Darjeeling Prime

Darjeeling Prime Online News Portal Of Darjeeling Hills.

प्रेस विज्ञप्तिमिति: १ नोभेम्बर २०२५दार्जिलिङजिटीए सम्पत्ति लिजसम्बन्धी भ्रामक सूचनाको खण्डन तथा जानकारीहाल केही व्यक्ति...
01/11/2025

प्रेस विज्ञप्ति
मिति: १ नोभेम्बर २०२५
दार्जिलिङ

जिटीए सम्पत्ति लिजसम्बन्धी भ्रामक सूचनाको खण्डन तथा जानकारी

हाल केही व्यक्तिहरूद्वारा सार्वजनिक रूपमा जिटीए (GTA) को सम्पत्ति निजी कम्पनीलाई “बेचियो” भन्ने भ्रामक सूचना फैलाइएको सन्दर्भमा, म दावा सांग्ये शेर्पा, प्रबन्ध निर्देशक, जिग्डेन होटल एण्ड रिसोर्ट प्रा. लि., यस विषयमा निम्न स्पष्टिकरण प्रस्तुत गर्न चाहन्छु:

सो सम्पत्ति बेचिएको होइन, कानुनी प्रक्रियाअनुसार लिज (lease) मार्फत प्राप्त गरिएको हो।

खुला बोलपत्र (tender) प्रक्रियाबाट लिज प्राप्त गरिएको हो, जहाँ सबै कानुनी र प्रशासनिक औपचारिकताहरू पूरा गरिएको छ।

उल्लेखनीय कुरा — बोलपत्र दोस्रो पटक आह्वान गरिएको थियो, र हाम्रो कम्पनीले दोस्रो आह्वान (second call) मा प्रतिस्पर्धात्मक बोलपत्र मार्फत नै लिज प्राप्त गरेको हो।

जिर्ण अवस्थाबाट पर्यटनयोग्य संरचना बनाउने लगानी

लिज लिने समय भवन वर्षौँदेखि त्यागिएको, जीर्ण र प्रयोगविहीन अवस्थामा थियो। हाम्रो कम्पनीले ठूलो लगानी र जोखिम उठाउँदै:

पूर्वाधार पुनर्निर्माण

स्थानीय कामदारको रोजगार

पर्यटनमैत्री वातावरण निर्माण

जस्ता कार्यहरू गर्दै आज यो संरचनालाई नयाँ जीवन दिएको छ। यसले स्थानीय रोजगारी, आर्थिक गतिविधि, र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको छ।

स्थानीय उद्यमीको प्रतिबद्धता

म जन्मेदेखि दार्जिलिङमै हुर्किएको स्थानीय नागरिक र उद्यमी हुँ। बाहिरका कम्पनीको हातमा पर्न सक्ने सम्पत्ति स्थानीय कम्पनीले विकास गर्न पाउनु हाम्रो समुदायको गौरव हो।

यदि भविष्यमा GTA वा सरकारको निर्णयअनुसार यो भवनलाई श्रमिक भवन वा अन्य सार्वजनिक प्रयोजनमा प्रयोग गरिनुपर्ने हुन्छ भने,
म पूर्ण सम्मान गर्दछु। तर, यसमा गरिएका वृहद् लगानी र सुधार कार्यको उचित क्षतिपूर्ति सुनिश्चित हुनुपर्छ।

जनतामा अपिल

हामीले आफ्नै स्थानीय उद्यम, प्रतिभा र पहललाई समर्थन गर्नुपर्छ।
एक–अर्कालाई तान्ने संस्कृति होइन — समर्थन, प्रोत्साहन र सहकार्य हाम्रो पहिचान होस्।

दार्जिलिङ हाम्रो पहिचान, हाम्रो गर्व
आउनुहोस्, विकास र प्रगतिमा सबै मिलेर अघि बढौँ।

धन्यवाद।

— दावा सांग्ये शेर्पा
प्रबन्ध निर्देशक
जिग्डेन होटल एण्ड रिसोर्ट प्रा. लि.
दार्जिलिङ

