Khas Sikkim, official

Khas Sikkim, official Community page

Dear Khas FamilyWe are extremely proud to state that two of our family members, Shri. Laxman Adhikari and Ms. Anu Chettr...
07/09/2026

Dear Khas Family

We are extremely proud to state that two of our family members, Shri. Laxman Adhikari and Ms. Anu Chettri were able to show their mettle at the recently concluded 14th North East Zonal Shooting Championships 2026 at Guwahati. While Mr. Adhikari was able to secure Sikkim’s first medal in shooting, Ms Anu has been selected for nationals to be held shortly at Delhi.

The participants were a part of the Sikkim Rifle Association whose President is international athlete, Shri. Sanjay Budathoki,

Members of team Khas were present to felicitate the champions today at a program organized by Sikkim Rifle Association at Gangtok.

We are very proud of their achievements and wish them best in the times to come.

Team Khas

🇮🇳 हार्दिक बधाई तथा शुभकामना! 🇮🇳पश्चिम सिक्किमको ०३ मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत ही–सापुङ निवासी, श्री पी. क...
07/09/2026

🇮🇳 हार्दिक बधाई तथा शुभकामना! 🇮🇳

पश्चिम सिक्किमको ०३ मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत ही–सापुङ निवासी, श्री पी. के. भण्डारीज्यूका सुपुत्र, युवा, गतिशील तथा ऊर्जावान व्यक्तित्व एवं **ही–याङथाङ सिनियर सेकेन्डरी स्कुलका गौरवशाली पूर्व विद्यार्थी श्री अनुप भण्डारीज्यू भारतीय सेनामा लेफ्टिनेन्ट पदमा कमिसन हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। 🇮🇳🎖️

अल इन्डिया र्‍याङ्क (AIR) ३२७ हासिल गर्दै भारतीय सेनामा प्रवेश गर्नुभएको उहाँको यो उल्लेखनीय सफलता परिवार, विद्यालय, समुदाय मात्र नभई सम्पूर्ण सिक्किम राज्यकै लागि गर्व र गौरवको विषय हो।

“सपना देख्नेहरू धेरै हुन्छन्, तर सपनालाई लक्ष्य बनाएर अनुशासन, मेहनत र दृढ संकल्पका साथ अघि बढ्नेहरू नै सफलताको शिखरमा पुग्छन्।”

अनुप भण्डारीज्यूको यो उपलब्धि मेहनत, अनुशासन, लगनशीलता, धैर्य र अटल इच्छाशक्तिले असम्भवलाई पनि सम्भव बनाउन सक्छ भन्ने प्रेरणादायी उदाहरण हो। उहाँको सफल यात्राले सिक्किमका असंख्य युवाहरूलाई ठूलो सपना देख्न, आफ्नो लक्ष्यप्रति समर्पित रहन र राष्ट्रसेवामा गौरवका साथ समर्पित हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु।
यस गौरवपूर्ण उपलब्धिका लागि लेफ्टिनेन्ट अनुप भण्डारीज्यू तथा उहाँका गर्वित माता–पिताज्यूमा हार्दिक बधाई एवं मंगलमय शुभकामना व्यक्त गर्दछु। 💐🙏

“वर्दी केवल पहिरन होइन, यो मातृभूमिप्रतिको जिम्मेवारी, साहस, त्याग र सम्मानको प्रतीक हो।”
आगामी दिनहरूमा उहाँले साहस, इमानदारी, कर्तव्यनिष्ठा र उच्च मनोबलका साथ मातृभूमिको सेवा गर्दै अझ उच्च सफलता र पदमा पुग्न सकून्—यही हार्दिक शुभेच्छा।

जय हिन्द! 🇮🇳
सिक्किमको गौरव!
हाम्रो युवाशक्तिको गौरव! 🎖️
देशको सेवामा समर्पित युवा अनुप भण्डारीज्यूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना। 🇮🇳💐

Dear Khas FamilyMembers of central executive team led by President, Shri Narayan Khatiwada, visited the Office of ASKCBK...
06/09/2026

Dear Khas Family

Members of central executive team led by President, Shri Narayan Khatiwada, visited the Office of ASKCBKS, Chuchagen constituency and discussed various initiatives undertaken by the sakha. It was indeed wonderful to see how sincere and dedicated the efforts have been made by the executive team to further the cause of our family.

With mobilisation like these at the grassroots, we are certainly positively assured of great progress happening in the future for our community and society.

Team Khas

Today the ASKCBKS Team attended Shrimadbhaagawat Mahapuran at Gupt Mandir (Hareshwar Sivalaya), Sisney under Chujachen c...
06/09/2026

Today the ASKCBKS Team attended Shrimadbhaagawat Mahapuran at Gupt Mandir (Hareshwar Sivalaya), Sisney under Chujachen constituency.
The team was led by President Shri Narayan Khatiwada along with office bearers from central executive committee .

The team took blessings in one of the oldest cave temples of Sikkim and prayed for the goodwill of all Khas family members.

