CRS-Radio Kanchenjunga 91.2 FM

CRS-Radio Kanchenjunga 91.2 FM "Welcome to Sikkim's first community radio station!

Embracing local talent, culture, agriculture, news, and advertisements, we're the heartbeat of our community,stay connected with all that's happening in our beautiful region.

Chiwabhanjyang 🇮🇳🌲🙏On the occasion of the 79th Independence Day of the Nation, the soldiers at the Chiwabhanjyang check ...
16/08/2025

Chiwabhanjyang 🇮🇳🌲🙏
On the occasion of the 79th Independence Day of the Nation, the soldiers at the Chiwabhanjyang check post on the India–Nepal border also celebrated Independence Day in the presence of Sikkim Armed Police, Sashastra Seema Bal, and members of civil society including representatives from The Himalayan Foundation.

16/08/2025

मिडल लुङजिकका आईतमान राईलाई पोल्ट्री व्यवसायमार्फत आत्मनिर्भर बनाउने पहल

गेजिङ – आत्मनिर्भर समाज निर्माणको उद्देश्यसहित मिडल लुङजिक निवासी आईतमान राईलाई पोल्ट्री व्यवसायमा प्रोत्साहन गर्ने कार्य सुरू भएको छ।

यस अभियानमा विशेषगरी माननीय विधायक श्री सुदेस कुमार सुब्बा ज्यूको सहयोग, लामा गाउँ युवा एसोसिएशनका सभापति भानु गुरूङको अगुवाइ, साथै विभिन्न मनकारी महानुभावहरूको आर्थिक र शारीरिक सहयोग रहेको छ।

सहयोगी हातहरू मिलेर बनेको यस अभियानअन्तर्गत पोल्ट्री खोर निर्माण गरी आईतमान राईलाई १०० वटा चल्ला प्रदान गरिने भएको छ। यस कदमले उहाँलाई आयआर्जनमार्फत आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अपेक्षा लिइएको छ।

16/08/2025

,,,,दु:खद खबर,,,

भर्खरै प्राप्त जानकारी अनुसार
मानेबुङ–देन्ताम क्षेत्रका माननीय विधायक श्री सुदेश कुमार सुब्बा मातृशोकमा हुनुहुन्छ।
वहाँकी पूज्यनीय आमाको केही समयदेखि उपचार भइरहेकोमा आज दु:खद निधन भएको छ। यस अपूरणीय क्षतिमा हामी गहिरो समवेदना प्रकट गर्दछौँ।
स्व. आमाको आत्माले शाश्वत शान्ति पाओस्। 🙏

16/08/2025

Happy Krishna Janmashtami 2025:
परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे-युगे॥
(पुण्य पुरुषको कल्याण र दुष्टको नाश र धर्मको स्थापनाको लागि म (श्रीकृष्ण) युगौं युगमा जन्म लिइरहेको छु ।)