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

एक ऐतिहासिक र सत्य–न्यायको विजयको रूपमा,माननीय जिल्ला अदालतले IGJF का सदस्य श्री दिपु थापा र श्री पेम्पा(फुच्चु) भूटियाल...
31/10/2025

एक ऐतिहासिक र सत्य–न्यायको विजयको रूपमा,माननीय जिल्ला अदालतले IGJF का सदस्य श्री दिपु थापा र श्री पेम्पा(फुच्चु) भूटियालाई NDPS ऐन अन्तर्गत दर्ता गरिएका सबै आरोपबाट मुक्त गरेको छ।

साधारण दिनबाट सुरु भएको उनीहरूको जीवन,दार्जीलिङ पुलिसद्वारा बनाइएको एउटा झूटो मुद्दाका कारण भयो र दुःखले भरिएको महिनामा परिणत भयो।BGPM द्वारा फैलाइएको ती झूटो आरोपहरूले न केवल उनीहरूको प्रतिष्ठामा आँच पुर्‍यायो,तर व्यक्तिगत र व्यावसायिक रूपमा पनि गहिरो पीडा दियो।

दिपु,जो एक IT पेशेवर थिए, उनी जेलमा परेका बेला आफ्नो दीर्घकालीन रोजगारी गुमाए,जबकि फुच्चुलाई आफ्नो होटल व्यवसाय सञ्चालन गर्न रोक लगाइयो—जसका कारण दुवै परिवारले गम्भीर आर्थिक र भावनात्मक दुःख भोग्नुपर्‍यो।

यी सबै कठिनाइका बाबजुद पनि उनीहरू आस्थासँग र गरिमासाथ उभिए।आज अदालतको निर्णयले उनीहरूलाई पूर्ण रूपमा निर्दोष प्रमाणित गरेको छ।

अदालतका निष्कर्षहरू

यो मुद्दा केवल अभियुक्त नं. १ बाट बरामद गरिएको रु. ८८०.५० मूल्यको सानो ड्रग बरामदमा आधारित थियो।

अभियुक्त नं. २ वा ३ लाई सो अपराधसँग जोड्ने कुनै स्वतन्त्र प्रमाण थिएन,केवल पुलिसले लिएको अभियुक्त नं. १ को बयान बाहेक।

अनुसन्धानले श्री दिपु थापा वा श्री पेम्पा भूटिया विरुद्ध कुनै आपराधिक प्रमाण फेला पारेन।

अदालतको निर्णय

माननीय न्यायाधीशले निम्न व्यक्तिहरू विरुद्ध मुद्दा अघि बढाउन पर्याप्त आधार नरहेको ठहर गरेः

अभियुक्त नं. २ – श्री दिपु थापा

अभियुक्त नं. ३ – श्री पेम्पा भूटिया

दुवै जनालाई भारतीय नागरिक सुरक्षा संहिता (BNSS) को दफा २५० अन्तर्गत मुक्त गरिएको छ।

निर्णयपछि प्रमुख संयोजक श्री अजय एडवर्ड्सले कानूनी टोली र ती सबै IGJF सदस्यहरू प्रति आभार व्यक्त गरे जसले यस कठिन यात्रामा अटल साथ दिए। उहाँले संगठनले पीडित परिवारहरूले भोग्नुपरेको अन्याय र कारावासका लागि कानूनी हिसाबमा जवाफदेही सुनिश्चित गर्ने बताउनुभयो।

“हामी कुनै पनि सरकारी षड्यन्त्रको डरले मौन बस्दैनौं,न त धम्कीमा झुक्छौं।हामी सत्य,न्याय र आफ्ना जनताको पक्षमा सधैं एक भएर उभिन्छौं,” श्री अजय एडवर्ड्सले भन्नुभयो।

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

31/10/2025

निरन्तरको पानीले छोटा रगितको जलस्तर बढने खतराबीच बिजनबारी महाबिधालयमा २० परिवारलाई स्थानान्तरण

