Sajha Page

Sajha Page sajhapage is a Media/news company www.sajhapage.com is the popular online media . We publish news and entertaining stuff 24 hours a day for our visitors. Ltd.

We are a registered App Himalaya Pvt. company under DOI.

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित ग्रिनताल जुन मनाङ आउने आन्तरिक  तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै ।
12/08/2026

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित ग्रिनताल जुन मनाङ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै ।

बेनी नगरपालिका–२ लभ्लीहिलबाट देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजार ह...
12/08/2026

बेनी नगरपालिका–२ लभ्लीहिलबाट देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजार हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिक्षेत्रको प्रवेशद्वार मानिन्छ । तस्बिरः सन्तोष गौतम÷रासस

रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक छेउमा अवस्थित घना मगर बस्ती भएको लुगुम गाउँ । तस्बिरः कुलदीप न्यौपान...
12/08/2026

रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक छेउमा अवस्थित घना मगर बस्ती भएको लुगुम गाउँ । तस्बिरः कुलदीप न्यौपाने÷रासस

समुद्री सतहदेखि करिब एक हजार ८०० मिटरको उचाईमा रहेको रोल्पाको प्रवेशद्वार नजिकैको होलेरी बजार । तस्बिरः लीलाराज बुढा/रास...
12/08/2026

समुद्री सतहदेखि करिब एक हजार ८०० मिटरको उचाईमा रहेको रोल्पाको प्रवेशद्वार नजिकैको होलेरी बजार । तस्बिरः लीलाराज बुढा/रासस

गुल्मीको पर्यटकीयस्थल गर्जुरामा अवस्थित रेसुङ्गा पार्क। पार्क निर्माण भएसॅगै यस क्षेत्रमा आउने पर्यटकहरुको सङ्ख्यामा वृद...
12/08/2026

गुल्मीको पर्यटकीयस्थल गर्जुरामा अवस्थित रेसुङ्गा पार्क। पार्क निर्माण भएसॅगै यस क्षेत्रमा आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि हॅुदै जान थालेको छ । तस्बिरः जनार्दन घिमिरे/रासस

नुवाकोटको किस्पाङ गाउँपालिका-३ मा रहेको  किस्पाङ कुण्ड (पोखरी)। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस प्रसिद्ध कुण्ड र ...
12/08/2026

नुवाकोटको किस्पाङ गाउँपालिका-३ मा रहेको किस्पाङ कुण्ड (पोखरी)। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस प्रसिद्ध कुण्ड र नजिकै रहेको किस्पाङ गुम्बा पर्यटकीय आकर्षणको रूपमा परिचित छ। गोसाइँकुण्डको प्रतीक तथा बहिनी कुण्डका रूपमा पुजिने यस कुण्डमा जनैपूर्णिमा र गङ्गा दशहरालगायत पर्वमा यहाँ विशेष मेला लाग्ने गर्दछ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा बुधबार बालबालिकालाई स्वर्णविन्दु खुवाउँदै चिकित्सक । प्रत्येक महिनाको पुष्य नक्षत्रको...
12/08/2026

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा बुधबार बालबालिकालाई स्वर्णविन्दु खुवाउँदै चिकित्सक । प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु खुवाउने गरिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

चीनसँग सीमाना जोडिएको मुस्ताङको कोरलानाकामा अवस्थित अध्यागमन कार्यालय अलपत्र । विसं २०८१ साल कात्तिक १४ गते पूर्वगृहमन्त...
12/08/2026

चीनसँग सीमाना जोडिएको मुस्ताङको कोरलानाकामा अवस्थित अध्यागमन कार्यालय अलपत्र । विसं २०८१ साल कात्तिक १४ गते पूर्वगृहमन्त्री रमेश लेखकद्वारा समुद्घाटन गरिएको अध्यागमन कार्यालय उद्घाटन भएसँगै अलपत्र परेको हो । कार्यालय भवनको मुख्य प्रवेशद्वार समेत ग्याविन तारले अल्झाएर राखिएको छ। तस्बिरः सुन्दरकुमार थकाली÷रासस

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा देखिएका लोपोन्मुख लुलु गाईहरु। पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्त...
12/08/2026

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा देखिएका लोपोन्मुख लुलु गाईहरु। पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । तस्बिरः सुन्दरकुमार थकाली÷रासस

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ को विगुटार गाउँमा रहेको २७६ मिटर लामो सुन्तरेदोभान खोला माथिको झोलुङ्गेपुल । उक्त पुलब...
12/08/2026

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ को विगुटार गाउँमा रहेको २७६ मिटर लामो सुन्तरेदोभान खोला माथिको झोलुङ्गेपुल । उक्त पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ । तस्बिरः नवराज कार्की/रासस

Address

Katpadi

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Page:

Shortcuts

Share