Laali Guraas Prakashan

Laali Guraas Prakashan Publisher & Seller of Progressive Books. Based in Darjeeling, India.

Some of our books, mainly the bengali books are available at the stall of Beyond Horizon Publication (Stall No - 62) in ...
06/12/2025

Some of our books, mainly the bengali books are available at the stall of Beyond Horizon Publication (Stall No - 62) in the ongoing Siliguri Book Fair at Kanchanjunga Stadium.

মূলত দার্জিলিং পাহাড় এবং নেপালি সাহিত্যের আশপাশে ঘোরাফেরা করা লালী গুরাস প্রকাশন এবার পা বাড়াল পাহাড়তলির দিকে। পাহাড়...
05/12/2025

মূলত দার্জিলিং পাহাড় এবং নেপালি সাহিত্যের আশপাশে ঘোরাফেরা করা লালী গুরাস প্রকাশন এবার পা বাড়াল পাহাড়তলির দিকে। পাহাড়ি সাহিত্য বা তার বাংলা অনুবাদ শুধু নয়, এবার বাংলায় মৌলিক রচনা প্রকাশিত হল আমাদের প্রকাশন থেকে। আশা রাখি, এর ধারাবাহিকতা বজায় রাখতে পারব আমরা।

খবরকাগজ কিংবা ডিজিটাল মাধ্যমের নানা জায়গায় মৌমিতা আলম-এর লেখা প্রবন্ধগুলোকে একত্রে জড়ো করে প্রকাশিত হল এই সংকলন– ‘হামার দ্যাশ, আমার কথা’। জলপাইগুড়ির তিস্তাপাড়ের বাকালি জনপদ মৌমিতার সাকিন, মালবাজারের নেপুচাপুরে বেড়ে ওঠা, আর জলপাইগুড়ি শহরের মুসলমান পাড়ায় তার বর্তমান বাস। তাই উত্তরবঙ্গের রাজবংশী নস্যশেখ নারী হিসেবে নিজের অস্তিত্বের শরীরে ধারণ করা সমসময়ের ক্ষত বা সংবেদনগুলোকে, আপোষ বা অস্বস্তিগুলোকে লিখতে থাকেন মৌমিতা। একজন বামপন্থী ভাবনার বাঙালি-মুসলমান হিসেবে, স্কুলশিক্ষিকা হিসেবে, একক-মা কিংবা কৃষক পরিবারের নারী হিসেবে এই বিপন্ন সময়-যাপনের চিহ্নগুলো ধরা থাকে তাঁর কলমে, তাঁর মুখর কলামগুলোয়। এই লেখাগুলো সমস্ত কণ্ঠরোধের বিরুদ্ধে, চলতি ব্যবস্থার বিরুদ্ধে, অবদমিতের পক্ষে, ন্যায়ের পক্ষে তারই সাক্ষ্য বহন করে।

‘হামার দ্যাশ, আমার কথা’– কামতাপুরী আর বাংলাভাষার মিশেলে রাখা বইটার শীর্ষকের মানে ‘আমাদের দেশ, আমার কথা’। স্বৈরতান্ত্রিক আস্ফালনে ভরা সমসাময়িক দেশ বা সমকালীন স্পেস পুরুষতন্ত্র কিংবা ব্রাহ্মণ্যবাদী হিন্দুত্বের বাড়বাড়ন্তে ক্লান্ত, ত্রস্ত। দুর্নীতি-স্বজনপোষণ-অসহিষ্ণুতা-অসমানতা চূড়ান্ত রূপ নিয়েছে। ভূত-ভবিষ্যৎকে ভুলে মেরে দিয়ে ভারাক্রান্ত অপরিণামদর্শী বর্তমান নিজের হাতে নষ্ট করছে মূল্যবান সময়। সেই দুঃসহ সময়কে পাল্টানোর লড়াই বড় জরুরি কাজ। এই লড়াইয়ে কলমও অস্ত্র। আর মৌমিতা আলম কলম-রূপী অস্ত্র হাতে যোদ্ধা।