Team Khas

गौरवको क्षण : राष्ट्रिय स्तरमा सम्मानित भए तिमी–तार्कुका एन. बी. पौड्याल 🏆🎉तिमी–तार्कु क्षेत्रका गौरव तथा खस समुदायका सक...
06/09/2026

गौरवको क्षण : राष्ट्रिय स्तरमा सम्मानित भए तिमी–तार्कुका एन. बी. पौड्याल 🏆🎉
तिमी–तार्कु क्षेत्रका गौरव तथा खस समुदायका सक्रिय सदस्य श्री एन. बी. पौड्यालले सामाजिक सेवाको क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको अतुलनीय योगदानको उच्च कदर गर्दै राष्ट्रिय स्तरमा पुनः एक महत्वपूर्ण सम्मान तथा जिम्मेवारी प्राप्त गर्नुभएकोमा सम्पूर्ण खस समुदाय हर्षित र गौरवान्वित बनेको छ। ❤️🙏
भारतको राजधानी नयाँ दिल्लीस्थित Social Activist Welfare Association of Bharat (SAWAB) द्वारा आयोजित Mithila Meet–2026 (Founder Members' Summit) मा श्री एन. बी. पौड्याललाई Founder Member को रूपमा सम्मान गरिएको छ। उक्त कार्यक्रम ५ सेप्टेम्बर २०२६ मा दरभंगा, बिहारमा सम्पन्न भएको हो।
तिमी–आइफलटार, दक्षिण सिक्किम निवासी श्री पौड्यालले लामो समयदेखि सामाजिक सेवा, मानवता तथा जनहितका विभिन्न कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँले विशेषगरी निस्वार्थ सामाजिक सेवामार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै तिमी–तार्कु मात्र नभई सम्पूर्ण सिक्किमको नाम राष्ट्रिय स्तरसम्म पुर्‍याउनुभएको छ।
यस गौरवपूर्ण उपलब्धिले खस समुदायको शिर उच्च बनाएको महसुस गरिएको छ। एउटा साधारण व्यक्तिले आफ्नो निरन्तर मेहनत, समर्पण र निस्वार्थ सेवाको माध्यमबाट राष्ट्रिय पहिचान स्थापित गर्नु सम्पूर्ण समुदायका लागि प्रेरणाको विषय बनेको छ।
आज श्री एन. बी. पौड्यालले प्राप्त गर्नुभएको यो सम्मान केवल उहाँ व्यक्तिगत रूपमा सम्मानित भएको क्षण मात्र नभई तिमी–तार्कु, दक्षिण सिक्किम तथा सम्पूर्ण खस समुदायको सम्मान र गौरवको विषय हो। 🙏❤️
यस ऐतिहासिक तथा गौरवपूर्ण उपलब्धिका लागि श्री एन. बी. पौड्यालज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। उहाँको सामाजिक सेवाको यात्रा अझ सशक्त बनोस् र भविष्यमा अझ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल हुनुहोस् भन्ने कामना गर्दछौं। 🌹🏆
“समाजको सेवामा समर्पित हात कहिल्यै खाली हुँदैन, एक दिन त्यही सेवाले सम्मानको रूपमा सम्पूर्ण समाजलाई गौरवान्वित बनाउँछ।” ❤️
🙏 हार्दिक बधाई एवं शुभकामना!
🏆 जय खस समुदाय! जय समाज सेवा!
🇮🇳 हामी सबैलाई गर्व छ — हाम्रो आफ्नै एन. बी. पौड्यालमाथि!

अप्पर टिम्बोरबोङमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको शाखा गठन॥सोरेङ, ३१ अगस्त २०२६। अखिल सिक्किम खस छेत्री बाहुन...
31/08/2026

