DarjeelingTimes.com - Darjeeling News

DarjeelingTimes.com - Darjeeling News News, Views & Opinions from Darjeeling :: Brought to you by Udhyan Chamling Rai and Team

27/10/2025

जानकारी

दार्जीलिङ जिल्लाका वर्तमान जिल्लाशाषक डा. प्रिती गोयल(आइएएस)-को स्थान्तरण, उनलाई मालदा जिल्लाका जिल्ला शाषकको अभिभारा दिइएको छ भने श्री मनिष मिश्रा(आएवएएस)दार्जीलिङ जिल्लाका नया जिल्लाशाषक हुनेछन् ।

26/10/2025

"सिङ्गेल सडकको दयनीय अवस्था — नेताहरूको राजनीति, जनताको पीडा!"
खर्साङ–सिङ्गेलको बाटो अत्यन्तै जिर्ण अवस्थामा पुगेको छ । यस बाटोबाट दैनिक आवतजावत गर्ने नेताहरू र सरोकारवालाहरूले पनि समस्या देख्दादेख्दै बेवास्ता गर्दै आएको स्थानीयको आरोप छ । आज CWC सदस्य एवं प्रवक्ता आर.के. शर्मा,अनि सिङ्गेल क्षेत्रका समन्वयक अनुजा राई तथा IGJF पार्टीका प्रतिनिधिहरूले सडकको दुर्दशा प्रति क्षेत्रीय सरकारको कडा आलोचना गरेका छन् । जनताका आधारभूत समस्या धरि जानी बुझि समाधान गर्न नचाहने सरकारप्रति उनीहरूले अब के आश राख्ने ?

Only in Darjeeling...
26/10/2025

Only in Darjeeling...

असामले चिया मजदुरहरूलाई सशक्त पार्‍यो, अब बंगालले पनि पछ्याउनुपर्छ।फिन्जो वाङ्देल गुरुङ (भारतीय गोर्खा जनशक्ति फ्रन्ट – ...
25/10/2025

असामले चिया मजदुरहरूलाई सशक्त पार्‍यो, अब बंगालले पनि पछ्याउनुपर्छ।

फिन्जो वाङ्देल गुरुङ (भारतीय गोर्खा जनशक्ति फ्रन्ट – केन्द्रीय कार्यसमिति सदस्य)

सन् २०२५ अक्टोबर १९ का दिन जोरहाटमा आयोजित असाम चिया जनजाति विद्यार्थी संघ (ATTSA) को १९औँ द्वैवार्षिक सम्मेलनको अवसरमा असामका मुख्यमन्त्री हेमन्त बिश्व शर्मा नेतृत्वको सरकारले राज्यका चिया बगान मजदुरहरूका लागि ऐतिहासिक निर्णयहरूको घोषणा गर्‍यो। यस घोषणा अन्तर्गत दुई प्रमुख कदमहरू छन्।

(१) चिया बगान मजदुरहरूलाई भूमि अधिकार दिने सम्बन्धी विधेयक आगामी विधानसभा अधिवेशनमा पेश गरिने, र
(२) राज्य सरकारका क्लास I र II सेवाहरूमा (जस्तै असाम सिविल सेवा ACS र असाम प्रहरी सेवा) चिया बगान समुदायका युवाहरूका लागि ३ प्रतिशत (3%) आरक्षण प्रदान गरिने।

नीति सम्बन्धी विस्तृत विवरण अझै तयार हुँदैछ, तर यो निर्णय चिया जनजाति र आदिवासी मजदुरहरूको ऐतिहासिक योगदानको मान्यता स्वरूपमा हेरिएको छ। अहिले पनि तिनीहरू घर बनाउन वा पुनर्निर्माण गर्न बगान व्यवस्थापनको अनुमति लिन बाध्य छन्। ३ प्रतिशत रोजगारी आरक्षणले उनीहरूलाई मुख्यधारामा ल्याउने अपेक्षा गरिएको छ।