লালী গুরাস প্রকাশনও সেই পাল্টানোর লড়াইয়ের শরিক। যাঁরা জানেন না, তাঁদের জন্য আরেকবার বলা যাক, ‘লালী গুরাস’ মানে লাল রডোডেনড্রন– যে রক্তিম ফুল শীতশেষে বসন্তবার্তা ঘোষণা করে। অঘ্রানের আগাম-শীতে ‘লালী গুরাস প্রকাশনে’র উদ্যোগে প্রকাশিত এই সংকলন অধিকারের রক্তিম বসন্তবার্তা হয়ে নিশ্চয়ই পাঠককে ভাবাবে। আরেকবার মুখোমুখি দাঁড় করাবে অস্থির সময়ের চিহ্নগুলোর সামনে। বিপন্ন বেঁচে-থাকাগুলো সদুত্তর চাইবে আপনার কাছেও। প্রস্তুত হোন।

অর্ডারের লিঙ্ক : https://wa.me/p/25335694199419333/918373001142

कालेबुङ पुस्तक मेलाको आज तेस्रो दिन हो। भोलि अन्तिम दिन। आउनुहोस्, किताब पढ्नुहोस्, पढाउनुहोस्। कालेबुङ टाउन हल परिसरमा ...
01/12/2025

कालेबुङ पुस्तक मेलाको आज तेस्रो दिन हो। भोलि अन्तिम दिन। आउनुहोस्, किताब पढ्नुहोस्, पढाउनुहोस्। कालेबुङ टाउन हल परिसरमा छौँ हामी।

सातौँ कालेबुङ पुस्तक मेला आजदेखि सुरू भएको छ। कालेबुङका सम्पूर्ण नागरिक समाजका लागि यो एक महत्वपूर्ण अवसर हो—यसपालिको पु...
29/11/2025

सातौँ कालेबुङ पुस्तक मेला आजदेखि सुरू भएको छ। कालेबुङका सम्पूर्ण नागरिक समाजका लागि यो एक महत्वपूर्ण अवसर हो—यसपालिको पुस्तक मेलालाई हामी सबैले मिलेर सफल बनाऔँ।

भाषाहरूको संरक्षण, ज्ञानप्रति हाम्रो प्रतिवद्धता, र पठन–संस्कृतिको विकास—यी सबैमा हामी जिम्मेवार हुनुपर्छ। पुस्तकसँगको सम्बन्ध मज़बुत बनाउनु अहिलेको आवश्यकता मात्र होइन, हाम्रो सामूहिक कर्तव्य पनि हो।

३०औँ वार्षिक दार्जीलिङ जिल्ला पुस्तक मेलाका केही झलकहरू।अब समय आएको छ—हामी नागरिक समाजका रूपमा सचेत भएर आफूलाई सोधौँ; पठ...
26/11/2025

३०औँ वार्षिक दार्जीलिङ जिल्ला पुस्तक मेलाका केही झलकहरू।

अब समय आएको छ—हामी नागरिक समाजका रूपमा सचेत भएर आफूलाई सोधौँ; पठन संस्कृतिलाई हामी कत्तिको स्थान दिन सक्षम छौँ? बारम्बार हामी युवाहरू र कामकाजी वर्गको उत्साहपूर्ण भीडसहित विभिन्न कन्सर्ट र मनोरञ्जन कार्यक्रमहरूमा उर्जा फैलिँदै गरेको देखिरहेका छौँ। तर जब हाम्रो आफ्नै क्षेत्रका लेखक–स्रष्टाद्वारा जन्मिएका पुस्तकहरू केही दिनका लागि एउटै छानामुनि भेला हुन्छन्—यस्ता दुर्लभ, अर्थपूर्ण र वर्षमा एकपटक मात्र प्राप्त हुने अवसरको महत्त्व हामीले मनन गरेको छौँ त?

