Lohagarh Times

Lohagarh Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lohagarh Times, News & Media Website, Darjeeling.

2017 सालदेखि हजुरलाई सत्य ,सुचनामुलक,निष्पक्ष खबरहरु, जनताको आवज बनि निडरको साथ खबरहरू प्रसारण गरिरहेका छौ , यस्तै माया अनि हजुरहरुले गरिरहने अपेक्षा साँचेका छौ।

24/10/2025

सूचना / जानकारी खबर
मिरिक सडक आवागमनमा अस्थायी प्रतिबन्ध 🚧
सुरक्षा कारणले मिरिक र सिलगढी जोड्ने सडकहरूमा अस्थायी रूपमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।

हालका लागि आकस्मिक सवारी साधनहरू — विशेषगरी एम्बुलेन्स र चिकित्सकीय सेवाका गाडीहरूलाई मात्र टिङलिङ, नोल मार्ग हुँदै आवागमनको अनुमति दिइएको छ।

सामान्य यात्रुका लागि ट्याक्सी सेवा दूधे सम्म मात्र चल्ने व्यवस्था गरिएको छ भने, दूधेबाट सिलगढीसम्म यात्रुहरूका लागि वैकल्पिक यात्रा व्यवस्था गरिएको छ।

त्यस्तै, व्यक्तिगत सवारी साधनहरूलाई घुम र खरसाङ मार्ग हुँदै सिलगढी जाने निर्देशन दिइएको छ।
संबन्धित विभागले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न र सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरेको छ।

24/10/2025

सूचना / जानकारी खबर
मिरिक सडक आवागमनमा अस्थायी प्रतिबन्ध 🚧
सुरक्षा कारणले मिरिक र सिलगढी जोड्ने सडकहरूमा अस्थायी रूपमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ। हालका लागि आकस्मिक सवारी साधनहरू — विशेषगरी एम्बुलेन्स र चिकित्सकीय सेवाका गाडीहरूलाई मात्र टिङलिङ, नोल मार्ग हुँदै आवागमनको अनुमति दिइएको छ।
सामान्य यात्रुका लागि ट्याक्सी सेवा दूधे सम्म मात्र चल्ने व्यवस्था गरिएको छ भने, दूधेबाट सिलगढीसम्म यात्रुहरूका लागि वैकल्पिक यात्रा व्यवस्था गरिएको छ।
त्यस्तै, व्यक्तिगत सवारी साधनहरूलाई घुम र खरसाङ मार्ग हुँदै सिलगढी जाने निर्देशन दिइएको छ।
संबन्धित विभागले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न र सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरेको छ।

24/10/2025

पुटुङ चियाबारीका हिमाली संघ समाजका अग्रजहरू द्वारा नानीहरूलाई आफ्नो संस्कृति भुल्न नदिनुलाई यसरी लान्छन् देउसी कन्सर्ट खेल्न ।

हाम्रो संवादाता निकुञ्जा थापाको बिशेष खबर।

23/10/2025

१९८८ सालमा स्थापित प्रतिभा परिवार, स्प्रिङ्ग साइड लाईन धुरा खरसाङले विशेष देउशी–भैलो संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको थियो।

आज निरन्तर ३७ वर्षदेखि वहाँहरूले यो सुन्दर परम्परालाई अटल प्रतिबद्धता र एकताको भावनाका साथ जारी राख्दै आउनु भएको छ।

संस्कृति, संगीत र आपसी सद्भावको यो उज्यालो दीप यस्तै चम्किरहोस् भन्ने शुभकामना 🙏✨

23/10/2025

पानीघट्टा १० नम्बरमा भाई टिकाको साँझ देउसी खेल्दै स्थानीय युवाहरु ।

🕊️ मलामी जाने सूचना 🕊️छोटाटिङलिङ निवासी स्व. ज्ञान बहादुर भुजेलकी आमा श्रीमती भुजेलको आज बिहान करिब ४ बजे ९० वर्षको उमेर...
23/10/2025

