05/08/2025
https://www.facebook.com/share/1LXpE95KqY/
प्रेस विज्ञप्ति
श्री Golay निरन्तर आफ्नो सार्वजनिक भाषणहरूमा सिक्किमलाई अपराधमुक्त प्रदेशको रूपमा चित्रण गर्दै आउनुभएको छ। उहाँका अनुसार सिक्किममा अपराधका घटनाहरू न्यून छन् र सुरक्षा अवस्था सन्तोषजनक छ। तर वास्तविकता यसभन्दा निकै फरक छ। आज सिक्किममा हरेक दिन चोरी, हिँसा, ठगी, महिला हिंसा, लागुऔषध कारोबार जस्ता अपराधका घटनाहरू लगातार भइरहेका छन्।
जनताले भोगिरहेको पीडा र सुरक्षाको अभावलाई बेवास्ता गर्दै सरकारका नेतृत्वकर्ताले आँकडाको खेल देखाउँदै सिक्किमलाई अपराधमुक्त प्रदेश भनेर प्रचार गर्नु गम्भीर भ्रामक कार्य हो। वास्तविकतामा अहिलेका धेरै अपराधका घटनाहरूमा पीडितहरूले न्याय खोज्दा समेत FIR दर्ता गर्न पुलिस प्रशासनले अस्वीकार गर्छ। यो कानूनी प्रक्रिया अवरुद्ध भएपछि धेरै घटनाहरू आधिकारिक रेकर्डमा आउनै पाउँदैनन्।
यसरी तथ्याङ्क लुकाउने र रिपोर्ट नै दर्ता नगर्ने प्रवृत्तिले अपराध दर घटेको भनेर देखाइन्छ, तर सडकमा हिँड्ने सामान्य नागरिकले सुरक्षा महसुस गर्न सक्दैन। अपराधीहरू सजाय पाउने डर बिना निडर भएर हिंडिरहेका छन्, जबकि पीडितहरू आवाज उठाउन पनि डराउँछन्।
सिक्किम सरकार र पुलिस प्रशासनको यस्तै कमजोर र गैरजिम्मेवार व्यवहारका कारण आज सिक्किममा अपराध दिनप्रतिदिन बढ्दै गएको छ। श्री Golayले भाषण र प्रचार मात्र होइन, वास्तविक सुधारात्मक कदम चाल्न जरुरी छ। FIR दर्ता अनिवार्य, अपराध अनुसन्धान सुदृढ, र अपराधीलाई कठोर कारबाहीबिना सिक्किमलाई अपराधमुक्त प्रदेश भनेर जनतालाई भ्रममा राख्नु केवल राजनीतिक लाभका लागि गरिने धोका हो।
जनताले चाहेको भनेको भाषण होइन, सुरक्षा हो; प्रचार होइन, न्याय हो। सरकार अब पनि समयमै सचेत नभए सिक्किमको शान्ति र कानूनी प्रणाली पूर्ण रूपमा धरापमा पर्ने खतरा बढ्दो छ।
प्रवेश चामलिङ
सोसियल मिडिया इन्चार्ज
09 बर्फुङ