Hamro Gorkhey Awaz

Hamro Gorkhey Awaz This page provides local, state and worldwide news to the public in Nepali language which avail on internet and on e-paper(Courtesy-Himalaya Darpan)

दार्जीलिङमा अलग राज्य गोर्खाल्याण्डको एकसूत्रीय माग लिएर नयाँ राजनैतिक पार्टीको उदय भएको छ - गोर्खाल्याण्ड संग्राम पार्ट...
15/09/2026

दार्जीलिङमा अलग राज्य गोर्खाल्याण्डको एकसूत्रीय माग लिएर नयाँ राजनैतिक पार्टीको उदय भएको छ - गोर्खाल्याण्ड संग्राम पार्टी।

यस पार्टीको घोषणा अनुसार, अलग राज्य गोर्खाल्याण्डबाहेक अरु कुनै पनि वैकल्पिक व्यवस्था उनीहरुलाई स्वीकार्य हुने छैन। पार्टीले दार्जीलिङ पहाडमा अबदेखि गोर्खाल्याण्ड बाहेक अन्य कुनै विकल्पको बारेमा छलफल गर्न बैठक नै नबसोस् भन्ने अडान पनि लिएको छ।

आइतबार गोर्खा दुःख निवारक सम्मेलन भवनमा भएको एक कार्यक्रममा पार्टीको औपचारिक घोषणा गरिएको हो। नयाँ पार्टीको अध्यक्षमा सञ्जय थुलुङ र महासचिवमा लीलाकुमार गुरुङ चयन भएका छन्। पार्टीको पूर्ण केन्द्रीय समिति भने आगामी ११ अक्टोबरमा गठन गरिने बताइएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष सञ्जय थुलुङले पहाडका अन्य दलहरुलाई कडा चेतावनी दिए। उनले भने - गोर्खा जातिको मुद्दामा सानो-सानो कुरामा सम्झौता गरेर वैकल्पिक व्यवस्थाको कुरा गर्ने सोच नै अब बन्द गर्नुपर्छ। सबै दलहरू अब केवल गोर्खाल्याण्डको लागि मात्र अघि बढ्नुपर्छ।

उनले थप भने, यदि कसैले वैकल्पिक व्यवस्थाको लागि सभा गर्छ भने उनीहरुमाथि लाग्न सक्ने गोली आफूहरुले छातीमा थाप्ने छन्। तर, गोर्खाल्याण्डको नाममा मिलावट गरियो भने त्यही गर्नेहरुका लागि गोर्खाल्याण्ड संग्राम पार्टी सबैभन्दा ठूलो बाधक बन्नेछ।

गोर्खाल्याण्ड असम्भव छ भन्नेहरुलाई जवाफ दिँदै थुलुङले भने - मान्छेहरूले असम्भव भन्छन्, तर हाम्रा कार्यकर्तामा असम्भवलाई सम्भव बनाउने हिम्मत छ। यो पार्टीको जन्म नै केवल गोर्खाल्याण्डको लागि भएको हो, चाहे थोरै कार्यकर्ता किन नहोस्, संघर्ष जारी रहनेछ।

केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खा जातिलाई दिएको ६ महिनाको आश्वासनको समय नोभेम्बरमा सकिँदैछ। त्यस समयसम्म पनि ठोस पहल नभए पार्टीले लोकतान्त्रिक तरिकाले सडक आन्दोलनमा उत्रने चेतावनी पनि उनले दिए।

#गोर्खा

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (IGJF) का प्रतिनिधिहरूले गृह तथा पहाड मामिला राज्यमन्त्री विशाल लामासँग शिष्टाचार भेट गरेक...
14/09/2026

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (IGJF) का प्रतिनिधिहरूले गृह तथा पहाड मामिला राज्यमन्त्री विशाल लामासँग शिष्टाचार भेट गरेका छन्।

भेटमा सभासदहरू रुबेन प्रधान, रोवर्ड क्षेत्री, प्रतिम सुब्बा, जितेन राई र सन्नी बोम्जन लगायतको टोली सहभागी थियो।

टोलीले मन्त्री लामालाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको थियो।

भेटवार्ताको क्रममा दार्जीलिङ र पहाडी क्षेत्रका दीर्घकालीन समस्याहरू, जनताका माग र लामो समयदेखि थाँती रहेका विषयहरूमा गम्भीर छलफल भयो। दार्जीलिङको अहिलेको अवस्था र यहाँका मुद्दाहरूलाई कसरी संवैधानिक र व्यवहारिक बाटोबाट समाधानतर्फ लैजान सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको थियो।

