Chet saud

Chet saud Hello Everyone

गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूमा हार्दिक सम्मान, कृतज्ञता तथा सुस्वास्थ्य, दीर्घायु र सुख-समृद्धिको शुभकामना। “...
29/07/2026

गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूमा हार्दिक सम्मान, कृतज्ञता तथा सुस्वास्थ्य, दीर्घायु र सुख-समृद्धिको शुभकामना।

“गुरु बिना ज्ञान अधुरो, गुरुको आशीर्वाद बिना जीवन अपुरो।”

माया भन्नु नै यस्तो सम्बन्ध हो, जहाँ झगडा हुन्छ, मनमुटाव हुन्छ, तर तिनीहरू सबै सुल्झाएर फेरि सँगै बस्न सकिन्छ। माया कहिल...
17/07/2026

माया भन्नु नै यस्तो सम्बन्ध हो, जहाँ झगडा हुन्छ, मनमुटाव हुन्छ, तर तिनीहरू सबै सुल्झाएर फेरि सँगै बस्न सकिन्छ। माया कहिल्यै पूर्ण रूपमा सजिलो हुँदैन। कहिलेकाहीं विचार नमिल्न सक्छ, शब्दहरू तीतो लाग्न सक्छन्, र मन दुख्न सक्छ। तर, साँचो माया त्यही हो जहाँ ती सबका बावजुद पनि सम्बन्धलाई टिकाइन्छ।

हामी झगडा गर्छौं, किनभने हामीलाई एक अर्काको कुराले असर गर्छ। हामी गुस्सा हुन्छौं, किनभने हामी मायामा छौं। तर त्यही माया हामीलाई फेरी मिल्ने हिम्मत दिन्छ। झगडा पछि आउने माफी, काखमा अँगालो, अनि आँखामा आँसु — ती सबै माया हुन्।

कहिलेकाहीं, माया बचाउन 'इगो' भन्दा 'इमोशन' ठूलो हुन्छ। साँचो प्रेममा 'कसले गल्ती गर्यो?' भन्दा 'कसरी मिल्ने?' भन्ने सोच महत्वपूर्ण हुन्छ। हामी सबै अपूर्ण छौं, तर माया त त्यही हो — अपूर्णतामा पूर्णता खोज्ने प्रयास।

साँचो माया कहिले पनि साथ छोड्दैन। परिस्थितिले परीक्षा लिन्छ, समयले धैर्य माग्छ, तर जसले माया गर्छ, उसले हार मान्दैन। ऊ रहन्छ, लड्छ, र फेरि सम्बन्ध बनाउँछ। त्यो नाता जहाँ तिमी रिसाउँछौ, म मनाउँछु, तिमी टाढा जाँदैछौ, म समातेर राख्छु — यही हो साँचो प्रेम।

सम्बन्ध त्यति बलियो हुन्छ जब दुबै जनाले 'साथ छुटोस् भनेर होइन, सँगै बस्नको लागि' प्रयास गर्छन्। माया त सधैं एक अर्कालाई बुझ्ने, स्वीकार्ने, अनि साथ दिने नाम हो।

झगडा भयो भनेर डराउनुपर्दैन, मिलाउने चाहना मर्नु हुँदैन।
किनभने हामी झगडा गर्छौं, मिलाउँछौं र सँगै बस्छौं — त्यसलाई नै त माया भनिन्छ। ❤❤❤

थापाथलीमा जम्मा २२ परिवार सुकुम्बासी -     देख्नुभयो, नेपालमा कम्युनिस्ट, एनजिओ, आइएनजिओ, अभियन्ता, परिचालित जेन–जी अभिय...
25/04/2026

थापाथलीमा जम्मा २२ परिवार सुकुम्बासी -

देख्नुभयो, नेपालमा कम्युनिस्ट, एनजिओ, आइएनजिओ, अभियन्ता, परिचालित जेन–जी अभियन्ता, भारतीय अतिवाद तत्व , धार्मिक व्यक्ति, कथित सामाजिक संस्था र पुराना दलहरूले जग्गा भएकालाई कसरी कथित सुकुम्बासी बनाएर सरकारी जग्गा ओगटन लगाएका रहेछन्। यस्ता हजारौं हुकुमबासी पशुपतिनाथ मन्दिर परिसरमा छन् । सरकारले ती सबै हटाउंदैछ ।

थापाथलीको नदी किनारको चौरमा हजारौं घरमध्ये अहिलेसम्म जम्माजम्मी २२ जना मात्र वास्तविक सुकुम्बासी भेटिएका छन्।
जब सरकारले स्क्रिनिङ जाँच विधि गर्ने भन्यो, जग्गा र सम्पत्ति भएका धेरैजना टाप भए। यी नक्कली सुकुम्बासी खडा गर्नेमा धेरै एमाले नै रहेछ। तीमध्ये एमालेका नेता शंकर पोखरेलले पनि निकै चिन्ता व्यक्त गरेका छन्। उनीमाथि अनुसन्धान हुने अवस्था देखिएको छ ।