यथार्थ यही हो—पठन संस्कृतिको जग बलियो नहुँदा भाषाको बुनोट, स्मृति र सामूहिक चेतनाको डोरो नै कमजोर बन्छ। त्यसैले, यस वर्षको पुस्तक मेलाले उठाएको यो मौन प्रश्नलाई हामीले बेवास्ता गर्न मिल्दैन।

आउनुस्, आफ्ना भाषाहरू जोगाउने जिम्मेवारीलाई हृदयले धानौँ। पुस्तकमैत्री समाज निर्माणलाई आफ्नो कर्तव्य ठानौँ। पठन संस्कृतिको उज्यालो फेरि प्रज्वलित गरौँ—गर्वका साथ, दृढताका साथ।

दार्जिलिङ जिल्ला पुस्तक मेला आजबाट सुरु।यो केवल पुस्तक किनबेचको स्थान मात्र होइन—हामी सबैलाई पुनः पुस्तकसँग नजिक आउने अव...
24/11/2025

दार्जिलिङ जिल्ला पुस्तक मेला आजबाट सुरु।

यो केवल पुस्तक किनबेचको स्थान मात्र होइन—हामी सबैलाई पुनः पुस्तकसँग नजिक आउने अवसर पनि हो। पुस्तक मेलालाई सफल बनाउने जिम्मा हामी सबैको हो : मेलामा आएर पानस पानस पुस्तक पल्टाउने, लेखक, पाठक र प्रकाशकसँग संवाद गर्ने, नयाँ विचारहरू पत्ता लगाउने र पढ्ने संस्कृतिलाई अझ सबल बनाउने।

आउनुहोस्, हामी सबै मिलेर पुस्तकसँगको हाम्रो नाता अझ गहिरो बनाऔँ।
पुस्तक मेलामा भेटौँ—जहाँ पुस्तकहरू केवल बिक्दैनन्, जीवित रहन्छन्।

लालीगुराँस पत्रिकाको ५३औँ अङ्क प्रकाशित भइसकेको छ। अब चाँडै नै पाठकहरूका लागि उपलब्ध हुनेछ।
20/11/2025

लालीगुराँस पत्रिकाको ५३औँ अङ्क प्रकाशित भइसकेको छ। अब चाँडै नै पाठकहरूका लागि उपलब्ध हुनेछ।

इतिहासको कुरा आजको समयलाई सुम्पिँदै ....https://wa.me/p/32743013555289553/918373001142 #ब्युँझिरहेको_कञ्चनजङ्घा' लेखक : ...
11/11/2025

इतिहासको कुरा आजको समयलाई सुम्पिँदै ....

https://wa.me/p/32743013555289553/918373001142

#ब्युँझिरहेको_कञ्चनजङ्घा'
लेखक : सत्येन्द्रनारायण मजुमदार
बङ्गलाबाट नेपाली अनुवाद : शमीक चक्रबर्ती
मूल बङ्गला संस्मरण : काञ्चनजङ्घार घुम भाङ्छे (1953)
संशोधित संस्करण : पटभूमि कञ्चनजङ्घा (जुलाई 1963)
पृष्ठसङ्ख्या : 196
मूल्य : ₹ 200
ISBN : 978-81-986511-1-2

चियाबारी श्रमिक सङ्घर्षको आजको रूप हामी देख्छौँ। तर उहिले सुरुवाती चरणमा कस्तो थियो त स्थिति? ई. १९४०को दशकमा ब्रिटिसको पालोमा कसरी बन्यो चिया कमान मजदुर युनियन? कस्ता थिए त्यसबेलाका सङ्घर्षहरू? कस्तो थियो श्रमिकहरूका जीवन? यसबारे नै सत्येन्द्रनारायण मजुमदारले बङ्गलामा संस्मरण लेखेका थिए। सन् १९५३मा प्रथम संस्करण— ‘काञ्चनजङ्घार घुम भाङ्छे’ अनि सन् १९८३मा परिमार्जित संस्करण— ‘पटभूमि काञ्चनजङ्घा’। यस बेजोड संस्मरणकै नेपाली अनुवाद हो ‘ब्युँझिरहेको कञ्चनजङ्घा’।