भगवान कृष्णको जन्म द्वापर युगमा भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा हर्षन योग र रोहिणी नक्षत्रमा भएको थियो। यो दिन श्री कृष्ण जन्माष्टमी वा श्री कृष्ण जयंती को रूप मा मनाईन्छ। यस बर्ष श्री कृष्ण जन्माष्टमी को महान पर्व 16 अगस्त शनिवार परेको छ । यो पुण्य तिथिमा, बाल गोपाल भगवान कृष्णको देश भरमा पूजा गरिन्छ । मानिसहरु भजन र कीर्तनहरु मन्दिरहरु र घरहरुमा व्रत राखी ,मुथ्रामा श्री कृष्ण जन्माष्टमीको उत्सव सारा संसार को ध्यान आफै लाई आकर्षित पारेर गर्दछन । रास राचैया, माखन चोर, कृष्ण कन्हैया, नन्दकिशोर, बाल गोपाल, जसलाई श्री कृष्णको जन्मजयन्ती जस्ता धेरै नामले पुकारिन्छ, जताततै उल्लास र हर्षको वातावरण छ। यस बर्ष, श्री कृष्ण जन्माष्टमीको अवसरमा, म मेरा आफ्ना प्रियजनहरु, साथीहरु, परिवार र शुभचिन्तकहरुलाई बधाई र शुभकामना पठाइरहेको छु ताकि सबैलाई भगवान श्री कृष्ण द्वारा आशीर्वाद पाउन सकून्। वहाँहरुको जीवनमा खुशी र उल्लास होस्, खुशी आउन सकोस् । हुन त आज द्वारिका धिस कृष्णको महिमा गर्नलाइ हजार जिब्रा भएको शेस नागले त सकेको छैन भने थोरै मात्रमा भगवान्को परिचय यहाँ गराइएको छ।
जन्माष्टमीको पर्व हिन्दू क्यालेन्डर अनुसार जन्माष्टमी भद्र महिना कृष्ण पक्षको अष्टमी तिथिमा मनाइन्छ।
यस बर्ष तपाइँ हर्षन योग जन्माष्टमीको पर्व मनाउन सक्नुहुन्छ। ज्योतिष शास्त्र अनुसार यो योग शुभ र शुभ मानिन्छ।। यो योगमा गरेको काममा सफल प्राप्त हुन्छ भन्ने विस्वास छ । पूजा विधि, सामाग्री सूची, मुहूर्त, महत्व र जन्माष्टमी को कथा जान्नुहोस्।
जन्माष्टमी पर्व को महत्व: मनीषारु यस दिन उपवास बसेर भजन र कीर्तन गर्छन् ।विधिवत भगवान श्री कृष्णको पूजा गर्नुहोस्। भगवान कृष्णको जन्मको कथा सुन्नु ,सुनाउनु उत्तम हो ।घर सजावट। यस दिन, कृष्ण जी को मन्दिर एक फरक सफाइ गरेर पुजा अर्चना गर्नु । भगवान कृष्ण मध्यरातमा जन्मेका थिए। यस दिन बाल गोपाललाई पूजा सामग्री: काकडी, मह, पहेलो वा रातो रंगीन कपडा, दूध, दही, एक सफा चौकी, पंचामृत, गंगाजल, बाल कृष्ण की मूर्ति, चंदन, धूप, लाठी, धूप काठी, बरकरार, मक्खन, चिनी कैंडी, तुलसीको पात, रायआदिले आनन्दले
पूजा गरौं । यस दिन, बाल गोपाललाई तपइन्को छोरको रुपमा सेवा गरनुहोस, लड्डू र खीर प्रदान गर्नु । रात को लगभग १२ बजे, नियम अनुसार बिधिपुर्वक भगवान कृष्णको पूजा गरौं ।
इच्छाहर पूर्तिकालागि ,
भगवान कृष्ण को मूल मन्त्र
*कृ कृष्णाय नमः*"
धनबडाउने मन्त्र
क्ली ग्लौ क्ली श्यामलांगाय नम :
"स्वच्छ उदास स्वच्छ श्यामलांगय नमः"
"ओम नमो भगवते नन्दपुत्रे आनन्दपुष्प गोपीजनवल्लभाई स्वाहा" आदि थप कुराहरू श्रीमद्भागवत महापुराण , गिता ,उपनिषद्आदिमा पाइन्छ।

16/08/2025

गहिरो शोकसहितको जानकारी

हामी अत्यन्त दुःखका साथ जानकारी गराउँछौँ कि ०३ मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रका माननीय क्षेत्र विधायक श्री सुदेश कुमार लिम्बूकी ममतामयी आमा स्व. रत्तन माया लिम्बूको आज दीर्घकालीन अस्वस्थतापछि दुःखद निधन भएको छ।
उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण, भोलि उहाँकै निवास, हि- केङबारी परिसरको
माने डाँडामा सम्पन्न गरिनेछ।
यस अपूरणीय क्षतिप्रति हामी गहिरो समवेदना प्रकट गर्दै, दिवंगत आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दछौँ। 🙏

16/08/2025

मानेबुङ–देन्ताममा ७९औँ स्वतन्त्रता दिवस भव्यतासाथ सम्पन्न, विकासका महत्वपूर्ण घोषणाहरू।

ताली र हाँसोको स्वरमा गुन्जिएको वातावरण,प्रत्येक अनुहारमा उत्साह र आशा,७९औँ स्वतन्त्रता दिवसको अवसरमामानेबुङ–देन्तामको म...
15/08/2025

ताली र हाँसोको स्वरमा गुन्जिएको वातावरण,
प्रत्येक अनुहारमा उत्साह र आशा,
७९औँ स्वतन्त्रता दिवसको अवसरमा
मानेबुङ–देन्तामको मैदान आज
दिनको सम्झनामा अमर।

पुरुष खुला फुटबल उपाधि देन्ताम प्रहरीको नाममामानेबुङ–देन्ताम —७९औँ स्वतन्त्रता दिवस तथा सिक्किमको ५०औँ राज्य स्थापना वर्...
15/08/2025

पुरुष खुला फुटबल उपाधि देन्ताम प्रहरीको नाममा

मानेबुङ–देन्ताम —
७९औँ स्वतन्त्रता दिवस तथा सिक्किमको ५०औँ राज्य स्थापना वर्षको अवसरमा आयोजित पुरुष खुला फुटबल प्रतियोगिताको फाइनलमा देन्ताम प्रहरीले 2nd IRBn पिप्लेलाई टाइब्रेकर पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ।

सार्वजनिक खेलमैदानमा भएको रोमाञ्चक फाइनल खेल नियमित समयमा दुवै पक्षबाट गोलरहित बराबरीमा टुंगिएको थियो। दुवै टोलीले खेलभर उत्कृष्ट रक्षात्मक तथा आक्रमणात्मक प्रदर्शन गरे पनि निर्धारित समयमा कुनै गोल हुन सकेन।

