Hamro Kalimpong

Hamro Kalimpong Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Kalimpong, Media/News Company, Kalimpong.

*कालेबुङ जिल्लाका पाँच कराते खेलाडीहरू क्षेत्रीय राष्ट्रिय कराते च्याम्पियनशिपको लागि पश्चिम बंगाल राज्यको प्रतिनिधित्व ...
30/10/2025

*कालेबुङ जिल्लाका पाँच कराते खेलाडीहरू क्षेत्रीय राष्ट्रिय कराते च्याम्पियनशिपको लागि पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्न छनोट भएका छन्।*

३१ अक्टोबर देखि २ नोभेम्बर २०२५ सम्म ओडिशाको भुवनेश्वरमा आयोजना हुने क्षेत्रीय राष्ट्रिय "५ औं पूर्वी भारत कराते च्याम्पियनशिप-२०२५" को लागि पश्चिम-बङ्गाल राज्यको प्रतिनिधित्व गर्न कालिम्पोङ जिल्लाका पाँच कराते खेलाडीहरू छनोट भएका छन्।

प्रशिक्षक शिहान सुशन थापासहित पाँच खेलाडीहरू प्रतियोगिताको लागि आज ओडिशा प्रस्थान गरेका छन्।

पूर्वी भारत कराते च्याम्पियनशिप-२०२५ पूर्वी भारत कराते संघद्वारा कराते भारत संगठन (KIO) को तत्वावधानमा र ओडिशा कराते संघद्वारा आयोजित हुन गइरहेको छ।

विभिन्न विद्यालयका निम्न विद्यार्थीहरूलाई पछिल्लो राज्य च्याम्पियनशिप "२७ औं पश्चिम बंगाल राज्य कराते च्याम्पियनशिप-२०२५" बाट छनोट गरिएको छ जुन कराते-डो एसोसिएसन अफ बंगाल (KAB) र मान्यता प्राप्त बंगाल ओलम्पिक एसोसिएसनद्वारा आयोजित गरिएको थियो।

छनोट भएका खेलाडीहरूमा
न्यू राइज एकेडेमी, काश्येमका मास्टर हेब्रोन राई,ग्रेस इङ्लिस स्कूल, पेडोङका मास्टर सुदर्शन गुरुङ,रकभेल एकेडेमीका मास्टर प्रियदर्शन थापा,टाइनी टोट्स इङ्लिस स्कूल, भालुखोपकी मिस श्रेया क्षेत्री,सेन्ट जर्ज एच.एस स्कूल, पेडोङकी मिस आराधना बागदास रहेका छन्।

प्रशिक्षक शिहान सुशन थापाले यो पनि जानकारी दिए कि यस च्याम्पियनशिपका पदक विजेता विद्यार्थीहरू आगामी डिसेम्बर १ र २ मा नयाँ दिल्लीमा हुने अन्तर क्षेत्रीय राष्ट्रिय कराते च्याम्पियनशिप-२०२५ को लागि छनोट हुनेछन्।

*.........अन्त्येष्टि कार्य (घेवा).......*                      मन्सोङ सिन्कोना बगान तल्लो गाउँ निवासी स्वर्गीय: *लाक्पा...
28/10/2025

*.........अन्त्येष्टि कार्य (घेवा).......*

मन्सोङ सिन्कोना बगान तल्लो गाउँ निवासी स्वर्गीय: *लाक्पा अङ्गमु शेर्पा* को गत १७ अक्टोबरको दिन निधन भएको थियो। उहाँको अन्त्येष्टि कार्य (घेवा) *(आगामी 6 नोभेम्बर 2025)* बिहिबारको दिन निज वासस्थान तल्लो मन्सोङमा बौद्ध धर्म परम्परागत रूपमा सम्पन्न भइरहेको छ। यसर्थ सम्पूर्ण आफन्तजन, इष्टमित्र तथा शुभचिन्तकहरूलाई उक्त घेवा कार्यमा उपस्थित भइ मृत आत्माको शान्तिको कामना गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।

विनित
पेमा छिरिङ शेर्पा (पती)
प्रेम छिरिङ शेर्पा/पासाङ लमु शेर्पा (सासू/ससूरा)
पासाङ दोर्जे शेर्पा/निशा राई (दाजु/भाउजु)
एवं सम्पूर्ण शोकाकुल परिवार,मन्सोङ।
CONTACT:7076152286/9851448134

| Notice|  | 2nd Edition 39th no.Samasty Sabashad open knockout football tournament 2025 |Org by :Elba youth club,Kashye...
28/10/2025

| Notice|
| 2nd Edition 39th no.Samasty Sabashad open knockout football tournament 2025 |Org by :Elba youth club,Kashyem|

28/10/2025

Rising boys entertainment

26/10/2025

Address

Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share