अप्पर टिम्बोरबोङमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको शाखा गठन॥
सोरेङ, ३१ अगस्त २०२६। अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ, सोरेङ शाखाको संगठन विस्तार अभियानअन्तर्गत ३० अगस्त २०२६ का दिन अप्पर टिम्बोरबोङमा संघको नयाँ शाखा गठन गरिएको छ।
अप्पर टिम्बोरबोङस्थित Mushroom Cultivation Centre को सभाहलमा आयोजित शाखा गठन कार्यक्रम संघका पूर्व कार्यकारिणी अध्यक्ष श्री वेनु लाल शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। सभाको सञ्चालन मङसरी शाखाका अध्यक्ष श्री चेत बहादुर बुढाथोकीले गर्नुभएको थियो।
कार्यक्रममा संघका उपाध्यक्ष श्री भरत छेत्रीले स्वागत मन्तव्य राख्दै सोही दिन मालबाँसे निवासी स्वर्गीय श्री सी. के. चौहानको शवयात्रा रहेकाले कार्यक्रम आयोजना गर्न आफूहरूलाई असहज भएको बताउनुभयो। तर पूर्वनिर्धारित कार्यक्रमको समय परिवर्तन गर्न सम्भव नभएकाले सभा आयोजना गर्नुपरेको स्पष्ट पार्दै उहाँले स्वर्गीय चौहानप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकहरूप्रति क्षमायाचना गर्नुभएको थियो।
सभालाई सम्बोधन गर्दै अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका अध्यक्ष श्री नेरु पाण्डेले संगठनको आवश्यकता, जातीय पहिचान, सामाजिक एकता तथा समुदायको हितका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो। उहाँले संगठनलाई केवल नाममा सीमित नराखी समुदायका सदस्यहरूको सुख–दुःखमा साथ दिने, आपसी सहयोग बढाउने र भावी पुस्ताका लागि सामाजिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी संघका महासचिव श्री बी. पी. नेपाल, अप्पर टिम्बोरबोङका माननीय पञ्चायत सदस्य श्री कमल चालिसे, पूर्व शिक्षक तथा जाति र समाजप्रति समर्पित समाजसेवी श्री डी. बी. पौड्याललगायतले सम्बोधन गर्दै संघको उद्देश्य, संगठन विस्तार, सामाजिक एकता तथा समुदायको समग्र उत्थानका विषयमा आफ्ना विचारहरू राख्नुभयो।
सभाले अप्पर टिम्बोरबोङ क्षेत्रमा संघको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले सर्वसम्मतिबाट सल्लाहकार तथा कार्यकारिणी समिति गठन गरेको छ।
सल्लाहकार समिति
प्रमुख सल्लाहकार:
१. श्री सी. पी. शर्मा
सल्लाहकारहरू:
१. श्री कमल चन्द्र दाहाल
२. श्री रोधन शर्मा
३. श्री एन. पी. दाहाल
४. श्रीमती कमला शर्मा
५. श्री पी. सी. दाहाल
६. श्रीमती पुष्प दाहाल
७. श्री ओ. पी. दाहाल
८. श्री डिल्ली राम शर्मा
९. श्री डिक वीर पौड्याल
१०. श्रीमती पुष्प शर्मा
कार्यकारिणी समिति
१. अध्यक्ष: श्री कमल भट्टराई
२. उपाध्यक्ष: श्री प्रकाश शर्मा
३. सचिव: श्री एल. पी. दाहाल
४. सह-सचिव: श्री भुपेन्द्र दाहाल
५. कोषाध्यक्ष: श्री कृष्ण प्रसाद शर्मा, श्रीमती नैन शर्मा
६. प्रचार–प्रसार सचिव: श्री सूर्य चन्द्र दाहाल, सुश्री भावना शर्मा
नवनिर्वाचित कार्यकारिणी समितिले संघको उद्देश्य र विधानअनुसार संगठनलाई थप मजबुत बनाउँदै सामाजिक एकता, आपसी सहयोग, जातीय उत्थान तथा समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्त्यमा सह-सचिव श्री भुपेन्द्र दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभाव, स्थानीयवासी, संघका पदाधिकारी तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले नवगठित अप्पर टिम्बोरबोङ शाखाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दै शाखाले संघको उद्देश्यलाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

Dear Khas familyContinuing the practice of reaching out to grassroots, our family members from Rhenock constituency carr...
31/08/2026

Dear Khas family

Continuing the practice of reaching out to grassroots, our family members from Rhenock constituency carries out a meeting yesterday to further strengthen our community activities.

Engagements like these go a long way in furthering the cause of our community and strengthening it further.

Let’s all work towards the betterment of our community.

Dear Khas familyWe are happy to share that one of our family members Ms. Anu Chhetri  has been selected to represent Sik...
30/08/2026

Dear Khas family

We are happy to share that one of our family members Ms. Anu Chhetri has been selected to represent Sikkim at the 69th National Shooting Championship in the 10m Air Pistol category under the guidance and direction of Shri. Sanjay Budathoki, President of the Sikkim Rifle Association and Founder of Shooting Sports in Sikkim.

We wish her the best in the times to come and once again congratulate her and Sikkim Rifle Association the best for grooming future Olympic athletes.

Team Khas

पूर्व सिक्किम गान्तोक जिल्ला, मार्तम रुम्तेक निर्वाचन क्षेत्र  अन्तर्गत  छुजा निवासी पिता स्वर्गीय पर्शु राम बस्नेतका पु...
21/08/2026

पूर्व सिक्किम गान्तोक जिल्ला, मार्तम रुम्तेक निर्वाचन क्षेत्र अन्तर्गत छुजा निवासी पिता स्वर्गीय पर्शु राम बस्नेतका पुत्र स्वर्गीय खर्क सिंह बस्नेतले ९७ वर्षको उमेरमा आफ्नो पाँच भौतिक शरिर गत ता: ०९/०८/२०२६ को दिन त्याग्नु भयो। आज खस बन्धुद्वारा संवेदना पत्र प्रदान गरिएको छ।

Dear Khas familyWith your guidance and blessings we have been able to reach out to our family members in need. Today mem...
21/08/2026

Dear Khas family

With your guidance and blessings we have been able to reach out to our family members in need. Today members of Team Khas reached out to a family in Tareythang who has recently lost their mother. The family of two daughters have lost their father some years ago and today through the association we assured of some support in whatever ways possible to the two daughters.

It is during these times we need to be with each other and hopefully with all your blessings we would be able to assist the two sisters in the days to come.

Team Khas

Address

Gangtok
737102

Alerts

Be the first to know and let us send you an email when Khas Sikkim, official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share