बिजनबारी: निरन्तरको पानीले छोटा रगित नदीको जलस्तरमा बढेपछि यसभन्दा नजीक बसोबास गर्ने मानिसहरूलाई हुनसक्ने खतरालाई मध्यनजर राख्दै २० परिवारलाई कुनै दुर्घटना नहोस् भन्ने पक्षमा बिजनबारी महाबिधालमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ। जसमा 8 परिवार थाना लाईन पुलबजार तथा १२ वरिवार मनिधारा गाउँबाट स्थानान्तरण गरिएको जानकारी समष्टि सभासद सन्दिप छेत्रीले दिएका छन। यसको साथमा उनले डिग्री महाबिधालमा आएर सबै वासिन्दाहरूलाई भेटघाट गरि कुनै प्रकारको असुविधा भए आफुसँग सम्पर्क गर्ने वचन दिएका छन। यसरी नै पुलबजार थाना प्रभारी विवेक राईले पनि प्रशासनको पक्षबाट सकेसम्म सहयोग गरिरहेको तथा बितेको चार अक्टोबर आएको भीषण वर्षाले पुल बजारको ब्रिज बगाए पछि त्यस गाउँमा बास गर्न खतरा भएको कारणले स्थानान्तरण गरिएको उनले बताए।

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

31/10/2025

Residents from Thanaline and Manidhara premises under Pulbazar Bijanbari Darjeeling were shifted to degree colleges today with the initiative of administration to keep the public safe who were residing near river beds due to the increase in the water level of the Chota Rangeet river....

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

*Office of Raju Bista**Press Release**31st of Oct, 2025*Today, I have once again requested for information from the Gork...
31/10/2025

*Office of Raju Bista*
*Press Release*
*31st of Oct, 2025*

Today, I have once again requested for information from the Gorkhaland Territorial Administration (GTA) Princial Secretary, with regards to the leasing of Gorkhaland Territorial Administration (GTA) properties. This includes a property in Darjeeling More, which has been leased to a private company and converted into the “Himalayan Gateway Hotel.”

This request follows earlier attempts to obtain information, with letters sent to the GTA Secretariat on July 14th, 2024 (Ref No: DARJ/GN/2454) and August 16th, 2024 (Ref No: DARJ/GN/2514), but no response has been received so far.

I have formally requested for details on the leasing process of the Darjeeling More property, including the tender process, advertisement details, number of bids received, and the financial terms of the lease. Additionally, I have requested for similar information about all other GTA properties that have been leased, rented, or handed over to private companies or individuals in the past five years. This should include property details, financial arrangements, and recipient information.

As the elected representative of Darjeeling, I believe it is important for the administration to be transparent about how public assets are managed, especially when they are leased to private entities. These public properties do not belong to an individual or the party in power. They are collective resource of the people of our region, and the people of Darjeeling deserve to know how their resources are being handled.

I urge the GTA to provide this information in writing or electronically as soon as possible. If the delay continues, I will be forced to take legal action and approach the courts. Further, I will be raising a formal complaint with the Parliamentary Privilege Committee against the deliberate delay caused by the Gorkhaland Territorial Administration in providing me with this information, which is preventing me from executing my duty as an MP.

*Raju Bista*
*Member of Parliament, Darjeeling and*
*National Spokesperson, BJP*

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

31/10/2025

नजिकैको रुख भाचिएर लिजाहिल प्राथमिक बिधालयमा क्षति:क्षेत्रीय सभासदले गरे स्थलगत भ्रमणसगै गरे चाडै पुनर्निर्माणको प्रतिबद्धता...

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

31/10/2025

केहि दिन अघिमात्रै सन्चालनमा आएको दुधे अस्थायी पुलको हालको आवस्था: निरन्तर रूपमा जलस्तर बढेपछि हाल पुलबाट यातायात आवगमन बन्द गरिएको बताइएको छ।

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

31/10/2025

⚠️ IMPORTANT PUBLIC NOTICE ⚠️

In view of the Red Alert for Heavy Rainfall & Landslide Risk issued by IMD for Darjeeling District and adjoining hill areas, the GTA Administration urges all residents to stay alert and follow safety advisories.

