Sikkim television

Sikkim television coming soon

28/04/2026
सिक्किमको ५०औँ राज्य स्थापना दिवसको समापन समारोह भव्य रूपमा सम्पन्नGangtok, अप्रिल २८ — सिक्किम राज्यको ५०औँ राज्य स्थाप...
28/04/2026

सिक्किमको ५०औँ राज्य स्थापना दिवसको समापन समारोह भव्य रूपमा सम्पन्न

Gangtok, अप्रिल २८ — सिक्किम राज्यको ५०औँ राज्य स्थापना दिवस (Golden Jubilee) को समापन कार्यक्रम आज गान्तोकमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई विशेष बनाउँदै भारतका प्रधानमन्त्री Narendra Modi ले भर्चुअल माध्यमबाट विभिन्न विकासमूलक योजनाहरूको उद्घाटन गर्नुभएको छ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा सिक्किमले विगत ५० वर्षमा हासिल गरेको उल्लेखनीय उपलब्धिहरूको प्रशंसा गर्दै आगामी दशकहरूमा राज्यलाई अझ समृद्ध, आत्मनिर्भर र दिगो विकासतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी हरित ऊर्जा, पर्यटन, पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटी र ग्रामीण सशक्तीकरणलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।

समारोहका अवसरमा विभिन्न नयाँ परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरिएको छ, जसमा आधुनिक सडक सञ्जाल विस्तार, जलविद्युत् परियोजना सुदृढीकरण, स्वास्थ्य सेवा विस्तार, र स्मार्ट सिटी अवधारणाअन्तर्गत शहरी विकास योजनाहरू समावेश छन्। यसले सिक्किमलाई नयाँ विकासको मार्गमा प्रवेश गराउने विश्वास व्यक्त गरिएको छ।

सिक्किम सरकारले पनि विगत पाँच दशकमा शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणमा हासिल गरेको प्रगतिलाई प्रस्तुत गर्दै आगामी दिनमा अझ प्रभावकारी नीतिहरू ल्याउने संकेत दिएको छ।

कार्यक्रममा राज्यका राज्यपाल, सम्माननीय मुख्य मन्त्री, मन्त्रीहरू, विभिन्न क्षेत्रका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक कार्यक्रमहरू, परम्परागत झाँकी र राज्यको विविधताको झल्को दिने प्रस्तुतीहरूले समारोहलाई अझ आकर्षक बनाएको थियो।

५० वर्षको सफल यात्रापछि सिक्किम अब नयाँ ऊर्जा, नयाँ सोच र नवीन योजनासहित समृद्ध भविष्यतर्फ अघि बढ्ने स्पष्ट संकेत देखिएको छ।

27/04/2026

प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि गान्तोक आइपुगे; सिक्किम राज्यत्वको स्वर्ण जयन्ती समापन समारोहमा सहभागी हुने

गान्तोक, अप्रिल २७: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज दुईदिने भ्रमणका लागि सिक्किमको गान्तोक आइपुगेका छन्। उनको यो भ्रमण सिक्किमले राज्यत्व प्राप्त गरेको ५० वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको समापन समारोहसँग जोडिएकोले विशेष महत्व राख्दछ।

प्रधानमन्त्री मोदीलाई गान्तोक आगमनका क्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (पी. एस. गोले) लगायत सिक्किम बीजेपीका अध्यक्ष डी. आर. थापा तथा अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।

अप्रिल २८ मा प्रधानमन्त्री मोदीले पाल्जोर नामग्याल रंगशालामा आयोजना हुने भव्य बहुरङ्गी सांस्कृतिक कार्यक्रम अवलोकन गर्नेछन्, जुन सिक्किमको राज्यत्वको स्वर्ण जयन्ती समापन समारोहको प्रमुख आकर्षण हुनेछ। उक्त कार्यक्रममा सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा र विविधतामा आधारित एकताको झल्को प्रस्तुत गरिने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न महत्वपूर्ण विकासात्मक पूर्वाधार परियोजनाहरूको भर्चुअल उद्घाटन तथा शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ, जसले राज्यमा यातायात, आर्थिक वृद्धि र सार्वजनिक सेवामा थप सुदृढता ल्याउने अपेक्षा गरिएको छ।