एमालेले नक्कली सुकुम्बासी बनाएर राखेका धेरैजना आफ्ना घर–घर र जिल्लातिर गएका छन् / जान थालेका छन्।

अनि केही परिचालित जेन–जी अगुवाले उचालेका नक्कली सुकुम्बासी पनि भागिसकेछन्। एनजिओ, आइएनजिओ र केही जेन–जीलाई आएको विदेशी पैसा, जुन सुकुम्बासी देखाएर सधैं खाने गरिन्थ्यो, त्यससँग जोडिएका नक्कली सुकुम्बासी पनि घर–घर फर्किएका रहेछन्।

थापाथली चौरमा नगन्य मात्र सुकुम्बासी रहेको प्रहरीले जनाएको छ । उहाँहरु सबै घरघर गइसक्नुभयो, प्रहरीले भन्यो ।

देख्नुभयो, नेपाल किन नबनेको? यो त मुलुकभित्रको एउटा सानो संकेत मात्र हो। नेपालका यस्ता लाखौं क्षेत्रमा कम्युनिस्ट राजनीति, कथित जेन–जी अभियन्ता र पुरानो राजनीतिक शक्तिले कसरी ध्वस्त बनाएका रहेछन्।

नेपाल सुन्दर थियो। यही ३६ वर्षमा कुरूप बनाइयो। यति बुझौँ अहिले।

17/04/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

17/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।

07/02/2026

रक्सी पनि नखाने, दुध खाएर बस्ने तर भ्रष्टाचार गर्ने भन्दा त बरु गाँजा खाने तर देश बनाउने नै ठीक 🔔🔔🔔

07/02/2026

सबै कुरा बोल्न सकिँदैन, केही कुराहरू महसुस गरिदेउ किनकि म पनि
थाक्ने गर्छु, बारम्बार आफैंलाई सम्झाउँदा...!! 🕉️

07/02/2026

बुद्धिमान, विद्वान र ज्ञानी त रावण पनि थियो ,,तर मानिसहरु उसलाई राक्षसका रुपमा चिन्छन् त्यसैले मानिसको लागि ज्ञान भन्दा पनि स्वभाव महत्वपूर्ण हुन्छ !

04/02/2026

प्रदेशका मन्त्री र सासंदले तलव खाँदैमा कसरी जनताको जीवनमा असर पार्छ ?

मुलुकभर प्रदेश सासंद ५५० जना छन् । उनीहरूको स्वकिय सचिव समेत गर्दा ११०० जना छन् । प्रदेश संरचना खारेज गर्दा, आर्थिकरूपमा जनता र राज्यलाई कसरी फाइदा हुन्छ, त्यसलाई विस्तारमा भन्न सकिन्छ तर अहिले मन्त्री र सांसदको कुरा मात्र गरेकाले, त्यसको मात्र चर्चा गरौँ ।

प्रदेशका मन्त्री, सासंद र तीनका स्वकिय सचिवलाई मात्र हटाइयो भने, राज्यको सेवामा २००० बढी जनशक्तिका लागि दिइने पैसो जोगिन्छ । नेपालमा ७५३ पालिका छन् । त्यो पैसोले प्रत्येक पालिकामा ३ जना डाक्टर पुर्याउन पुग्छ । त्यो पैसोले , अदालतमा न्याधिश थप्न मिल्छ, अदालतमा लाइन बस्न पर्दैन । त्यो पैसोले आइटी प्राविधिक थपेर प्रत्येक पालिकालाई डिजिटल बनाउन सकिन्छ ।

त्यसैले प्रदेश खारेज गरौँ र शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाका क्षेत्रमा जनताले प्रत्यक्ष लाभ पाउने क्षेत्रमा खर्च गरौँ ।

अजै केही परिवर्त्तन भाको छैन रे छत?के गरौँ एमाले ☀️ K P Sharma Oli 74 वर्ष 4 चोटी प्रधानमन्त्री के गरौँ माउवादी ⭐ क. प्र...
02/02/2026

अजै केही परिवर्त्तन भाको छैन रे छत?
के गरौँ एमाले ☀️ K P Sharma Oli 74 वर्ष 4 चोटी प्रधानमन्त्री
के गरौँ माउवादी ⭐ क. प्रचण्ड / Comrade Prachanda 72 वर्ष 3 पटक प्रधानमन्त्री
के गरौँ काङ्ग्रेस 🌲 शेरबहादुर देउवा 79 वर्ष 5 पटक प्रधानमन्त्री

Address

Bhiwadi

Telephone

+917568345579

Website

Alerts

Be the first to know and let us send you an email when Chet saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share