26/12/2025
बझाङबाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले उम्मेदवार सिफारिस गर्यो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङ जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी जिल्ला कमिटी बझाङको आज बसेको बैठकले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका विभिन्न तर्फका उम्मेदवारहरूको नाम चयन गरी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ भानुभक्त जोशी, मीन बहादुर कुवर, दिल बहादुर सिंह र देवकी मल्लको नाम सिफारिस गरिएको छ।
यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ शंकर खड्का, राधिका रताला, श्याम सुनार र धुम्मरा परियार ठकुन्नाको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य रामचन्द्र रोकायाले बताउनु भएको छ ।
साबिक नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी संयोजक अक्कल धामीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य शंकर खड्का, देवकी मल्ल, जनक बुढा, मीन बहादुर कुवर, राधिका रताला, कलक बिक र रवीन्द्र बम लगायतको उपस्थिति रहेको थियो।
बैठकको सञ्चालन नेपाली कम्युनिस्ट पार्टीका नेता रतन बहादुर सिंहले गर्नुभएको थियो।