ANI Nepali

ANI Nepali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ANI Nepali, News & Media Website, Delhi, Delhi.

दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म कल्की २८९८ एडीको ट्रेलर रिलिज भइसकेको छ । फिल्म यही जुन २७ मा हलहरूमा रिलिज ह...
14/06/2024

दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म कल्की २८९८ एडीको ट्रेलर रिलिज भइसकेको छ । फिल्म यही जुन २७ मा हलहरूमा रिलिज हुँदैछ । फिल्मको प्रि–बुकिङ पनि सुरु भइसकेको छ । प्रि–बुकिङमा कल्कीले आरआरआरको रेकर्ड तोडेको छ ।
रिपोर्ट्सका अनुसार कल्की २८९८ एडीले रिलिज पूर्व विदेशमा धमाधम पैसा कमाइरहेको छ । उत्तर अमेरिकामा फिल्मले एसएस राजामौलीको निर्देशनमा बनेको आरआरआरको रेकर्ड तोडेको छ । कल्की प्रि–बुकिङमा सबैभन्दा छिटो १० लाख डलर कमाउने फिल्म बनेको छ । यसअघि यो रेकर्ड आरआरआरको नाममा थियो ।
कल्की २८९८ एडी नाग अश्विनको निर्देशनमा बनेको फिल्म हो । यसमा प्रभासबाहेक दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, पशुपति, शोभना, ब्रह्मानन्दम र राजेन्द्र प्रसाद समेतका कयौँ कलाकारको अभिनय रहेको छ ।

भारतमा नेपाली फिल्मको प्रदर्शन र जाँचपास सहजीकरणबारे छलफल गर्न दुवै मुलुकको फिल्म उद्योगका अधिकारी मुम्बईमा भेला भएका छन...
14/06/2024

भारतमा नेपाली फिल्मको प्रदर्शन र जाँचपास सहजीकरणबारे छलफल गर्न दुवै मुलुकको फिल्म उद्योगका अधिकारी मुम्बईमा भेला भएका छन् ।
बुधबार सुरु भएको बैठक १ असारसम्म चल्नेछ । बैठकमा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र सेन्सर बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर सहभागी छन् । भारतीय टोलीको नेतृत्व त्यहाँको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डका अध्यक्ष प्रसुन जोशीले गरिरहेका छन् ।
भारतीय सेन्सर बोर्डको निम्तोमा मुम्बई पुगेको चलचित्र विकास बोर्ड र सेन्सर बोर्डको डेलिगेसनसँग यसरी छलफल भएको हो । उक्त अवसरमा भारतीय फिल्मको सेन्सर प्रमाणीकरण प्रक्रिया, भारतमा नेपाली फिल्मको प्रदर्शन प्रक्रिया, भारतमा नेपाली फिल्मको सेन्सर प्रक्रिया, कर नीति लगायतबारे बुँदागत छलफल भएको थियो ।
साथै, नेपाली र भारतीय सेन्सर बोर्डबीच कसरी सेतुको भूमिका खेल्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ । दुई मुलुकका फिल्मका कार्यकारी निकायले प्रदर्शन, सहलगानी र सेन्सरको सहजीकरणमार्फत विद्यमान समस्या समाधान गर्न सकिने आशा दुवै मुलुकका फिल्म अधिकारीले लिएका छन् ।
छलफलमा अनलाइन प्लाटफर्मबाटै भारतमा नेपाली फिल्मको सेन्सर गर्न सकिने र भारतमा नेपाली फिल्मको पोस्ट–प्रोडक्सन गर्दा ३० प्रतिशत सहुलियत उपलब्ध गराउन सकिनेबारे पनि छलफल भएको चलचित्र विकास बोर्डको डेलिगेसन सदस्य नीराजन गिरीले जानकारी दिए ।
नेपालमा फिल्म र सेन्सर नीति निर्माणको प्रक्रिया संसदमा विधेयकको रुपमा पेश हुनुअघि फिल्मका दुई कार्यकारी निकायका अधिकारीको यो अध्ययन भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिच...
14/06/2024

