Darjeeling Mirror

Darjeeling Mirror Online in-house production with a vision to reach masses with credibility esp in the field of social
(2)

Jai Gurudev Good morning
30/05/2026

Jai Gurudev
Good morning

तपाईंहरू सबैको सहयोग, साथ र चासोका कारण रोशन छेत्री हैदराबादमा सकुशल अवस्थामा भेटिएको जानकारी परिवार पक्षले गराएको छ।यस ...
29/05/2026

तपाईंहरू सबैको सहयोग, साथ र चासोका कारण रोशन छेत्री हैदराबादमा सकुशल अवस्थामा भेटिएको जानकारी परिवार पक्षले गराएको छ।
यस कठिन समयमा सहयोग, शेयर तथा साथ दिने सम्पूर्ण सहयोगीहरू प्रति परिवार पक्षले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

युवक बेपत्ता भएको सूचना!
पोख्रेबोङ साङ्मा टपलाइन निवासी रोशन छेत्री गत 21 May को दिन हैदराबादको चर्लापल्ली (Charlapalli) रेलवे स्टेशनबाट बेपत्ता भएको खबर उहाँको परिवार पक्षले जानकारी गराएका छन्।
प्राप्त जानकारी अनुसार, रोशन छेत्री हैदराबादबाट लखनऊ आउनका लागि स्टेशन गएको थियो। उहाँलाई २१ मे कै दिन दिउँसो ४ बजेसम्म अन्तिम पटक अनलाइन (Last Online) देखिएको र दिउँसो २ बजे अन्तिम पटक कुराकानी (Last Call) भएको बताएको छ। उहाँको Last Location पनि चर्लापल्ली रेलवे स्टेशन नै देखिएको बताएको छ।
विशेष अनुरोध:
यदि कसैले उहाँलाई देख्नुभएमा वा उहाँको बारेमा केही जानकारी पाउनुभएमा कृपया तलको नम्बरमा सम्पर्क गरिदिनुहोला।
सम्पर्क नम्बर: [ Bishal Chhetri 9242295224/Roshika Chhetri 7007025459]
रोशन क्षेत्रीको खोजी कार्यमा सहयोग पुर्‍याउन यो पोस्टलाई सकेसम्म बढी सेयर गरिदिनुहुन हार्दिक अनुरोध गरेका छन्।

कालेबुङमा भाजपाको नयाँ कार्यालयको उत्घाटन। अबदेखि  जनसरोकारलाई सम्बोधन गर्न कालेबुङ बजारमा पार्टीको जम्मा दुई वटा कार्या...
26/05/2026

कालेबुङमा भाजपाको नयाँ कार्यालयको उत्घाटन। अबदेखि जनसरोकारलाई सम्बोधन गर्न कालेबुङ बजारमा पार्टीको जम्मा दुई वटा कार्यालय समर्पित।

भारतीय जनता पार्टीले जिल्ला समिति अध्यक्ष श्री सञ्जीव लामा, उपाध्यक्ष श्री शुभ प्रधान, महासचिव श्री सोङदेन् लेप्चा, सचिव उमेश राईको विशेष उपस्थितिमा मंगल धाम नजिक, राई बहादुर धुरामा, सभासद श्री पाल्देन् तामाङको तत्परतामा स्थापित नयाँ भव्य कार्यालय औपचारिक उत्घाटन गरेको छ।

जिल्ला अध्यक्ष श्री सञ्जीव लामा, उपाध्यक्ष श्री शुभ प्रधान लगायत अन्य नेतृत्वहरुले सम्बोधन गरेका औपचारिक कार्यक्रममा, भाजयुमो जिल्ला महासचिव मिलन घिमिरे, उपाध्यक्ष योजना खनाल, कालेबुङ विधानसभा अन्तर्गत मण्डल अध्यक्ष श्री ज्ञान बहादुर छेत्री, सावित्री छेत्री, तेन्जिङ्ग कुङ्गफेल, सभासद पाल्देन तामाङ, लगायत जिल्ला तथा मण्डल स्तरीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

पार्टीले अहिले सम्म सञ्चालन गर्दै आएको मिसन कम्पाउन्ड, कालेबुङ क्षेत्रमा रहेको जिल्ला कार्यालय सहित अब मंगल धाम नजिक रहेको नयाँ कार्यालयलाई पनि जनगुनासो सुन्न समर्पित गरेको कुरा महासचिव श्री सोङदेन लेप्चाले औपचारिक घोषणा गरेका थिए।

युवक बेपत्ता भएको सूचना!पोख्रेबोङ साङ्मा टपलाइन निवासी रोशन छेत्री गत 21 May को दिन हैदराबादको चर्लापल्ली (Charlapalli) ...
26/05/2026