यो भ्रमणले सिक्किम तथा उत्तर–पूर्वी क्षेत्रको विकासप्रति भारत सरकारको निरन्तर प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुका साथै राज्यको ऐतिहासिक यात्राको महत्वपूर्ण उपलब्धिलाई पनि स्मरण गराउँछ।

17/04/2026

#हिमालीबेला
सीमाङ्कन विधेयक 2026 र साना राज्यहरूको चिन्ता
- सामसोन गुरुङ, गान्तोक

अन्ततः आज 16 अप्रेल, 2026 को दिन लोकसभा सत्रमा 131औँ संविधान संशोधन विधेयक लोकसमा औपचारिक रूपमा प्रस्तुत गरिएको छ । यस विधेयकमाथि बहसपछि 17 अप्रेल, 2026 को दिन सम्भवतः पारित गरिनेछ। यो विधेयक मुख्यतः जनसङ्ख्या आधारित निर्वाचन क्षेत्र पुनः निर्धारणसँग पनि सम्बन्धित रहेको छ। जनसङ्ख्या अनुसार लोकसभा र विधानसभाका सिटहरू पुनःसमायोजन गर्नु प्रतिनिधित्वलाई अझ न्यायपूर्ण बनाउनु भविष्यमा हुने जनगणनालाई आधार बनाउनु पनि यस विधेयकको उदेश्य हो।
हाम्रो देशमा 2026 पछि लागू हुनसक्ने सीमाङ्कन विधेयकले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्माएको छ। निर्वाचन क्षेत्रको पुनःनिर्धारण र जनसङ्ख्याको आधारमा संसद तथा विधानसभामा प्रतिनिधित्वको पुनः बाँड़फाँड़ गर्ने यस प्रक्रियाले लोकतान्त्रिक सिद्धान्त एक व्यक्ति, एक मत, एक मूल्य लाई सुदृढ़ गर्ने उद्देश्य राखे पनि यसको प्रभाव सबै राज्यमा समान हुने देखिँदैन। विशेषगरी सिक्किम तथा उत्तर-पूर्वका साना राज्यहरू यस प्रक्रियाबाट प्रत्यक्ष प्रभावित हुनसक्ने सम्भावना देखिएको छ। सीमाङ्कन अर्थात् निर्वाचन क्षेत्रको पुनःनिर्धारण भारतको लोकतान्त्रिक संरचनाको महत्त्वपूर्ण पक्ष हो। जनसङ्ख्या वृद्धि तथा बसोबासको स्वरूप परिवर्तनसँगै प्रतिनिधित्वलाई सन्तुलित बनाउन यो प्रक्रिया आवश्यक मानिन्छ। सन् 1971 यता लोकसभा सिटहरूको पुनः बाँड़फाँड़ स्थगित गरिएको थियो, जुन 2026 पछि अन्त्य हुँदैछ। त्यसपछि नयाँ जनगणनाको आधारमा निर्वाचन क्षेत्र र सिट सङ्ख्या पुनःनिर्धारण गरिने सम्भावना छ।
सैद्धान्तिकतौरमा हेर्दा, धेरै जनसङ्ख्या भएका राज्यले बढी प्रतिनिधित्व पाउनु स्वाभाविक देखिन्छ। लोकतन्त्रमा जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनु न्यायसंगत मानिन्छ। तर भारतजस्तो विविधतायुक्त संघीय राष्ट्रमा केवल जनसङ्ख्याको आधारमा प्रतिनिधित्व निर्धारण गर्नु पर्याप्त हुँदैन। भौगोलिक अवस्था, सांस्कृतिक पहिचान, रणनीतिक संवेदनशीलता र क्षेत्रीय सन्तुलनजस्ता पक्षहरू पनि उत्तिकै महत्त्वपूर्ण छन्।
