15/09/2026
स्व. एन. एल. राई स्मृति अन्तरविद्यालय तर्क प्रतियोगिताको तेस्रो संस्करण–२०२६ को प्रथम चरण सम्पन्न
मङ्पू, १५ सेप्टेम्बर २०२६।
रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय, मङ्पू तथा मङ्पू–लाब्धा समष्टिको आयोजना एवं NHPC Teesta Low Dam-III & IV Power Station, West Bengal को प्रायोजनमा आयोजित स्व. एन. एल. राई स्मृति अन्तरविद्यालय तर्क प्रतियोगिताको तेस्रो संस्करण–२०२६ अन्तर्गत प्रथम चरणको तर्क प्रतियोगिता आज रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयको भवनमा सम्पन्न भएको छ।
प्रथम चरणअन्तर्गत आयोजित तर्क प्रतियोगिताको विषय “प्लास्टिक प्रतिबन्ध पूर्णरूपमा हुनुपर्छ” रहेको थियो। उक्त विषयको पक्षमा Hill Angels Academy ‘B’ दल र विपक्षमा रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय ‘B’ दल बीच रोचक तथा तार्किक भिडन्त भएको थियो। प्रतियोगितामा दुवै दलका विद्यार्थीहरूले विषयवस्तुलाई विभिन्न कोणबाट प्रस्तुत गर्दै प्रभावकारी तर्क, तथ्य तथा विचारहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुति र आत्मविश्वासले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
प्रतियोगिताको अन्तिम निर्णयमा निर्णायक मण्डलीले विपक्षमा रहेको रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय ‘B’ दललाई विजेता तथा पक्षमा रहेको Hill Angels Academy ‘B’ दललाई उपविजेता घोषणा गरेको थियो। साथै, प्रतियोगितामा आजको उत्कृष्ट तार्किकका रूपमा रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी बादल ठकुरी चयन भएका छन्।
विद्यालयको भवनमा आयोजित उद्घाटन/प्रारम्भिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापकको अध्यक्षता रहेको थियो। कार्यक्रममा श्री प्रकाश चन्द्र राई, प्रधानाध्यापक, शारदा उच्चत्तर माध्यमिक विद्यालय प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रम सञ्चालनको जिम्मेवारी सहशिक्षिका दीपा मोक्तान तथा सहशिक् क्रम सञ्चालनको जिम्मेवारी सहशिक्षिका दीपा मोक्तान तथा सहशिक्षकहरू जगत राई, कञ्चन कुमार राई र दुशन्त रामुदामु ले संयुक्त रूपमा सम्हालेका थिए। कार्यक्रममा ग्रीन हिल अकादमीका विद्यार्थीहरूले मनमोहक लोकनृत्य प्रस्तुत गरेका थिए भने विद्यालयकी विद्यार्थी जेरिना छेत्रीले कविता वाचन प्रस्तुत गरेकी थिइन्।
प्रतियोगिताको निर्णायक मण्डलीमा श्री उदय थुलुङ (साहित्यकार तथा सहशिक्षक), श्री श्रावण छेत्री (सहशिक्षक), श्री सरोज संघर्ष (रुबाइकार) तथा श्रीमती बानिरा गोतामे (सहशिक्षिका) श्री पुष्कर सन्याशी (सह शिक्षक )श्री युवराज राई (सह शिक्षक )रहनुभएको थियो। उहाँहरूले प्रतियोगी विद्यार्थीहरूको तर्क, विषयवस्तुको प्रस्तुति, तथ्यगत आधार, अभिव्यक्ति तथा तार्किक क्षमताका आधारमा मूल्याङ्कन गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय वरिष्ठ तथा विशिष्ट व्यक्तित्वहरूका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको साथै अभिभावक हरुको उल्लेखनीय उपस्थिति रहेको थियो। अनि अन्त मा सभापति जि ले भोलि अर्थात् 16.09.2026 को दोस्रो चरण को तर्क प्रतियोगिता का प्रतियोगी दल साथै सम्पुर्ण मा अग्रिम स्वागत जनाउनु भयो।