IGJF टोलीले जनताको चाहना र क्षेत्रको आवश्यकतालाई केन्द्रमा राखेर सबै पक्षबीच निरन्तर संवाद र सहकार्य हुनुपर्नेमा जोड दिएको थियो।

भेटघाट निकै सकारात्मक वातावरणमा सम्पन्न भएको र दार्जीलिङका जनतासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता टोलीले जनाएको छ।

राज्य सरकारले पहाड़का दुईवटा नगरपालिका सहित कुल ७ वटा निकायमा एकसाथ चुनाव गराउने तयारी थालेको छ। ती नगरपालिकाहरु हुन् - ...
14/09/2026

राज्य सरकारले पहाड़का दुईवटा नगरपालिका सहित कुल ७ वटा निकायमा एकसाथ चुनाव गराउने तयारी थालेको छ।

ती नगरपालिकाहरु हुन् - कलकत्ता नगरनिगम, हावड़ा नगरनिगम, पहाड़को कालेबुङ र खर्साङ अनि बाली, हल्दिया र धुपगढी नगरपालिका।

वडा पुनर्गठनका कारण धुपगढी बाहेक सबै निकायमा वडाको संख्या थपिएको छ। नयाँ संरचना अनुसार कलकत्तामा २०९, हावड़ामा ६८, बालीमा ३५, हल्दियामा ३० र धुपगढीमा २० वडा कायम भएको छ। त्यस्तै कालेबुङ र खर्साङमा पनि वडा संख्या बढेर २५/२५ पुगेको छ।

सरकारले यही सेप्टेम्बर महिनाको मध्यतिर कुन वडा SC, ST र महिलाका लागि आरक्षित हुने भन्ने सूची सार्वजनिक गर्ने तयारीमा छ। कानुन अनुसार आरक्षित सूची प्रकाशित भएको १० हप्ता भित्र चुनाव गराउनुपर्छ।

यसका लागि राज्य चुनाव आयोगले केन्द्रीय चुनाव आयोगबाट करिब २१ हजार EVM जुटाइसकेको छ। चुनावको तयारी स्वरूप राज्य चुनाव आयुक्त कृष्ण गुप्ताले आउँदो मंगलबार, १५ सेप्टेम्बरमा यी ६ वटा नगरपालिका क्षेत्रका जिल्लापालहरुसँग बैठक बोलाएका छन्।

ब्राजिलका लिजेन्ड फुटबलर काफूले दार्जीलिङको लेबोङ गोर्खा स्टेडियममा फुटबल खेलेर इतिहास रचे।दुई पटक विश्वकप जितेका र ४ पट...
13/09/2026

ब्राजिलका लिजेन्ड फुटबलर काफूले दार्जीलिङको लेबोङ गोर्खा स्टेडियममा फुटबल खेलेर इतिहास रचे।

दुई पटक विश्वकप जितेका र ४ पटक विश्वकप खेलेका पूर्व कप्तान काफूको उपस्थितिले दार्जीलिङका स्थानीय खेलाडी र दर्शकमा ठूलो उत्साह थपेको थियो। उनलाई नजिकबाट हेर्ने र भेट्ने अवसर पाएर सबै खुसी भए।

यो प्रदर्शनी खेल आर्य टी कम्पनी लिमिटेडले गत आइतबार आयोजना गरेको थियो। लेबोङ मैदानमा दार्जीलिङ वारियर्स र नर्थ बंगाल फाइटर्स बीच खेल भएको थियो। काफूले दुवै टिमको तर्फबाट केही समय खेलेर दर्शकको मन जिते। खेलमा नर्थ बंगाल फाइटर्सले ३-१ ले जित हात पार्‍यो। पेनाल्टी सुटआउटको क्रममा काफूले दार्जीलिङ वारियर्सका लागि एक गोल गरेका थिए।

दार्जीलिङको फुटबल इतिहासमा विश्वकप खेलिसकेका खेलाडीले आएर स्थानीय मैदानमा खेल्नु यो पहिलो घटना हो। काफूले १९९४, १९९८ र २००२ मा लगातार तीन पटक विश्वकप फाइनल खेलेका थिए र २००२ मा उनकै कप्तानीमा ब्राजिलले उपाधि जितेको थियो।

