Jhyaal Online

Jhyaal Online गणतान्त्रिक मूल्य रक्षार्थ निर्भिक आ

मिरिक झिलमा साथीलाई बचाउने क्रममा साहिल राईको डुबेर मृत्यु ।हिजो लक्ष्मी पूजाको राती मिरिक झिलमा एउटा दु:खद घटना घट्यो। ...
21/10/2025

मिरिक झिलमा साथीलाई बचाउने क्रममा साहिल राईको डुबेर मृत्यु ।

हिजो लक्ष्मी पूजाको राती मिरिक झिलमा एउटा दु:खद घटना घट्यो।
थुर्बो एलडी बहादुर गाउँका 22 वर्षीय साहिल राईले झिलमा डुबेका मिरिक बजारका आफ्ना साथी सदिप दर्जीलाई बचाउने क्रममा ज्यान गुमाए। साहिल राईले आफ्नो साथीलाई बचाउन पानीमा हाम फाले र बेपत्ता भएका थिए।

वाङदुप शेर्पा केन्द्रीय सशस्त्र प्रहरी बल (CAPF) मा सब–इन्स्पेक्टरको रूपमा नियुक्तउशन शेर्पा र सिशाम चाम्लिङका छोरा तथा ...
20/10/2025

वाङदुप शेर्पा केन्द्रीय सशस्त्र प्रहरी बल (CAPF) मा सब–इन्स्पेक्टरको रूपमा नियुक्त

उशन शेर्पा र सिशाम चाम्लिङका छोरा तथा रङपो डिभिजनका बासिन्दा वाङदुप शेर्पा (कुशल) लाई केन्द्रीय सशस्त्र प्रहरी बल (CAPF) मा सब–इन्स्पेक्टरको रूपमा नियुक्त भएका छन्।

एल.बी.एस. विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरी, त्यसपछि SUMI र पछि कलकत्ता विश्वविद्यालयमा अध्ययन जारी राखेका थिए। उनको कडा परिश्रम, समर्पण र दृढ संकल्पले आज सफलता दिलाएको छ, जसले सम्पूर्ण रङपो डिभिजनलाई गौरव र खुशीले भरिएको छ।

उनको यो उपलब्धि सम्पूर्ण युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ, जसले आफ्नो सपना उत्साह र दृढ निश्चयका साथ पछ्याउन उत्प्रेरित गर्दछ।

19/10/2025

कवि राकेश क्रान्तिकारीको पहिलो कविता सङ्ग्रह 'अनाम प्रेमिका' लोकार्पण

18/10/2025

भाषाको मुद्दा न्यायालयले कहिल्यै समाधान गर्न सक्दैन - प्रा : सञ्जय विष्ट Part 1

कवि राकेश क्रान्तिकारीको कविता सङ्ग्रह 'अनाम प्रेमिका' लोकार्पणगत १८ अक्टोबर शनिबारको दिन कालेबुङस्थित गोर्खा दुख निवारक...
18/10/2025

कवि राकेश क्रान्तिकारीको कविता सङ्ग्रह 'अनाम प्रेमिका' लोकार्पण

गत १८ अक्टोबर शनिबारको दिन कालेबुङस्थित गोर्खा दुख निवारक भवनमा एक भव्य कार्यक्रम बीच कवि राकेश क्रान्तिकारीको प्रथम कविता संग्रह "अनाम प्रेमिका" को विमोचन सम्पन्न भयो। कार्यक्रममा विभिन्न संस्थाका बौद्धिक व्यक्तित्वहरू, कवि साहित्यकारहरू, कालेबुङ महाविद्यालयका प्राचार्य एवम् विद्यार्थीहरू साथै नेपाली साहित्यका गम्भीर पाठकहरूको उपस्थिति थियो।

कार्यक्रमको सुरुवात कविता वाचनबाट गरिएको थियो। कवि भुमिका राई, प्रणय दाहाल, एकान्त प्रेमी, पुकार पारदर्शी, मनोज बोगटीले उत्कृष्ट कविता वाचन गरेँ।

वरिष्ठ कवि सुधीर छेत्री र टीका भाइले प्रकाशित कविता सङ्ग्रहमाथी छोटो तर गम्भीर वक्तव्य राखेका थिएभने प्रकाशक छेवाङ योन्जनले किताब प्रकाशन बारे रोचक मन्तव्य प्रकट गरे।

उपस्थित अतिथिहरू कवि भिमा राई तोलछा, कवि योगिता राई, कवि सुधीर छेत्री अनि कथाकार प्राचार्य सन्जय विष्टद्वारा कविता संग्रह "अनाम प्रेमिका" को बिमोचन गरियो। अन्त्यमा प्राचार्य सन्जय विष्टले "भाषाको भाष्य" शीर्षकमा आफ्नो गहकिलो मन्तव्य राखेँ।

राष्ट्रिय राजमार्ग 10 खोलिए पनि व्यापक जाम
17/10/2025

राष्ट्रिय राजमार्ग 10 खोलिए पनि व्यापक जाम

हराएको सुचना। कालेबुङ याङमाकुम ग्राम पञ्चायत अन्तर्गत पर्ने जरायोटार सिमलडाँडा निवासी तेज बहादुर राईकी छोरी शर्मीला राई ...
16/10/2025