सन् १९१०मा माथाभाङ्गामा जन्मिएका सत्येन्द्रनारायणको परिवार पछि सिलिगुडी महानन्दा पाडामा सऱ्यो। राजशाहीमा कलेज पढ्दा अनुशीलन समितिसित संलग्न हुँदै उनी स्वतन्त्रता सङ्घर्षमा सामेल भए। धेरै पटक र लामो समय जेल बसे। जेलभित्र बस्दा कम्युनिस्ट विचार अपनाए। अन्तत: अन्दामानको सेलुलर जेलबाट सन् १९४५मा रिहा भएपछि अविभाजित कम्युनिस्ट पार्टीले उनलाई पहाडका चिया कमानहरूमा मजदुर युनियन बनाउने दायित्व सुम्पियो। सन् १९४९मा रिङटङबाट फेरि पक्राउसम्मका अनुभवहरू लेख्दा उनले सङ्घर्ष र सङ्गठनका कुरा बाहेक पनि जनजीवन, प्रकृति, बगानको स्थिति, भूमिगत जीवन र जातीय पहिचानका सन्दर्भहरू चाखलाग्दो शैलीमा लेखेका छन्।

सन् १९५२मा सत्येन्द्रनारायण राज्यसभा सांसद बने। चिया श्रमिकहरूका पक्षमा अनि नेपाली भाषा मान्यताको मागबारे त्यहाँ महत्त्वपूर्ण भूमिका लिए। सन् १९५७मा सिलिगुडी विधानसभाबाट चुनिए। १९६३मा फेरि गिरफ्तार भए। सन् १९६४मा कम्युनिस्ट पार्टी विभाजनपछि सन् १९८७ सम्म रहल जीवन शिथिल ढङ्गले सीपीआईसित संलग्न रहेर अध्ययन-लेखनप्रति ध्यान बढाए। श्रमिकवर्ग, मार्क्सवाद, भाषाविज्ञान, राष्ट्रियता र इतिहासबारे कैयौँ सिर्जनाहरू उहाँबाट पाइयो। यस पुस्तकको परिशिष्टमा त्यस्ता केही लेखहरू समावेश छन्।

सन् १९९९मा प्रकाशित भएको थियो ‘अथाह’ उपन्यास। यसका लागि लेखिका बिन्द्या सुब्बाले सन् २००० मा नेपालको रामराज पन्त स्मृति ...
07/11/2025

सन् १९९९मा प्रकाशित भएको थियो ‘अथाह’ उपन्यास। यसका लागि लेखिका बिन्द्या सुब्बाले सन् २००० मा नेपालको रामराज पन्त स्मृति पुरस्कार अनि सन् २००३ मा भारतको साहित्य अकादेमी पुरस्कार प्राप्त गरिन्।

अथाह उपन्यास हालसम्म छ वटा भाषामा अनूदित भइसकेको छ। पहिलो नेपाली संस्करण धेरै अघि नै सिद्धिएका थिए। तर निकै चर्चा र पाठकप्रियता पाएको यो उपन्यास लामो समयदेखि उपलब्ध नै थिएन।त्यसैले लाली गुराँस प्रकाशनले छब्बीस वर्षको अन्तरालपछि पुनः यसको नयाँ संस्करण प्रकाशन गरेको हो। आशा छ, यो उपन्यासले फेरि पनि पाठकहरूको मन जित्नेछ।