यसै अवसरमा उत्तर बंगालका युवा प्रतिभालाई अगाडि ल्याउन दुवै क्लबले फुटबल एकेडेमी सुरु गर्ने घोषणा गरे। काफूले आफ्नै हातले दुवै क्लबको जर्सी सार्वजनिक गरे। क्लबको लक्ष्य भनेको स्थानीय प्रतिभाको खोजी गर्ने, तालिम दिने र उनीहरूलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने हो।

आयोजकका अनुसार एकेडेमीलाई एआईएफएफ र आईएफएबाट मान्यता दिलाउने प्रयास हुनेछ। साथै अन्डर-१३ र अन्डर-१५ फुटसल प्रतियोगितामा खेलाडीलाई सहभागी गराइनेछ। आर्य टी कम्पनीका निर्देशक बिराज बन्सलले छनोट भएका खेलाडीलाई भविष्यमा युरोप र ल्याटिन अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा लैजाने योजना रहेको बताए। यसले खेल पूर्वाधार, पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि फाइदा पुग्ने उनको भनाइ छ।

रंगशालामा हजारौं दर्शकले काफूलाई भव्य स्वागत गरे। उनले पनि दर्शकलाई अभिवादन गर्दै अटोग्राफ दिए। आफ्नो छोटो सम्बोधनमा उनले दार्जीलिङ र लेबोङको प्राकृतिक सुन्दरताको तारिफ गरे र युवाहरूलाई शिक्षा, परिवार र खेलकुदलाई सँगै अघि बढाउन सुझाव दिए।

कार्यक्रममा बंगाल सरकारका युवा तथा खेलकुद राज्यमन्त्री डा. इन्द्रनील खानले लेबोङ स्टेडियमको पूर्वाधार विकासका लागि सरकारले चाँडै काम थाल्ने बताए। त्यस्तै पर्यटन मन्त्री शंकर घोष, विशाल लामा, विधायक सोनम लामा, पूर्व राष्ट्रिय खेलाडी अरिन्दम भट्टाचार्य, आईजीजेएफ अध्यक्ष अजय एडवर्डस लगायत धेरै विशिष्ट व्यक्तिहरू उपस्थित थिए। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले पनि होटलमा काफूसँग भेट गरे। साँझमा काफूले दार्जीलिङको चर्चित टोय ट्रेनमा यात्रा गरेर रमाइलो गरे।

एसआईआर प्रक्रियामा नाम काटिएपछि मिरिक र सौरेनी क्षेत्रका प्रभावित मतदाताहरूले विरोध जनाएका छन्।मतदाता सूचीबाट आफ्नो नाम ...
13/09/2026

एसआईआर प्रक्रियामा नाम काटिएपछि मिरिक र सौरेनी क्षेत्रका प्रभावित मतदाताहरूले विरोध जनाएका छन्।

मतदाता सूचीबाट आफ्नो नाम हटाइएको र लामो समयसम्म समाधान नभएको भन्दै उनीहरूले क्षेत्रमा पोस्टर टाँसेर असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूको माग छ, छुटेका सबै योग्य मतदाताको नाम तुरुन्तै मतदाता सूचीमा थपियोस् र समस्याको छिटो समाधान होस्।

यस क्रममा पेम्बा भूटिया, विकास दर्जी र मीरा प्रधानले भने, नाम हटेपछि हामीले अपील त गर्यौं, तर महिनौं बित्दा पनि नाम आएको छैन। पुरानो भोटर कार्ड पनि मानिएको छैन, जसले गर्दा समस्या झनै बढेको छ।

उनीहरूका अनुसार मतदाता सूचीमा नाम नहुँदा भोट हाल्न नपाउने डर त छँदैछ, साथसाथै दैनिक सरकारी कामकाजमा पनि अप्ठ्यारो भएको छ। छोराछोरीलाई विदेश पठाउनेदेखि लिएर अन्य कागजी काममा समेत यसको असर परेको उनीहरूको भनाइ छ।

प्रभावितहरूले प्रशासन र निर्वाचन निकायले यो विषयलाई गम्भीरतापूर्वक लिएर तुरुन्तै पहल गर्नुपर्ने माग गरेका छन्। यदि छिटो समाधान नभए बाध्य भएर सडकमा उत्रिएर ठूलो जुलुस निकाल्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

