Guf Golai

Guf Golai for live news

11/09/2026

9/9/26
नव सांस्कृतिक संस्थान लाटपन्चर को आयोजना मा भएको अरुणा लामा जयन्ती मा बिभिन्न स्कूल बिभिन्न संघसंस्था संगीत प्रेमी मानभव एवं संस्थान का सभापति सचिव ले श्वार सम्राज्ञी अरूणा को लामा को शालिक मा खदा अर्पण गर्दै।

10/9/26लाटपन्चर बोडिङ् सार्वजनिक भवनमा आज भाजपा पाटी को सभा घेरै कार्यकर्ताहरु को उपस्थिति मा सम्पन्न भयो।   उक्त सभामा ...
10/09/2026

10/9/26
लाटपन्चर बोडिङ् सार्वजनिक भवनमा आज भाजपा पाटी को सभा घेरै कार्यकर्ताहरु को उपस्थिति मा सम्पन्न भयो।
उक्त सभामा बिशेषरूपमा सिटोङ लाटपन्चर मण्डल का सभापति श्री दिवश मोहोरा, उप सभापति श्री राजेश कार्की, श्री महेन्द्र थापा, महा सचिव श्री बिष्णु राई, सांगठनिक कार्यकारी सचिव श्री अनिल शर्मा सह सचिव श्री बिनय राई लाटपन्चर बुथ कमिटीहरु का सभापति सचिव क्रमैले बुथ न 288 श्री अरूण तामाङ श्री चन्दन राई, बुथ न 286 श्री अमन सुब्बा श्री रोहन राई , बुथ न 287 श्री सागर सुब्बा श्री प्रणेश राई को उपस्थिति मा भाजपा लाटपन्चर महिला मोर्चा समिति गठन गरेको छ,
उक्त गठन मा सर्वसम्मतिले महिला मोर्चा का सभापति प्रमिता राई सचिव शालु तामाङ लाई चयनित गरिएको छ।
सभाको क्रममा श्री राम सुब्बा श्री बिध्या राई श्री भानु सुब्बाले राम्रा सुझाव राखेको थिए भने कार्यक्रमको संचालन श्री महेन्द्र थापा ले गरेका थिए।

अरुणा लामा जयन्ती समारोह मा नव सांस्कृतिक संस्थान द्वारा के एन मेमोरियल एकाडेमी, माउण्ट जायन मिशन स्कूल, उच्चोतर बिध्याल...
10/09/2026

अरुणा लामा जयन्ती समारोह मा नव सांस्कृतिक संस्थान द्वारा के एन मेमोरियल एकाडेमी, माउण्ट जायन मिशन स्कूल, उच्चोतर बिध्यालय लाटपन्चर, अनि कर्नर स्टोन हाई स्कूल लाई प्रदान गरिएको #मायाको चिनो # को तस्वीर।

लाटपन्चर उच्चोतर बिध्यालय का शिक्षक (लाटपन्चर,रसिक टोल निवासी) श्री पुर्ण थापा एवं निमु शेर्पा का सुपुत्र सिदार्थ थापाले...
08/09/2026

लाटपन्चर उच्चोतर बिध्यालय का शिक्षक (लाटपन्चर,रसिक टोल निवासी) श्री पुर्ण थापा एवं निमु शेर्पा का सुपुत्र सिदार्थ थापाले सीडीएस(combine defence services examinations) उतीर्ण गरेर ओ टी ए मा चयन भई लाटपन्चर लगायत पाहड़वासी लाई नै गौरवान्वित तुल्याएका छन्।

बिरामी निकेश राईको ब्रेन टुमर  अप्रेसन सफलता पुर्वक गरियो  अब डिस्चार्ज नजिक            गत   दिनाङ्ग  २ सेप्टेम्बर  २०२६...
07/09/2026

बिरामी निकेश राईको ब्रेन टुमर अप्रेसन सफलता पुर्वक गरियो अब डिस्चार्ज नजिक

गत दिनाङ्ग २ सेप्टेम्बर २०२६ बिहिवार को दिन २७ बर्षिय निकेश राई खरसाङ महकुमा अन्तर्गत मकैबारी चियाबारी फुल बारी गाउँ निवासीको अप्रेसन पटनाको एक निजि नर्सिङ होम मा सफलता पुर्वक गरियो । निकेश राई लाई हाल ICU मा राखिएको थियो र आज भर्खरै मात्रै उसलाई क्याबिनमा सारेको छ । निकेस राई हाल एकदमै राम्रो हुनु हुन्छ र आगामी ८ सेप्टेम्बर २०२६ मङ्गलबारको दिन निकेश को डिस्चार्ज हुनेछ तर घर परिवारकोमा हाल समय सम्म पनि तोकेको रकम पुगेको छैन र अझ पनि निकेस लाई अडाइ लाख जति पैसाको खाचो छ त्यसैले सबैलाई बिन्ती छ सक्दो सहयोग गरि दिन होला ता कि ८ सेप्टेम्बर २०२६ को दिन बिल चुक्ता गरेर निकेश लाई घर ल्याउन सकोस ।
यो जटिल अवस्थामा निकेश को बाबा पनि लाचार भएर सबैलाई आर्थिक सहयोगको भिख मागेका छन ।
निम्न बैंक एकाउन्ट नम्बरमा हजुर हरु ले यथाशक्ति सहयोग गरि दिने हामी बिनम्र निवेदन गर्दछौं ।
Account No : 35178924088
Miss Nikita Rai ( निकेशको आफ्नै बहिनी)
SBI KURSEONG BRANCH
IFSC CODE : SBIN0000123