निर्णायक टाइब्रेकरमा देन्ताम प्रहरीले शान्त र दृढ प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो। खेलको दौरान दुवै टिमका खेलाडीहरूले देखाएको अनुशासन, खेलभावना र उत्साहले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

उपाधि जितेपछि देन्ताम प्रहरीका खेलाडीहरूलाई ट्रफी र पुरस्कार प्रदान गरियो। यस जितसँगै देन्ताम प्रहरीले स्थानीय फुटबलमा आफ्नो बलियो उपस्थितिको पुष्टि गरेको छ।

सुरको शिखरमा उक्लिएका पाइलाहरू,तालको छायाँमा फुलिएका मुस्कानहरू,भेषभूषामा झल्किएको संस्कृति र गौरव,मानेबुङ–देन्तामको आजक...
15/08/2025

सुरको शिखरमा उक्लिएका पाइलाहरू,
तालको छायाँमा फुलिएका मुस्कानहरू,
भेषभूषामा झल्किएको संस्कृति र गौरव,
मानेबुङ–देन्तामको आजको फाइनल क्षणमा,
स्वतन्त्रताको धड्कन बनेर नाच्यो सम्पूर्ण जनमन। 💃🇮🇳

मानेबुङ–देन्ताममा ७९औँ स्वतन्त्रता दिवस भव्यतासाथ सम्पन्न, विकासका महत्वपूर्ण घोषणाहरू।गेजिङ,१५ अगस्ट - भारतको ७९औँ स्वत...
15/08/2025

मानेबुङ–देन्ताममा ७९औँ स्वतन्त्रता दिवस भव्यतासाथ सम्पन्न, विकासका महत्वपूर्ण घोषणाहरू।

गेजिङ,१५ अगस्ट -
भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा मानेबुङ–देन्ताम क्षेत्र देशभक्ति र उत्साहको रंगमा रंगियो। नागरिक उड्डयन तथा पर्यटन विभागका सल्लाहकार तथा क्षेत्रीय विधायक सुदेशकुमार सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहे। कार्यक्रमको सुरुवात राष्ट्रिय ध्वजारोहणपछि स्कुलका विद्यार्थी तथा एनसीसीको मार्चपास, पाइप ब्याण्ड प्रदर्शन र सांस्कृतिक प्रस्तुतीहरूले सार्वजनिक मैदान गुञ्जायमान बन्यो। राज्यपाल र मुख्यमन्त्रीको सन्देश क्रमशः महकुमा अधिकारी एन.के. कार्की र खण्ड विकास अधिकारी वाङ्दी छेरिङ भुटियाले वाचन गरे।
मुख्य अतिथि सुब्बाले सिक्किम राज्यको ५०औँ वर्षपूर्तिसँगै स्वतन्त्रता दिवसको विशेष महत्व उल्लेख गर्दै देन्ताम सार्वजनिक मैदानलाई करिब १०० करोड रुपैयाँ लागतमा विश्वस्तरीय खेलकुद परिसरका रूपमा विकास गर्ने घोषणा गरे। साथै, चिउवाभञ्ज्याङ सडकमार्फत भारत–नेपाल व्यापार मार्ग स्थापना, सिङ्सोर पुललाई ग्लास स्काइ वाक ब्रिजमा रूपान्तरण, देन्ताम स्वास्थ्य केन्द्रलाई सामुदायिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति, र लिम्बू सांस्कृतिक केन्द्रको दोस्रो चरण सुरु हुने जानकारी दिए।
सरकारी योजनाअन्तर्गत ‘आमा सशक्तिकरण योजना’बाट १,००० भन्दा बढी आमाले लाभ पाइसकेका छन् भने कार्यक्रममा ‘आमा सहयोग योजना’अन्तर्गत दुई आमालाई निःशुल्क एलपीजी सुविधा, र ‘श्रवण कुमार योजना’अन्तर्गत वृद्ध आमाबुबाको हेरचाह गर्ने नौ जनालाई जनही १ लाख रुपैयाँको चेक वितरण गरियो।
कार्यक्रममा देन्ताम महकुमा अन्तरगत विभिन्न बिभागका कर्मचारीलाई सम्मान जनाइएको थियो भने यहाँ सम्पन्न
दसदिने महोत्सव सफल बनाउन योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरियो। अन्त्यमा भएको फुटबल फाइनलमा देन्ताम प्रहरीले आईआरबीएन पिपल्सलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै बिजय दललाई रु चार लाख र उपबिजय दललाई तिन लाखको उपाधि जित्यो।
यस वर्षको मानेबुङ–देन्ताम स्वतन्त्रता दिवस केवल उत्सव मात्र नभई स्थानीय गौरव, युवा प्रतिभा र भविष्यका विकास योजनाको ऐतिहासिक घोषणा स्थल बनेको छ।

15/08/2025

Address

Gyalshing

Telephone

+919434461049

Website

Alerts

Be the first to know and let us send you an email when CRS-Radio Kanchenjunga 91.2 FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CRS-Radio Kanchenjunga 91.2 FM:

Share