पहाड, माटो र गोर्खा जातिप्रतिको माया र संगठनप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाउने उद्देश्यले गोरामुमो दार्जीलिङ ब्राञ्च...
13/09/2026

पहाड, माटो र गोर्खा जातिप्रतिको माया र संगठनप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाउने उद्देश्यले गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको विशेष बैठक बसेको छ।

ब्राञ्च कमिटी अन्तर्गतका २० वटै समष्टिका अध्यक्ष र सचिवहरु सहभागी रहेको उक्त सभा ब्राञ्च अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मुख्य सचिव पुरण राईले गरेका थिए। बैठकमा पार्टीका मुख्य सल्लाहकार प्रणय राई विशेष रुपमा उपस्थित थिए।

बैठकमा संगठनलाई गाउँ-गाउँसम्म विस्तार गर्ने, जनतासँगको सम्पर्क बढाउने र युवा तथा नारी संगठनलाई थप सक्रिय बनाउने विषयमा गहन छलफल भएको छ। साथै आगामी दिनमा गरिने सांगठनिक गतिविधि र कार्यक्रमहरुको बारेमा पनि योजना बनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सल्लाहकार प्रणय राईले गोरामुमो, गोर्खा राष्ट्रिय नारी संगठन र गोर्खा राष्ट्रिय युवा मोर्चालाई हरेक गाउँ र हरेक जनतासम्म पुर्‍याउनुपर्ने बताए। संगठनलाई बलियो र प्रभावकारी बनाएर जनताको सुख-दुःखसँग प्रत्यक्ष जोडिनुपर्ने उनको भनाई थियो। उनले आगामी आन्दोलन र सांगठनिक कार्यक्रमहरुको लागि आवश्यक निर्देशन समेत दिए।

त्यस्तै, गोर्खा राष्ट्रिय युवा मोर्चा दार्जीलिङ ब्राञ्चका अध्यक्ष सुरज कटुवाल छेत्रीले युवा नै परिवर्तनको मुख्य आधार भएको बताए। उनले माटो, जातीय पहिचान र संगठनको रक्षाका लागि सम्पूर्ण युवाहरुलाई अझ सक्रिय र जिम्मेवार भएर लाग्न आह्वान गरे।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले खरसाङको मन्टिभियट खेल मैदानमा आफ्नो छैटौं स्थापना दिवस भव्य रुपमा मना...
13/09/2026

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले खरसाङको मन्टिभियट खेल मैदानमा आफ्नो छैटौं स्थापना दिवस भव्य रुपमा मनायो।

संस्थापक अध्यक्ष अनित थापाको मुख्य उपस्थितिमा भएको कार्यक्रममा महासचिव अमर लामासहित केन्द्रीय समिति, खरसाङ, कालेबुङ, दार्जीलिङ, मिरिकका महकुमा, समष्टि, ब्लक र बुथ तहसम्मका नेता-कार्यकर्ता र समर्थकहरूको ठूलो भीड थियो।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अनित थापाले पहाडको राजनीतिमा क्षेत्रीय मुद्दा कमजोर भएको आरोप लगाए। उनले भने, भाजपाको जितपछि पहाडबाट क्षेत्रीयताको आवाज हराउँदै गएको छ र अहिलेको नेतृत्वको पालामा भएको यो स्थितिका लागि भोलिका पुस्ताले प्रश्न उठाउनेछन्।

थापाको भनाइमा, भागोप्रमोले पहाडमा संस्कारित राजनीति, शान्ति र भाइचारा ल्यायो र सबैलाई बोल्ने स्वतन्त्रता दियो, तर अहिले त्यो स्वतन्त्रता खोसिँदै गएको महसुस भइरहेको छ। जनताले आफ्नो मौलिक अधिकार गुमाउन नहुने र भागोप्रमोले ल्याएको त्यो परिवेशलाई जोगाइराख्नुपर्ने उनले बताए।

"भागोप्रमो र अनित थापा यसका लागि चट्टान जस्तै उभिरहनेछ। अनित थापा हिजो पनि झुकेन, आज पनि झुकेको छैन र भोलि पनि झुक्ने छैन," उनले भने।

साथै, पहाडमा नाचगान र खुसीसाथ राजनीति गर्ने माहोल भागोप्रमोले नै बनाएको दाबी गर्दै त्यसलाई निरन्तरता दिन र युवाहरूलाई राजनीतिमा अवसर र सही दिशा दिनुपर्नेमा उनले जोड दिए।