🕊️ मलामी जाने सूचना 🕊️
छोटाटिङलिङ निवासी स्व. ज्ञान बहादुर भुजेलकी आमा श्रीमती भुजेलको आज बिहान करिब ४ बजे ९० वर्षको उमेरमा दुःखद निधन भएको छ।
उहाँको पार्थिव शरीरलाई भोलि शुक्रबार बिहान १० बजे छोटाटिङलिङस्थित शवदाह स्थल (समसानघाट) लैजाने कार्यक्रम रहेको छ।
तसर्थ, सम्पूर्ण आफन्त, इष्टमित्र, छरछिमेक तथा शुभेच्छुक महानुभावहरूलाई भोलि बिहान उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामनासहित अन्त्येष्टिमा सहभागी भईदिन अनुरोध गर्दछौं।
🙏 शोकाकुल परिवार —
छोराहरू: शेखर भुजेल, मनोज भुजेल, सनोज (कालू) भुजेल, सन्तोष भुजेल, समीर भुजेल
एवं भुजेल परिवार 🕊️

23/10/2025

मिरिक महकुमा अन्तर्गत पर्ने नोल डाँडामा दुर्घटना भएको क्रुजर सवारी गाडी आज निकालियो। Lohagarh Times

23/10/2025

फ्यातुलो GTA, भ्रष्ट सत्ता, श्रमिकको पसिना र जनताको आँसुमा राजनीति चलाउँदै — केन्द्र, राज्य र स्थानीय सरकार सबै मौन दर्शक बनेका छन्।

सत्ताको खेलमा जनताको पीडा, दुःख र अधिकार बिर्सिएझैं लाग्छ:आर के शर्मा (ईण्डियन गोर्खा जनशक्ति फ्रन्ट खरसाङ शाखा प्रवक्ता)

यस वर्षको चाड–पर्व खुशी र उमंगका साथ मनाउने बेला पहाड, तराई र मधेसका धेरै घर परिवारहरू पैर्हो, दुर्घटना र विपत्तिका कारण...
23/10/2025

यस वर्षको चाड–पर्व खुशी र उमंगका साथ मनाउने बेला पहाड, तराई र मधेसका धेरै घर परिवारहरू पैर्हो, दुर्घटना र विपत्तिका कारण शोकमग्न बनेका छन्।
हामी लोहागढ टाईम्स परिवार पनि यस्ता दुःखद समाचारहरू प्रसारण गर्नुपर्दा अत्यन्त पीडित र मर्माहत छौं।

आजको भाइटीका जस्तो शुभ अवसरमा, ती विपत्तिमा परेर ज्यान गुमाएका दिदी–भाइ, दाजु–बहिनीहरूलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गर्दै,
सबैलाई एक अर्काको सहयोग र साथमा यो कठिन समय पार गरौँ भन्ने हार्दिक सन्देश दिन चाहन्छौं।

💐 लोहागढ टाईम्स परिवारको तर्फबाट शुभकामना 💐

23/10/2025

दुधेका बिहारी समुदायका नारीहरू द्वारा भाई दुजको पुजन गरिएको सिधा प्रसारण लोहागढ टाईम्सबाट।l

Happy follow-versary to my awesome followers. Thanks for all your support! Bibek Thapa, Prakriti Syangbo, Sankhar Chettr...
23/10/2025

Happy follow-versary to my awesome followers. Thanks for all your support! Bibek Thapa, Prakriti Syangbo, Sankhar Chettri, लखन राई, Guddu Rai, Pravat Rana, Bashan Tamang, Prasana Rai, Panna Thapa, Rabika Golay, Saroj Rai, Pragati Tamang, Amit Lakandri Amir, Anuradha Kanu, Joshua Biswa, Mukesh Albina, Dipraj Takur, Ashish Chhetri, Shova Puran Thieng, अर्पण राई 'हिलेझोडा', Subash Rajani S***a, Mamta Mukhia, Nirupa Rai Nirupa Rai, Humming Tamang, Ram Ghishing, Baby Lama, Puran Lohar, Nirmala Thapa, Mamta Thapa, Basant Rai, Birendra Prasad, Davika Yonzon

23/10/2025

दुधेका बिहारी समुदायका नारीहरू द्वारा भाई दुजको पुजन गरिएको सिधा प्रसारण लोहागढ टाईम्सबाट।

Address

Darjeeling

Telephone

+917001965835

Website

Alerts

Be the first to know and let us send you an email when Lohagarh Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lohagarh Times:

Share

ONLINE MEDIA LOHAGARH TIMES

गाँउ घर,देश,बिदेशमा रहनु भएका सम्पूर्ण मित्रहरूलाई Lohagarh Times मार्फत हर समय ताजा ताजा सत्य घटनामा आधरीत खबरहरूको जानकारी दिने छौ।