29/06/2024
#के_तपाईलाई_थाहा_छ_किन_खाइन्छ_असार_१५_मा_दही_चिउरा ????
:::::::::::::::::::
असार १५ भन्नेबित्तिकै आँखा अघि एउटा तस्बीर खडा भइहाल्छ– रोपाईँमा हिलोसँगै समाउने या दही चिउरा खाने । कतिपय ठाउँमा यसअघि नै रोपाईँ सुरु भइसकेको अवस्था भएपनि असार १५ कै दिन रोपाईँ गर्नुको महत्व बेग्लै छ । हिलोमा रमाउँदै धान रोप्नुको जति महत्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्व छ ।
दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ । तर, यो पम्पराको सुरुवात कहिलेदेखि सुरु भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ ।
संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दहि चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिस्कृत हुँदै रोपाईमा मात्रै नभएर घरघरमै खाने चलन बसेको हो । यद्यपी यसको सुरुवात कहिले भयो भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन ।
हाम्रो समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक भएको कतिपयको बुझाई छ ।
पछिल्ला वर्षहरुमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरुमा विकास भइरहेको छ । यही भएर शहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिएको छ ।
ग्रामिण क्षेत्रमा किषकहरुले आफ्नै घरमा दुधालु पशुपालन गर्ने र नभएका हरुले पनि छरछिमेकबाट मागेरै भएपनि परिवारका साथ होस् या रोपाईँमा आलीको डिलमा बसेर होस् दही चिउरा खाएर मनाउँने गरेका छन् । तर सहरी क्षेत्रमा पशुपालन र खेतीपाती पनि कम हुने भएकाले परम्परा धान्नकै लागि व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भएपनि दहि चिउरा खाने गरेका गरिएको छ ।
असार १५ मा किन दही चिउरा खाइन्छ ?
माथि उल्लेख गरिएझैं दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ । भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर !’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , आदी खाइने परम्परा छ । यि सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यि सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ ।
अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ । यसै पनि गर्मी र बाफिलो मौसम