अन्त्यमा उनले सबैलाई स्थापना दिवसको शुभकामना दिँदै पार्टी छोडेर गएका कार्यकर्ताहरूलाई पनि बधाई दिए र पार्टी अघि धेरै चुनौती भए पनि समर्थकहरूको दृढताले ती सबै पार गर्न सकिने विश्वास व्यक्त गरे।

राज्य सरकारले जीटीएमा प्रशासक नियुक्त गरेपछि दार्जीलिङ पहाडको राजनीति फेरि तातेको छ।वरिष्ठ आईएएस अधिकारी समृति रञ्जन मोह...
13/09/2026

राज्य सरकारले जीटीएमा प्रशासक नियुक्त गरेपछि दार्जीलिङ पहाडको राजनीति फेरि तातेको छ।

वरिष्ठ आईएएस अधिकारी समृति रञ्जन मोहनतीलाई जीटीएको प्रशासक नियुक्त गरिएको छ। यस अघि भागोप्रमो अध्यक्ष अनित थापा र डेपुटी चेयरम्यान राजेश चौहानले जीटीएको मुख्य कार्यपालक पदबाट राजीनामा दिएपछि करिब साढे दुई महिनादेखि जीटीए नेतृत्वविहीन थियो। त्यो प्रशासनिक शून्यतालाई भर्न राज्य सरकारले प्रशासक नियुक्तिको अधिसूचना जारी गरेको हो।

यही नियुक्तिसँगै दुईवटा मुख्य बहस उठेको छ -
१. यो नियुक्ति के हो? के यो केवल दैनिक प्रशासन चलाउनका लागि गरिएको अस्थायी व्यवस्था हो, वा जीटीएको नयाँ मोडलको सुरुवात हो?
२. यसको राजनीतिक अर्थ के? के यसले जीटीएलाई बिस्तारै अन्त्य गरेर पहाडको स्थायी राजनीतिक समाधानतर्फ लैजाने बाटो खोलेको हो?

सामाजिक सञ्जालमा कतिपयले यसलाई निर्वाचित नेतृत्वको सट्टा प्रशासक आएको भन्दै 'जीटीए-३ सुरु भयो' भनेर टिप्पणी गरिरहेका छन्, यद्यपि सरकारले आधिकारिक रूपमा त्यस्तो केही भनेको छैन।

जीटीए गठन भएदेखि नै पहाडको प्रशासन र विकासको काम यसैले हेर्दै आएको थियो। तर धेरैले यसलाई पहाडको राजनीतिक चाहनाको पूर्ण समाधान मानेका थिएनन्। त्यसैले नेतृत्वविहीन अवस्थामा एकातिर यसको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको थियो भने अर्कोतिर विकासको काम रोकिन नदिन संरचनालाई चलाइराख्नुपर्ने बाध्यता पनि थियो। प्रशासक नियुक्तिले अहिलेलाई त्यही प्रशासनिक काम सुचारु गर्ने बाटो खोलेको छ।

यस विषयमा राजनीतिक व्याख्या भने बाझिएको छ। दार्जीलिङका सांसद राजु विष्टले भने यो निर्णयलाई स्वागत गर्दै यसलाई जीटीएको अन्तिम अध्यायको सुरुवात भनेका छन्। उनको भनाइमा, आईएएस अधिकारीलाई प्रशासक बनाउनु भनेको जीटीएलाई अन्त्य गरी PPS अर्थात् स्थायी राजनीतिक समाधानतर्फ जाने सरकारको संकेत हो र स्थायी समाधान नआउन्जेलसम्म जनताको काम नरोकियोस् भनेर यो गरिएको हो।

समग्रमा, प्रशासक आएपछि जीटीएको दैनिक कामकाज त चल्ने भएको छ, तर यसले 'जीटीए-३ वास्तवमै नयाँ अध्याय हो वा PPS अघिको संक्रमणकालीन चरण मात्र हो?' भन्ने ठूलो राजनीतिक बहसलाई जन्माएको छ। यसको जवाफ अब राज्य र केन्द्र सरकारले स्थायी राजनीतिक समाधानका लागि चाल्ने अर्को कदमले नै दिनेछ।