हराएको सुचना।

कालेबुङ याङमाकुम ग्राम पञ्चायत अन्तर्गत पर्ने जरायोटार सिमलडाँडा निवासी तेज बहादुर राईकी छोरी शर्मीला राई गत 13 अक्टोबर 2025 सोमबारको दिन समय बिहान 8 बजे देखि निखोज बनेकी छिन्।
सालुगडा बजार जान्छु भनेर घरबाट निस्केकी शर्मीला राईको सोमबार दिउँसो दुइ बजेसम्म फोन लागिरहेको थियो तर आज सम्म पनि सम्पर्क हुन नसक्दा परिवारले स्थानीय पुलिस चौकीमा पनि सुचना दिई सकेको छ।।
हजुरहरुले शर्मीलालाई कहि कतै देख्नु भएमा तल दिएको नम्बरमा सम्पर्क गरीदिनु होस।
फोन नम्बर-
7797905209
9339526560
8293504903

हाइवे 10 : गेल खोला छेउ सडक चौडादार हुँदै
16/10/2025

हाइवे 10 : गेल खोला छेउ सडक चौडादार हुँदै

सिलगुढी जङ्गसनमा एकजना सेना जवानको मृत्युआज बिहान सिलिगुडी जंक्शन नजिक एक जना सशस्त्र सीमा बल (एसएसबी) का जवानको शव फेला...
15/10/2025

सिलगुढी जङ्गसनमा एकजना सेना जवानको मृत्यु

आज बिहान सिलिगुडी जंक्शन नजिक एक जना सशस्त्र सीमा बल (एसएसबी) का जवानको शव फेला परेको छ। मृतकको परिचय सिक्किमको पाक्योंगस्थित एसएसबीको ६९औं बटालियनमा कार्यरत जवानका रूपमा भएको पुष्टि गरिएको छ।

स्थानीय प्रहरी र एसएसबी अधिकारीहरूले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। शवलाई पोष्टमार्टमका लागि पठाइएको जानकारी छ।

उरमाललाई मदन पुरस्कारले सम्मानित गर्दा, संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ - कुन्द दीक्षितकाठमाडौ: 12 अक...
13/10/2025