यता सिक्किम र उत्तर-पूर्वका राज्यहरूलाई नियालेर हेर्नु हो भने यो गम्भीर चिन्ताको रूपमा देखापर्छ। यी राज्यहरूको जनसङ्ख्या तुलनात्मक रूपमा कम भए पनि भौगोलिक दृष्टिले दुर्गम, सांस्कृतिक दृष्टिले संवेदनशील र राष्ट्रिय सुरक्षाका हिसाबले अत्यन्त महत्त्वपूर्ण छन्। यदि जनसङ्ख्यालाई मात्र आधार बनाएर प्रतिनिधित्व घटाइयो भने, यी क्षेत्रहरूको आवाज राष्ट्रिय नीतिनिर्माण प्रक्रियामा कमजोर बन्न सक्छ।
उदाहरणका लागि, सिक्किमको जनसङ्ख्या कम भए पनि यसको रणनीतिक महत्त्व अत्यन्त उच्च छ। चीन, भूटान र नेपालसँग सीमा जोडिएको यस राज्यको प्रतिनिधित्व केवल जनसङ्ख्याको हिसाबले मापन गर्नु दूरदर्शी निर्णय हुन सक्दैन। साथै, संविधानको धारा 371ऋ अन्तर्गत सिक्किमलाई प्रदान गरिएको विशेष संवैधानिक संरक्षणले यसको विशिष्ट सामाजिक तथा राजनीतिक संरचनालाई मान्यता दिएको छ। सीमाङ्कनको प्रक्रियाले यस्ता संवैधानिक संवेदनशीलतालाई बेवास्ता गर्नुहुँदैन।
यस विधेयकसँग जोडिएको अर्को ठूलो प्रश्न सङ्घीय सन्तुलन को हो। यदि जनसङ्ख्या धेरै भएका केही राज्यहरूले संसदमा अत्यधिक प्रतिनिधित्व पाए भने, साना राज्यहरूको निर्णयकारी भूमिका कमजोर हुन सक्छ। यसले संघीय संरचनामा असन्तुलन ल्याउने र राष्ट्रिय एकतामा मनोवैज्ञानिक दुरी बढाउने खतरा रहन्छ। लोकतन्त्र केवल बहुमतको शासन होइन; यो सबै क्षेत्र, समुदाय र वर्गको न्यायपूर्ण सहभागिताको प्रणाली पनि हो। सैद्धान्तिक दृष्टिले हेर्दा, जनसङ्ख्या बढी भएका राज्यहरूले बढी प्रतिनिधित्व पाउनु लोकतान्त्रिक न्यायको आधार मानिन्छ। तर भारतजस्तो बहु-जातीय, बहुभाषिक र भौगोलिक विविधतायुक्त सङ्घीय राष्ट्रमा केवल सङ्ख्यात्मक आधार पर्याप्त हुँदैन। प्रतिनिधित्व निर्धारण गर्दा भौगोलिक विकटता, सांस्कृतिक विशिष्टता, ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशीलता लाई समेत समान रूपमा विचार गर्नुपर्ने हुन्छ।
यही सन्दर्भमा सिक्किमको अवस्थालाई विशेष ध्यान दिनु आवश्यक छ। सीमित जनसङ्ख्या भए तापनि सिक्किम भौगोलिक र रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण राज्य हो। अन्तर्राष्ट्रिय सीमासँग जोडिएको, उच्च पहाडी भेगमा अवस्थित र बहुसांस्कृतिक पहिचान बोकेको यस राज्यको प्रतिनिधित्वलाई केवल जनसङ्ख्याको मापदण्डमा सीमित गर्नु दूरदर्शी नीतिसँग मेल खाने देखिँदैन। यसका साथै, संविधानको धारा 371ऋ अन्तर्गत सिक्किमलाई प्रदान गरिएको विशेष संवैधानिक संरक्षणले यसको सामाजिक-राजनीतिक संरचनाको विशिष्टतालाई औपचारिक मान्यता दिएको छ। त्यसैले, डेलिमिटेशन प्रक्रियाले यी संवेदनशील पक्षहरूलाई बेवास्ता गर्नु उपयुक्त हुँदैन।