गोर्खा राष्ट्रिय कांग्रेस पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक अध्यक्ष भरत दोङको निवासमा बसेको छ।अध्यक्ष दोङ सहित केन...
13/09/2026

गोर्खा राष्ट्रिय कांग्रेस पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक अध्यक्ष भरत दोङको निवासमा बसेको छ।

अध्यक्ष दोङ सहित केन्द्रीय सदस्यहरु सुबोध पाख्रिन, अमर लक्सम लगायत नेताहरू बैठकमा सहभागी थिए। बैठकमा पार्टीका आगामी कार्यक्रम र रणनीतिबारे गहन छलफल भएको छ।

बैठकपछि पार्टीका केन्द्रीय सदस्य अमर लक्समले पत्रकारहरूसँग कुरा गर्दै भने - यो बैठक पार्टीले आउँदा दिनमा चाल्ने कदम र रणनीति तय गर्नकै लागि राखिएको हो।

उनका अनुसार अहिले केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूको समस्याको स्थायी राजनीतिक समाधान गर्ने वाचा गरेको छ। यसै सन्दर्भमा गोर्खा राष्ट्रिय कांग्रेसको मुख्य र प्रष्ट अडान भनेको दार्जिलिङलाई सिक्किममा गाभ्नु हो।

पार्टीको दाबी छ, ऐतिहासिक तथ्य र दस्तावेजहरुले दार्जिलिङको भू-भाग बंगालको नभई सिक्किमकै भएको पुष्टि गर्छ। अब्जर्ब्ड एरिया लिज एक्ट १९५४ सन् २०१८ मा नै खारेज भइसकेकाले अब केन्द्र सरकारको जिम्मेवारी दार्जिलिङलाई स्थायी रुपमा सिक्किममा समावेश गरेर यो समस्याको अन्त्य गर्नु हो।

लक्समले पार्टीले अघि सारेको दार्जिलिङ-सिक्किम एकीकरणको एजेन्डाप्रति पहाडका बुद्धिजीवी र सर्वसाधारणमा पनि चासो बढ्दै गएको बताए। पार्टीले अब आफ्नो यो राजनीतिक मुद्दालाई अझै प्रभावकारी तरिकाले जनतासामु लैजाने तयारी गरिरहेको उनको भनाई थियो।

बंगाल सरकारले चरम मौसममा पहाडकी रानीको भ्रमण गर्ने पर्यटकहरूलाई चारदेखि पाँच घण्टासम्म दुई पहाडी स्टेशनहरू बीचको बाटोमा ...
13/09/2026

बंगाल सरकारले चरम मौसममा पहाडकी रानीको भ्रमण गर्ने पर्यटकहरूलाई चारदेखि पाँच घण्टासम्म दुई पहाडी स्टेशनहरू बीचको बाटोमा अलपत्र पार्ने ट्राफिक जामबाट पार गर्न खरसाङ र दार्जिलिङ बीच रोपवे परियोजनाको योजना बनाइरहेको छ।

यदि र जब यो परियोजनाले आकार लिन्छ भने, सरकारले दार्जिलिङ र कुर्सियोङ बीचको उकालो रोपवे यात्राले पर्यटकहरूलाई केवल ४५ मिनेटमा ढुवानी गर्ने अपेक्षा गरेको छ। सरकारी स्रोतहरूले भने कि बाटोमा चार-पाँच स्टेशनहरू हुन सक्छन्, जसले अन्य हटस्पटहरूबाट पर्यटकहरुलाई लैजान्छन्।
"सम्भाव्यता अध्ययन गरिएको छ र परियोजना व्यवहार्य भएको पाइएको छ। सरकारले चाँडै नै केबल-संचालित यातायात प्रणाली निर्माण गर्न निजी साझेदारहरूबाट चासोको अभिव्यक्ति जारी गर्न सक्छ। परियोजनाको लागि लगभग ₹ ३,००० करोड रकम आवश्यक पर्नेछ र यो BOOT (बिल्ड ओन अपरेट ट्रान्सफर) मोडेलमा निर्माण गरिनेछ," राज्य सरकारका एक वरिष्ठ अधिकारीले द टेलिग्राफलाई भने।