उरमाललाई मदन पुरस्कारले सम्मानित गर्दा,
संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ - कुन्द दीक्षित
काठमाडौ: 12 अक्टोबर,
नेपाली साहित्य जगतको प्रतिष्ठित मदन पुरस्कार आज विशेष कार्यक्रम बीच आख्यानकार छुदेन काविमोलाई प्रदान गरेको छ। काठमाडौं, ललितपुरमा अवस्थित कमलमणी थिएटरमा मदन पुरस्कार गुठीले पुरस्कार समर्पण समारहको आयोजना गरेर आख्यानकार काविमोलाई उनको आख्यान "उरमाल" को लागि मदन पुरस्कार प्रदान गरेको हो।
पुरस्कार अलंकार समारोहमा प्रा.डा. वीणा पौड्याल, जगदम्बा-श्रीबाट सम्मानित प्रेमदेव गिरी, मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षित, उपाध्यक्ष कल्पना पराजुली लगायतका आमन्त्रित अतिथहरू उपस्थित थिए। गुठीका अध्यक्षबाट आख्यानकार काविमोलाई पुरस्कार अर्पण गरिएको थियो। उनलाई प्रशस्ति पत्र, खदा-माला साथै 4 लाख नेपाली नगद राशी प्रदान गरेर पुरस्कार अर्पण गरिएको थियो।
मदन पुरस्कारद्वारा सम्मानित उरमालका स्रष्टा छुदेन काविमोले समारोहलाई सम्बोधन गर्दै भने, "साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्छ भन्ने कुरामा म सधैं विश्वास गर्छु । त्यही विश्वासकै कारण हो, उरमालमा पनि मैले शोषित र वञ्चितहरूकै पीडालाई लेख्ने कोसिस गरेको छु। यसले मदन पुरस्कार पाउँदा त्यो आवाज अरु मुखर भएको अनुभव मैले गरेको छु। त्यति मात्रै होइन, मदन पुरस्कार गुठीले कसरी विश्वभरि लेखिने नेपाली साहित्यको स्वरलाई सुनिदिन सकेको छ, कसरी एउटा अलग भूगोलको संवेदनालाई आत्मसात् गर्न सकेको छ, त्यसको प्रमाणको रूपमा पनि मैले यसलाई लिएको छु। वर्षोंपछि फेरि एकचोटि पूरै भारतेली नेपाली साहित्य पुरस्कृत भएको आभास यसचोटि मैले गरेको छु।"
साहित्यिक कर्म बारे बोल्दै उनले भने, "साहित्यको काम के हुन्छ? हरेकचोटि लेख्नु अघि म आफैले आफैलाई सोध्ने गर्छु। तब मभित्रको एउटा मान्छे मुसुक्क मुस्कुराउँछ र भनिरहन्छ, 'मान्छे भित्रको मान्छेलाई बचाइ राख्नु हो।' हरेक मान्छे भित्र एउटा मान्छे हुन्छ, जो एकदम नादान हुन्छ। उसमा छलकपट हुँदैन। जहिले केटाकेटी मैं लुकामारी खेलिरहन्छ। र, त्यो मान्छे संसारका हरेक मान्छेभित्र धेरथोर हुन्छै, हुन्छ।
हरेक मान्छे भित्र हुने त्यो अवोध मान्छेलाई कसरी र कसले सधैंभरि बचाइराख्न सक्छ त? त्यो काम केवल साहित्यले मात्रै गर्न सक्छ। त्यही भएर म लेखिरहन चाहन्छु, मैले लेखेको कथाले दुईचार मान्छेभित्रको मान्छेलाई बचाइराख्न सकोस्, म संसारको सबैभन्दा सन्तुष्ट लेखक भइहाल्नेछु।"
मदन पुरस्कार गुठीले उरमाल मार्फत् पूरै भारतेली नेपाली साहित्यलाई नै सम्मानित हुने अवसर प्रदान गरेकोमा उनले आभार व्यक्त गरे। उनले तमाम नेपाली पाठकलाई धन्यवाद दिँदै भने, "पाठकहरूले मेरो लेखनीलाई प्रेम दिएर जहिले पनि नयाँ उत्साह थपिरह्यो।"
समारोहमा मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षितले सम्बोधन राखेका थिए। आफ्नो सम्बोधनमा उनले दार्जीलिङको साहित्यिक सेरोफेरोलाई सम्बोधन गर्दै भने, "छुदेन काविमोज्यू, यहाँको पुस्तक उरमाललाई मदन पुरस्कारबाट सम्मानित गर्न पाउँदा हामीलाई संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ। यहाँ म मदन पुरस्कारबाट सम्मानित पारसमणि प्रधानजी, फादर विल्यम बर्कजीलाई सम्झन्छु।" पारसमणी प्रधानलाई मदन पुरस्कार अर्पण गरेको प्रसङ्गबारे सम्झना गर्दै उनले थप भने, "पारसमणिजीलाई २०२७ सालमा मदन पुरस्कार सम्मान अर्पण गर्न दार्जीलिङ पुग्दा म १५ वर्षको थिएँ। रानी जगदम्बा, दादा कमल दीक्षित र आमा अञ्जु दीक्षितसँगै गएर समारोहमा बसेको धमिलो सम्झना बाँकी नैछ।" आख्यान उरमालको विशेषता बारे बोल्दै उनले भने, "छुदेनजी, यहाँको उरमालले 'चिया' पछाडिको दुःखको कथा भनेको छ तर विडम्बना हामी त्यही दुःखबाट टुसाएको 'चिया'ले बाँधिएका छौँ। यहाँको लेखनीले निरन्तरता पाइरहोस्। यहाँको कथा-व्यथाले धर्ती छोइरहोस्। धर्तीप्रति समर्पित सबैमा सम्मान। यहाँलाई बधाई र स्वागत।" नेपाली भाषामा कुराकानी गर्ने, लेख-पढ गर्ने, यसलाई माया गर्ने तथा प्रोत्साहन गर्ने नेपाली र गैर-नेपालीमातृभाषी सबैप्रति उनले हार्दिक आभार व्यक्त गरे।
मदन पुरस्कार समर्पण समारोहकै अवसरमा आज प्रेमदेव गिरीलाई लोकभाका सङ्कलन र संरक्षण तथा लोकवाद्य, सङ्गीत र नाट्य क्षेत्रमा उनले पुर्याएको महत्वपूर्ण योगदानलाई मूल्यांकन गर्दै जगदम्बा - श्री पुरस्कार अर्पण गरिएको थियो। समारोहमा प्रा.डा. वीणा पौड्यालले विद्वद् प्रवचन गरेकी थिइन्। गुठीका उपाध्यक्ष कल्पना पराजुलीबाट धन्यवाद ज्ञापन साथै सभा विसर्जन गरिएको थियो।

हाइवे 10 मा भ्वाङ पऱ्यो29 माइल र गेलखोला बीचको ठाउँमा एनएच १० सडकको लगभग तीन चौथाई भाग भासिएको छ।हाल सडक आवागमनका लागि ब...
09/10/2025

हाइवे 10 मा भ्वाङ पऱ्यो

29 माइल र गेलखोला बीचको ठाउँमा एनएच १० सडकको लगभग तीन चौथाई भाग भासिएको छ।
हाल सडक आवागमनका लागि बन्द छ।

दार्जिलिङमा पैह्रोले मृत्यु हुनेको सङ्ख्या 23 पुग्यो
05/10/2025

दार्जिलिङमा पैह्रोले मृत्यु हुनेको सङ्ख्या 23 पुग्यो

Address

Kalimpong

Alerts

Be the first to know and let us send you an email when Jhyaal Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhyaal Online:

Share