन्छन् : प्रतिशोध साँधेर केपी ओलीलाई कारबाही गरिए मुलुक अर्को द्वन्द्वमा जान्छ

13/02/2026

गु'ण्डागर्दीको जा'लो भत्काउँदै डिएसपी शाही, महेन्द्रनगरमा सिभिलमै फिल्डमा !

आजको फोटो फिचर
15/11/2025

आजको फोटो फिचर

हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ। यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो। यो गृहमन्त्रीको असक्षमता र ग...
08/11/2025

हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ। यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो। यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर। या सरकार ढलाउने खेल वा सविधान माथि धावा।

हामी सडकमा कसैलाई मन्त्री बनाउन आएका थिएनौ, हामी स्कुले पोशाकमा मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध, र सत्य तथा जवाफदेहिताको लागि आएका हौँ। हामीलाई भाषण होइन, काम चाहिएको हो। योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ।

सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक सहिद परिवारप्रति बाचा हो र म आफ्नो जिम्मेवारी पूरा गर्दैछु किनकि हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो। हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौँ, किनकि म्यान्डेट जनताले दिएको हो। आज उँहाहरुले म्यान्डेट बिर्सने हो भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ? कलीलो बालबालिकाको हत्या, आन्दोलनमा भएको अत्याचार, र पीडित परिवारप्रति राज्यको वेवास्ता र असक्षमता हामी सहदैनौँ।
अन्तरिम सरकारले चुनाव मात्र होइन, आन्दोलनलाई वैधानिकता दिने कदम पनि तुरुन्त अघि बढाउनु पर्छ, किनकि यो आन्दोलन कसैलाई पद दिलाउनको लागि थिएन, यो रगत, आँसु र सपनाको लडाइँ हो। नेपाली भन्नुको अस्तित्व र भविष्यका लागि हो। हाम्रो देश बन्न सक्छ भन्ने विश्वासका लागि हो।

जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन् प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ, उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ। हामीले प्रधानमन्त्रीलाई जिम्मा लगाइएको मुलुक हो, आशा मार्ने होइन, जोगाउने हो भन्ने विश्वाससहित। खबरदारी नागरिक कर्तव्य हो, प्रगतिशील लोकतन्त्रमा युवा नै सरकारका स्वाभाविक प्रतिपक्ष हुन्छन्।

जो कोही यो समय गलत राजनीतिक खेल खेल्ने, हाम्रो सरकार ढाल्ने, वा यो नाजुक परिस्थितिको फाइदा उठाउने सोचमा छन् ।
सबैले याद राख्नुस् प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ ।

तस्विर: राष्ट्रपति निवास SEP 12

04/11/2025

कञ्चनपुर ट्राफिक प्रहरीको एक्सन

04/11/2025
04/11/2025

झापा ५ बाट प्रमलाई चुनाव जितेर देखाउन ओलीको चुनौती

03/11/2025

बझाङमा बाटोमै बच्चा जन्माएकी गर्भवतीको सफल उद्धार

बझाङ — तलकोट गाउँपालिका–स्थित मेलबिसौना स्वास्थ्यचौकीका अनमी, नर्ससहितको स्वास्थ्य टोलीले असाध्यै कठिन अवस्थाबाट एक गर्भवती महिलाको सफल उद्धार गरेका छन्।

आज बिहान प्रसूति पीडाले ग्रस्त गर्भवती महिलालाई स्वास्थ्यचौकी ल्याउने क्रममा बाटोमै बेथा लागेपछि टोलीले तुरुन्तै बाटोमै सुरक्षित रुपमा बच्चा जन्माउन सहयोग गरेको हो।

स्वास्थ्यकर्मीहरूको तत्परता र जिम्मेवार सेवाभावका कारण आमाको ज्यान जोखिममा पर्नबाट जोगिएको स्वास्थ्यचौकीले जनाएको छ। पछि टोलीले आमा र नवजात शिशु दुबैलाई स्वास्थ्यचौकी ल्याई आवश्यक उपचार र स्याहार गरेको छ।

यस उत्कृष्ट मानवीय सेवाका लागि मेलबिसौना स्वास्थ्यचौकीका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हार्दिक धन्यवाद र प्रशंसा व्यक्त गरिएको छ।

03/11/2025

सरकारी गाडीको दुरुपयोग

03/11/2025

ट्राफीक प्रहरी

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when Samunat Times HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share