📞 Important Helpline Numbers:

SDOs:
📍 Darjeeling Sadar – 9434058104
📍 Kalimpong – 9073936857 / 9051142949
📍 Kurseong – 9434045440 / 8327480101
📍 Mirik – 9147890577

Block Development Officers:
📍 Rangli-Rangliot – 7797378653
📍 Kurseong – 8902711594
📍 Mirik – 7797378658
📍 Kalimpong-I – 7797378654
📍 Pedong – 8697042848
📍 Gorubathan – 7551088808

Police Stations:
📍 Darjeeling – 8250781118
📍 Kalimpong – 9147889083
📍 Kurseong – 9002988740
📍 Mirik – 9147880964

Fire & Emergency Services:
📍 Darjeeling – 8908610609
📍 Kalimpong – 9641872122
📍 Bijanbari & Kurseong – 9932030661
📍 Mirik – 9635646140

Medical Officers (Health):
📍 Darjeeling–Pul–Bijanbari – 8609976906
📍 Gorubathan – 8961313034
📍 Pedong – 9903705246
📍 Rambi – 7319056286
📍 Sukna – 8617698538

Engineering Divisions (GTA):
📍 Darjeeling – 9547117443
📍 Kurseong – 9832340848
📍 Mirik – 9734719890
📍 Kalimpong – 9800600611
📍 Algarah – 9434069555
📍 Gorubathan – 9002620280

🚨 Please save these numbers and share this post widely.
🛑 Avoid landslide-prone areas, rivers, and steep slopes.
🤝 Support the elderly, children, and differently-abled in your area.

⚠️ Stay Alert. Stay Prepared. Stay Safe.

31/10/2025

Pulbazar Thanaline In Terror Due To The Rise In The Water Level Of Chota Rangeet River...

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

*सांसद राजु बिष्टको कार्यालय**प्रेस विज्ञप्ति**२९ अक्टोबर, २०२५*बितेका केही महिनाहरूमा, मैले दार्जिलिङ लोकसभा निर्वाचन क...
29/10/2025

*सांसद राजु बिष्टको कार्यालय*
*प्रेस विज्ञप्ति*
*२९ अक्टोबर, २०२५*

बितेका केही महिनाहरूमा, मैले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका विभिन्न भागहरूको दौड़ाहा गरेँ। मेरो यात्राको बेलामा, मैले दुईटा प्रमुख समस्याहरू – क्षतिग्रस्त सड़क र अधूरो नै रहेका पानी आपूर्ति परियोजनाहरूका कारण ठूलो संख्यामा हाम्रा नागरिकहरूले कस्तो कठिन जीवन बिताइरहेका छन् भन्ने प्रत्यक्ष अनुभूति गरेँ।

म पुग्न सकेको लगभग हरेक क्षेत्रमा सड़कहरू साह्रै खराब अवस्थामा थिए । कैयौँ सड़कहरूको लामो समयदेखि मर्मत नै भएको छैन। त्यसैमाथि, सड़का केही भागहरू हालैका पहिरो अनि बाढ़ीले बगाएर लगेको छ वा नराम्ररी क्षतिग्रस्त बनेका छन्। यी भत्केका अनि खाल्डाखुल्डीले भरिएका सड़कहरूबाट स्थानीयहरूलाई स्कूल, अस्पताल, वा बजारसम्म समेत पुग्नु साह्रै गाह्रो भएको मैले देखेँ।

“हर घर जल” र “AMRUT” योजनाहरूको कार्यान्वयन कसरी भइरहेको छ भन्ने विषयमा पनि मानिसहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। मेरो यात्राको बेलामा, कैयौँ नागरिकहरूले कामै नगर्ने पानीका कलहरू, जसमध्ये धेरैजसोमा पानी नै आउँदैन, घटिया पाइपलाइन र सामग्रीहरूको प्रयोग, जलस्रोतहरूको गलत पहिचान, वन विभागद्वारा जारी गरिने “अनापत्ति प्रमाणपत्र (NOC)”मा ढिल्याइँ, विभागीय सुपरिवेक्षण अनि निगरानीको अभाव, स्थानीय समुदायहरूमाझ परियोजनाबारे जानकारीको अभाव, र अयोग्य ठेकेदारहरूको छनौट र अन्यान्य समस्याहरू बारे विस्तारपूर्वक बताए। अहिलेसम्म हरेक घरसम्म पुगिसकेको हुनु पर्ने स्वच्छ पिउने पानी अजसम्म कैयौँ निवासीहरूको पहुँच बाहिर नै छ।

