Ktv Kalimpong

Ktv Kalimpong KTV Kalimpong is optional official Page of Kalimpong Television which updates daily news and views.

13/12/2025

December
गान्तोक–सिलिगुडी सडकखण्डमा भीषण दुर्घटना, तीन जनाको मृत्यु

गान्तोकबाट सिलिगुडी तर्फ जाँदै गरेको WB 76/8201 नम्बरको टाटा सुमो गोल्ड मंगलबार साँझ करिब ६:३० बजे रियाङ प्रहरी चौकी अन्तर्गत पर्ने भुइँचाली क्षेत्रमा करिब २०० फिट तल खस्दा भीषण दुर्घटना भएको छ।

उक्त गाडीमा चालकसहित १० जना यात्रु सवार थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ रियाङ प्रहरी चौकीको नेतृत्वमा स्थानीय बासिन्दा तथा NHIDCL का कर्मचारीहरूको सहयोगमा उद्धार कार्य तुरुन्तै सुरु गरिएको थियो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइतेलाई उपचारका लागि सिलिगुडी तथा NBMC (नर्थ बंगाल मेडिकल कलेज) रिफर गरिएको थियो। उपचारका क्रममा एक जनाको अस्पतालमै निधन भएको पुष्टि गरिएको छ।

हाल अन्य घाइतेहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेक पुलिस अधिक्षक श्री हरि पाण्डे ले जाएका छन्।
https://www.facebook.com/share/p/17pBuy9ag7/

12/12/2025

December
कालेबुङमा ग्रेस हिमालय नर्थ बेङ्गल एन्ड सिक्किम फेसन शो १९ डिसेम्बरदेखि
ग्रस हिमालय नर्थ बेङ्गल एन्ड सिक्किम फेसन शोको दोस्रो संस्करण आगामी १९ डिसेम्बरदेखि सुरु हुने भएको छ। आयोजक समितिकी संस्थापक डिना राईका अनुसार फाइनल चरण २५ डिसेम्बरमा कालेबुङको इन्डस्ट्रियल पार्कमा हुनेछ।
प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कार, राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने मौका तथा म्युजिक भिडियोमा पनि अवसर प्रदान गरिने जनाएको छ। प्रतियोगिता यस वर्ष पनि उत्साहपूर्वक सम्पन्न हुनेमा आयोजक पक्ष आशावादी छ।
https://www.facebook.com/share/v/1GVHRygbCv/

12/12/2025
11/12/2025

December
कालेबुङमा पथश्री योजनाअन्तर्गत ४४ सडक निर्माणको मन्जुरी
कालेबुङ: राज्य सरकारको पथश्री योजना अन्तर्गत कालेबुङ जिल्लाका ४४ वटा सडक निर्माणका लागि औपचारिक मन्जुरी दिइएको छ। होम्स सार्वजनिक भवनमा सम्पन्न शिलान्यास कार्यक्रममा जिल्ला अधिकारी कुहुक भूषण, विधायक रुदेन सादा लेप्चा, सभासद तथा विभिन्न अधिकारीहरूको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री ममता ब्यानर्जीले भर्चुअल रूपमा योजनाको राज्यव्यापी शिलान्यास गरेसँगै कालेबुङमा पनि ४४ सडक निर्माण प्रक्रिया सुरु भएको अधिकारीहरूले जानकारी दिए।
नाटक, गीत तथा जनचेतनामूलक प्रस्तुतिहरू मार्फत योजनाको उद्देश्य र लाभ जनतासमक्ष प्रस्तुत गरिएको थियो।
शिलान्याससँगै जिल्लामा पथश्री योजनाद्वारा सडक विकासको नयाँ अध्याय सुरु भएको बताइएको छ।
https://www.facebook.com/share/v/17VGDypBCP/

10/12/2025

December
लेप्चा भाषा पाठ्यक्रममा समावेश गर्न माग गर्दै कालेबुङ–कोलकाता पैदल यात्रा प्रारम्भ
कालेबुङ: लेप्चा भाषालाई पश्चिम बंगालको विद्यालय पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गरिनुपर्ने मागसहित लेप्चा समुदायका प्रतिनिधिहरूले आज कालेबुङबाट कोलकातासम्मको ऐतिहासिक पैदल यात्रा सुरु गरेका छन्। भाषा–संस्कृति संरक्षण र पहिचानको हितमा सुरु गरिएको यो अभियानले प्रदेशभरि व्यापक समर्थन पाइरहेको छ।
यात्रा प्रारम्भपूर्व आयोजित सभामा ILTA अध्यक्ष दोर्जी टी. लेप्चाले समुदायका माग र भावनालाई सशक्त रूपमा प्रस्तुत गर्दै अभियानको महत्व प्रकाश पारिदिए।
https://www.facebook.com/share/v/17aJj6XwAF/

09/12/2025

December
कालेबुङ खण्ड–१ मा जिल्ला पाल कुहुक भूषणले House Building Grant को पहिलो किस्ता रु ६०,००० प्रत्येक लाभार्थी परिवारलाई वितरण ।
https://www.facebook.com/share/v/1AUkD7i3kN/

06/12/2025

December
कालेबुङमा साहित्य अध्ययन समितिको हिरक जयन्ती कार्यक्रम सम्पन्न
कालेबुङ: नेपाली साहित्य अध्ययन समिति, कालेबुङको हिरक जयन्ती विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नविन पौड्यालको कृति ‘सर्जकवृत्त’ लोकार्पण गरियो र मदन पुरस्कार विजेता छुदेन काविमोलाई सम्मान प्रदान भयो।
संगोष्ठी तथा कृतिविमोचनसहित साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रह्यो।
https://www.facebook.com/share/v/1JjcQdzvgL/

06/12/2025

December
कालेबुङमा साहित्य अध्ययन समितिको हिरक जयन्ती कार्यक्रम सम्पन्न
कालेबुङ: नेपाली साहित्य अध्ययन समिति, कालेबुङको हिरक जयन्ती विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नविन पौड्यालको कृति ‘सर्जकवृत्त’ लोकार्पण गरियो र मदन पुरस्कार विजेता छुदेन काविमोलाई सम्मान प्रदान भयो।
संगोष्ठी तथा कृतिविमोचनसहित साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रह्यो।

06/12/2025

December
4 वर्षदेखी बिना लिज मालिकले चलाइरहेको थियो बाग्राकोट चिया कमान? बन्दना राइले खोले यस्तो पोल।
अवैध तरिकाले मालिक भित्र्याउनेहरुमा परे यी मन्त्रीहरु,,
हेर्नुस् ग्राउन्ड रिपोर्ट (1)
https://www.facebook.com/share/v/1FRK1XqrEe/

05/12/2025

December
कालेबुङका वीर गोर्खा सैनिक दीपक पोख्रेललाई अन्तिम विदाई, आज सैन्य सम्मानसहित दाहसंस्कार
https://www.facebook.com/share/v/19mMPH8GNj/

Address

Relli Road
Kalimpong

Telephone

+917908550299

Website

Alerts

Be the first to know and let us send you an email when Ktv Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ktv Kalimpong:

Share