उत्तर-पूर्वका अन्य राज्यहरूमा पनि यस्तै प्रकृतिका चुनौतीहरू विद्यमान छन्। दुर्गम भूगोल, न्यून जनघनत्व र सांस्कृतिक विविधताका कारण यी क्षेत्रहरूमा प्रतिनिधित्व केवल सङ्ख्यात्मक अनुपातमा सीमित गरिनु व्यावहारिक नहुन सक्छ। यदि साना राज्यहरूको संसदीय उपस्थिति घट्ने अवस्था आयो भने, त्यसले राष्ट्रिय नीतिनिर्माण प्रक्रियामा उनीहरूको प्रभावक्षमता कमजोर बनाउने जोखिम रहन्छ।
यससँगै अर्को महत्त्वपूर्ण पक्ष सङ्घीय सन्तुलनको हो। भारतको संघीय संरचनाले सबै राज्यलाई समान सम्मान र सहभागिताको अवसर प्रदान गर्ने लक्ष्य राख्छ। तर यदि डेलिमिटेशनपछि केही ठूला राज्यहरूको प्रतिनिधित्व अत्यधिक वृद्धि भयो भने साना राज्यहरूको आवाज ओझेलमा पर्ने सम्भावना रहन्छ। यस्तो अवस्थाले दीर्घकालीन रूपमा क्षेत्रीय असन्तुलन र असन्तोषलाई निम्त्याउन सक्छ।
अतः, डेलिमिटेशन 2026 लाई केवल प्रशासनिक पुनर्संरचना वा सङ्ख्यात्मक अभ्यासका रूपमा सीमित राख्नु हुँदैन। यसलाई समावेशी, सन्तुलित र संवेदनशील दृष्टिकोण का साथ अघि बढाउन आवश्यक छ। जनसङ्ख्या एक महत्वपूर्ण आधार अवश्य हो, तर त्यससँगै भौगोलिक यथार्थ, सांस्कृतिक विविधता, संवैधानिक विशेषता र रणनीतिक महत्व लाई समान प्राथमिकता दिनु नै न्यायोचित हुनेछ।
अन्ततः, समान प्रतिनिधित्वको अर्थ सबैलाई एउटै मापदण्डमा राख्नु मात्र होइन, प्रत्येक क्षेत्रको विशिष्टतालाई सम्मान गर्दै न्यायपूर्ण सहभागिता सुनिश्चित गर्नु हो। यदि डेलिमिटेशन 2026 ले यस सन्तुलनलाई कायम राख्न सफल भयो भने मात्र यसलाई वास्तविक अर्थमा लोकतान्त्रिक सुधारको कदम मान्न सकिनेछ; अन्यथा, यसले साना राज्यहरूको आवाजलाई कमजोर पार्ने खतरा रहिरहनेछ।
त्यसैले सीमाङ्कन विधेयक 2026 लाई केवल गणितीय वा प्रशासनिक अभ्यासका रूपमा हेर्नु पर्याप्त हुँदैन। यो भारतको संघीय संरचना, क्षेत्रीय सन्तुलन र समावेशी लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित विषय हो। समान प्रतिनिधित्व सुनिश्चित गर्ने नाममा यदि साना राज्यहरूको राजनीतिक उपस्थिति कमजोर बनाइयो भने त्यसले लोकतन्त्रको आत्मालाई नै कमजोर पार्नेछ।
अतः सरकारले सीमाङ्कनको प्रक्रिया अघि बढाउँदा जनसङ्ख्या मात्र होइन, भौगोलिक जटिलता, सांस्कृतिक विविधता, संवैधानिक विशेषता र राष्ट्रिय रणनीतिक हित जस्ता पक्षहरूलाई समान प्राथमिकता दिनुपर्छ। न्यायपूर्ण प्रतिनिधित्व भनेको केवल सङ्ख्याको बराबरी होइन, सबै क्षेत्रको सम्मानजनक सहभागिता सुनिश्चित गर्नु हो। यही सन्तुलन कायम गर्न सकिएमा मात्र सीमाङ्कन विधेयक 2026 लोकतान्त्रिक सुधारको कदम बन्न सक्छ; अन्यथा यसले क्षेत्रीय असन्तोष र राजनीतिक असन्तुलनलाई अझ गहिरो बनाउन सक्छ।