ती समस्याहरूको सही ढङ्गले पहिचान गरेर तिनको सुचारू सञ्चालन सुनिश्चित गर्नका लागि मैले जनताले आफैँ भर्नु पर्ने दुईटा सरल गुगल फाराम (Google Forms) निर्माण गरेको छु।

एउटा फाराम तपाईंको क्षेत्रमा सड़कहरूको अवस्थाको बारेमा जानकारी साझा गर्नका लागि हो। तपाईंले फोटो खिचेर वा भिडियो बनाएर यस लिङ्कमा अपलोड गर्न सक्नुहुन्छ:

ROAD: https://forms.gle/t2Gh8486eoXqRTkp9

अर्को फाराम ‘हर घर जल’ र ‘AMRUT’ परियोजनाहरूसँग सम्बन्धित समस्याहरूको रिपोर्ट गर्नका लागि हो जो यस लिङ्कमा गएर भर्न सक्नुहुन्छ:

WATER PROJECTS: https://forms.gle/qCWnxR6Q26tKLyjw5

उपरोक्त लिङ्कहरूमा साझा गरिएका जानकारीहरूलाई सङ्कलन गरेर रिपोर्ट तयार पारिने छ अनि त्यो रिपोर्ट मैले सम्बन्धित मन्त्रालयहरूमा पठाउने छु ताकि यथोचित कारबाही गर्न सकियोस्।

म सबैजनालाई केही मिनेट दिएर आफ्ना प्रतिक्रियाहरू साझा गर्न अनुरोध गर्दछु। हामीले मिलेर सुनिश्चित गर्न सक्नेछौँ कि हरेक परिवारलाई स्वच्छ पानी प्राप्त होस्, अनि हाम्रा सड़कहरूको सही ढङ्गले मर्मत होस् ताकि हाम्रो यात्रा सुरक्षित र निरापद हुन सकोस्।

*राजु बिष्ट*
*लोकसभा सांसद दार्जिलिङ एवं*
*राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी*

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

“जब साधारणलाई असाधारणको रूपमा महिमामण्डित गरिन्छ, त्यतिबेला राजनीति व्यङ्ग्य बन्छ।”मुख्यमन्त्रीज्यूको पछिल्लो सामाजिक सञ...
27/10/2025

“जब साधारणलाई असाधारणको रूपमा महिमामण्डित गरिन्छ, त्यतिबेला राजनीति व्यङ्ग्य बन्छ।”

मुख्यमन्त्रीज्यूको पछिल्लो सामाजिक सञ्जालको पोस्टमा दुधिया क्षेत्रमा बनेको “ऐतिहासिक” ह्युम पाइप पुलको उद्घोष यस्तो ढङ्गले गरिएको छ, मानौं पश्चिम बंगालले विश्वको आठौँ आश्चर्य निर्माण गरेको हो। कुरा पढ्दै जाँदा थाहा हुन्छ ,यो त ४६८ मिटर लामो, १३२ ह्युम पाइपले बनेको एउटा भेन्टेड कजवे मात्रै रहेछ। १६ दिनको श्रमलाई अहिले “रेकर्ड ब्रेकिङ उपलब्धि” का रूपमा प्रस्तुत गरिएको छ । साँच्चै, ममता बनर्जीको शासनमा सामान्य कुरालाई असाधारण बनाउने कला पराकाष्ठामा पुगेको छ , ह्युम पाइपलाई हेडलाइनमा रूपान्तरण गर्ने कला। तर प्रश्न उठ्छ, यस्तो सामान्य कार्यको “उपलब्धि” किन मुख्यमन्त्री आफैंले घोषणा गर्नुपर्‍यो? के यो पुलको श्रेय कम्तीमा पनि यसको भौगोलिक क्षेत्राधिकारभित्र पर्ने जीटीए (GTA) लाई दिइनु हुँदैनथ्यो? तर, “सहकारी संघीयता”,मुख्यमन्त्रीको मनपर्ने “तकिया शब्द” , सधैं त्यतिबेला मात्र याद आउँछ जब केन्द्र सरकारलाई दोष दिनु पर्छ, नकि जब स्थानीय निकायलाई श्रेय दिनुपर्ने हुन्छ।आजको युगमा जहाँ समुद्र माथि पुल र पहाड मुनि सुरुङहरू निर्माण भइरहेका छन्, त्यहाँ बंगाल भने नदी माथि पाइप बिछ्याएकोमा उत्सव मनाइरहेको छ। निःसन्देह, यो पनि एउटा विश्व रेकर्ड हो , निर्माणमा होइन, राजनैतिक नाटकीकरणमा। त्यसैले, बधाई अवश्य दिनु पर्छ।पुलको निम्ति होइन, त्यो शब्दको पुलको निम्ति , जसले आत्मप्रशंसा र प्रतीकवाद बीच सम्बन्ध जोडिदिन्छ।

