Hi,way"हाइवे"

Hi,way"हाइवे" NEWS CHANNEL . 9933451977/97752 15046(W)
(1)

19/09/2025

NH10 UPDATE:
राष्ट्रिय राजमार्ग 31A अन्तर्गत बाघपुलको कालिमन्दिर अनि सेवक माझमा बाटो बन्द।
सेवक पुलिस चौकीदेखी केही माथी बाघपुल कालिमन्दिरतर्फ एक ठाउँ पैह्रो झरेको कारण मार्ग अवरुद्ध बनेको हो।
सम्बन्धित विभागले पैह्रो पन्साउने काम चलाइरहेको छ। यातायात सुचारु हुन केहि समय लाग्ने बताइएको छ।

18/09/2025

कालेबुङमा वाग्येकार गोपाल योञ्जनको प्रतिमा अनावरण तथा स्मृति पुरस्कार,सम्मान समारोह सम्पन्न ।
कालेबुङमा गोपाल योञ्जन जन्मोत्सव, तेस्रो प्रतिमा अनावरण तथा उत्कृष्ट सम्मान समारोह आज बिहीबार सम्पन्न भयो।
कार्यक्रमअन्तर्गत पहिलो सत्रमा कालेबुङको डेलो परिसरमा बिहान १० बजे प्रतिमा अनावरण गरियो।
जहाँ कालेबुङका विधायक रुदेन सादा लेप्चा,नगरपालिका प्रशासक रवि प्रधान लगायत प्रतिष्ठानका पदअधिकारीहरुको उपस्थिति थियो।यसरी नै दोस्रो सत्रमा रामकृष्ण रंगमञ्चमा पुरस्कार तथा सम्मान वितरण र सांगीतिक प्रस्तुति कार्यक्रम सम्पन्न भयो।
सो अवसरमा गोपाल योञ्जन स्मृति पुरस्कार–२०२५ अलङ्करण,सर्जक सम्मान तथा स्मारिका ‘गोपालाञ्जली’ को विमोचन पनि गरियो।
कार्यक्रमबारे जानकारी दिँदै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष मित्र कुमार तामाङले यसलाई गोपाल योञ्जनको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने अवसर भएको बताए।

18/09/2025

के हो त 20 सेप्टेम्बरको दिन कालेबुङको डम्बर चोकमा बोलाइएको "एकताको आह्वानका लागि निमन्त्रणा"??

आउँदो शनिबार 20 सेप्टेम्बर 2025 बाट शुरु "सालुगढा गोर्खा हाट"स्थान होम सस्वायर सपिङ मल,,
18/09/2025

आउँदो शनिबार 20 सेप्टेम्बर 2025 बाट शुरु "सालुगढा गोर्खा हाट"
स्थान होम सस्वायर सपिङ मल,,

17/09/2025

कालिझोडामा अवस्थित टिस्टा जल विध्युत परियोजना चरण चारमा विश्वकर्मा पुजा सम्पन्न। परियोजनाबाट वर्षमा 72 करोड युनिट विजुली उत्पादन हुन्छ,,,

16/09/2025

लङभ्यू चिया श्रमिकहरूको विजय
सङ्घर्ष र गेट मिटिङपछि कम्पनी 20% बोनस दिन बाध्य।
HPEU ले भन्यो"यो श्रमिक एकताको ऐतिहासिक जीत हो।
अब न्यूनतम ज्यालाका लागि जुटौं!"

15/09/2025

दार्जिलिङमा 12 अक्टोबरका दिन ‘जातिको उत्त्थान हेतु जन आवाज’ संस्थाद्वारा एक भव्य बिराट याली आयोजना हुने भएको छ।
कालेबुङमा पत्रकार सम्मेलन गर्दै संयोजक पासङ शेर्पाले कार्यक्रमबारे विस्तृत जानकारी दिएका छन्।

14/09/2025

सिलगढीको आनन्दलोक नामक एक नर्सीङ होममा उपचारको क्रममा एक व्यक्तिको मृत्यु,,
डाक्टरको लापरबाही रहेको परिवारपक्षको छ आरोप,,

14/09/2025

सिलगढी सेवक रोडमा अवस्थित आनन्दलोक अस्पतालमा यस्तो भयो,,

लगातार वर्षा जारी भएपनि राष्ट्रिय राजमार्ग 10 मा यातायात सुचारुलगातार पानी परिरहे पनि हाल राष्ट्रिय राजमार्ग 10 मा आवागम...
14/09/2025

लगातार वर्षा जारी भएपनि राष्ट्रिय राजमार्ग 10 मा यातायात सुचारु
लगातार पानी परिरहे पनि हाल राष्ट्रिय राजमार्ग 10 मा आवागमन सहज रूपमा सञ्चालन भइरहेको छ।
सेवकदेखि रम्फुसम्मको सम्पूर्ण क्षेत्रमा अहिलेसम्म कुनै पनि स्थानमा पहिरो नझरेको सम्बन्धित स्रोतले जनाएको छ।

12/09/2025

भारत र नेपालका सुधन गुरुङ।

11/09/2025

डुवर्सको बाग्राकोट चिया कमानमा पनि श्रमिकहरुद्वारा धर्ना प्रदर्शन।
20 प्रतिशत बोनस दिन्छु भन्ने सरकार खोइ भन्दै दिए आन्दोलन गर्ने चेतावनी,,

Address

NH10 , Kalimpong Road
Darjeeling

Alerts

Be the first to know and let us send you an email when Hi,way"हाइवे" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share