जब असाम श्रमिकहरूलाई भूमि अधिकार दिँदैछ, पश्चिम बंगाल सरकारले ममता बनर्जीको नेतृत्वमा एकदमै फरक नीति लिएको छ। पश्चिम बंगालको “चिया पर्यटन तथा सहायक व्यापार नीति, २०१९” ( West Bengal Tea Tourism and Allied policy 2019) अन्तर्गत चिया बगानहरूलाई आफ्नो कुल क्षेत्रफलको १५ प्रतिशतसम्म (15%) जमिन पर्यटन र गैर-चिया प्रयोजनमा प्रयोग गर्न अनुमति दिइएको थियो। सन् २०२५ फेब्रुअरी ५ मा मुख्यमन्त्रीले नयाँ नीति घोषणा गर्दै यो प्रतिशत बढाएर ३० प्रतिशत (30%)पुर्‍याइन्, जसले चिया बगानको जमिनलाई स्वतन्त्र स्वामित्व (freehold) मा रूपान्तरण गर्न सकिने प्रावधान गरेको छ।

सरकारको भनाइ अनुसार, यो कदमले घाटामा चलेका चिया बगानलाई आयको नयाँ स्रोत दिनेछ र रोजगारी सिर्जना गर्नेछ। तर यो कदमले उत्तर बंगालमा तीव्र विरोध भड्काएको छ। मजदुर संगठनहरू र राजनीतिक दलहरूले यसलाई शोषणकारी भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा, यसले बगान मालिकहरू र निजी लगानीकर्ताहरूलाई लाभ पुर्‍याउँछ तर श्रमिकहरूलाई अझै सीमान्तमा धकेल्छ।

असामको नीति जहाँ श्रमिकहरूलाई भूमि र रोजगारीको अधिकारद्वारा सशक्त बनाउँछ, बंगालको नीति उल्टो दिशामा देखिन्छ।

गोर्खा, आदिवासी र अन्य समुदायका हजारौं चिया मजदुरहरू, विशेषगरी दार्जिलिङ, तराई र डुवर्स क्षेत्रमा, आज पनि कानूनी जमिन अधिकार विना बगानको आवासमा बसिरहेका छन्।

भारतीय गोर्खा जनशक्ति फ्रन्ट (IGJF) पाँच मूल उद्देश्यका साथ गठन गरिएको पार्टी हो, जसका मध्ये एक प्रमुख उद्देश्य चिया बगान श्रमिकहरूलाई भूमि स्वामित्व दिलाउने विधेयक (Bill) ल्याउनु हो। पार्टीको मत अनुसार, उत्तर बंगालका श्रमिकहरूको वास्तविक सशक्तिकरण त्यतिबेला मात्र सम्भव छ जब सरकारले बगानको जमिन श्रमिकहरूको नाममा हस्तान्तरण गर्ने law ल्याउँछ। त्यसैले, असाम सरकारले जस्तै पश्चिम बंगाल सरकारले पनि आगामी विधानसभा अधिवेशनमा यस्तै प्रकृतिको विधेयक (Bill) पेश गर्न अत्यावश्यक छ।

यदि पश्चिम बंगालको सरकार साँच्चिकै चिया श्रमिकहरूको हितमा प्रतिबद्ध छ भने, उसले असामको Assam Model अनुसरण गर्दै यसै हिउँदे ( winter session) अधिवेशनमा भूमि अधिकार र रोजगारी आरक्षणसम्बन्धी विधेयक(Bill) ल्याउनुपर्छ।

अबैसम्म प्रतीक्षित सुधार ल्याउने यही अवसर हो। अहिले नभए कहिले?
Assam empowers tea workers, Bengal must follow.

Phinjo Wangyal Gurung ( IGJF, CWC member)

On October 19, 2025, during the 19th Biennial Conference of the Assam Tea Tribes Students Association (ATTSA) in Jorhat, the government of Assam under Himanta Biswa Sarma announced a landmark initiative for the state’s tea garden workers. The announcement includes two key measures.

(1) The introduction of a Bill in the upcoming Assembly session to grant land rights to tea garden workers, and

(2) 3 % reservation for tea garden youth in Class I and II state government jobs including the Assam Civil Service (ACS) and Assam Police Service.