युवक बेपत्ता भएको सूचना!
पोख्रेबोङ साङ्मा टपलाइन निवासी रोशन छेत्री गत 21 May को दिन हैदराबादको चर्लापल्ली (Charlapalli) रेलवे स्टेशनबाट बेपत्ता भएको खबर उहाँको परिवार पक्षले जानकारी गराएका छन्।
प्राप्त जानकारी अनुसार, रोशन छेत्री हैदराबादबाट लखनऊ आउनका लागि स्टेशन गएको थियो। उहाँलाई २१ मे कै दिन दिउँसो ४ बजेसम्म अन्तिम पटक अनलाइन (Last Online) देखिएको र दिउँसो २ बजे अन्तिम पटक कुराकानी (Last Call) भएको बताएको छ। उहाँको Last Location पनि चर्लापल्ली रेलवे स्टेशन नै देखिएको बताएको छ।
विशेष अनुरोध:
यदि कसैले उहाँलाई देख्नुभएमा वा उहाँको बारेमा केही जानकारी पाउनुभएमा कृपया तलको नम्बरमा सम्पर्क गरिदिनुहोला।
सम्पर्क नम्बर: [ Bishal Chhetri 9242295224/Roshika Chhetri 7007025459]
रोशन क्षेत्रीको खोजी कार्यमा सहयोग पुर्‍याउन यो पोस्टलाई सकेसम्म बढी सेयर गरिदिनुहुन हार्दिक अनुरोध गरेका छन्।

मुख्य मन्त्री शुभेन्दु अधिकारी र विमल गुरुङबीच हुने महत्वपूर्ण भेटघाट केही दिनका लागि स्थगित।
25/05/2026

मुख्य मन्त्री शुभेन्दु अधिकारी र विमल गुरुङबीच हुने महत्वपूर्ण भेटघाट केही दिनका लागि स्थगित।

पोख्रेबुङ १५ नम्बर भाजपा मण्डलको तर्फबाट आज मण्डल अध्यक्ष अमित तामाङ, सचिव विवेक थापा लगायत अन्य २० सदस्यीय टोलीले पोख्र...
25/05/2026

पोख्रेबुङ १५ नम्बर भाजपा मण्डलको तर्फबाट आज मण्डल अध्यक्ष अमित तामाङ, सचिव विवेक थापा लगायत अन्य २० सदस्यीय टोलीले पोख्रेबुङ ग्राम पञ्चायत–१ र ग्राम पञ्चायत–२ का प्रतिनिधिहरूसँग भेटघाट गर्दै पञ्चायत प्रधान तथा उप–प्रधानहरूलाई ज्ञापनपत्र बुझाएका छन्।
आजको भेटघाट कार्यक्रममार्फत पोख्रेबुङ क्षेत्रका जनसरोकारका विभिन्न विषयहरू उठान गर्दै निष्पक्ष विकास, पारदर्शिता तथा जनहितका कार्यहरू प्रभावकारी रूपमा अघि बढाइनुपर्ने माग भाजपा मण्डलको तर्फबाट राखिएको छ। विशेष गरी विगतमा सरकारी सहुलियतहरू आम जनतासम्म समान रूपमा नपुगेको, निर्माण कार्यहरूमा कमिसन काट्ने प्रवृत्ति बढेको तथा भाइ–भतिजावादका कारण वास्तविक लाभार्थीहरू वञ्चित भएको विषयमा टोलीले गम्भीर ध्यानाकर्षण गराएको बताएको छ।
भाजपा टोलीले अब उपरान्त पञ्चायतले कुनै पक्षपात बिना सम्पूर्ण गाउँवासीलाई समान रूपमा हेरी काम गर्नुपर्ने, सरकारी योजनाहरू पारदर्शी ढंगले कार्यान्वयन हुनुपर्ने तथा जनताले पाउनुपर्ने सेवा–सुविधा वास्तविक लाभार्थीहरूसम्म पुग्नुपर्ने कुरामा जोड दिएका छन्।
कार्यक्रमको सुरुवात टोलीको तर्फ बाट भुवन बम्जनले डेलिगेसन टोलीको परिचय गराउँदै केही कुराहरू राखे पश्चात् मुख्य विषयहरू मण्डल अध्यक्ष अमित तामाङले प्रस्तुत गरेका थिए। साथै विवेक थापाले पनि अन्य जनसरोकारका विषयहरू पञ्चायत प्रतिनिधिसमक्ष राख्दै भेटघाटमा सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।
भेटघाटका क्रममा दुवै पञ्चायतका प्रधान तथा उप–प्रधानहरूको पक्षबाट विगतमा केन्द्र र राज्यमा फरक–फरक सरकार भएका कारण काम गर्न केही असुविधा भएको उल्लेख गर्दै अब “डबल इन्जिन सरकार” बनेको अवस्थामा भाजपा सरकारसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । साथै आगामी दिनहरूमा सबै जनतालाई समान रूपमा हेरी पारदर्शी ढंगले काम गर्ने तथा यस कार्यमा भाजपा टोलीको पनि सहयोग आवश्यक पर्ने कुरा उहाँहरूले भाजपा टोलीलाई व्यक्त गरेका छन्।

Address

Darjeeling
Darjeeling

Telephone

+918372025060

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Mirror posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Mirror:

Share