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
विभागले एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्‌को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको हो ।
झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो अनिवार्य व्यवस्था गरिएको हो ।
विभागले विगत ४ वर्षदेखि ७३ वटा जिल्लाका स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गर्दै आएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत राष्ट्रिय परिचयत्रको विवरण संकलन गरिरहेको छ ।
मन्त्रिपरिषद्का निर्णयानुसार पहिलो चरणमा २८ जिल्लामा आगामी आर्थिक वर्षको सुरुदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।
विभागबाट ती जिल्लाहरूमा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरी स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका/वडास्तरमा अभियान सञ्चालन गरेर विवरण दर्ता गर्ने कार्य समेत भइरहेको विभागले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
‘सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकोले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्नुहुन अनुरोध छ,’ विभागले सूचनामा भनेको छ ।
वालवालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले जनाएको छ ।

उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ ।न्यायाधीश लेखनाथ पौडेलको इजलासले...
14/06/2024

उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ ।
न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिकाले काठमाडौंका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराउन थालेको थियो । शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा भाडामा लगाएको भन्दै महानगरपालिकाले सटरहरुमा ताला लगाएको हो ।
नगर प्रहरीले व्यवसायीहरुका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
उच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको छ ।

भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई न...
14/06/2024

भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ । यो स्टेज शो जुलाई ५ मा हुने तय भएको थियो ।
विश्वविद्यालयका उपकुलपति डा. मोहनन कुन्नम्मलले कार्यक्रमलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै अभिनेत्री लियोनीको उक्त शोलाई सूचीमा समावेश नगर्न रजिस्ट्रारलाई निर्देशन दिएका छन् ।
उनले संघलाई क्याम्पस भित्र वा बाहिर यस्ता कार्यक्रम आयोजना गर्न नदिन निर्देशन समेत दिए । स्रोतका अनुसार कलेज युनियन पनि कार्यक्रम आयोजनाका लागि अधिकारीबाट स्वीकृति लिन असफल भएको थियो ।
कोचिनको एक विश्वविद्यालयमा भएको भागदौडको घटनामा चार जना विद्यार्थीले ज्यान गुमाएपछि राज्य सरकारले कलेज क्याम्पसमा बाहिरी डीजे पार्टी, म्युजिकल नाइट लगायत कार्यक्रममा प्रतिबन्ध लगाएको थियो ।
गत वर्ष कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (कुस्याट) मा भएको भागदौडमा चार विद्यार्थीको मृत्यु भएको थियो भने ६४ जना घाइते भएका थिए । निकिता गान्धीको नेतृत्वमा क्याम्पसको ओपन–एयर अडिटोरियममा आयोजित संगीत कन्सर्टको क्रममा यो दु:खद घटना भएको हो ।
केरला उच्च अदालतले वार्षिक टेक्नोलोजी फेस्टिभलमा उक्त भागदौड ‘केही असफलता’को कारण भएको र ‘कहिल्यै त्यस्तो हुनुहुँदैनथ्यो’ भनेर फैसला गरेको छ ।
४३ वर्षीया अभिनेत्री सन्नी लियोनीले ‘जिस्म २’, ‘ज्याकपट’, ‘सुटआउट एट वडाला’ र ‘रागिनी एमएमएस २’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।

एएफसी यू-२० एसियन कप छनोटमा नेपाल साविक विजेता उज्वेकिस्तान रहेको समूह ‘बी’मा परेको छ ।मलेसियाको क्वालाल्मपुरमा बिहीबार ...
14/06/2024