While the nity gritty of the policy is still being worked out the decision is being seen as a historic step towards recognising the contribution of tea tribes and adivasi workers who have to depend on garden management even for basic permissions like building homes. The 3 % job reservation is also being seen as a major step to mainstream the tea garden community who has historically faced socio economic exclusion.

While Assam is moving to return land rights to workers, the West Bengal government under Mamata Banerjee has taken a completely different direction. Under the Tea Tourism and Allied Business Policy, 2019, tea estates in Bengal were allowed to use up to 15% of their land for tourism and allied non tea purposes. On February 5, 2025, the Chief Minister announced a new policy allowing 30% of tea garden land to be diverted for non tea commercial purposes and converted to freehold land. The stated intention is to help struggling tea estates diversify income and generate employment in a sector facing a slowdown.

The move, however, has triggered protests across north Bengal. Worker unions and political organisations have called it exploitative, arguing that it benefits estate owners and private investors while further marginalising plantation workers. Many fear it could displace thousands of workers who have lived on these estates for generations without legal ownership of their homes. In sharp contrast, Assam’s policy empowers workers through land ownership and job opportunities, two measures that can drastically improve living conditions and social mobility.

The plight of the tea garden workers, especially in hill zones of north Bengal is serious. Many live in quarters provided by the estates, they do not hold legal land titles. They often cannot build homes without management NOCs. Their children have limited access to higher education and upward mobility.

In Assam, the move to grant land rights plus job reservation could be transformative as it offers tenure security and social dignity.

The Indian Gorkha Janshakti Front (IGJF), which was formed with five core objectives, has long advocated a similar Bill for north Bengal, aiming to transfer land rights to tea garden workers through legislation.

Tea garden workers in Darjeeling, Terai and Dooars continue to face deep rooted neglect, living without land titles, low wages, and limited access to education or healthcare. Granting them ownership and employment opportunities could be a transformative step for the region.

If the Trinamool Congress government is truly committed to addressing the hardships of tea garden workers, it should consider Assam’s Model and bring a similar land rights and job reservation bill in this winter session before the assembly elections.
A dedicated bill, job quota and land rights could provide the meaningful change these communities have long awaited. The time for such reform is now.

25/10/2025

“हर घर जल योजना” मा ३ करोडको भ्रस्टाचारको आरोप — चैतें पानी, चिम्नी देउराली!

चिम्नी देउराली ग्राम पञ्चायत कार्यालय नजिकैको चैतें पानी क्षेत्रमा सञ्चालन भएको “हर घर जल योजना” मा झण्डै ३ करोडको भ्रष्टाचार भएको आरोप। ग्राम प्रधान बिमल तामाङ र IGJF प्रवक्ता आर.के. शर्मा ले जनताको पैसाको दुरुपयोग र अनियमितता भएको गम्भीर आरोप लगाएका छन्।

24/10/2025

Sikkim’s Literary Figure Amar Baniya Lohoro Conferred with Sahitya Akademi Anuwad Puruskar 2025 (Nepali)

Kolkata, 24th. October. 2025: Sikkim based literary figure Shri Amar Baniya Lohoro has been conferred with prestigious Sahitya Akademi Anuwad Puruskar 2025 in the Nepali language category at Kolkata, West Bengal. He has been conferred this honour for his Nepali translation "Matribhumi", originally written in Hindi as "Watan" by Dr. Nirmal Waliya. He belongs from 6th Mile , Tadong , Gangtok.

The Sahitya Akademi Anuwad Puruskar (Translation Award), instituted in 1989, is presented annually by Sahitya Akademi, India’s National Academy of Letters. The award recognizes outstanding translations of creative and critical literary works into 24 major Indian languages, including English, Rajasthani, and the 22 languages listed in the Eighth Schedule of the Indian Constitution.

The award carries a plaque and a cash prize of ₹50,000, celebrating excellence in literary translation that bridges cultures and languages.

This achievement by Shri Amar Baniya Lohoro is a proud moment for the literary community of Sikkim and the entire Nepali literary fraternity.