आज लेखिका बिन्द्या सुब्बाको हातमा सुम्पियो #अथाह-को नयाँ संस्करण।

अर्डर गर्नुका निम्ति : https://wa.me/p/24982721814751434/918373001142

https://wa.me/p/24982721814751434/918373001142 #अथाह-- विन्द्या सुब्बा(सन् २००३मा भारतको ‘साहित्य अकादमी पुरस्कार’ले सम्...
06/11/2025

https://wa.me/p/24982721814751434/918373001142

#अथाह
-- विन्द्या सुब्बा
(सन् २००३मा भारतको ‘साहित्य अकादमी पुरस्कार’ले सम्मानित)
दोस्रो संस्करण
पृष्ठसङ्ख्या : 136
मूल्य : ₹ 200
ISBN - 978-81-986511-6-7

‘अथाह’ले एकैसाथ कोमलता र गहिरो पीड़ाको अनुभूति दिन्छ। उपन्यासकी कथक एक नर्स हुन्। नर्सिङ कोर्सका लागि उनले आफ्नो प्रिय दार्जिलिङ छोड़ेर शहर आएकी छन्। उनको काम एक मानसिक अस्पतालमा छ। त्यहाँ प्रत्येक बिरामीसँग उनको ममतामय सम्बन्ध बनेको छ। हरेकको मानसिक संसारलाई कथकले गहिरो सहानुभूतिसाथ हाम्रा सामु खोलिदिएकी छन्। हरेकको पृष्ठभूमि बुझ्ने उनको हार्दिक प्रयत्न, ऐनकानुनको घेरा पार गर्दै उनीहरूका पीड़ामा आफैंलाई भिजाउने संवेदना— सबै कुरा उनले अत्यन्त प्रामाणिकताका साथ लेखेकी छन्। वास्तवमा लेखिका बिन्द्या सुब्बाले आफ्नै पेशागत जीवनका अनुभवबाट सिपालु ढङ्गमा एउटा छायाँमय बगैंचा सिर्जना गरेकी छन्। संवेदनशील, परिपक्व र यथार्थदर्शी दृष्टिकोणले उनी कथा बुन्छिन्। प्रीति, सन्ध्या, अपराजिता, राजीव, रजत, गोपाल — यस्ता थुप्रै बिरामीहरूको कथा हामीलाई सुनाउँछिन्। वास्तवमा ती पात्रहरूको जीवनसँग कथक उर्फ लेखिका यति गहिरो रूपमा मिसिएकी छिन् कि लाग्छ— उनीहरूको होइन, उनले आफ्नै जीवनको कथा सुनाइरहेकी हुन्।

सन् १९५५को १३ जुलाई दार्जिलिङ पहाड़को तीनधारेमा जन्मिएकी बिन्द्या सुब्बा नर्सिङमा स्नातक भएपछि नर्सकै पेशा अपनाइन्। पेशागत जीवन सँगसँगै चलिरह्यो साहित्यसृजना पनि। यसैगरी, सन् १९९९मा प्रकाशित भयो ‘अथाह’ उपन्यास। र यसका लागि लेखिका बिन्द्या सुब्बाले सन् २००० मा नेपालको रामराज पन्त स्मृति पुरस्कार अनि सन् २००३ मा भारतको साहित्य अकादेमी पुरस्कार प्राप्त गरिन्। सबै विधा मिलाएर सर्जकको आजसम्म जम्मा दुई दर्जन कृतिहरू प्रकाशित छन्।

अथाह उपन्यास हालसम्म छ वटा भाषामा अनूदित भइसकेको छ। पहिलो नेपाली संस्करणका २२०० प्रति धेरै अघि नै सिद्धिएका थिए। तर धेरै चर्चा र पाठकप्रियता पाएको यो उपन्यास लामो समयदेखि उपलब्ध नै थिएन।