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

चन्द्रमान धुरा राहत शिविरमा पुजनीय तिहार उपहार वितरण कार्यक्रमआज गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका डेपुटी चियरमेन  एव क्...
21/10/2025

चन्द्रमान धुरा राहत शिविरमा पुजनीय तिहार उपहार वितरण कार्यक्रम

आज गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका डेपुटी चियरमेन एव क्षेत्रीय सभासद राजेश चौहान, लोअर सोनादा दुई पञ्चायत प्रधान श्रीमती रेखा तामाङ, स्थानिय पन्चायत सदस्य श्री सुजय राई र संयुक्त ब्लक विकास अधिकारी ए. दत्ता बनर्जी, सोनादा पुलिस चौकिको अफिसर इन चार्ज श्री योगेश ठकुरीको विशेष उपस्थितिमा चन्द्रमान धुरा राहत शिविरमा भ्रमण तथा तिहार उपहार वितरण कार्यक्रम सम्पन्न भयो।

उक्त अवसरमा शिविरमा बसोबास गरिरहनुभएका पीडित परिवारहरूलाई तिहार पर्वको शुभकामनासहित उपहार वितरण गरियो।तिहारको पावन अवसरमा गरिएको यस प्रकारको सहयोगले राहत शिविरमा रहेका नागरिकहरूलाई मानसिक र सामाजिक रूपमा सशक्त बनाउने कार्यमा टेवा पुर्‍याउने विश्वास गरिएको डेपुटी चियरमेन एव क्षेत्रीय सभासद राजेश चौहानले बताए।
चौहानले २०२५ अक्टोबर ४ मा गएको भीषण पहिरोका कारण प्रभावित २९ परिवारलाई तत्काल अस्थायी शिविरमा सुरक्षित स्थानान्तरण गरिई चन्द्रमान धुरा राहत शिविरमा बसोबासको व्यवस्था गरिएको बताउदै गत ५ अक्टोबर २०२५ मा शिविर स्थापना भएदेखि नै गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) तथा जिल्ला प्रशासन पूर्ण रूपमा शिविरप्रति प्रतिबद्ध रही राहत र व्यवस्थापन कार्यमा संलग्न रहेको पनि बताए।
चौहानले अघि भने चन्द्रमान धुरा राहत शिविरमा बसोबास गरिरहेका २९ पहिरो पीडित परिवारलाई GTA र जिल्ला प्रशासनको सक्रिय सहभागितामा प्रारम्भिक राहत तथा आधारभूत सेवा प्रदान गरिएको छ। यद्यपि दीर्घकालीन समाधानको लागि पुनःस्थापनाको योजना GTA अनि जिल्ला प्रशासनले तयार गरिरहेको पनि बताए। श्री चौहानले अझ अघि भने कि GTA र जिल्ला प्रशासनको समन्वयमा शिविर व्यवस्थापन सुचारु गरिएको अनि नियमित अनुगमन तथा आपूर्ति सुनिश्चित गरिएको छ साथै राहत वितरण पारदर्शी ढंगले सञ्चालित भइरहेको छ।

FOR MORE UPDATE PLEASE LIKE, SHARE, COMMENT AND FOLLOW # # # # #

Address

Darjeeling

Telephone

+919064848674

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Prime posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Prime:

Share