एएफसी यू-२० एसियन कप छनोटमा नेपाल साविक विजेता उज्वेकिस्तान रहेको समूह ‘बी’मा परेको छ ।
मलेसियाको क्वालाल्मपुरमा बिहीबार भएको ड्र अनुसार नेपाल र उज्वेकिस्तानसहित चाइनिज ताइपेई र कम्बोडिया समूह ‘बी’ मा छन् ।
समूह बी का खेलहरु चाइनिज ताइपेईमा आगामी सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ ।
नेपालले पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने दोस्रो खेल सेप्टेम्बर २३ मा चाइनिज ताइपेईसँग खेल्नेछ । यस्तै सेप्टेम्बर २५ मा उज्वेकिस्तान र सेप्टेम्बर २७ मा बहराइनसँग खेल्नेछ ।
यू-२० एसियन कप छनोटमा एसियाका ४५ टिमलाई १० समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत पाँच समूहमा ५-५ तथा पाँच समूहमा ४-४ टोली समावेश छन् ।
दश समूहको समूह विजेता र रउत्कृष्ट पाँच उपविजेता टिम अन्तिम चरणमा छनोट हुनेछन् । चीन आयोजकको रुपमा स्वत: छनोट भइसकेको छ ।

बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ ।बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी...
14/06/2024

बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ ।
बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो ।
बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बंगलादेश बिजुली लैजान चाहेको छ । नेपालबाट भारत हुँदै बंगलादेश बिजुली निर्यात हुनेछ । नेपालबाट भारतीय भूमि हुँदै बिजुली लैजाँदा भारतलाई शुल्क तिर्नुपर्ने हुन्छ ।
यस्तो शुल्क ०.०५९५ रुपैयाँ हुनेछ । बंगलादेशले भारतीय कम्पनीहरूबाट किन्दै आएको भन्दा नेपालबाट सस्तो मूल्यमा बिजुली समेत पाउनेछ ।
बंगलादेशले नेपालबाट ५ सय मेगावाट विजुली किन्न चाहेको छ । नेपाल भारत ढल्केबर-मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत-बंगलादेश-बरामपुर-भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ ।
अब नेपाल, भारत र बंगलादेशका नियामकीय निकायबीच त्रिपक्षीय सम्झौता गरी बिजुली निर्यात सुरु हुने बताइएको छ । सम्झौताको मिति भने अझै तय भएको छैन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबिचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताएका छ...
14/06/2024

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबिचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताएका छन्। नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महरले देश दुई संस्कृति एक रहेकाले युग सुहाउँदो सम्बन्ध आवश्यक रहेको औँल्याएका हुन्।
‘नेपाल–भारत देश दुई भए पनि हामीबिच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटी बेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ। नयाँ पुस्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्छ,’ उनले भने।
कहिले कुनै कुरामा मनमुटाव देखिए पनि नेपाल–भारतबिच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरको टिप्पणी छ। इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए।
‘हामीबिचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल–भारतबिच वर्षौंदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ,’ उनले भने।
पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भएपनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए । युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबिचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।
नेपालको समृद्धि विना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने महरले बताए । ‘समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ। भारतसँग हाम्रो धेरै कुरा मिल्छ। खुला सीमा छ। दुवै देशका नागरिकबिच भाइचाराको सम्बन्ध छ। त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पुर्यउनुपर्छ । यसो भएमा दुई देशबिचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ,’ उनले भने।
बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको महरले स्मरण गरे। अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका भन्दै नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ।
जनसम्पर्क समितिबाट पार्टीमा र संसद्‍मा प्रतिनिधित्व गराउने कुरामा कांग्रेसभित्र छलफल भइरहेको महरको भनाइ थियो। उनले प्रवासमा रहेका नेपालीसँग सँगै रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप रानालगायतको सहभागिता रहेको थियो।

पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै उनी लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका ...
14/06/2024

पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै उनी लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका हुन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।
पेमा खान्डुको नेतृत्वमा भाजपाले अप्रिल १९ मा भएको विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो । बिहीबार कडा सुरक्षा व्यवस्थामा आयोजित शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रीहरू जेपी नड्डा, किरेन रिजिजु र असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सहभागी थिए ।
भाजपाले लगातार तेस्रो पटक राज्यमा सत्ता हात पार्न सफल भएको छ । ६० सदस्यीय विधान सभामा भाजपाले ४६ सिट जितेर बहुमत हासिल गरेको छ । जसमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।
निर्विरोध निर्वाचित भएका दश उम्मेदवारमध्ये पेमा खाण्डु पनि थिए । नेशनल पिपुल्स पार्टीले पाँच सिट र पिपुल्स पार्टी अफ अरुणाचलले दुई सिट जितेको थियो । एनसीपीले तीन र कांग्रेसले एक सिट जितेको छ ।

कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरि...
14/06/2024

कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् ।
मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको छ । मृतकहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन् । मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन् ।
भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह बिहीवार नै कुवेत पुगेका छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउन पहल गर्नेछन् ।
आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
कुवेतका मिडियाहरुका अनुसार ६ तले भवनमा बुधबार बिहान स्थानीय समय अनुसार ६ बजे आगलागी भएको थियो । सो भवनलाई एक स्थानीय कम्पनीले श्रमिक क्याम्पको रुपमा प्रयोग गर्दै आएको थियो । त्यहाँ करिब २ सय प्रवासी कामदारहरुलाई राखिएको थियो । यद्यपि सो भवनको क्षमता भने त्योभन्दा कम रहेको बताइएको छ ।
सो भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ ।
आगलागीको कारण खुलेको छैन । कुवेत सरकारले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ ।

लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी दुबिधामा परेका छन् । गान्धीले केरलाको वायनाड वा उ...
13/06/2024

लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी दुबिधामा परेका छन् । गान्धीले केरलाको वायनाड वा उत्तर प्रदेशको रायबरेली मध्ये एक ठाउँ छोड्नुपर्नेछ । संसद्‌मा कुन सिटलाई प्रतिनिधित्व गर्ने भन्ने आफू दुबिधामा रहेको बुधवार वायनाडको भ्रमणको क्रममा गान्धीले भनेका थिए ।
‘म बाहेक हरेकलाई यसको जवाफ थाहा छ । राजनीतिमा हरेकलाई सबै कुरा थाहा हुन्छ, मात्रै राजनीति गर्नेलाई थाहा हुन्न’ उनले भनेका छन् ।
आफूले जे निर्णय लिए पनि वायनाड र रायबरेली दुबैका जनतालाई खुसी बनाउने गरी लिने पनि उनले बताए । मङ्गलवार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद र्यालीमा राहुल गान्धीले आफ्नो दुबिधाको उल्लेख गरेका थिएनन् ।
तर वायनाडमा भने उनले यसबारे चर्चा गरे । राहुलको भाषणमा उनले वायनाड सिट छोड्ने सङ्केत पाइएको छ । ‘तपाईँहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मसँग भावनाहरू व्यक्त गर्न पर्याप्त शब्द नै छैनन् । म तपाईँहरूले दिएको माया जीवनभर सम्झिरहनेछु’ उनले भने ।

काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ । ...
13/06/2024

काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ । यसको निर्माण लागत करिब ३६ करोड हुने अनुमान छ ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनःनिर्माण सम्बन्धमा’ बसेको बैठकले पुननिर्माण हुने ठाउँहरु गुठी संस्थान र लुमधी भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको छ ।
बैठकले सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौतम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई छन् ।
सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुनर्निर्माणको काममा सहजीकरण गर्नेछ ।
बैठकले मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्न पुरातत्व विभागलाई अनुरोध गर्ने, अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
वैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग, पुरातत्व विभाग, वडाध्यक्षहरु, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि सहभागी थिए ।
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुनर्निर्माणको लागत अनुमान करिब ३६ करोड रुपैयाँ छ ।
पुनर्निर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ । वरिष्ठ इञ्जिनियर रवीन्द्र रिजालका अनुसार निर्माण पक्षसँग ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा सम्झौता रकम तय भइसकेको छ । यसको निर्माण अवधि तीन वर्ष हुनेछ ।

Address

Delhi
Delhi

Alerts

Be the first to know and let us send you an email when ANI Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ANI Nepali:

Share