BOOT एक सार्वजनिक निजी साझेदारी मोडेल हो जसमा विकासकर्ताले सरकारलाई थोरै वा कुनै लागत बिना पूर्ण परियोजना वा सुविधा डिजाइन र निर्माण गर्दछ र एक निश्चित अवधि (सामान्यतया १० देखि ३० वर्ष) को लागि लगानी गरिएको पैसा फिर्ता गर्न यसको स्वामित्व र सञ्चालन गर्दछ त्यसपछि, एजेन्सीले सुविधा सरकारलाई हस्तान्तरण गर्दछ

सरकारका स्रोतहरूले भने कि खरसाङदेखि दार्जिलिङसम्मको सडकमा, विशेष गरी घुम पछि, ट्राफिक जामबाट बच्न रोपवेको प्रस्ताव गरिएको थियो।

"यस वर्षको मे महिनामा, सिलिगुडीबाट सडक मार्गबाट दार्जिलिङ पुग्न लगभग आठ घण्टा लाग्थ्यो। हामीले यात्रुहरू सिलिगुडीबाट दुई घण्टा भित्र खरसाङ पुगेको पायौं, तर ट्राफिक जामका कारण बाँकी यात्रा लगभग छ घण्टा लाग्यो। रोपवे सञ्चालनमा आएपछि, वर्षभरि खरसाङबाट दार्जिलिङ पुग्न लगभग ४५ मिनेट लाग्न सक्छ," एक नोकरशाहले भने।

अधिकारीहरूले भने कि खरसाङ र दार्जिलिङ बीचको एउटा मात्र सडक - NH110 वा हिल कार्ट रोड - भएको कारणले गर्दा भीडभाड भएको हुन सक्छ। अर्कोतर्फ, सिलगुडी र खरसाङलाई जोड्ने तीन सडकहरू थिए - हिल कार्ट रोड, रोहिणी रोड र पंखाबारी रोड।

"यही कारणले गर्दा सिलिगुडीबाट कारहरू धेरै झन्झट बिना खरसाङ पुग्छन्। समस्या खरसाङ पछि सुरु हुन्छ। हिल कार्ट रोडले यति ठूलो संख्यामा कारहरूको भीड धान्न नसक्ने भएकोले खरसाङ र दार्जिलिङ बीचको ३२ किलोमिटरको खण्डमा प्रायः चार देखि पाँच घण्टा लाग्छ," एक अधिकारीले भने। कठिन भू-भागका कारण खरसाङ र दार्जिलिङ बीच अर्को सडक निर्माण सम्भव नभएको सरकारी स्रोतले बताएको छ।

"रोपवे बनेपछि, मानिसहरू सडक मार्गबाट खरसाङ पुग्न सक्छन् र त्यसपछि केबल कारमा दार्जिलिङ जान सक्छन्। यसले पहाडी शहरको ट्राफिक जाम कम गर्नेछ," स्रोतले भन्यो।

सरकारले रातको समयमा खरसाङबाट दार्जिलिङसम्म दैनिक आवश्यक सामान ढुवानी गर्न केबल कार प्रयोग गर्ने योजना पनि बनाएको छ।

"खरसाङ र दार्जिलिङ बीच चार वा पाँच स्टेशनहरू हुनेछन् रोपवेको प्रयोग खाद्यान्न र तरकारी जस्ता दैनिक आवश्यक वस्तुहरू दार्जिलिङ पठाउन पनि गरिनेछ। दार्जिलिङ शहरमा आवश्यक वस्तुहरू ढुवानी गर्ने ट्रकहरूले सडकमा दबाब मात्र बढाउँछन्," एक अधिकारीले भने।

बंगाल सरकारले कालिम्पोङ र गान्तोकलाई रोपवेद्वारा पनि जोड्ने योजना बनाएको छ।

"यदि दार्जिलिङ-खरसाङ रोपवे सहज रूपमा चल्यो भने, राज्य सरकारले कालिम्पोङ र गान्तोकलाई पनि त्यस्तै गरी जोड्ने परियोजना लिनेछ। अब, मानिसहरू सिलिगुडीबाट गान्तोक पुग्न मुख्यतया NH10 मा निर्भर छन्। तर पहिरोका कारण राजमार्ग प्रायः बन्द गर्नुपर्छ," एक अधिकारीले भने। उनले थपे कि राज्यले केन्द्रबाट पूर्ण सहयोग पाउनेछ किनभने यो क्षेत्र चीन सीमा नजिक छ, जहाँ सरकारले पूर्वाधार विकास गर्न चाहन्छ।

Address

Kurseong

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Gorkhey Awaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share