त्यसैले लाली गुराँस प्रकाशनले छब्बीस वर्षको अन्तरालपछि पुनः यसको नयाँ संस्करण प्रकाशन गरेको हो। आशा छ, यो उपन्यासले फेरि पनि पाठकहरूको मन जित्नेछ।

https://wa.me/p/32743013555289553/918373001142 #ब्युँझिरहेको_कञ्चनजङ्घा' लेखक : सत्येन्द्रनारायण मजुमदार बङ्गलाबाट नेपाल...
06/11/2025

https://wa.me/p/32743013555289553/918373001142

#ब्युँझिरहेको_कञ्चनजङ्घा'
लेखक : सत्येन्द्रनारायण मजुमदार
बङ्गलाबाट नेपाली अनुवाद : शमीक चक्रबर्ती
मूल बङ्गला संस्मरण : काञ्चनजङ्घार घुम भाङ्छे (1953)
संशोधित संस्करण : पटभूमि कञ्चनजङ्घा (जुलाई 1963)
पृष्ठसङ्ख्या : 196
मूल्य : ₹ 200
ISBN : 978-81-986511-1-2

चियाबारी श्रमिक सङ्घर्षको आजको रूप हामी देख्छौँ। तर उहिले सुरुवाती चरणमा कस्तो थियो त स्थिति? ई. १९४०को दशकमा ब्रिटिसको पालोमा कसरी बन्यो चिया कमान मजदुर युनियन? कस्ता थिए त्यसबेलाका सङ्घर्षहरू? कस्तो थियो श्रमिकहरूका जीवन? यसबारे नै सत्येन्द्रनारायण मजुमदारले बङ्गलामा संस्मरण लेखेका थिए। सन् १९५३मा प्रथम संस्करण— ‘काञ्चनजङ्घार घुम भाङ्छे’ अनि सन् १९८३मा परिमार्जित संस्करण— ‘पटभूमि काञ्चनजङ्घा’। यस बेजोड संस्मरणकै नेपाली अनुवाद हो ‘ब्युँझिरहेको कञ्चनजङ्घा’।

सन् १९१०मा माथाभाङ्गामा जन्मिएका सत्येन्द्रनारायणको परिवार पछि सिलिगुडी महानन्दा पाडामा सऱ्यो। राजशाहीमा कलेज पढ्दा अनुशीलन समितिसित संलग्न हुँदै उनी स्वतन्त्रता सङ्घर्षमा सामेल भए। धेरै पटक र लामो समय जेल बसे। जेलभित्र बस्दा कम्युनिस्ट विचार अपनाए। अन्तत: अन्दामानको सेलुलर जेलबाट सन् १९४५मा रिहा भएपछि अविभाजित कम्युनिस्ट पार्टीले उनलाई पहाडका चिया कमानहरूमा मजदुर युनियन बनाउने दायित्व सुम्पियो। सन् १९४९मा रिङटङबाट फेरि पक्राउसम्मका अनुभवहरू लेख्दा उनले सङ्घर्ष र सङ्गठनका कुरा बाहेक पनि जनजीवन, प्रकृति, बगानको स्थिति, भूमिगत जीवन र जातीय पहिचानका सन्दर्भहरू चाखलाग्दो शैलीमा लेखेका छन्।

सन् १९५२मा सत्येन्द्रनारायण राज्यसभा सांसद बने। चिया श्रमिकहरूका पक्षमा अनि नेपाली भाषा मान्यताको मागबारे त्यहाँ महत्त्वपूर्ण भूमिका लिए। सन् १९५७मा सिलिगुडी विधानसभाबाट चुनिए। १९६३मा फेरि गिरफ्तार भए। सन् १९६४मा कम्युनिस्ट पार्टी विभाजनपछि सन् १९८७ सम्म रहल जीवन शिथिल ढङ्गले सीपीआईसित संलग्न रहेर अध्ययन-लेखनप्रति ध्यान बढाए। श्रमिकवर्ग, मार्क्सवाद, भाषाविज्ञान, राष्ट्रियता र इतिहासबारे कैयौँ सिर्जनाहरू उहाँबाट पाइयो। यस पुस्तकको परिशिष्टमा त्यस्ता केही लेखहरू समावेश छन्।

Address

Darjeeling
Darjeeling

Telephone

+918373001142

Website

Alerts

Be the first to know and let us send you an email when Laali Guraas Prakashan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laali Guraas Prakashan:

Share

Category