नयाँ वर्ष २०८३ को पावन अवसरमासम्पूर्ण शुभचिन्तक, आफन्तजन, मित्रवर्ग तथा आदरणीय व्यक्तित्वहरूमा हार्दिक मंगलमय शुभकामना व...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा
सम्पूर्ण शुभचिन्तक, आफन्तजन, मित्रवर्ग तथा आदरणीय व्यक्तित्वहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
बितेका दिनहरूले हामीलाई अनुभव, धैर्य र आत्मचिन्तनको पाठ सिकाएका छन्। ती सम्झनाहरूलाई आत्मसात् गर्दै, नयाँ वर्षले हाम्रा जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र उज्यालो सम्भावनाहरूको ढोका खोलोस् भन्ने कामना गर्दछु।
यो नयाँ वर्षले
हरेक मनमा आशा रोपोस,
हरेक घरमा सुख, शान्ति र समृद्धि ल्याओस्,
र हरेक यात्रामा सफलताको उज्यालो मार्ग देखाओस्।

नयाँ वर्ष २०८३ तपाईं र तपाईंका प्रियजनहरूका लागि स्वास्थ्य, खुशी, प्रगति र सफलताको वर्ष बनोस्।
नयाँ वर्षको हार्दिक शुभकामना!

हार्दिक श्रद्धाञ्जली तथा शोक सम्वेदनास्वर्गीय पदम क्षेत्रीको निधनको दुःखद समाचारले मन अत्यन्त मर्माहत भएको छ। उहाँप्रति ...
03/04/2026

हार्दिक श्रद्धाञ्जली तथा शोक सम्वेदना
स्वर्गीय पदम क्षेत्रीको निधनको दुःखद समाचारले मन अत्यन्त मर्माहत भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
१९९३–९४ तिर सुनचरी दैनिक समाचारपत्रमार्फत उहाँसँग मेरो आत्मीय चिनजान र सहकार्यको सुरुवात भएको थियो। उहाँ त्यसबेला एक सक्षम सम्पादक हुनुहुन्थ्यो भने म सिक्किमबाट संवाददाताको रूपमा कार्यरत थिएँ। त्यतिबेला न त इन्टरनेट थियो, न मोबाइलको सुविधा—समाचार सम्प्रेषण आफैंमा एउटा चुनौतीपूर्ण प्रक्रिया थियो। फ्याक्स गर्न पनि कठिन, प्रायः टेलिफोन एक्सचेञ्ज वा ट्रंककल बुकिङ गरेर समाचार डिक्टेट गर्नुपर्ने अवस्था थियो।
यस्तो कठिन परिस्थितिमा पनि उहाँले सधैं धैर्यपूर्वक समाचार सुन्नु, पढ्नु र त्यसमा उत्साहजनक प्रतिक्रिया दिनुहुन्थ्यो। मैले पठाएका लामा विश्लेषणात्मक समाचार, कथा तथा लेखहरू पढेर उहाँले बारम्बार “सामसोनज्यु, तपाईंले राम्रो लेख्नुहुन्छ” भन्नुहुन्थ्यो—त्यो एउटा सानो वाक्यले पनि मलाई ठूलो प्रेरणा र ऊर्जा प्रदान गर्थ्यो।
आज उहाँ सशरीर हामीमाझ नरहनु भए तापनि, उहाँको स्नेह, प्रेरणा र सम्झना सधैं जीवित रहनेछन्।
शोकाकुल परिवारजनमा यस असह्य पीडाको घडीमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना व्यक्त गर्दछु।
हार्दिक श्रद्धाञ्जली। 🙏🙏

