Laika Khabar

Laika Khabar www.laikakhabar.com is Nepali e-newspaper - it's what's happening in ... Nepal.
(3)

नेपाली राजनीति, समाज, बजार, समाचार, कला, साहित्य, मनोरञ्जन, खेलकुद, दृष्टिकोण, समीक्षा, सुविधाहरू, ब्लग, अडियो र भिडियो सामग्रीको अनलाइन ठेगाना www.laikakhabar.com

प्यूठानमा जोत्दै गरेको गोरु हिँड्न नसकेर बसेपछि उक्त गोरुको नाक, मुख माटोमा गाडी कुटपिट गरी भिडियो बनाएर सामाजिक सञ्जालम...
04/06/2026

प्यूठानमा जोत्दै गरेको गोरु हिँड्न नसकेर बसेपछि उक्त गोरुको नाक, मुख माटोमा गाडी कुटपिट गरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने जालिराम थापा मगरलाई प्रहरीले प’क्राउ गरेको छ।

04/06/2026

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलान, नख्खु कारागार लगिने

काठमाडौंमा वैदेशिक रोजगारीको नाममा लाखौँ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २६ वर्ष...
04/06/2026

काठमाडौंमा वैदेशिक रोजगारीको नाममा लाखौँ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २६ वर्षीय निमा तामाङ, २४ वर्षीय बिबेक साह, ५२ वर्षीय उज्वल कुमार थापा र ३५ वर्षीय खेम बहादुर बस्नेत रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रकम असुलेका थिए।

पक्राउ परेकामध्ये निमा तामाङले फ्रान्स पठाइदिन्छु भन्दै एक जना पीडितबाट २२ लाख ८५ हजार रुपैयाँ ठगी गरेका थिए। त्यस्तै बिबेक साहले जर्जिया र माल्टा पठाइदिन्छु भन्दै दुई जनाबाट ६ लाख ३५ हजार रुपैयाँ उठाएका थिए। अर्का आरोपी उज्वल कुमार थापाले हंगेरी र रोमानिया पठाइदिने बहानामा दुई जनाबाट ९ लाख ६२ हजार र खेम बहादुर बस्नेतले फ्रान्स पठाइदिन्छु भन्दै एक जनाबाट ८ लाख रुपैयाँ ठगी गरेका थिए।

रकम लिएर आरोपीहरू सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमध्ये निमा र बिबेकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। त्यस्तै, उज्वल र खेम बहादुरलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
तस्बिर : सांकेतिक

04/06/2026

वडा कार्यालयमा रक्सीका बोत्तल, मोजमस्तीमा अध्यक्ष र पालिका प्रशासन प्रमुख
मर्यादाको धज्जी, आजित भएपछी सेवाग्राहिले बनाए भिडियो
रंगेहात प्रमाणसहितको खुलासा, भिडियो हेर्नुहोस्—सत्य आफैं बोल्छ

राप्रपा छोडेका धवलशमशेर राणाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।
04/06/2026

राप्रपा छोडेका धवलशमशेर राणाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।

सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौँ दिनमा भेटिनुभएको छ ।जेठ १५ गते शुक्रवारदे...
04/06/2026

सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौँ दिनमा भेटिनुभएको छ ।
जेठ १५ गते शुक्रवारदेखि हराइहेका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रको डोरी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा आज बिहान घिस्रँदै गरेका उहाँलाई फेला पारेका हुन् । शेर्पाको खोजीमा हिजो हेलिकोप्टर पनि परिचालन भएको थियो । तर फेला पार्न सकेको थिएन ।

04/06/2026

महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
हेर्नुहाेस कमेन्टमा

04/06/2026

राप्रपा त्याग्दै धवलशमशेरको घोषणा: नयाँ राष्ट्रवादी पार्टी खोल्ने, मुख्य लक्ष्य राजासहितको हिन्दु राष्ट्
थप विवरण कमेन्टमा

परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र द्रुत आर्थिक विकासलाई मुख्य कार्यसूची बनाएर अघि बढिरहेक...
04/06/2026

परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र द्रुत आर्थिक विकासलाई मुख्य कार्यसूची बनाएर अघि बढिरहेको स्पष्ट पारेका छन्।

ललितपुरमा बिहीबार आयोजित विकाससम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धि र परिवर्तनप्रतिको नागरिक अपेक्षालाई सम्बोधन गर्न सबै सरोकारवाला पक्षबीच समन्वय आवश्यक रहेको बताए।

मन्त्री खनालका अनुसार दिगो विकास र राष्ट्रिय रूपान्तरणका लक्ष्य हासिल गर्न परम्परागत कार्यशैलीभन्दा बाहिर निस्केर नयाँ दृष्टिकोण र प्रभावकारी रणनीति अपनाउनुपर्ने आवश्यकता छ।

उनले विकास साझेदारीलाई दीर्घकालीन र परिणाममुखी बनाउनेतर्फ सरकार केन्द्रित रहेको पनि उल्लेख गरे।

उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहकार्यलाई राष्ट्रिय हित अनुकूल उपयोग गर्दै नेपालको प्राथमिकता र आवाजलाई क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकार सक्रिय रहेको जानकारी दिए।

मन्त्री खनालले नागरिकका आकांक्षा परिवर्तन हुँदै गएको उल्लेख गर्दै ती अपेक्षालाई पूरा गर्न नयाँ ऊर्जा र आधुनिक कार्यशैली आवश्यक रहेको धारणा राखे।

उनले सरकार एआइएनसँग सहकार्य विस्तार गर्दै साझा विकास लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको पनि बताए।

त्यस्तै, स्थानीय सरकारलाई सबल बनाइए मात्र सामाजिक संस्थाहरूको कार्य प्रभावकारी हुने भन्दै उनले समन्वयात्मक शासन प्रणालीमा जोड दिए।

विकास साझेदार संस्थाहरूले नेपालको दिगो शान्ति, विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

04/06/2026

जाजरकोटको कुदुमा जडान गरिएका ८ थान सीसीटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण थप विवरण कमेन्टमा ।

Address

Borendranagar 4 Surkhet
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Laika Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laika Khabar:

Share