A K A R  B R I D G EJorethang SikkimPic courtesy: lensmgic Biswa Tshering Tamang
24/10/2025

A K A R B R I D G E
Jorethang Sikkim

Pic courtesy: lensmgic Biswa Tshering Tamang

24/10/2025

इन्टरलोक्युटर नियुक्ति माथि पुनविचार गर्ने मन्तव्यले खुसी छैनन् एडवर्ड्स।

पश्चिम बंगाल कि मुख्य मन्त्री ममता बनर्जीले बंगाल सरकारको सहमति बिना कसरी इन्टरलोक्युटर नियुक्त गरे? प्रश्न गर्दै प्रधानमन्त्रीलाई एक पत्र लेखेकी थिइन् त्यसै अनुसार भाई टिकाको लगत्तै भोलि पल्ट केन्द्रमा‌ रहेको भाजपा सरकारले गोर्खा समस्याहरुलाई समाधान गर्न हेतु नियुक्त गरेको इन्टरलोक्युटर माथि पुनविचार गर्ने भन्ने कुरा अघि आएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा गृहमन्त्रीलाई साझा गरिएको छ भन्ने कुरा आज अखबारमा छापिएको छ। यसै कुरा माथि इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ प्रमुख अजय एडवर्ड्सले भने "यो केन्द्रमा रहेको भाजपा सरकार अनि पहाडमा रहेको उनको गठबन्धन दलहरुको कमजोरी हो।"
उनले थप भने "म पश्चिम बंगाल कि मुख्य मन्त्रीलाई पनि भन्न चाहन्छु कि यो जिटिए सटिक तरिकाले संचालन भएको छैन। यहाँ धेरै भ्रष्टाचार अनि धाँधलीहरू भइरहेका छन्। जनसम्पत्तिहरू बेचिरहेका छन् यसैकारण हामी जिटिएमा खुसी छैनौं अनि तपाईले पनि बिगतको दिनहरूमा पिपिएस म दिन्छु भन्नु भएको थियोे। त्यसर्थ यो इन्टरलोक्युटरको विषय चाडै समाधान होस् किनकी तिहार अघि एउटा कुरा अनि तिहार पछि अर्कै कुरा राम्रो होइन।"

23/10/2025

भाई टिका: चेली माइतीको पवित्र चाड

(भिडियो दिलकुमार राई)

आज न्यू लाइफ चर्च लोवर चुङ थुङ डाँडा गाँउमा रजत जयन्ती Silver jubilee समारोह भब्यताका साथ सम्पन्न भयो यस क्षेत्रका वरिष्...
23/10/2025

आज न्यू लाइफ चर्च लोवर चुङ थुङ डाँडा गाँउमा रजत जयन्ती Silver jubilee समारोह भब्यताका साथ सम्पन्न भयो यस क्षेत्रका वरिष्ठ पास्टर अनि एल्डरहरुको बाक्लो उपस्थिति पस्थिति रहेको थियो यसै दिनमा नै न्यू लाइफ चर्चका पास्टर दाउद घिसिङ साथै एल्डर बिगेन तामाङको पच्चीस वर्ष पूण सेवाकाई भएकोमा सम्पूर्ण मण्डलीले सम्बर्धन साथै बधाई दिएका थियो यस विशेष कार्यक्रममा मण्डली स्थापनाको दिनमा ज-जसले कठिनाईको समयमा मण्डली स्थापना हुनुमा सहयोग गर्नुभएको थियो। उहाँहरुलाई पनि सम्मान जनाएका थिए यस विशेष कार्यक्रममा परमेश्वरको जीवित वचन आदरणीय पास्टर प्रविन गिरी ज्यु राख्नुभएको थियो। यस कार्यक्रममा चुङ थुङ लिजाहिल संयुक्त ईसाई मण्डलीका पास्टरहरुको उपस्थिति रहेको थियो सुजन तामाङले सञ्चालन गरेका थिए यस कार्यक्रममा विभिन्न गीत साथै नित्यहरू नानीहरूद्वारा प्रस्तुति गरेका थिए। यस कार्यक्रमका सम्पूर्ण जानकारी विश्वास गुरुङले दिनुभएको थियो।

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when DarjeelingTimes.com - Darjeeling News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DarjeelingTimes.com - Darjeeling News:

Share