10/03/2026

सम्पादकीय
सुरतको दुःखद घटना: एआई, युवा मानसिक स्वास्थ्य र हाम्रो सामाजिक जिम्मेवारी
गुजरातको Surat शहरमा हालै घटेको एक हृदयविदारक घटनाले प्रविधि, समाज र मानव मनोविज्ञानबीचको जटिल सम्बन्धलाई पुनः गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। दुई कलेज छात्रा स्थानीय Swaminarayan Temple परिसरको शौचालयभित्र मृत अवस्थामा फेला परेपछि यो घटना केवल एउटा व्यक्तिगत त्रासदी मात्र रहेन; यसले कृत्रिम बुद्धिमत्ता, सामाजिक दबाब र युवाहरूको मानसिक स्वास्थ्यबारे व्यापक बहस जन्माएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ती युवतीहरूले लोकप्रिय एआई च्याटबोट ChatGPT प्रयोग गरेर आत्महत्यासम्बन्धी जानकारी खोजेको आशंका गरिएको छ। यद्यपि कुनै पनि प्रविधि आफैं दोषी ठहरिन सक्दैन, तर यस घटनाले एउटा गम्भीर प्रश्न अवश्य उठाउँछ—प्रविधिको विकाससँगै यसको नैतिक प्रयोग र सुरक्षा कति सुदृढ बनाइएको छ?
आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ। शिक्षा, स्वास्थ्य, सञ्चार, अनुसन्धानदेखि सिर्जनात्मक क्षेत्रसम्म यसको प्रयोग तीव्र गतिमा बढिरहेको छ। तर प्रविधिको यही तीव्र विस्तारसँगै यसको नैतिक सीमारेखा र सामाजिक उत्तरदायित्व पनि त्यत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ। विश्वका धेरै प्रविधि विशेषज्ञहरूले एआईको प्रयोगमा स्पष्ट नैतिक मार्गदर्शन आवश्यक रहेको बताएका छन्। यस सन्दर्भमा उद्यमी Elon Musk लगायतका प्रविधि चिन्तकहरूले पनि एआई सुरक्षा र नियन्त्रणबारे बारम्बार चेतावनी दिँदै आएका छन्।
तर प्रश्न केवल प्रविधिको मात्र होइन। यो घटनाले हाम्रो समाजको अर्को गहिरो समस्या पनि उजागर गर्छ—युवाहरूको मानसिक स्वास्थ्य। आजका युवाहरू तीव्र प्रतिस्पर्धा, पारिवारिक अपेक्षा, सामाजिक तुलना र डिजिटल संसारको दबाबबीच जीवन गुजारिरहेका छन्। बाहिरबाट उनीहरू आधुनिक, सक्षम र आत्मविश्वासी देखिए पनि भित्रभित्रै धेरै युवाहरू एक्लोपन, निराशा र असुरक्षासँग संघर्ष गरिरहेका हुन सक्छन्।
यही कारणले गर्दा आत्महत्या केवल व्यक्तिगत कमजोरीको विषय होइन; यो समाज, परिवार, शिक्षा प्रणाली र मानसिक स्वास्थ्य संरचनासँग गहिरो रूपमा जोडिएको समस्या हो। यदि युवाहरूलाई आफ्ना समस्या खुलस्त राख्ने वातावरण, भावनात्मक सहयोग र समयमै परामर्श उपलब्ध गराउन सकियो भने यस्ता दुःखद घटनाहरू धेरै हदसम्म रोक्न सकिन्छ।
सुरतको यो घटना हामी सबैका लागि एउटा चेतावनी हो। प्रविधि विकासको गति रोक्न सकिँदैन, तर यसको जिम्मेवार प्रयोग सुनिश्चित गर्न सकिन्छ। एआई प्रणालीहरूमा कडा सुरक्षा मापदण्ड, संवेदनशील विषयमा सावधानीपूर्ण नियन्त्रण र प्रयोगकर्तालाई मानसिक स्वास्थ्य सहयोगतर्फ मार्गदर्शन गर्ने संयन्त्र आवश्यक छ।
त्यसैगरी परिवार, विद्यालय, कलेज र समाजले पनि युवाहरूको मनोवैज्ञानिक अवस्थालाई गम्भीरतापूर्वक बुझ्नुपर्छ। संवाद, सहानुभूति र भावनात्मक समर्थनको वातावरण निर्माण गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो।
अन्ततः, प्रविधि केवल एउटा उपकरण हो—यसको दिशा र प्रभाव मानव समाजले निर्धारण गर्छ। त्यसैले सुरतको यो दुःखद घटनालाई केवल समाचारका रूपमा मात्र होइन, भविष्यका लागि एउटा गम्भीर पाठका रूपमा लिन आवश्यक छ।
यदि हामीले अहिलेबाट नै प्रविधि, नैतिकता र मानव संवेदनशीलताको सन्तुलन कायम गर्न सकेनौं भने यस्ता घटनाहरू फेरि दोहोरिन सक्छन्। तर यदि समाज, प्रविधि कम्पनीहरू र नीति–निर्माताहरू मिलेर जिम्मेवार कदम चाल्छन् भने डिजिटल युगलाई मानव हितका लागि सुरक्षित र सकारात्मक बनाउनु सम्भव छ।