GPAY NO : 9679386259

सम्पर्क नम्बर :

+91 74777 94690
+91 8967823662
+91 9679386259

सुरेन प्रधान
अध्यक्ष
हिमालयन वेल्फेयर अर्गनाइजेसन


done

बिगत बर्षहरू जस्तै यस लाटपन्चर उच्चोतर बिध्यालय ले भव्यताका को साथ शिक्षक दिवस मनाएको संक्षिप्त जानकारी।
06/09/2026

बिगत बर्षहरू जस्तै यस लाटपन्चर उच्चोतर बिध्यालय ले भव्यताका को साथ शिक्षक दिवस मनाएको संक्षिप्त जानकारी।

सिटोङ लाटपन्चर समष्टि, सिटोङ (टु) ग्राम पंचायत प्रधान उप-प्रधान एवं सदस्यगण बीजेपीएम पाटी बाट राजीनामा दिएका थिए भने फेर...
05/09/2026

सिटोङ लाटपन्चर समष्टि, सिटोङ (टु) ग्राम पंचायत प्रधान उप-प्रधान एवं सदस्यगण बीजेपीएम पाटी बाट राजीनामा दिएका थिए भने फेरि पाटी अध्यक्ष संगको भेटपछि बीजेपीएम पाटी मैं रहेर कार्य गर्ने निधो गर्दै पाटीमा फर्किएको जानकारी प्राप्त भएको छ।

:-- सिटोङ -३ ग्रामपञ्च्यात स्थित लाटपञ्चर एनजेकेके निवासी कर्मठ प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक  सन्त कुमार ख...
03/09/2026

:-- सिटोङ -३ ग्रामपञ्च्यात स्थित लाटपञ्चर एनजेकेके निवासी कर्मठ प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक सन्त कुमार खवास अनि सोमा राईकी सुपुत्री सुमी खवासले यो बर्षको युजीसी नेट परीक्षा (सहायक प्राध्यापक पदका ) लागि योग्य उत्तीर्ण गरेर सिटोङ लाटपञ्चरलाई नै गौरवान्वित तुल्याएको छ । सानैदेखि मेघावी छात्राको रूपमा परिचित उनको यो उपलब्धिलाई सम्पुर्ण लाटपञ्चर क्षेत्रवासीले खुशी जाहेर गर्दै सुमी खवास अनि उनको परसवारलाई बधाई टक्राएका छन् ।
सुमी खवासले गत वर्ष २०२५ मा युजीसी नेट २०२५ उतीर्ण गरेर यसवर्ष पुनः दोस्रोपटक अब्बल दर्जामा नेट परिक्षामा सफलता हासिल गरेका हुन् ।
यसरी अहिघरि लाटपन्चर सिटोङको नाम कृषि होमस्टे क्षेत्रमा मात्रै नभएर खेलकुद शिक्षा साहित्य संगीत कला आदि क्षेत्रमा पनि दिनदिनै प्रसिद्धि पाँउन थालेको छ । वर्तमान विविध क्षेत्रमा माथिल्लो स्तरमा सिटोङको प्रतिभाहरुको नाम आएको देखिन्छ जो सिटोङको निम्ति गर्वको कुरा
बनेको ।

आगामी ४ सितम्वर २०२६ (शुक्रवार) "एकीकृत कर्मचारी संगठन" को आयोजनमा भइरहेको भव्य कार्यक्रममा श्रीमान् तारा सुन्दास ज्यूले...
03/09/2026

आगामी ४ सितम्वर २०२६ (शुक्रवार) "एकीकृत कर्मचारी संगठन" को आयोजनमा भइरहेको भव्य कार्यक्रममा श्रीमान् तारा सुन्दास ज्यूले राख्नुभएको प्रश्नहरुको उत्तर हामी अस्थायी कर्मचारीवर्गले अवश्य पाउने छौ भनि अपेक्षा राखौ साथै उक्त कार्यक्रम सफलतापूर्वक हाम्रो कर्मचारी हितमा होस् भनि सवै सवै कर्मचारीवर्गले "प्राथना" गरौ।

Address

Latpanchar Sittong
Darjeeling
734008

Website

Alerts

Be the first to know and let us send you an email when Guf Golai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share