नेपाली साहित्य परिषद्, सिक्किमको १४औँ कार्यकारिणी समितिको निर्वाचनमा विजयी हुनु भएका सम्पूर्ण कार्यकारिणी सदस्यज्यूहरूला...
22/02/2026

नेपाली साहित्य परिषद्, सिक्किमको १४औँ कार्यकारिणी समितिको निर्वाचनमा विजयी हुनु भएका सम्पूर्ण कार्यकारिणी सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु।
यसै अवसरमा, मलाई आत्मीय हृदयबाट समर्थन जनाई मताधिकार प्रयोग गर्नु भएका सम्पूर्ण मतदाता तथा शुभेच्छुक मित्रहरू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको विश्वास, सद्भाव र प्रेरणाले मलाई अझ जिम्मेवार, प्रतिबद्ध र सक्रिय रहन उत्साहित बनाएको छ। हार र जीत भन्दा बढी परिषद् परिवारको महत्व रहन्छ।
विशेष रूपमा, यसपटक सम्पन्न निर्वाचन प्रक्रिया अत्यन्तै पारदर्शी, निष्पक्ष, अनुशासित र उच्चस्तरीय कार्यप्रणालीको उदाहरणका रूपमा स्थापित भएको छ। यसका लागि नेपाली साहित्य परिषद्ले निर्वाह गरेको भूमिका प्रशंसनीय छ। विशेषतः निर्वाचन आयोगको भूमिका अत्यन्त सराहनीय र उदाहरणीय रह्यो।
सम्पूर्ण नेपाली साहित्य परिषद्का सदस्यज्यूहरूमा पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै, नव-निर्वाचित कार्यकारिणी समितिले निर्वाचन अवधिभर प्रस्तुत गरिएका विचार, मत तथा कार्ययोजनाहरूलाई गम्भीरतापूर्वक मनन गरी परिषद्लाई नयाँ ऊर्जा, उत्साह र दूरदृष्टिका साथ अगाडि बढाउनेछन् भन्ने पूर्ण अपेक्षा व्यक्त गर्दछु।
पुनः एकपटक सबै विजयी सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना।
सादर,
सामसोन गुरुङ

Address

Gangtok
737101

Telephone

+918250531884

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category